Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धत् फटाहा माओवादी ! खै लाज ?

Posted on February 10, 2013February 11, 2013 by Salokya


देशमा राजनीतिक अन्यौल त छ नै, त्यसमाथि नेताहरुले जे बोल्दिँदा पनि हुने भएको छ। नेताहरु घरी एकथोक बोल्छन्, घरी त्यसैलाई खण्डन गर्छन् वा जोक गरेको भनेर उडाउँछन्। बोलीको टुङ्गो नै नभएका यस्ता नेताहरुलाई हामीले झेल्नुपरिरहेको छ। हिजैमात्र हेर्नुस् न, माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसँग शीर्ष नेताहरुको वार्तापछि शितल निवासबाट बाहिर निस्कँदा प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव पार्टीको हैन भनिदिएछन्। तर मसँग लिखित प्रमाणै छ त्यस्तो प्रस्ताव पार्टीकै हो। नपत्याए हेर्नुस् भित्र-

माओवादीले माघ २५ गते साँझ साढे आठ बजे निकालेको प्रवक्ता अग्नि सापकोटाको हस्ताक्षरसहितको प्रेस विज्ञप्तिको तत्कालीन राजनीतिक निकासबारे शीर्षकमा यो प्रस्ताव उल्लेख छ।

त्यसमा यस्तो लेखिएको छ-

पूरै वक्तव्य पढ्न यहाँ क्लिक गर्नुस् वा तल हेर्नुस्-

प्रचण्डले भन्न चाहिँ के भनेका थिए ?
‘महाधिवेशनमा विभिन्न विकल्पमा छलफल भएको हो। त्यस क्रममा प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषय पनि उठेको हो। तर मिडियामा प्रस्ताव गरेर पास भयो भनी जुन ढंगले आयो, त्यस्तो होइन। हामी जुनसुकै विकल्पमा छलफल गर्न खुला छौं, साना दल, स्वतन्त्र वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा समेत सहमति नभएपछि छलफलका क्रममा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा पनि जान सकिन्छ भन्ने छलफल मात्रै भएको हो। प्रस्ताव होइन।’ (स्रोतः कान्तिपुर)

‘प्रधान न्यायाधीशको कुरा मात्र अगाडि आयो, मैले त्यस्तो भनेको होइन,’ दाहालले भने। दाहालले हेटौंडामा सम्पन्न पार्टीको महाधिवेशनमा प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषय पारित गरेको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे। ‘प्रधान न्यायाधीशसँग मेरो कुनै पनि प्रकारको सम्पर्क छैन, छलफल गरेर प्रस्ताव राखेको पनि होइन,’ उनले स्पष्ट गरे। (स्रोतः नागरिक)

‘मैले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार गठन गर्ने भनेको होइन। विविध विकल्पको कुरा गर्दा रिफ्रेन्समा प्रधानन्यायाधीश खिलराज रेग्मीको नाम आएको हो।’ (स्रोतः अन्नपूर्ण पोस्ट)

राष्ट्रपतिसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन आफूले महाधिवेशनमा प्रस्ताव नराखेको र महाधिवेशनले त्यस्तो प्रस्ताव पारित नगरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘मैले चुनावी सरकारको प्रधानमन्त्रीका लागि बहालवाला प्रधानन्यायाधीश, पूर्वप्रधानन्यायाधीश, स्वतन्त्र या अन्य विकल्पको बारेमा छलफल गरौं भनेको हुँ।’ नेकपा (एमाले) का वरिष्ठ नेता केपी ओलीले राजनीतिक दलहरूबीचबाटै सहमति खोज्नुपर्ने बताउनुभयो। छलफलका क्रममा राष्ट्रपतिले २ दिनभित्र सहमति गर्न आग्रह गर्नुभएको उहाँले जानकारी दिनुभयो। ओलीले भन्नुभयो– ‘राष्ट्रपतिसँगको छलफलमा प्रचण्डले आफूले बहालवाला प्रधानन्यायाधीशलाई नै चुनावी सरकारको प्रधानमन्त्री बनाउनुपर्छ भनेर नभनेको बताउनुभयो।’ (स्रोतः नेपाल समाचारपत्र)

उनले प्रधानन्यायाधीशसँग कुराकानी गरेर चुनावी सरकारको नेतृत्वबारे प्रस्ताव नल्याएको जिकिर गर्दै निर्वाचन गराउने विभिन्न विकल्प अघि सारेको बताए । छलफलमा कांग्रेस र एमालेले पहिले छलफल नै नगरी सर्वोच्च अदालतलाई नै विवादमा तान्नेगरी महाधिवेशनबाट प्रस्ताव पारित गरेको भन्दै आपत्ति जनाएका थिए । त्यस लगत्तै दाहालले महाधिवेशनमा त्यस्तो प्रस्ताव नराखेको र पारित पनि नगरिएको प्रस्टीकरण दिएका छन् । ‘प्रधानन्यायाधीशसँग कुराकानी गरेर प्रस्ताव ल्याएको होइन, महाधिवेशनबाट पनि मिडियामा आएजस्तो एउटा मात्र विकल्प पास गरेको होइन,’ दाहालले भने, ‘मैले यसमा सर्वोच्चका प्रधानन्यायाधीश, न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीशहरू को हुन सक्छन् ? भन्ने कुरा राखेको छु ।’ (स्रोतः राजधानी)

“The media reported it wrongly. Neither had any proposal been floated at the convention nor endorsed. I had given CJ Regmi’s name only as one among different alternatives. We are ready to talk about alternatives —any independent person, former justice of the Supreme Court and sitting Chief Justice Regmi as well. However, it is not true that Regmi is our only candidate,” said Dahal at the four-party meeting called by President Ram Baran Yadav at the latter’s office in Shital Niwas today evening. “The President has given us two days, so we will find consensus by Monday evening,” Dahal said. Sources said Dahal blamed the media to evade controversy over the party’s proposal after Nepali Congress and CPN-UML criticised the UCPN-M for making such a “sensitive” proposal through the party’s convention without consulting them. (Source: THT)

News24 भिडियो

फेरि अर्को कुरा- प्रस्ताव पार्टीकै हो रे
लौ न, यो ब्लग लेख्दालेख्दै माओवादीको फेरि अर्को कुरा आइसक्यो। हे भगवान्, कति छिटो कुरा फेर्न भ्याएका, ब्लगै फेर्न भ्याएको छैन, कुरो अर्कै आइसक्यो त!

नयाँ कुरा गरेका छन् महाधिवेशनबाट महासचिव निर्वाचित पोस्टबहादुर बोगटीले। उनले आज धमला क्लबमा आयोजित कार्यक्रममा भनेछन्- प्रस्ताव पार्टी कै हो। पार्टीको हैन भनी आएको समाचारै सत्य होइन।

एकीकृत माओवादीका महासचिव पोष्टबहादुर बोगटीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव पार्टीकै भएको स्पष्ट पारेका छन्। उनले महाधिवेशन आयोजक समितिले अनुमोदन गरेको प्रस्तावलाई अध्यक्षले महाधिवेशनमै प्रस्तुत गरेकाले पनि यो प्रस्ताव पार्टीको भएको तर्क गरे।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका बोगटीले अध्यक्ष प्रचण्डले सो प्रस्ताव पार्टीको नभएको भनी आएको समाचार सत्य नभएको दाबी गर्दै भने, ‘हिजो राष्ट्रपतिसँगको छलफलमा यस्तो कुरा अध्यक्षले भन्नु भएकै छैन। (स्रोत)

लौ त्यसो भए फटाहा छुट्याउने जिम्मा तपाईँहरुकै।


96 thoughts on “धत् फटाहा माओवादी ! खै लाज ?”

  1. sanu maya says:
    February 13, 2013 at 9:06 pm

    नांगै हिडेकाहरु संग खोइ लाज भनेर नसोध्नुस न उमेश जी प्लिज

    Reply
  2. dilliram says:
    February 13, 2013 at 9:01 am

    माओबदिले प्रधन्न्यधिस्लाई पम बनाउने निहुमा न्यापालिका कब्जा गरि दैलेख का डेकेन्द्र थापाको जस्ता सबै अपराधका मुद्दाहरु आफै किनारा लगाएर जनतालाई अन्यायमा पर्ने र आफु हरु निर्दोष बन्ने रणनीतिक खेल हो सबै लै चेतना भया…………………………..

    Reply
  3. saurav says:
    February 12, 2013 at 9:54 pm

    अहिले नेपालमा “रिस” र “डर” को राजनीति चली रएको छ|
    कहिले नेता, कहिले पार्टी , कहिले एउटा राष्ट्रभक्त हुन खोज्छ, कहिले अर्को हुन खोज्छ !!
    सबै नेपाली मा कहिले कांग्रेस, कहिले कम्युनिष्ट, कहिले माओबादी, कहिले भारत, एस्तो सबै बहानामा society मा रिस र दुश्मनी छिरायीएको छ| भारत को बिरोध गर्दै मा आफु निकै ठुलो राष्ट्रभक्त हुने मानसिकता नेपाल मा पैले देखि नै छ| आफु कडा र सही ब्यबहार गर्ने मान्छे भयो भने छिमेकिले हेप्नु असम्भव हुन्छ|

    वास्तवमा, जनता जति रिसाएको अनि टुक्रिएको हुन्छ, नेता होस् या मीडिया, आफ्नो लागी फाइदा र साहानुभुती बटुल्ने मान्छेको बानी नै हुन्छ| यो कुरामा दुइ मत न होला रिसाएको अनि डराएको व्यक्तीले कहिले सही निर्णय गर्दैन !!

    Reply
  4. पुष्प says:
    February 12, 2013 at 8:48 pm

    उमेशजी पनि । शीर्षकमै समेत फटाहा भनेर नानाभांती गाली गर्ने, अनि अहिले आएर फटाहा छुट्याउने जिम्मा हामी पाठकलाई दिने ? यो त भेन नि ! 🙂

    Reply
  5. LAXMAN says:
    February 12, 2013 at 7:00 pm

    साथीहरु हो ,,,, यो प्रस्ताब माओबादी हो सोरे आना माओबादी कै हो / यसमा कुनै बिमत्ति छैन/ तर मैले सुने अनुसार रास्ट्रपति संग मिटिंग गर्दा कांग्रेस र एमाले का शिर्सा नेताहरुले प्रचण्ड संग अनुरोध गरे रे कि “यो agenda माओबादी को मात्र नभानिदिनु फेरी हामीलाई agenda नै नभयको खाली माओबादी को पछि पछि हिड्छ भन्दै आफ्नै कार्यकर्ता बाटै खप्की खानुपर्छा” भनि कांग्रेस र एमाले ले गुनासो गरेकोले प्रचण्ड ले रास्ट्रपति को भेट पछि मिडिया लै एसो भनेको हो / भन्ने मैले सुनेको हो/ कुनैपनि कुरा को गहिराई मा नपुगी सतही बिस्लेशन गरेर कोहि पनि हिरो बन्दैन जस्तो लाग्छ/

    Reply
  6. देवराज जोशी, कैलाली says:
    February 12, 2013 at 2:23 pm

    मेरो विचारमा त प्रचण्ड भन्दा मीडियाहरु नै फटाहा हुन, | एउटै विचारमा अड्यो भने माओवादीले लचकता देखाएन भन्ने विकल्प दियो भन्ने कुरा फेर्यो भन्ने अब जनता तेती लाटो छैन त्यति कुरो पनि नबुझ्ने |

    Reply
  7. sanu maya says:
    February 12, 2013 at 2:02 am

    बुलेट वालाहरुलाई ब्यालेटमा जिताएपछि यस्तै हुन्छ नेपाली कान्छा कान्छी हरु हो। तर म जेठीले भनेको त सुन । १५ % सहि भोट थियो १५ % झुठ (दादागिरी ) – कान्छा जेठा माइला साइला सबैको बेलै मा बुद्धि आएये आउने चुनाव पछि १५% झर्थे यी चण्डाल र सकिन्थ्यो यिनको ठग लिला ।

    Reply
  8. Luna says:
    February 11, 2013 at 11:45 pm

    नभाका नचाहिने कुरा उचालेर अराजक मच्याउने बकम्फुसे मिडियाहरु !
    लोकतन्त्र नेता र मिडियालाई मात्रै फाप्या छ हाम्रो मुलुकमा .

    Reply
    1. abben says:
      February 12, 2013 at 12:45 am

      हैन लुना जी तपैले प्रचण्ड बाट ठुलै बक्सिस पाउनु भएको छ क्या हो खुब समर्थन गर्दै हुनुंछ त

      Reply
      1. Dinesh says:
        February 12, 2013 at 12:28 pm

        हेल्लो, यदि तिमि सान्चैकै बाहादुर हो भने इन्टरनेटमा लुकेर होइन सडकमा आऊ अनि तिमीले तिम्रो बाबुको बिहे देख्ने छ.

        Reply
  9. काउचा मगर says:
    February 11, 2013 at 11:24 pm

    यो प्रचंडे नाम गरेको नेता भनाउदो,वृद्ध बालकको जिब्रोमा के छ होला….? ३२ लक्षणले युक्त नेता हो भन्नु हुन्छ हाम्रो पाठक मित्र केटाहरुले,,,, १०८ गाली मध्ये कुन शव्दले गाली गर्यो भने यसलाई झन् फलिफाप हुदो रहेछ ……? हरे शिव ! हरे राम !! ….यो डाँकाको बोली सुन्ने कानलाई कहाँ लुकाउन जाम ??????????

    Reply
  10. G P Gaihre says:
    February 11, 2013 at 6:25 pm

    नेपाल का कथित बिग मेडिया को हालत देखियो / येही समाचारमा छापियाका कान्तिपुर , नागरिक , राजधानी ………., सबै प्रचण्ड को खोइरो खन्ने नियतले मात्र समाचार लेक्छां / पत्रकारको काम प्रमाण देखाउने हो , भिडले के भनेको छ तो देखाउने होइन / हिम्म्मत भय प्रचण्ड को बोलीको रेकोर्ड देखौन सक्नुपर्छ / फटाहा प्रचण्ड होइन कथित पत्रकार सारमा काँग्रेस एमालेका कार्यकर्ता हुन् , जुन कुरा को प्रमाण उनीहरुले एउतै सोरोत को समाचार पनि कति फरक फरक लेखेका छन् तेही बाट थाहा लग्छ /

    Reply
  11. naresh says:
    February 11, 2013 at 6:08 pm

    मेरो बिचारमा पत्रकार बन्धु हरु पनि केहि फटाहा हरु छन् | कुरो को चुरो बुज्दा बुज्दै पनि कुरो बन्गायेरा लेखचन | भन्न खोजेको मर्म केहो त्यो कुरा लाई थोरै पनि बन्न्गैदिदा त्यो कुरा ले ठुलो भ्रम छर्न पुग्छ | अब भन्नोस् तलका कुरालाई कसरि बुझ्ने ?

    १. प्रचण्ड ले कुरा मात्र फेरेका हुनकी विकल्प हरु प्रस्ताब गरेका हुन् ?
    २. अरु नेता हरुले किन विकल्प हरु प्रस्तुत गर्दैन ?
    ३. हाम्रा नेताहरु कुनै कुराको बिरोध या प्रतिक्रिया मात्र जानौचन कि देश र जनताको लागि के कस्ट एजेन्डा छन् ति कुराहरु एमाले या कांग्रेस का नेता हरु पनि किन ल्यौदैनन ?
    ४. कुराको गहिराई बुझ्ने हो भने देशमा निकास खोज्न को लागि हरेक उपाए र बिकल्प हरु देखाए जस्तो लाग्छ | तर ति विकल्प मा संका गरेर प्रस्न तेर्सौने हो भने यो संसार मा निर्विकल्प केहि पनि हुन्न भन्ने कुरा हामीले कहिले बुझ्ने ?

    Reply
  12. bibash says:
    February 11, 2013 at 5:38 pm

    Everyone should be clear by now that Maoists are not in the condition to step down from the government. It does not matter what they speak its all drama. They know the situation of law and order in the country and the inner strength of other political parties.

    Reply
  13. Mahesh Nepali says:
    February 11, 2013 at 4:14 pm

    नेपाली कर्म टोके पनि सहनु नै परेको छ खोके पनि सुन्नु नै परेको छ। कहीँ नभएको मिडिया यहाँनै छ! भारतीय मिडिया वाट पुरै प्रभावित, समाचारलाई कसरी सन्सनिखेज बनाउने, कस्ले नेताले के बोल्छन त्यो देखाएर हुन्छ कि छापेर हुन्छ कि जनता सम्म चाँडो पुर्याउने, अनी ओलीले के टिप्पणी गरे त्यसलाई मसला राखेर लेख बनाउने कार्य मिडियाले नै गर्दा त भएको हो नि। ल यि भतुवा नेताहरुको भाषण देखाउन छोडेर रचनात्मक कार्यक्रम देखाउन सक्ने आँट भएको मिडिया को छ? हाम्रोमा जती बकम्फुसे टक सो को प्रोग्राम सँसारभर कतै हुँदैन होला। टिभी खोल्यो त्यही राजनैतीक समाचार, पत्रीकामा त्यही, रेडियोमा त्यही, अझ खुलेरै भन्नु पर्दा कुनै कालो चिजलाई सेतो बनाउनु पर्‍यो भने, कसैको सत्तोसराप गर्नु पर्‍यो भने, कुनै प्रसाशकले कान्तिपुर मिडियाको अनुकुल काम गरेन भने, मान्छेलाई कसरी खेदो खन्नु पर्छ कान्तिपुरले जानेको छ। उस्को अनुकुल नहुनासाथ त्यो देशको खलनायक भैहाल्यो । पत्रीकामा त्यही लेख्छ, टिभीमा त्यही देखाउँछ, रेडियोमा त्यही फलाक्छ र अन्त्यमा केही सिप लागेन भने देशमा कान्तिपुर मात्रै सच्चा देश सेवक अरु राष्ट्रघाती भनेर बिलौना गर्न थाल्छ अनी कसरी हुन्छ नेतामा अनुशासन, अनी त खोकीहाल्छन नि मनमा जे जे बहुलट्ठी चल्छ त्यही!!

    Reply
  14. prem says:
    February 11, 2013 at 2:54 pm

    I thought Maoist Party and its leaders specially Mr Prachanda were faithful to Nepal and Nepalese. But all the activities shown by them has proved me wrong. All Prachanda and other leaders have done is they accumulated karodau karod. The worst has been both Mr Prachanda and Dr Baburam has been super loyal to India .
    They talked so much about women, ethnic group etc . It is just hyppocracy. What percent of women they selected in the maoist leadership? What percent of ethnic leaders have they selected ? Are ethnic leader are in charge of ethnic section of party or bahun?
    Have they come clean about corruption in Maoist party? We , patriot Nepalese, need clear answers.

    Reply
  15. शिव थापा says:
    February 11, 2013 at 2:17 pm

    प्रचण्ड अहिले मान्छे हैन रिमोट बाट चल्ने रोबोट हुन र उनि बोलेको हैन त्यो वाएरलेस जडित भ्वाइस मेल हो भनेर बुझ्नु पर्छ !

    Reply
  16. bibek dhakal says:
    February 11, 2013 at 1:43 pm

    जे होस् अब चाही स्वतन्त्र व्यक्तिमा सहमति होला जस्तो छ. कमसेकम जेठको चुनाब सम्म यी चारै दलका चोरहरु को अनुहार र चर्तिकला पत्रिकामा देख्न र रेडिओमा सुन्न नपरे आनन्द हुन्थ्यो !!!

    Reply
  17. Pramesh says:
    February 11, 2013 at 1:33 pm

    यो प्रचंडे फटाहा होइन कि पत्रकार फटाहा हो किन भने . यो देसका चौथो अंग हरुले धेरै चोटी प्रचंडे फटाहा हो, यसले दुइ जिब्रे कुरो गर्छ भनेर भनिसके, अनि त्यसैले यस्तै headline लेखेपछि त भन्न पाइयो देख्यो हामीले भनेको कुरा कत्तिको साचो रहेछ . त्यसैले पत्रिकाको headline मात्र नापद्नुहोला . नेपाल टेलिकमको घाटा १२२ करोड भनेर समाचार आयो , कसलाई यो बेच्नु छ त्यसैले यस्तो headline बन्यो . टोटल नाफा पोहोरको भन्दा बढेको रहेछ , यसपाली रोयल्टी तिरेकोले घटेको रहेछ . तर headline मात्र पढ्नेले त आफ्नो मत बनिहाल्यो — अब ntc डुब्यो भनेर . त्यस्तै त्यस्तै हो .

    Reply
  18. Wagle, Chitwan says:
    February 11, 2013 at 11:43 am

    घर परिवारको टेन्शनले, पार्टीका महाधिबेशन प्रतिनिधिहरुको किचकिचले दिमाग आउट भै राको बेला, मुख बाट कति खेर के निस्किन्छ, निस्किन्छ/ झन् त्यो मानसिक बिमारको औषधि खान भुल्या दिनमा त जोक मात्र गर्न मन लाग्छ भन्या / एस्तो बेला बोल्या, म जस्तो अशक्त सारीरिक र मानसिक अबस्थाको मान्छे ले बोल्या कुरामा पनि एस्तो कमेन्ट हान्दिने भन्या..मेरो टेन्शन पनि बुझिदिनुहोस न साथी हो..

    -प्रचण्ड

    Reply
  19. अनोज शाक्य says:
    February 11, 2013 at 11:29 am

    कुनै पनि राजनैतीक दलका नेताहरुको अभिब्यक्ती सुनेर कसैले तर्क गर्नु भन्दा उनीहरुको कार्यशैली र व्यबहारलाई मुल्याङ्कन गरी आगामी चुनावमा जनताले छिनोफानो गर्ने छ । जनताहरुले आगामी चुनाव सम्म अहिलेको राजनैतीक बन्दीलाई धैर्य गरेर सयमता अपनाउनु नै हामीहरुको देश प्रतीको माया र परिवर्तनको लागि उचित योगदान हुने छ । समय अनुसार नयाँ नेताहरुको पनि अबस्य जन्म हुनेछ । नेताहरुले पानी धमिलो पारेर माछा मार्ने दिन गयो भनेर बुझ्दा हुन्छ । सबभन्दा माथिको फोटोमा रातो गलबन्दी लगाउने बाँदर नेपालको लागि खतरा छ । त्यसपछी ठप्पड पाएका २ जनाले पनि अझै आँखा खुले छैन जस्तो छ । ब्यक्तिगत बिचार भन्नु पर्दा बाबुराम भट्टराईलाई मेरो मौन स्विकार छ ।

    Reply
  20. Sisir says:
    February 11, 2013 at 11:08 am

    एउटा गाउको गोठालो केटो छबिलाल दाहाल नैतिक सिक्ष्या भन्ने बिसएमा इस्कुले समएमा सधै फेल हुन्थे रे !!! पछि उनि नेपाल भन्ने देशमा ठुलो भुडीवाल नेता बने रे .. छिन् छिनमै अलग अलग कुरा गर्ने यिनिको अध्भुत कला छ रे .. उनीलाई नजिकबाट चिन्नेहरु उनको एकै चोटी २ – ३ थरि कुरा गर्ने कलाबाट अति प्रभाभित छन् रे .. उनि एक कुसल अभिनेता हुन् रे .. भारतीय निर्देसकहरुले १० वर्ष लगाएर यिनको कलाकारिता निखारिदियेका हुन् रे .. यिनलाई ठट्टा गर्न मनलाग्यो भने म यो देशको प्रधानमन्त्री बन्छु भन्छन रे .. कडा परिश्रमी र आती दनबिर यी ब्राहमद हाल अरबौ सम्पतिको मालिक छन् रे .. कैयोउ बिदेसी बैंकलाई उनले अरबौ दान दिएका छन् रे .. २-३ हप्ता अगि मात्र उनले कान्तिपुर पुब्लिकेसन संगै रहेको कान्तिपुरकै (भगिनी संस्थाको ) झन्डै १० रोपनी जग्गा एक गरिब भिखारी अजय सुमार्गीको लागि ८६ करोडमा किनी दिए रे .. हाल यी दानबिर लाजिम्पाट तिर सानो छाप्रो हालेर बसेका छन् रे ..

    Reply
  21. xyz says:
    February 11, 2013 at 10:47 am

    Let me bring here an anecdote from literature on negotiation to resolve the present crisis:
    Two boys were quarrelling over the piece of cake. An impartial negotiator enters the scene, learns about the about problem and design his own solution. His solution included granting different rights to two boys – one boy is to cut the cake into half or two pieces and the other boy is to select one piece for his consumption. The negotiator balances the rights between the disputants – with a kind of check and balances guaranteeing that the first boy cut the cake into equal half.
    We can use this analogy to the ongoing political crisis. We have two boys, NC and UML Combine and Maoists and Madhesi Combine. These two broad groups are quarreling over a piece of cake represented by heading an electoral government. There is no dispute among the parties to have a next round of CA elections asap. So, if Mr. President can divide this cake into two – (1) heading the government and (2) holding the elections and ask between the two contending political forces to make their choice – I suppose the problem to be solved. However, there is one difficulty, electons cannot be held without using state resources – budget, staff etc. We need to design a system that clearly demarcates running a government and holding elections. Can we bring in the help of an impartial agency like UN?
    Instead of venting anger and frustration and coaxing political parties, the commentators in this blog come up with new solutions or NEW IDEAS. Let us do it.

    Reply
  22. Shankar says:
    February 11, 2013 at 10:44 am

    आफ्नो दौलत मा खेल्ने र सत्ता प्राप्तिको चाहना लाइ साकार रुप दिन गरिब नेपालि को १२-१३ बर्से केटा केटीलाई सेना सग भिडाएर आएका बाबुराम प्रचण्ड रुपी ब्रह्म राक्ष्यास लाइ झुटो बोल्नु दुध भात खाए जस्तै हो |
    बाहिर भारतीय बिस्तार बाद भन्ने ,भित्र भित्र धोति कै पाल्तु कुत्ता हरु लाइ धोतीको जुम्रा भन्दा अत्युक्ति न होला |
    टुपी मा समातेर गालामा न चाडकाए सम्म बाहुन मावोबादि ले सत्ता छोड्ने वालाछईन |

    Reply
  23. Sisir says:
    February 11, 2013 at 10:25 am

    भाङ्ग खाएर बोल्छन कि क्याहो , सारै भद्दा मजाक गर्ने बानी रहेछ कमरेडको .. मजाकै मजाकमा छोरोले तिन्टी चट्काइ सक्यो .. मजाकै मजाकमा देश डुब्ने बेला भैसक्यो .

    Reply
  24. Robin Ojhel says:
    February 11, 2013 at 9:41 am

    म्याद गुज्रिएको औसधि खायो भने तेस्ले बिष को काम गर्छ ! नेपाल को राजनैतिक दल हाक्ने जति पनि नेता हरु छन् उनि हरु सबै म्याद गुज्रेको औसधि हुन् अब यिनी हरुलाई फोहोर को टोक्रा मा फालेर देश लाई निकाश दिने जिम्मेवारी तपाई हामी युवा हरु को काँध मा छ, होइन भने हाम्रा आउने सन्तति ले हाम्लाई पनि येसरी नै सराप्ने छन् जसरि हामीले यहाँ प्रचंडे जस्ता दिमाख खुस्किएका नेता हरुलाई धारे हात लगाइरहेका छौ …

    Reply
  25. jitman Rai 'sabin" says:
    February 11, 2013 at 9:17 am

    मर्नु भन्दा बहुलाउनु निको भने झैँ मर्न नसकेर माओबादी बहुलाउन थालेको हो…थोरै जनताको विश्वास माथि पनि धावा बोल्न थाले पछि अब प्रस्ट छ यिनीहरुको दिन सकियो..।

    Reply
  26. रबिन्द्र राज गिरी says:
    February 11, 2013 at 8:43 am

    फटाहा ! फटाहा !! फटाहा !!!

    Reply
  27. bikka rana magar says:
    February 11, 2013 at 8:21 am

    झूट को खेति त जनयुद्ध नाम को हत्यारो करतूत सुरु भएदेखि नै चलेको हो. आज को निर्लज्जता त्यसैको निरन्तरता मात्र हो. क्रम भंग हुन सकेको छैन.

    Reply
  28. nimesh, bkk says:
    February 11, 2013 at 8:15 am

    माओवादीले विपक्षीहरुलाई बिरालोले मुसा खेलाए जस्तै खेलाएको खेलाई छ यो वा त्यो प्रस्ताव गरेर . लाचार अनि लाछी विपक्षीको पनि केहि शुद्धि फुरेको हैन . खालि कुर्सिको लागि मात्रै आन्दोलन गरेको गरै छ . कतै बिपक्षीको हुति नै हराएको हो कि के हो यो माओवादीसंग निर्णायक निर्णय गर्न हो ???!!! झुसेको प्रधानमन्त्री खानेमै सपना बोकेर हिंडेको छ, एमाले कतै खस्ला र खाउँला भनेर लागेको छ त कसरि निकास निस्कोस .

    Reply
  29. SURENDRA SUBEDI hongkong says:
    February 11, 2013 at 7:54 am

    दल हरु निरिह बनेका छन् मिस्टर प्रचण्ड को अगाडी,मिस्टर प्रचण्ड ले जे अनि जता टाउको घुमाए निरिह दल हरु गुरुरु कुद्ने गर्छन /यही कुदाई को दौरान मा लाग्छ सबै थाक्दै गएका छन् /प्रचण्ड नेपाली राजनीति का माहिर स्ट्राइकर बनि सकेका छन्, जस ले जुनै बेला पनि बिना किप्पर को गोल पोस्ट मा निस्फिक्री गोल गर्ने हिम्मत कुरी रहेको आभाष हुदैछ/ यसरी निरिह राजनीति गरेर दल हरु बस्नु भन्दा राजनीति बाटै सन्यास लिएर जनता को अगाडी घुडा टेके के बित्ला? अनि हेरौ मिस्टर प्रचण्ड को नाटक मा कसले ताली ठोक्ला/

    Reply
  30. xyz says:
    February 11, 2013 at 7:40 am

    Let me cite another example of Maoists taking swift turns:
    Yesterday, in the morning, on the occassion of 23rd Anniversary of CIAA, Dr. Bhattarai clearly informed the audience that he the coming elections will be held by the government who declared the elections in the first place, implying his intention to not to quit when, in fact, the party had agreed to form the election government led by the CJ. To add insult to the injury, he had a different view after meeting the President in the evening. Maoists are confusing the whole public by changing their statements, literally, a minute after minute.

    Reply
  31. RAM NARAYAN says:
    February 11, 2013 at 7:22 am

    यो देश आज एस्तो हुनुमा मेरो पनि दोष छ …., प्रचण्डजस्ता चटके र त्यसका भोका प्यासा रक्तपिचासु गुरिल्लाहरुलाई विश्वास गरेर १ भोट दिए l

    Reply
  32. प्रवेश says:
    February 11, 2013 at 7:11 am

    बिरालो र मुसो जस्तो विचार बोक्नेहरु यस्तै हो

    Reply
  33. Sagar BC says:
    February 11, 2013 at 6:09 am

    माओबादी हरुमा विश्वास गर्नेहरु ईस खाओ अब!!! माओबादी हरु ले सत्य बोलछन भन्ने कुरा अब एकादेशको कथा भयो…, नकचचरा हुनुको पनि सिमा हुन्छा नि हो…… मैले सोचे भन्दा ६०० % फटाहा निस्के यार यिनीहरु त…..बेस्या भन्दा पनि…..

    Reply
  34. Suman bhote says:
    February 11, 2013 at 5:51 am

    यो इस्तिथि हेर्दा अब बाबुराम ले छिटो सत्ता छोड्लान जस्तो छ……
    निर्बाचन को लागि प्रधानमन्त्रि एउटा निस्पक्च्य मानिश को खाचो छ…..
    कसैले कसैको सरकार वा भनम प्रधानमन्त्री वा leadership नसुइकर्ने हो भने…. एउटा साझा बेक्तिलाई वा राजनीति बाहिरको मानिश लाई बनाउनुबाहेक अरु विकल्प छैन…… बैध्य, कमल थापा, र अरु साना दाल लाई पनि रिजाउन जरुरीछ….
    प्रधानमन्त्री को काम एकजाना, स्वछ, राजनीति बाहिरको मानिश लाई दिने…. र मन्त्रि हारु सबै मिलेर बाढने…. बैध्य, कमल थापा, पशुपति सम्सेर, एमाले, कांग्रेस, माओबादी, सबै मदेशी दलहरु, र साना पार्टी मिलेर मन्त्रि मण्डल बनाउने….
    कांग्रेस ले मलाई चहियो, सुशील ले मै बन्नु पर्यो, भट्टराई ले नै चुनाब गर्नुपर्यो… येसो भन्यो भने कहिले पनि चुनाब हुदैन…. र १०-२० वर्ष चल्छ यो सरकार….
    माओबादीले option नै option दिएको छ…. एमाले लाई त भन्दिन, तर चुनाब भएमा कांग्रेश लाई धेरै फाइदा छ…. तेसैले चुनाब गर्न सकिन्छ भने, प्रचण्ड को प्रधानन्यायेधिश को प्रस्ताब ठिक छ….जेष्ठ मा चुनाब गर्नेत हो नि, अब कतिदिन बाकि छ र…. एउटा प्रधानमन्त्री मात्रै त हो, अरु सबै नेता त हुनेवाला हुन् मन्त्रि , किन डराउने……तेसैले प्रधानमन्त्री जो भएपनि, अहिले सबैले मान्ने भनेको/निस्पक्छ्या चुनाब गराउन सक्ने भनेको नै प्रधानन्याधिश हो….. र यो ३-४ महिनाको लागि त होनी….
    त त म म गरेर चुनाब हुनेवाला छैन….
    यो पनि मान्दिन, त्यो पनि मान्दिन…. र आर्को…. रिजौना लाई कुरा फेर्या फेरै….
    नेताहरुलाई गालि गरेर फाइदा छैन… साथीहो उपाय दिउ….
    आन्धोलन बाट सरकार धल्नेबाला छैन… न येसरी सत्ता चलाउन सजिलो छ…
    सबैले चुनाब लाई प्राथमिकता दिउ… poppet प्रधानमन्त्री बनाम र चुनाब मा जाम…..

    Reply
    1. Suman bhote says:
      February 11, 2013 at 10:39 am

      आज बार्ता छ… सफल होस् भन्न कामना गर्छु…
      मेरो विचार मा ढुंगा लाई प्रधानमन्त्री बनाएपनि फरक पर्दैन….
      निर्वाचन त गर्ने हो….. यो नै अहिलेको प्रमुक बिसाए हो….
      सबैले माने भने… जेमा सहमति गरे बैहल्यो नि….
      जस्तो जनता तेस्तै नेता….

      Reply
    2. Suman bhote says:
      February 11, 2013 at 4:03 pm

      सहमतिमा भाजोहाल्लने मानिसहरु निक्लिसके…..
      जस्ता नेता…तेस्तै जनता…..
      केहि हुने बाला छैन…..नेपाल र नेपालीको……

      Reply
  35. Ramesh (USA) says:
    February 11, 2013 at 5:40 am

    मैले देखेका फटाहाहरु केपी ओली, विजय गच्छदार, कमल थापा, बामदेव गौतम, खुम बहादुर खड्का सबैलाई पछि पार्दै एक नम्बरको फटाहा प्रचण्ड !!

    Reply
  36. बलराम says:
    February 11, 2013 at 5:05 am

    छट्टु स्यालको के कुरा!!!!

    Reply
  37. bhupen says:
    February 11, 2013 at 4:51 am

    नेताहरुले लाज सरम सबै पचाई सके नि …. जे गरे नि हुने जे बोले नि हुने ,,,, हग्ने लाई भन्दा हेर्ने लाई लाज…. नेताहरुलाई के को लाज ….जनताले लाज मान्नु पर्याछ …. लाजै मान्ने खालका हो भंनेता उहिले देशले निकाश पईसक्थ्ये …सारा संसार आगाडी बढिरहेको बेलामा यिनीहरु चाही गोरु जुधाई लडी रहन्थ्ये त ???? ……नैतिकता भन्ने कुरो अलिकतिनी छैन हो यिनीहरुको …खै के गर्नेर??
    नेताहरुले केहि गर्छ भनेर कुरेर चाडै केहि हुने वाला छैन….. कि यिनीहरुको घैटोमा घाम लग्नु पर्यो या यिनीहरुको बुढेश काल लागेरा चिल्लिम खाए सम्म नेपाली जनताले कुर्नु पर्यो …आन्यथा कसैले जादु गरेमात्र अचानक केहिहोला नत्र उही नाटक भनौ या गोरु जुधाई भनौ एउटा मनोरंजन को स्रोत मानेर हेरे हुन्छ ….

    Reply
  38. द्रोण says:
    February 11, 2013 at 4:07 am

    आजकाल त् लाग्छ ,बाबुराम प्रचण्ड को पछि हैन कि प्रचण्ड चैँ बाबुराम को पछि लागेको रहेछ |पहिले तेत्रो मावोबादी टुक्रेर गयो ,अब बाबुराम ले छोडे भने प्रचण्ड को के हाल होला ?
    सधै झुट बोल्ने ,बोलि फेर्ने ,हुदा हुदा अब कोइ झुटो बोल्ने मान्छेलाई त् त् कस्तो ,प्रचण्ड जस्तो भन्ने दिन आयो जस्तो छ है |

    Reply
  39. Gaurab Nepali "Oodaaseen" says:
    February 11, 2013 at 4:02 am

    जो आय पनि कानै चिरेका को देश नेपाल मा त्येस देशको जनता सुहाउदो नेता हुन् प्रचण्ड, प्रचण्डरुपी महारथी नेपलपति! बिसबर्से एमान्ग्रेस शासनकालको बिकशरुपी उत्पादक को प्रतिफल हुन् प्रचण्ड ! जुटेको प्रचण्ड पथले त निरिह बनायो बनायो बिचार त्यो एमंग्रेस्लाई तर, फुटेको प्रचण्ड पथ बाट पनि झनै निरिह बनेका यी एमान्ग्रेस !

    Reply
  40. टिका धिताल says:
    February 11, 2013 at 3:51 am

    दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, नेप्टे, भँगेरे, चमेरे- जस्तो नेता खोजे पनि त्यति बेला पाउन सकिन्थ्यो । साँच्ची भनूँ भने तिनताक नुनमा कन्ट्रोल भए पनि नेतामा थिएन । पार्टीमा बास नपाए पनि पार्टीमा त खास पाइन्थ्यो । त्यसैले म कुरा झिक्तै छु त्यही झालेमाले दशाब्दीको ।
    म थिएँ त्यस बेला बेनामी अड्डाको बहीदार । अड्डा बेनामी भन्दैमा आफू पनि बेनामी थिएँ भन्ने नसम्झनुहोला नि । खासखुसबहादुर खतिवडा भनेपछि सिंहदरबारदेखि लिएर कमिलाकुटीसम्म मलाई नचिन्ने कोही थिएन । बाहिर छउन्जेल घुम्ने, भित्र छउन्जेल उभ्ने भएकोले कोही मलाई बहीदारको सट्टा फुइँदार पनि भन्ने गर्थे । तर के गर्नु र ! प्रमोसन पाउने बेला भयो कि आइपुग्थ्यो अर्कै जगरसेठ, कहिले नेतामार्का, कहिले नातामार्का ।

    मलाई एक दिन झोकै चल्यो, दर्जाको पछाडि एउटा ‘टर’ नझुन्डिएको जागिर के खानु ? किनभने जमानै ‘टर’ को छ हेर्नोस् न- मिनिस्टर, डाइरेक्टर, इन्सपेक्टर, मास्टर, डाक्टर, एडिटर, अडिटर इत्यादि । पुलिस इन्सपेक्टर नपाए बस कन्डक्टर नै सही, एडिटर नपाए कम्पोजिटर नै सही, एउटा ‘टर’ त झुन्ड्याउनै पर्छ बा ! यो जाबो बहीदार सधैँको दिक्दार । यस्तै कुरा सोच्तै मकैमार्का बेसनको लड्डु खाएर चुइँचुइँ कराउने साइकिलरुपी छुचुन्द्रोमा गणपति लम्केझैँ ढल्किँदैढल्किँदै हल्लिरहेको थिएँ ! नयाँसडकको मूल ढोकैमा प्रसिद्ध नेता कछुवाकान्त कार्की भेट भए । साइकिलबाट ओर्ह्लंदै नमस्कारपूर्वक मैले सोधेँ- “नेताजी कता ?”

    “एउटा पार्टी छोडिहालियो । अर्को पार्टी खोलिसकिएको छैन । त्यसैले हालसाललाई नेताजी न यता न उता !” नेताजीले नाक मुसार्दै भने । अनि खल्तीबाट क्राइभेन चुरोट निकाल्दै गम्भीर मुद्रामा मलाई सम्झाए- “तपाईंजस्ता नौजवानले पनि बहीदारमा भुन्डिने हो ? आउनुहोस् मेरो पार्टीमा काम गर्न । सेक्रेटरी गराइदिन्छु । अहिलेलाई चिया-चुरोट चलाइदिउँला, चन्दा धेरै उठेपछि चप-चुस्कीको चमेना पनि गर्नुहोला ।” सेक्रेटरी, हँ ! ‘टर’ भन्दा पनि ठूलो टरी !!! उनको कुरा सुन्नेबित्तिकै के खोज्छन् काना ? आँखो भनेझैँ मलाई लाग्यो र झोला र झन्डा काँधमा हालेर हिँडे त्यहीँदेखि चन्दा उठाउने धन्दामा । जोजो जेजे चाहन्छन् त्यहीत्यही मिलाइदिन आशा देखाएपछि चन्दा झर्न कति बेर ! हाम्रो घोषणापत्रमै लेखेको थियो-

    “व्यापारीलाई दर, सुकुमवासीलाई घर, जागिर खानेलाई पोस्ट, खाजा खानेलाई टोस्ट, जोगीलाई जंक्सन, रोगीलाई इन्जेक्सन, पढ्नेलाई पास, खेल्नेलाई तास, गाइनेलाई भ्वाइलिन, आइमाईलाई नाइलिन, पुलिसलाई डन्डा, नेतालाई झन्डा, पन्डालाई भेटी, गुन्डालाई केटी, इत्यादि ।”

    तर के गर्नु- नेता थिए नम्बर वन, जति चन्दा उठाए पनि आफैँ च्वाम् । आखिरमा गएर मलाई जङ्बहादुरको पालाको एउटा जडाउरी कोटमा टारिदिए । चौटा खान गएको सम्धि झोलमा डुबेर मर्‍यो भनेझैँ म हिस्स बूढी हरिया दाँत भएँ । तर उद्दोग गर्दै रहेपछि एकातिर नभए अर्कोतिर गल्फ भन्ने सम्झेर तुरुन्तै ज्वाइन गरेँ अर्को पार्टी ।

    पार्टीको नाम त के हो कुन्नि, अङ्ग्रेजीमा थियो, तर नेताको नाम भने रेशमवीर पाँडे हो ! नेतालाई भेटेकै दिन श्रीमती नेतीले मसित सुटुक्क भनिन्- “तपाईं पहाडको मान्छे, एक टिन शुद्ध घिउ ल्याइदिनुहोस् न, म उहाँ हजुरलाई भनेर अफिससेक्रेटरी गराइदिउँला ।” के गरुँ-

    “नेतानां नेतीनां चवै वचनं नैव लंघयेत्,
    संसदीये प्रजातन्त्रे पार्टीनेतैव ईश्वर: ।”

    यही ठानी गएँ उही दिन काम्लोकुम्लो बोकेर देउपुरतिर । तै, घिउ बोकेर आउँदै थिएँ, भाग्यमानीको भूतै कमारा भनेझैँ अर्को नेताले समाएर भने- “त्यो ठगसित किन लाग्छौ, बरु एक टिन घिउको अडर मै दिउँला तिमीलाई, मेरो पार्टीको सङ्गठन गर ।” कुरा मलाई ठीकै लाग्यो र थालेँ उनैको पार्टीको लागि मान्छे फकाउन । माम पाएपछि काम गर्न को गाह्रो मान्छ ? कसैलाई कुराले फुलाएर, कसैलाई सुराले झुलाएर, कसैलाई झन्डाले लोभ्याएर, कसैलाई डन्डाले सोझ्याएर, कसैलाई खेती जोरिदिउँला भनेर, कसैलाई केटी खोजिदिउँला भनेर, कसैलाई नुन पाउला भनेर, कसैलाई सुन लाउला भनेर इत्यादि गर्ने कृत्य गरी मेरा मनोमान खुसी राजीसाथ पार्टीको सदस्यबुकमा सही गराएँ । यसको फलस्वरुप कैयौँ पटक जुलुस, भाषण, हडताल, पिकेटिङ गरियो । “जहाँसम्म हाम्रो अखिल नेपाल दु:खमोचन पार्टीको सरकार हुँदैन, त्यहाँसम्म सङ्घर्ष जारी नै रहन्छ” भन्दै सभापति श्री बिकनबिलास बनियाँले नेपालचौरमा कुर्ले । शहीदको शपथ खाँदै उनले यो पनि भने कि हाम्रो पार्टीको सरकार बनेको भोलिपल्ट नेपालको दु:खजति कालमोचनमा लगी म बगाइदिन्छु ।

    नभन्दै नेताले फुर्का हालेको दिन उनकी सालीले हीराका लुर्का पाइन्, मैलेसम्म एक तुर्का चिया पाएको थिएँ, मैले बनाएका सदस्यले एक कुड्का ल्वाङ पनि पाएनन् वा अरु जनताले भने भोलिपल्टदेखि कतै नेताका सालाको, कतै सालाको पनि सालाको मुड्का पाउन थाले । यो देखी मलाई साह्रै जङ चल्यो र म पुगेँ अर्कै पार्टीमा ।

    तर त्यो रहेछ गजब पार्टी । जानासाथ मेरो इन्टरभ्यु पो लिन थाल्यो ! प्रश्नोत्तर यिनै थिए-
    “हूलदङ्गामा तँ कति पटक पक्रिएको छस् ?”
    “छैन ।”
    “हतियार चलाउन केके जान्दछस् ?”
    “जान्दिनँ ।”
    “चोरी, रहजनी इत्यादिमा बात लागेको छ कि छैन ?”
    “छैन ।”
    “परेको बेलामा चर्पीको प्वालबाट भाग्न सक्छस् कि सक्तैनस् ?”
    “सक्तिनँ ” इत्यादि । अनि नेताले एउटा ठेलो पल्टाएर भन्यो-
    “चोरिचकारि नगरी चतुर्‍याइँ हुन्न
    दङ्गाफसाद नगरे इजतै रहन्न ।
    सोझा र सज्जन कबै नलिनू दलैमा
    पार्टी चलाउनु सधैँ छल औ बलैमा ।”

    यो सुनेर म अक्क न बक्क परी फर्के वरैतिर । तर पार्टीको नशा अफिमको भन्दा पनि कडा हुने रहेछ । बाबुआमा गाली गर्थे- पार्टीमा कुद्नुभन्दा पाटीमा एउटा नाङ्ले पसल थाप्नु नि बाबू ? तर के भन्या यस्तो ? नेता हुने मान्छेले नाङलाँ तिलौरी बेचेर बस्नु ? तिलौरिको सट्टा बरु स्वास्नीको तिलरी बेचुँला नि भनेजस्तो लाग्यो । अनि मैले धमाधम एकपछि अर्को, अर्कोपछि अर्को गर्दै भएजति पार्टी चहारेँ । दुई-चार वटाको नाम पनि सुनिहाल्नोस्-
    १) राष्ट्रिय छलछाम परिषद् ।
    २) अराष्ट्रिय पेडाजुल्फी दल ।
    ३) अन्तर्राष्ट्रिय खुर्पा पार्टी ।
    ४) अराष्ट्रिय जम्बुक दल ।
    ५) सुराष्ट्रिय कन्याखोज मण्डल ।
    ६) कुराष्ट्रिय कुकर्म काउन्सिल इत्यादि ।

    श्राद्ध गर्दा बिकारलाई घोप्ट्याएको दुनो पनि पछि गएर पुरेतले सोभ्याउन लाउँछन्, तर मेरो घोप्टिएको दुनो कतै पनि सोझिएन । एक सुयवटा नेताको सङ्गत गरेँ, जुत्ता बोकेँ, आखिरमा आएर न यता न उता । तयसैले झोकै शान्ति मैले पनि मावलीको मद्दतले एउटा पार्टी खोलेको छु, जसको नाम हो- ‘अखिल नेपाल भस्याङभुसुङ दल’ । जसले जे भने पनि आखिर म पनि एउटा नेता भैहालेँ । अन्त्यमा, मेरो पार्टीमा काम गर्न चाहने कुनै कङ्गाली छ भने बङ्गाली भाषामा एउटा दरखास्त लेखी बतासे हुलाकमा खसालिदिनुहोला अथवा जग खन्ने मुसा, घुरी खोस्रने बिरालाको कानमा झुन्डयाइदिए पनि हामीकहाँ आइपुग्छ । सो पनि नसके एउटा लाटोकोसेराको कानमा सुटुक्क भनी पठाए पनि हुन्छ । नोट गरी राख्नोस्- नेता नम्बर – एक सय एक ।
    जयभुँडी, भैरव अर्यालका निबन्धहरु

    Reply
  41. कुसुम ज्ञवाली says:
    February 11, 2013 at 2:46 am

    यस्ता बहुलठ्ठीपूर्ण कुरा गर्नमा प्रचण्डकै मात्र दोश छैन, हामी पनि दोशी छैा । खै त गलत काम वा कुरा गर्दा दण्डित हुने बैधानिक र ब्यावहारिक प्रणाली चाहियो नी । त्यो चाही बनाउन हामीले सकेनैा त्यस्ता कुरा गर्नेलाइ सर्वोच्चपद (पार्टी / देशकै) पुग्ने अबस्था त सोझो घुमाउरो ढंगले गरेकै हो नी । चुनावको बेलामा माइसन्सारमा कमेन्ट लेखेर बस्ने अनि अहिले ठुल्ठुला कुरा गर्न हामीलाइ सुहाउँदैन । अाफ्नो अधिकार प्रयोग गर्ने बेलामा मलाइ “पोल्टिस”मा रूचि छैन भनेर पन्छिने अनि समश्या अाएपछि तर्किने कुरा प्रचण्डअादी नेतृत्वले हाल गरिरहेको भन्दा कम सानो भूल होइन । हामीले अात्म समिक्षा पनि गर्नेकी नेतालाइ गाली मात्र गर्ने ?

    Reply
  42. Surya says:
    February 11, 2013 at 2:25 am

    ब्यक्तिबादी पार्टीका नयाँ राजा. अच्चमको कुरा त यस्ता नेतालाई नै भोलि चुनाबमा भोट दिएर बिश्वास गर्ने भेडाहरु अझै छन् हाम्रो समाजमा. हुन त कोहि नेता कोहि भन्दा कम छैनन् तर यिनको त दिमाग नै खुस्केको छ जस्तो लाग्छ.

    Reply
  43. Birendra says:
    February 11, 2013 at 2:08 am

    यो, Mysansar को publication very worse , very suboptimal , no standard

    Reply
    1. Rabin Singh says:
      February 11, 2013 at 9:12 am

      अनि प्रचण्डको बोली चाही एकदम राम्रो……होइन त महासय ? ईईईईइस्स्स्स्स्स्स्स माओबादी !

      Reply
  44. Biren kumar Rijal says:
    February 11, 2013 at 1:31 am

    भोट मग्न त औलानि प्रचण्ड चोर के मुख ले आउदो र छ, अब माओबादी ले अब देस बच्न मात्र बाकी छ, क्या झुकायो जनता लाइ, अब यिनी हरु को बिश्वास गर्नु र काग ले बेल खायो भन्नु एउतै हो, / प्रचण्ड, बाबु राम अनि अहिले त अर्को खाते पनि छ नारायणकाजी अब पनि एनी हरु को कुरा को के बिस्वाश?
    मलाई लाग्छ यो सब अब माओबादी को सत्ता कब्जा को चाल हो, नत्र हिजो भनेको हु अनि आज होइन भन्नि कस्तो गाईजात्रा हो यो कुकुर प्रचण्ड को, येस्ता नेता भएर देस ले यहाँ भन्दा कति विकास को आशा गर्नी

    Reply
    1. parashar says:
      February 13, 2013 at 1:09 am

      बिरेनजी , यी नालाएकहरु तपाइँ हाम्रो घर आगनमा अबस्य आउछन भोट माग्न होइन ” भोट लुट्न ” क्यार्ने हामीलाई आफ्नै ज्यान प्यारो लाग्छ त्यसमाथि पनि बुढा बा , आमा लाइ सिधै छोरा -छोरी जहान को माया भए भोट दे .. भनेर बन्दुक देखाएपछि बिचारा हामी र हाम्रा ब्रिद्द आमा – बा ले चुप चाप भोट लुताइदिञ्छन !
      यिनीहरुलाई समाजबाट हटाउने एउतै उपाय भनेको ब्यालेट होइन ” बुलेट” नै हो ! नत्र अरु ३०-४० बर्ष यस्तै फटाहा हरुको लुट तन्त्र चलिरहनछ !

      Reply
  45. Samsundar says:
    February 11, 2013 at 1:14 am

    प्रचण्ड ले झुट माथि झुट बोलि झुट को सगरमाथा बनेको पत्तो नपाउनु , ओली ले सहि कुरा पनि काट्नु , बाबुराम ले कुर्शी नछोड्नु र सुशील र राम्चंद्रे ले प्र म को लागि मरिहत्ते गर्नु …….. र पुष्प , गगने जस्ता ले मण्डले सैली मा अन्ध तारिफ गर्नु अनि बाकि सबै ले खोइरो खन्नु मै संसार को नियति बन्दै गएको आभास हुन थालेको छ |

    Reply
  46. Abhishek says:
    February 11, 2013 at 1:09 am

    कुरी कुरी कुरी कुरी कुरी कुरी कुरी कुरी कुरी …

    Reply
  47. janak dangol says:
    February 11, 2013 at 12:50 am

    बरा छोरा बुहारीको पिरले गलेका छन ! एक्लो छोरा नचाहिने कम गरेर हिड्यो त्यही दिन देखि ठुला कामरेड के बोल्छन उनलाई नै थाहा छैन ! प्रचण्ड अहिले मान्छे हैन रिमोट बाट चल्ने रोबोट हुन र उनि बोलेको हैन त्यो वाएरलेस जडित भ्वाइस मेल हो भनेर बुझ्नु पर्छ !

    Reply
  48. sushi says:
    February 11, 2013 at 12:47 am

    यस्तो राजनीति अनि नेता हरु को बारे मा कमेन्ट गरेर केहि फाइदा छैन. बिकशित मुलुक मा भएको भए यिनले उहिले नै राजनीति बाट सन्यास लिएर जंगल तिर तपस्या गर्न हिडी सक्थे तर नेपाल के गर्नु यी फटाहा ले सोजो नेपाली लाई झुक्याई आफ्नो दुनो स्जो गर्न पाएका ले यस्ता कुरा हरु सुन्नु परि रा छ /

    Reply
  49. कमल थापा (साउदी अरब) says:
    February 11, 2013 at 12:13 am

    धेरै भुके, अचम्मनै कराए, यी भुकेको सुनेर, देखेर मलाइ लाग्न थाल्यो की भुक्ने कुकुरले टोक्तैन, अब यीनलाई ज्ञानेले खोरमा जाके पछि बल्ल लाइनमा आउलान की!!!
    हरामी ज्ञाने भाग्यमानी रहेछ/ फेरी यसैका दिन आए/ यी राजनीतिका ठेकेदारले त एउटा होइन धेरै ज्ञाने खोजेका छन्/ नत्र के गरेको यो नाटक?
    लौ कसैले …… प्रस्ट कुरा भनिदिनु पर्यो/

    Reply
  50. kedar says:
    February 10, 2013 at 11:22 pm

    छिन छिन मा कुरा फेर्ने माओबादि र कुर्सीका लागि आन्दोलन गर्ने विपक्षीले दाइ …….. ज्ञानेन्द्रको फिर्ती बाटो सफा गर्दैछन, गर गर गोर्खे लौरी लाएर अलिकति त ठिक गर्ला की !
    दलहरुलाई प्रतीबंध लगाएर माटो सुहाउँदो निर्दलीय पन्चायेती ब्यबस्था तेसै त लागु गरेको होइन रछ नि नि नि नि नि नि

    Reply
  51. Dipendra Bagale, London says:
    February 10, 2013 at 11:01 pm

    के कुरा गरेछन प्रचन्डले ? अब उनि निको नभएसम्म उनका बारेमा टिप्पणी गर्नु बेकार छ किनकी उनि बिरामी भएछन । मानसिक बिरामी । मित्रहरु, कृपया प्रचन्डलाई गाली नगरौ ।

    Reply
  52. rebandra says:
    February 10, 2013 at 10:38 pm

    होइन हो लेखौ के! नलेखौ लेख्न मन लाग्यो , अरुलाई गाली गर्नु भन्दा साथीहरु आफु परिबर्तन हौ पहिले तपाइहरु को कमेन्ट हेर्दा त अन्झई गाउँमा हुनुहुन्छा जस्तो छ सबै विदेश मा बस्ने हो s l c पास त हो नि संकी लाग्छ हामी नेपाली जनतानै ठिक छैनौ नेता हरु आकास बाट आयको हो र नेता क बाबु आम पनि त जनता हुन् ..अनि नेपाल को नेता नै ठिक छ र कोहि ले देश बेच्ने कसैले भ्रस्टाचार गर्ने त्यहि त हुन सबै autai dyang का मुला…केहि जबाफ छ ?????????

    Reply
  53. यश घिमिरे says:
    February 10, 2013 at 10:13 pm

    ‘प्रधानमन्त्री आफै हुन्छु भनेर ठट्टा गरेको’ भनेको सुन्दा प्रचण्ड २५ पर्सेन्ट खुस्किएछ भन्ने लाग्याथ्यो | सिमाना बिबादमा जनमत संग्रह भनेको सुन्दा ९० पर्सेन्ट र अहिले यो ब्लग पढेपछि १०० पर्सेन्ट खुस्किएछ भन्ने लाग्यो | इमान्दार एमाओबादि नेता , कार्यकर्ताले प्रचण्डलाई अधक्ष्य पदबाट गुल्ट्याएर राँची तिर पठाउन सकेभने यो पार्टीको आयु अलिक लामो समय सम्म रहला होइन भने राम राम छ |

    Reply
  54. nabin says:
    February 10, 2013 at 10:04 pm

    २१ औ शताब्दी मा आइपुग्दा सम्म पनि उचित राजनीतिक प्रणाली त बिकाश नभएको देश मा आधारभूत आबश्यकता को विकास होला भनि कल्पना गर्नु पनि मुर्खता हो, भलै हेटौडा चार दिन उजालियो त्यो बाहेक अरु केहि पनि उपलब्धि भएन / अहिले आएर हामीले १९ औ शताब्दी मा जिएको जीबन को अनुभब गर्न पाएका छौ त्यसका लागि हाम्रा शासक हरु लाई मुरी मुरी धन्यवाद दिनैपर्छ

    Reply
  55. HUM SUBEDI says:
    February 10, 2013 at 9:33 pm

    जब सम्म पुष्प जस्ता अन्ध भक्तको खडेरी देशमा पर्दैन तब सम्म हाम्रो देशले दुख पाउने अवस्था रहिरन्छ | सर्वहारा जनताको राजनीति गर्ने भन्ने तर आफु चाही महलमा सुर्छित भएर जनता लडाएर देश लाई हाक्छु भन्ने प्रचण्ड जस्ता नेता बाट केहि अपेछा गर्नु आफै मुर्ख हुनु हो |जहाँ सम्म प्रचण्ड ले कुरा फेरी रहन्छन भन्ने कुरा झुठ बोल्ने मान्छे ले एउटा झुठ lukauna सयौ झुठ बोल्नु पर्छ|प्रचण्डको बोल्ने style मात्र कडा रुप देखिने हो तर उनि आफैलाई थाहा छैन कि म बडी emotioanal र सपनाको मात्र कुरा गरि रहन्छु | hey puspa ji get out from nostalgia just my request.

    Reply
    1. पुष्प says:
      February 11, 2013 at 7:34 am

      पार्टीको प्रवक्ताले नै हो भनेपछि कान्तिपुर त के प्रचण्ड स्वयंले हो भने पनि पत्याउने कुरो आउदैन अब हुमजी । तर प्रचण्डले ‘होइन’ त्यसो भनेको प्रमाण के छ त ? त्यसै उफ्रिनेहरू अन्धविरोधी हुन् ।

      Reply
      1. Vijay says:
        February 11, 2013 at 9:22 am

        हरे पुष्प जी, तपाईंको कुरा सुनेर पनि दिक्दार लागेर आउँछ कैलेकाही ! तपाईं संग दृढ बिचार छ, राम्रो हो, तर त्यसलाई सहि स्थानमा प्रयोग हुनुपर्यो के, अनि त्यसलाई अन्धभक्तको सिमा सम्म पुग्न दिनु भएन ! एउटा रास्ट्रभक्त नेपाली भएर मनदेखि सोच्नुस त, के प्रचण्डको यस्तो ब्यबहार देश र जनता को हीतमा छ त ?

        Reply
        1. पुष्प says:
          February 11, 2013 at 1:22 pm

          नचाहिने आरोप र अर्ति नदिनुस् विजयजी, प्रचण्डले ‘होइन’ भनेको प्रमाण दिनुस !

          Reply
      2. rajababu says:
        February 11, 2013 at 11:36 am

        पुष्पजी तपाईलाई प्रमाण चाहियो भने प्रचण्ड संग सम्पर्क गर्नु होला/ येहा बिनासित्तिमा हल्ला नगरी बस्नु होला /

        Reply
        1. पुष्प says:
          February 11, 2013 at 2:53 pm

          ‘तपाईंहरू’ पनि नचिच्याउनुस न त त्यसो भए ।

          Reply
      3. Jonam says:
        February 11, 2013 at 6:20 pm

        पुष्प जी हिडन कमेन्ट क्लिक गरे पढ्न हैन “रातो” थिच्न………..!!!

        Reply
  56. Damodar says:
    February 10, 2013 at 9:26 pm

    ……………. लाई भन्दा देखने लाई लाज . भो अनुहार उता फर्काउनु होश पाठक मित्र हरु कति कमेन्ट गर्नु येस्ता नकचरा हरुको. छ्या छ्या ………….

    Reply
    1. balaraam says:
      February 10, 2013 at 9:50 pm

      को लाइ फटाहा भन्ने को लाइ सज्जन भन्ने ? विभिन्न पत्रिका मा प्रचण्ड ले दिएको सफाई मा “जुनसुकै बिकल्प पनि मान्ने तर निम्न निम्न मा ” भने पछि यी कुरा उठाउनु को के तुक रह्यो र ?

      नेता, कर्मचारी, पत्रकार, सिछ्क, बिद्यार्थी, डाक्टर, इन्जिनियर, ब्यापारी, कलाकार देखि किसान, दलित नेपाल का जनता मध्ये १ % पनि ठिक भए देश को हालत यो हुने थिएन !
      बेइमान हरु को देश हो नेपाल !

      Reply
  57. Deepak Parajuli says:
    February 10, 2013 at 9:01 pm

    माओबादीका नेताहरु लाई अरु जनता हरु पनि आफ्नै भेडा जस्ता कार्यकर्ता नै लाग्दो रहेछ जे भने पनि पत्याउने तर त्यस्तो छैन ठिक र बेठिक छुट्टाउने जनता पनि छन् / अब प्रचंडे बाबु रामे हरु नाङ्गै हिड्न मात्र बाकी छ/ तिमि हरु को रास्ट्रयेता पनि देखियो ,क्रान्ति पनि देखियो सरकार पनि देखियो / अलिकति मात्र बुद्दि छ भने राजनीति गर्न छाड र सडक मा माग्ने भएर बस /

    Reply
  58. योगेश आदी says:
    February 10, 2013 at 9:00 pm

    प्रचंडेको बारीमा झुटको खेति उम्रिनु कुनै नौलो कुरो होइन ! २०११ साल मङ्सिर २६ गते शनिबारको दिन नेपालमा एउटा शनि नै जन्मेछन !!

    Reply
  59. rajan says:
    February 10, 2013 at 8:59 pm

    एस्ता चोरहरु को के बिस्वास गर्ने!!! त्यस मा पनि प्रचण्ड महाचोर को!!! कुकुर हो यो प्रचंडे !!!!!

    Reply
    1. pradip nepali says:
      February 10, 2013 at 10:02 pm

      कुकुर जस्तो राम्रो, इमान्दार जनावर को किन बेइज्जति गर्नु हुन्छ साथी यी देश-द्रोही दानव संग तुलना गरेर !!!

      Reply
  60. पुष्प says:
    February 10, 2013 at 8:53 pm

    प्रचण्डले ‘होइन’ भनेको प्रमाण खै त ? खुट्टा तान्नमात्र जानेकहरूले लेखेको कुरो सत्य हुन्छ ?

    Reply
    1. Pradip Shrestha says:
      February 11, 2013 at 12:35 am

      Never argue with an idiot; they’ll drag you down to their level, and beat you with experience.
      If you know what I mean.

      Reply
      1. पुष्प says:
        February 11, 2013 at 9:38 am

        पटकपटक दोहोर्याउनुले तपाईमाथि यो वानी सुहाउँछ । अरुका वाणीहरू पस्केर अरुलाई नै मूर्ख भन्नेहरूले मेरो प्रश्नको जवाफ पनि दिऊन । होइन भने आफ्नो अरूको आङ्को जुम्रा हेर्नुको साटो आफ्नो आङ्को भैसी नै पहिला हेर्नुस ।

        Reply
      2. पुष्प says:
        February 11, 2013 at 9:41 am

        पटकपटक दोहोर्याउनुले तपाईमाथि यो वाणी सुहाउँछ । अरुका वाणीहरू पस्केर अरुलाई नै मूर्ख भन्नेहरूले मेरो प्रश्नको जवाफ पनि दिऊन । होइन भने अरूको आङ्को जुम्रा हेर्नुको साटो आफ्नो आङ्को भैसी नै पहिला हेर्नुस ।

        Reply
    2. janak dangol says:
      February 11, 2013 at 12:54 am

      पुष्पजी नेपाला रेडियो र टेलिभिजन स्टेसन धेरै छन ! सुन्ने गर्नुस है !

      Reply
      1. पुष्प says:
        February 11, 2013 at 9:40 am

        कसैले ‘प्रचण्डले यसो भन्यो उस्तो भन्यो’ भन्दैमा त्यो सत्य हुन्छ जनकजी ?

        Reply
    3. Shankar says:
      February 11, 2013 at 4:10 am

      प्रमाण भनेको के पुष्प जी ?त्यो प्रेस बिज्ञप्ति देख्नु भएँ न ?

      Reply
      1. पुष्प says:
        February 11, 2013 at 9:39 am

        ‘हो’ भनेको प्रमाण पो त त्यो; ‘होइन’ भनेको प्रमाण खोइ शंकरजी ?

        Reply
        1. Manoj Karki says:
          February 11, 2013 at 11:03 am

          प्रचण्ड नै बहुलाए पछि विचरा पुष्पजीमा नि नेताको रोग सरेछ !

          Reply
          1. पुष्प says:
            February 11, 2013 at 2:56 pm

            प्रमाणबिना चिच्याउने बहुला कि अरु; आफै निर्क्यौल गर्नुस ।

            Reply
        2. bikka rana magar says:
          February 11, 2013 at 1:29 pm

          हे मित्र, कृपा गरेर माथि उदृत गरिएका दैनिक समाचार पत्र हरुका खण्ड हरु तिर नजर लईस्योस . अनि सोहि दिन का सम्पूर्ण टिवी च्यानेल हरुको समाचार इन्टरनेट बाट भएपनि सुनिस्योस. फेरी त्यो त प्रचण्ड नै होइन रहेछ चाही नाभानिस्योस. जो हुकुम.

          Reply
          1. पुष्प says:
            February 11, 2013 at 2:55 pm

            मैले त पत्ता लाउन सकिन; हजुरले नै लिंक दिबक्स्योस ।

            Reply
            1. Manoj Karki says:
              February 11, 2013 at 9:40 pm

              लौ हेर , http://youtu.be/ABo074gy2N4

              Reply
              1. पुष्प says:
                February 12, 2013 at 6:15 am

                लिंक मात्र दिने कि आफूले पनि राम्रोसंग हेर्ने/सुन्ने पनि ? “हामी विभिन्न विकल्पहरूमा खुला छौं” । के यसो भन्नु ‘होइन’ भन्नु हो ? मनोजजी, यसअघि दर्जन जति विकल्प दिंदा पनि विरोध मात्र जनाउनेहरॊका लागि माओवादीको महाधिवेशनले प्रन्याको विकल्प अघि सरेको हो । राम्ररी खुत्याउनुस ।

                Reply
            2. Subodh Shrestha says:
              February 11, 2013 at 11:06 pm

              पुष्प जी १०० मा ९० जना एकातिर अनि हजुर हरु १० जना एकातिर अलिक सुहाएन जस्तो लग्यो हे मलाई त

              Reply
              1. पुष्प says:
                February 12, 2013 at 6:18 am

                यस्ता वाहीयात कुरा मा १०० के लाखजना ‘विरुद्ध’मा भए पनि केही नाप्दैना । अनि मेरा लागि यस्ता खोक्रे मतले कुनै अर्थ लाग्दैन ।

                Reply
                1. Subodh Shrestha says:
                  February 12, 2013 at 2:18 pm

                  लेखु लेखु त लाग्या थियो तर के गर्नु सार्वजनिक ठाउँ मा तेस्तो लेख्न हुन्न र मात्र तर पनि १०० वटा बक्कुला को बथान मा एउटा काग त आवस्य चाहिन्छ नि होइन र? नभए रौनक आउदेना

                  Reply
  61. Rabin Dhital says:
    February 10, 2013 at 8:50 pm

    यी प्रचण्ड भनेका कस्ता भने, छिन को छिन आफ्नो बोलि फेरिरहने, लाज न शरम भएका, कालोलाइ सेतो र सेतोलाई कालो बनाउन जान्ने, छेपारोले झैं रंग फेर्न जान्ने, घरि घडियाल आशुं बगाउन सक्ने, घरि कम्मर भाँचेर-नाचेर तमाशा देखाउन सक्ने, कार्यकर्ता र जनतालाई दूई थरि कुरा भनेर भ्रमजाल मा राख्न सक्ने,..एस्ता खुबी भएका हाम्रा प्रचण्ड को बर्णन दश हजार ओटा जिब्रा भएका शेषनागले नि गर्न सक्दैनन् भने नाथे हामी जनताको के सामर्थ्य | बधाई छ प्रचण्ड जी, हजुरलाई..!!

    Reply
    1. pradip nepali says:
      February 10, 2013 at 10:13 pm

      रबिन जी, येस्मा प्रचण्ड को केहि गल्ति छैन, यीनि त पक्का नेता हुन, नेतामा हुनु पर्ने ३२ ओटै गुण छन् यिनीमा ! तपाई ले उल्लेख गर्नु भए जति गुण नभये त नेपाल को राजनीति मा छिर्ने सपना नदेखे पनि हुन्छ. जति दोश दिनु छ भेडा जनता/कार्यकर्ता हरु लाइ दिनुस.

      Reply
    2. suman p says:
      February 11, 2013 at 7:03 am

      त्यति गर्न नसके कसरि नेता बन्न सकिन्छ र लाहुर गए भै हाल्छ नि लाहुरे बन्न.

      Reply
  62. bibek dhakal says:
    February 10, 2013 at 8:39 pm

    लाज त यी सब नेताहरुले उहिले गुमाइसकेका छन , कहाबाट खोजेर ल्याउछ्न र लाज ?
    धन्न अन्धो जनताहरु फेला पारेका छन , केहि पनि नदेख्ने……लाज मान्नु नि नपर्ने !!!!!

    Reply
  63. darshan says:
    February 10, 2013 at 8:36 pm

    प्रचण्ड को हतार हतार हिरो बन्ने दाउ होला यो ! के के न मेरो दिमाख मा जुरेको फुरेको आइडिया भनि उफ्रेको ! हैन यो प्रचण्ड का पिता ले प्रचण्ड केटा केटि हुँदा भैंसी को बिलाउनि मात्रै खुवाउने गर्थे क्या हो !? खाली जिब्रो चिल्प्ले को चिप्लै छ बा , कि त्यो गिदी को अप्रेशन गर्नु पर्छ होइन भने प्रचण्ड ले नेपाल को राजनीति बाट सन्यान्स लिएर कमण्डलु बोकेर हिडे हुन्छ

    Reply
  64. Basantina says:
    February 10, 2013 at 8:34 pm

    एस्तो फत्याइङ्को राजनीति त कम्युनिष्ट मै पनि पुरानो पो भैसक्यो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme