Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्बौ कमाउँछन्, पब्लिकमा जान डराउँछन्

Posted on March 20, 2013March 20, 2013 by mysansar

-दिनेश आचार्य- –संसारकै धनीको सूचीमा परेका नेपाली व्यवशायी बिनोद चौधरीको एउटै कम्पनी ‘पव्लिक लिमिटेड’ छैन। सेयर मूल्यको हिसाव गरेर उनलाई अर्बपति घोषणा गरिएको बताइए पनि पहिल्यै सुचिकृत भैसकेको नबिलको सेयर चौधरीले पछि किनेकोमा बाहेक उनको बहुचर्चित वाईवाई कम्पनी समेत सेयर बजारमा सूचिकृत छैन। यस्तो अवस्थामा कसरी उनको सेयर मूल्यको हिसाव गरियो? – नेपालमा सबैभन्दा बढी… Continue reading

उम्दा प्रचण्ड : घुम्दा कांग्रेस, एमाले

Posted on March 19, 2013 by सूर्य खड्का

सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी… Continue reading

आफ्नै आदेश उल्लङ्घन गर्दै सर्वोच्च अदालत

Posted on March 19, 2013March 19, 2013 by Salokya

सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष भएपछि उनको दुई वटा परिचय भएको छ। राजीनामा नदिएकोले उनी न्यायपालिका प्रमुख प्रधान न्यायाधीश पनि हुन् र कार्यपालिका प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष पनि हुन्। यी दुवै निकायका प्रमुख एकै व्यक्ति हुन सक्दैनन् भन्दै उनको विरोधमा परेको मुद्दामा हिजो सर्वोच्च अदालतले रेग्मीलाई प्रधान न्यायाधीश भन्न नपाइने… Continue reading

नयाँ ८ मन्त्री थपिए, सबै पूर्व प्रशासक

Posted on March 18, 2013March 19, 2013 by Salokya

अन्तरिम चुनावी मन्त्रिपरिषद्‌मा आज ८ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। मन्त्रिपरिषद्का अध्यक्ष न्यायपालिकाबाट आए पनि सबै मन्त्री पूर्व… Continue reading

फिक्सन नचल्या बेला लाहुरेको डकुमेन्ट्रीले लगाउला त केही लछारपाटो ?

Posted on March 18, 2013March 18, 2013 by Salokya

देश जस्तै अहिले नेपालमा फिल्म उद्योग पनि संक्रमण कालमा छ। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। अनेक थरिका… Continue reading

एसएलसीमा नेपाली प्रश्नपत्रको हालत हेर्नुस् त

Posted on March 17, 2013March 17, 2013 by mysansar

-रामप्रसाद सुवेदी- यो पश्चिमाञ्चल विकास क्षेत्रमा २०६९ मा सोधिएको नेपाली विषयको एसएलसी प्रश्नपत्र हो। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न-

अमेरिकामा नेपाली एनजिओ सञ्चालकलाई यौन दुर्व्यवहारको आरोप

Posted on March 17, 2013March 17, 2013 by Salokya

अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। त्यहाँ एउटा एनजिओ छ- WPPC Nepal। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्। ४० वर्षीय धन… Continue reading

कथा: चक्रव्युह

Posted on March 16, 2013 by mysansar

-प्रदिप सुबेदी- मिसकल बज्यो उसको मोबाइलमा। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो। माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। के गर्नु आफ्नो त भाग्य नै… Continue reading

को-को बन्दैछन् मन्त्री ?

Posted on March 15, 2013 by Salokya

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीश खिलराज रेग्मीले हिजैदेखि कार्यभार सम्हालिसके। उनको थाप्लोमा प्रशस्तै मन्त्रालयका जिम्मेवारीहरु छन्। किनभने अहिलेसम्म उनले दुई जनालाई मात्र मन्त्री बनाएका छन्। गृह र परराष्ट्रलाई पूर्व मुख्य सचिव माधव घिमिरेले सम्हाल्दैछन् भने कानुन र श्रम हरि न्यौपानेले। श्री ४ दलको ११ बुँदे राजनीतिक सहमतिमा लिखित रुपमा कति जना मन्त्री बनाउने… Continue reading

अहिलेका गृहमन्त्री पनि दूतावास धाउँदै हिँड्ने पो!

Posted on March 15, 2013March 16, 2013 by Salokya

विकिलिक्समा सार्वजनिक भएका काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली नेताहरुका बारेमा गरेका टिप्पणीहरु पढ्न रोचक हुन्छ। बदलिँदो परिस्थितिमा नेता हैन कर्मचारी सत्तामा आएका छन्। उनीहरुबारे पनि दूतावासले आफ्ना गोप्य दस्तावेजमा उल्लेख गर्ने गरेका रहेछन्। हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबारे दूतावासले गरेको टिप्पणी त तपाईँले यो अघिको ब्लगमा पढ्नु भयो नै होला। नपढेको भए यहाँ छ। विकिलिक्स… Continue reading

रेग्मीबारे अमेरिकी दूतावासले यस्तो कुरा लाएको रैछ

Posted on March 14, 2013March 14, 2013 by Salokya

विकिलिक्समा खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्षका रुपमा प्रधान न्यायाधीशसमेत रहेका खिलराज रेग्मीले शपथ लिएर पदबहाली गरिरहँदा अमेरिकी दूतावासको वक्तव्य आइसकेको थियो। छिमेकी देशहरु भारत, चीन र युरोपेली देशहरुले भन्दा छिटो अमेरिकाले स्वागत गर्न हतार गर्‍यो। त्यसैले सबैभन्दा पहिले स्वागत वक्तव्य निकाल्ने अमेरिका नै भयो। संयोग के परेको छ भने यही अमेरिकी दूतावासले नै एकताका… Continue reading

के-के बाधा अड्काउ फुकाइयो त ?

