-सुशील कुमार- पुस ३ को सौर्य दैनिकमा पत्रिकामा पढेको थिएँ डान्स रेस्टुरेन्टमा काम गर्ने युवतीलाई संचालक र संचालकका साथि भाइले जबर्जस्ति यौन शोषण गर्ने, काम छाडेर जानेलाई कोठामा गुण्डा पठाएर जबर्जस्ति उठाएर ल्याउने गर्दा रहेछन र पीडितले उजुरी गर्दा प्रहरीले पैसा वा शरीर माग्दा रहेछन, प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै… Continue reading
बेलायती ल फर्मले झुटो विज्ञप्ति पठाएर भ्रममा पार्यो
कर्णेल लामाको बेलायती नागरिकता नभएको पुष्टि युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको बेलायती नागरिकता भएको भन्ने दावी गलत रहेको पुष्टि भएको छ। ३ जनवरीमा उनलाई प्रहरीले पक्रेकै दिन यो मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइरहेको फर्म हिकम्यान एन्ड रोजले उनीसँग बेलायती नागरिकता रहेको दावी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यसको भोलिपल्ट… Continue reading
थुक्क पापी हो, जिउँदै गाडेका रे डेकेन्द्रलाई!
बेलायतमा नेपाली सेनाका एक बहालवाला अधिकृतलाई द्वन्द्वकालमा बन्दीलाई यातना दिएको अभियोगमा पक्रेर त्यहाँको कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला यता नेपालमा त्यतिबेलाकै एउटा कहालिलाग्दो घटनाको विवरण सार्वजनिक भएको छ। पत्रकार डेकेन्द्रराज थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरुले पार्टी नीति अनुसार कुटपिट गरी बेहोस बनाएपछि जिउँदै खाल्डोमा पुरेको बयान दिएका छन्। अहो, कति डरलाग्दो! मान्छे कसरी अर्को… Continue reading
नमिता-सुनिताको हत्यापछि यस्तो भएको थियो
[नमिता-सुनिता हत्याकान्डबारे हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको कथा’मा विस्तृत लेखेका छन्। यहाँ त्यो पुस्तकबाट यही हत्याकान्डसम्बन्धमा केही अंश उद्धृत गर्दैछौँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार किशोर श्रेष्ठले ‘दरबार हत्याकान्डपछि दबाइएको अर्को हत्याकान्ड’ लेखेका छन्। ] २०३८ साल देशको लागि लाजमर्दो शुरुआत लिएर आयो।… Continue reading
कर्णेल लामासँग बेलायती नागरिकता?
नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेपछि नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्धमा असर पर्ने स्थिति आइसक्यो। सरकारले बेलायती राजदूतलाई बोलाएर प्रोटेस्ट नोट बुझाइसक्यो। लन्डनको नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा विरोध पत्र बुझाइसक्यो। एमालेबाहेक अरु प्रमुख दलहरुले लामाको गिरफ्तारीको विरोधमा वक्तव्य जारी गरिसके। आफ्नो देशको नागरिक र बहालवाला सैनिक अधिकृत भएकोले नेपालले कर्णेल लामाको… Continue reading
ठहर भयो भने कर्णेल लामा २० वर्ष जेल बस्नुपर्ने
नेपालको द्वन्द्वकालमा युद्ध अपराध गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई शनिबार बेलायतको अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरिदियो। उनीमाथि यातनाका दुई वटा अभियोग लगाइएको छ। एउटा अभियोग सन् २००५ मा जनकबहादुर राउतलाई कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा गैरन्यायिक हिरासतमा १५ दिनसम्म दिइएको यातना हो। सोही ब्यारेकमा झण्डै छ महिनासम्म यातना दिएको अर्को अभियोग करम… Continue reading
समा प्रिन्टर्सको मिडिया क्याम्पेनलाई धक्का, टेलिकमले भन्यो- टेन्डर रोकिएको हैन, म्याद थपेको
अपडेटः समाचार छाप्ने दबाब नमान्दा पत्रिका छाप्न रोकियो- यो समाचार छाप्न समा प्रिन्टर्समा नै छापिने ‘आर्थिक अभियान’ दैनिकलाई पनि दबाब दिइएको थियो। तर उसले त्यसलाई अस्वीकार गरेपछि त्यो प्रेसमा पत्रिका छाप्न रोकिएको छ। शुक्रबारदेखि ‘अभियान’ बुद्धनगरको एक्सप्रेस कलर प्रेसमा छाप्न थालिएको छ। अभियानले आइतबारको अङ्कमा तलको विज्ञप्तिकै आधारमा समाचार पहिलो पेजमा छापेको छ। ————— पुरानो… Continue reading
नमिता-सुनिताको आत्माले सुने के भन्लान् !
उपचारका लागि लामो समय सिंगापुरमा बसेर शुक्रबार फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महिला हिंसाप्रति चिन्ता जनाएछन्। उनले भनेछन्, ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ।’ कति राम्रो विचार हाम्रा पूर्व राजाको। इमेज च्यानलमा उनको यो भनाई सुन्दै गर्दा मलाई… Continue reading
सीता बलात्कार गर्नेलाई ५ देखि ७ वर्ष जेल राख्न मुद्दा
प्रहरीले केही दिनदेखि भइरहेको महिला हिंसाका प्रतिनिधिमूलक घटनाबारे अनुसन्धानको विवरण आज सार्वजनिक गरेको छ। भोजपुरकी एक युवतीलाई विदेशबाट फर्कने क्रममा काठमाडौँ विमानस्थलका अध्यागमन अधिकारीहरुले रकम र प्रहरीले इज्जत लुटेको खबरपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको सक्रियतामा स्वस्फूर्त रुपमा #OccupyBaluwatar भन्दै प्रधानमन्त्री निवास नजिक प्रदर्शन थालिएको थियो। आजसम्म पनि प्रदर्शन जारी छ। प्रदर्शनले दिएको दबाबकै कारण हुनसक्छ, गएको… Continue reading
नेपालमा ‘युद्ध अपराध’ गरेको भन्दै सेनाका कर्णेल बेलायतमा पक्राउ
नेपालमा दण्डहीनता बढिरहेको बेला बेलायतमा एक ४६ वर्षीय पुरुष नेपालमा द्वन्द्वकालमा गरिएको ‘युद्ध अपराध’को अभियोगमा छानबिनको लागि पक्राउ परेको खबर बेलायती मिडियाबाट बिहीबार सार्वजनिक भयो। त्यतिबेला मानवअधिकार हनन् गर्ने माओवादी र सुरक्षा निकाय दुवैतिरका मान्छे एक पटक झसङ्ग भए होलान् यो खबर सुनेर। बीबीसी र गार्जियनका अनुसार त्यहाँको मेट्रोपोलिटन पुलिसले St Leonards-on-Sea मा रहेको घरैबाट… Continue reading
टेलिकम रिचार्ज कार्डमा भएको मिडिया क्याम्पेनको भित्री रहस्य
दुई चार दिनदेखि नेपाल टेलिकमको रिचार्ज कार्ड छपाइ सम्बन्धी टेन्डरबारे समाचार तपाईँले मूलधारे राष्ट्रिय दैनिकहरुमा पढिरहनुभएको होला। यो एउटा ठूलो मिडिया क्याम्पेन अन्तर्गत भएको ग्रायन्ड डिजाइनको परिणाम थियो। डिजाइन यस्तो थियो- मंसिर ३ गते टेलिकमले आह्वान गरेको टेन्डर खुल्ने दिन बिहीबार कसैगरी पनि यसलाई रोक्न मिडियाको शक्ति प्रयोग गर्नु। सर्वसाधारणले मिडियाले बाहिर पस्कने बोक्रा र… Continue reading
गोरु-जुधाइको रिहर्सल
-कुमार आले- २०६९ पुस १ आइतबार। सँधै झै कहिलेकहाँ, कहिले कता फरक ठाउँ र विषयको खोजीमा रहने यो नेपालसुत्रका मनहरु आज ६ बजे विहानै काठमाडौबाट ५० किलोमिटर पश्चिम पृथ्वि राजमार्गको गल्छितिर लम्क्यौ। गल्छिबाट त्रिशुलिपट्टी ५ किलोमिटरभित्र, केउरेनिघाटसम्म काठमाडौँबाट (जाममा नफस्ने हो भने) दुइ घण्टा लाग्दोरहेछ। त्रिशुलि नदीको झोलुगे पुल तरेर तारुका गाउँ तर्फ मोडिनु पर्ने… Continue reading
सुमार्गीको चर्तिकला एनसेललाई निल्नु न ओकल्नु
अजय सुमार्गीले प्रचण्ड प्रधानमन्त्री भएका बेला कौडीको भाउमा फ्रिक्वेन्सी हात पारेर खोलेको हेलो मोबाइल गएको वर्ष एनसेल साहु युरोपको टेलियासोनेरालाई महँगोमा बेचे। त्यसपछि आफ्ना प्राविधिक कर्मचारीहरुलाई धम्क्याएर जबर्जस्ती निकाले। अब उनीहरु वैद्य माओवादीको शरणमा गएर कडा आन्दोलनतर्फ अघि बढिरहेका छन्। एनसेलका टावरहरुलाई नै क्षति पुर्याउँदै अघि बढिरहेको यो आन्दोलनले एनसेलका हजारौँ निर्दोष ग्राहक बित्थामा प्रभावित… Continue reading
बाघलाई उद्दार गर्न जाँदा ढुँगामुढा! हैन के विधि अराजकता बढेको?
– बाबुराम लामिछाने – एउटा संरक्षणकर्मीको हिसाबले समस्यामा परेका वन्यजन्तुको उद्दार गर्नु मेरो लागि कर्तव्य तथा खुसीको कुरा पनि हो। त्यसमा पनि बाघको उद्दार गर्न पाउनु त झन् अहोभाग्य हो। तर वन्यजन्तु र मान्छे दुवैका लागि हित हुने यस्तो काम गर्दा पनि बिनासित्ति ढुँगामुढा खानुपर्दा साह्रै दु:ख लाग्दो रहेछ नेपालमा बढेको अराजकता देखेर। कुरो पुस… Continue reading
दिल्लीकी ‘दामिनी’ र हामी नेपाली
-विवेक ढकाल- १६ डिसेम्बरमा भारतको राजधानी मा चल्ने एउटा बसभित्र ६ जना मान्छेरूपी दानवहरुबाट पाशविक तरिकाले एउटी २३ बर्षे युवतीको इज्जत लुटिएको समाचार जब बाहिर आयो, सारा दिल्लिबासी हरु ओर्लिएर सडकमा आए। मृत्युदण्ड र अझ मध्य-पुर्व मा जस्तो कठोर सजाय को माग राखेर केटाकेटी, युवा-युवति, विधार्थी, व्यापारी, पत्रकार, धनि -गरिब सब आन्दोलन मा ओर्लिए। संसदमा… Continue reading
पत्तै नपाई बिते उनी
-देवेन्द्र भट्टराई- कुमारमणि आचार्य दीक्षितको ९० बर्षको उमेरमा पुस १५ गते बिहान निधन भयो। तर कुमारमणिको निधनबारे धेरै शुभेच्छुक र आफन्तले समेत पत्तो पाएनन्। कुमारमणि आचार्य दीक्षित प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री वीपी कोइरालाका निजी सहायक एवं निष्ठावान प्रशासकका रुपमा चिनिएका पात्र हुन्। विगत १२ बर्षयता निमोनिया बिग्रेर हुने ‘ग्यास्ट्रोस्टोमी’का कारण सिधै पेटमा प्वाल बनाएर झोला… Continue reading
‘सपनाको अवसान’ साँच्चिकै भोग्नुपर्दा…
– चर्चित ढुंगेल – सन् २०११ जुलाईमा विश्व नेपाली साहित्य महासंघ ब्रुनाइले ‘विश्व खुल्ला अडियो कविता प्रतियोगिता’ आयोजना गरेको थियो। विश्वका २७ देश र नेपालका १९ जिल्लाका कविहरुले सो प्रतियोगिताका भाग लिएका थिए। संयोगले मेरो कविता प्रथम भयो। जीवनमै मैले अरु कुनै कविता नलेखे पनि म कवि भएँ। मलाई ‘यो मान्छे कवि हो’ भनेर चिनाउने… Continue reading
कथाः उमेरसँगै सिकिन्छ पहाड चढ्न
– विभोर बराल – आकाशले फेरि आफ्ना सिरकडस्नाहरू बनाउँन थालेको छ। बर्षभरिको प्रयोगले खुज्मुजिएका, डल्ला परेका कपासहरूलाई छाँटेर, पिटेर, फिटेर सुकाउन उसलाई धेरै ठाउँ चाहिन्छ। पूरैस्विडेन उसले सुकाएका कपासहरूबाट थिचिएको छ, निसास्सिएको छ। खैर, आकाशले त चार महिना जातिमा आफ्ना झिटीगुन्टा समेटी सक्नेछ। काम नलाग्ने भनेर केब्नेकाइसे रअन्य केही ढिस्काहरूमा छाडिएका कपासका अवशेष बाहेक, बाँकी… Continue reading
देउवाको फोटो टाइम्स अफ इन्डियाले माफी नमागी हटायो, तर अझै धेरै साइटमा ‘र’ प्रमुखका रुपमा कायमै
(अपडेट : डिसेम्बर २९) नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई भारतीय जासुसी संस्था ‘र’ प्रमुख आलोक जोशी भन्दै फोटो राख्ने भारतको सबैभन्दा बढी बिक्ने पत्रिका टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले आफ्नो समाचारबाट फोटो हटाएको छ। यहाँ हेर्नुस्। यति ठूलो गल्ती गर्दा पनि उसले माफी भने मागेको छैन। बरु सुटुक्क फोटो हटाइदिएको… Continue reading
निर्वाचन गराउन संविधानले रोक्या छैन, संविधान संशोधन गर्नुपर्छ भन्नु हावादारी गफ मात्रै
गत वर्ष संविधान नबनाई संविधान सभा स्वतः विघटन हुनुअघि सरकारले मंसिर ७ गते निर्वाचन गर्ने मिति तोकेको थियो। तर साउन १५ गते नै निर्वाचन आयोगले चुनाव गर्न सकिँदैन भन्यो। कानुनी व्यवस्था (संविधान संशोधन नहुनु) र राजनीतिक सहमति नहुनुलाई आयोगले कारण बताएको थियो। सरकारले अब वैशाखमा चुनाव गर्ने भन्ने नयाँ घोषणा गरेको छ। तर वैशाखमा निर्वाचन… Continue reading