Posted on March 14, 2013March 14, 2013 by Salokya

श्री ४ दलले आफ्नो तजबिजीले संविधानका बाधा अड्काउ फुकाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष बनाए। त्यसका लागि २५ बुँदामा बाधा अड्काउ फुकाउनु परेको थियो। के के बुँदामा त्यसो गरिएको भन्ने बारे शपथ लिएपछि मात्र राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो। सार्वभौम भनिएका जनतालाई बाधा अड्काउ फुकाउनु अघि यसबारे सुँइकोसमेत दिइएको थिएन।

खिलराज रेग्मीले शपथ लिए (नयाँ प्रमको बायोडाटासहित)

Posted on March 14, 2013March 15, 2013 by Salokya

धेरै दिनदेखि हुने कि नहुने ढिकिच्याउँ ढिकिच्याउँ भइरहे पनि, दलहरुका अधिकांश नेतालाई नै मनैदेखि यस्तो प्रस्ताव मन नपरे पनि हुनै नसक्ने असारमा चुनाव गर्ने उद्देश्यका साथ प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएका छन्। उनले आजै राष्ट्रपतिसामु शपथ लिए। शपथ विशेष इजलासले उनलाई रोक्ने उद्देश्यले दायर गरिएको रिटको सुनुवाई हुनु केही घण्टा अघि भएको… Continue reading

यसरी गरे नेताहरुले निर्दलीय व्यवस्थाको सहमति

Posted on March 13, 2013March 15, 2013 by Salokya

फोटोमा देखिएकाहरु नेपालका प्रमुख भनिने दलहरुका मै हुँ भन्ने नेताहरु हुन्। तर यी नेताहरुले लौ हामी अब मिल्न सकेनौँ, हामी असफल भयौँ, नेतृत्व लिइदिनुपर्‍यो भन्ने खालको सहमतिमा हस्ताक्षर गरिरहेका हुन्। आज राति अबेर विशेष समितिको सचिवालयमा बसेको बैठकमा यस्तो हस्ताक्षर गरेका हुन्। उनीहरुको हस्ताक्षर २५ बुँदे बाधा अड्काउ फुकाउ र ११ बुँदे राजनीतिक सहमतिमा भएको… Continue reading

यस्तो रह्यो मेरो विपश्यना अनुभव

Posted on March 12, 2013March 12, 2013 by mysansar

-मधुसूदन आचार्य, क्यानडा – विपश्यना अति प्राचिन ध्यानगर्ने बिधि हो । यो बिधि भगवान् बुद्धले आजभन्दा पचिससय बर्ष अघि पत्तालगाउनु भएको थियो। बुद्ध आफैंले विपश्यना ध्यान गर्नु भयो। पछि ४५ बर्ष सम्म त्यसवेलाका मानिसहरुलाई यसको शिक्षा दिनु भयो। बुद्धको समयमा मानिसहरुले विपश्यना ध्यानगरी विभिन्न किशिमका दुःख क्लेसबाट मुक्तिपाई जिवनका हरेक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्न… Continue reading

शिवरात्रिको रमझम

Posted on March 10, 2013March 10, 2013 by Salokya

सत्यम् शिवम् सुन्दरम् ! पवित्र पाशुपत क्षेत्रमा शिवरात्रिको रमझम हेर्न पुगेको थिएँ। झण्डै पाँच घण्टा बिताउँदा पनि समय गएको पत्तै भएन। केही फोटो तपाईँहरुका लागि लिएर आएको छु।

जय शम्भो ! शुभ शिवरात्री !!

Posted on March 9, 2013March 9, 2013 by Salokya

हिन्दुहरुको महान चाड महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो।

कथा : माइली मात्र रोएकी होइनन्

Posted on March 9, 2013March 9, 2013 by mysansar

– दीपा राई पुन- कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। मनको स्वच्छतालाई निकाल्न पनि मान्छेले धेरै कुराबाट मुत्ति पाउँनु पर्छ। एक खुईयले कोही सन्तुस्ट… Continue reading

असंवेदनशील अख्तियार

Posted on March 8, 2013 by Salokya

साउदी अरबबाट फर्किंदा अध्यागमन कर्मचारीबाट रकम लुटिएकी मात्र हैन,प्रहरीबाटै बलात्कृतसमेत भएकी युवतीको वास्तविक परिचय मिडियामा अहिलेसम्म आएको छैन। तर अख्तियारले भने आज एक सार्वजनिक सूचना छाप्दै ती युवतीको वास्तविक परिचय सार्वजनिक गरेको छ। विशेष प्रकृतिको अपराध (बलात्कार, मानवबेचबिखन)मा पीडितको पहिचान गोप्य राख्नुपर्ने कानुनी व्यवस्था भए पनि अख्तियारको असंवेदनशीलताका कारण यस्तो भएको हो। यसअघि प्रहरी प्रधान… Continue reading

विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?

Posted on March 7, 2013March 7, 2013 by Salokya

अमेरिकी म्यागेजिन फोर्ब्सले एक अर्ब डलर सम्पति हुने विश्वका सबैभन्दा धनीहरुको सूचिमा नेपालका विनोद चौधरीको नाम पनि समेटेपछि उनको चर्चा यतिखेर चुलिएको छ। यो सूचिमा अहिलेसम्म कुनै पनि नेपाली परेका थिएनन्। तर किन ? के अरु कुनै नेपाली विनोद चौधरी जत्तिको धनी छैनन् ? एकै पटकमा करोडौँ रुपियाँ दान दिने उपेन्द्र महतो चाहिँ चौधरीभन्दा ‘गरिब’… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 256
  • 257
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme