Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’

Posted on February 27, 2013February 27, 2013 by Salokya

बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि… Continue reading

यो केवल कार हैन, त्यसो भए के हो?

Posted on February 27, 2013February 27, 2013 by mysansar

माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको… Continue reading

चुनावका लागि तयारी

Posted on February 26, 2013February 26, 2013 by Salokya

-डा. डोलेश्वर भण्डारी- राजनैतिक पार्टिहरुले चुनावका लागि करिव करिव तयारी शुरु गरि सकेका छन् । सवै जसो पार्टिहरुले वलवान, तेजी, सैंयौं मान्छेको वध गर्न पनि नडराउने, निडर, हुल दंगा मचाउन सक्ने, विपक्षी उम्मेद्वारले दरखास्त हाल्न अगाडि नै उनको सफाया गराउन सक्ने, मतदान केन्द्रहरुवाट मतपेटिका क्याप्चर गर्न सक्ने, टाटु ले सजिएका, याँ याँ परेका मुन्द्रे र… Continue reading

‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन

Posted on February 26, 2013February 25, 2013 by Salokya

खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने मतलब,… Continue reading

कंगोली केटा नेपालीमा फरर…

Posted on February 25, 2013February 25, 2013 by Salokya

नेपाली भाषा बोल्न सजिलो छ कि गाह्रो? विदेशमा शान्ति स्थापनाका लागि गएका नेपाली सुरक्षाकर्मीहरु बस्ने क्याम्प वरपरका मानिसहरुलाई उनीहरुले नेपाली भाषा मज्जैसँग सिकाएका हुन्छन्। केही अघिमात्रै साथी सुरेन्द्र पौडेलसहितका केही सञ्चारकर्मीहरु कंगो पुगेका थिए। त्यहाँ उनीहरुले वीरबहादुर तामाङलाई भेट्टाए। नेपाली भाषा फरर बोल्ने। घर बाह्रबीसे भन्दा रहेछन्। खासमा उनी कंगोली केटा रहेछन्। क्याम्पकै सुरक्षाकर्मीहरुले नेपाली… Continue reading

‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

Posted on February 24, 2013February 24, 2013 by Salokya

पोहोरको ब्लग पढ्नुभएको भए तपाईँहरुलाई याद हुनुपर्छ, ससुराली गाउँमा मेरो परिचय ‘लालमाइको पोइ’ को रुपमा मात्र रहेको छ। यसपालि म घेवा हेर्न हिँडेको छु। घेवा अर्थात् तामाङ परम्परामा मृत्यु संस्कारको एउटा महत्त्वपूर्ण पक्ष। हिन्दुहरुको सराद्धे भन्या जस्तै। एक महिना जति अगाडि लालमाइको ‘मम’ खस्नुभएको थियो। ‘मम’ भनेको आमा हैन नि फेरि। सुरुमा यो शब्द सुन्दा… Continue reading

उहिले र अहिले -२

Posted on February 24, 2013February 22, 2013 by Salokya

काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुरानो फोटो र अहिलेको फोटो। हेर्नुस्, यत्रो समयमा कति अन्तर आयो? 

कथाः रेड भ्यालेन्टाइन

Posted on February 23, 2013February 23, 2013 by mysansar

-दीपेन्द्र दोङ तामाङ- सँधै झैं आज पनि प्रेम व्यूँझिदा विहानको झण्डै साँढे सात बजिसकेको थियो । पूर्वपट्टि फर्केको झ्यालबाट छिरेको घामको प्रकाशले व्युँझाइ दिएर मात्रै हो,नत्र अझै केही समय निन्द्रामै रहने योजना थियो उसको । हुन पनि हो करिब नौ महिना पछि हङकङबाट भर्खरै फर्केको उसलाई कामको पनि कुनै चटारो थिएन । त्यसो त ऊ… Continue reading

अमेरिकामा नेपाली दिदीमाथि श्रम शोषण : तलब र खाना कम, कुकुरको समेत टोकाइ

Posted on February 23, 2013March 21, 2013 by Salokya

अमेरिकामा बालबच्चाको हेरचाह गर्ने घरेलु कामदार नेपाली दिदी पेमा शेर्पामाथि वेस्टचेस्टर बस्ने एक दम्पतीले श्रम शोषण गरेको डरलाग्दो विवरणसहित मुद्दा परेको छ। न्युयोर्क डेली न्युज पत्रिकाले यसबारे विस्तृत विवरण प्राथमिकताका साथ छापेको छ। त्यसमा छापिए अनुसार शेर्पा दिदीलाई प्रति हप्ता १०५ घण्टासम्म काममा दलाइन्थ्यो, कुनै ओभरटाइम दिइन्थेन। त्यतिमात्रै हो र, तीखा तीखा दाँत हुने बुलडग… Continue reading

उहिले र अहिले

Posted on February 23, 2013February 22, 2013 by Salokya

आजदेखि माइसंसारमा तपाईँले एउटा नयाँ स्तम्भ देख्‍न पाउनु हुनेछ। यसमा पुराना फोटो हेर्दै म सकेसम्म त्यही ठाउँमा गई अहिलेको फोटो खिची तपाईँहरुसामु राख्‍नेछु। दुवै फोटो हेरेपछि उहिले र अहिलेमा के फरक रहेछ, हामी छलफल गरौँला। माथिका दुई फोटो खिचेको अवधिमा ८७ वर्षको अन्तर छ। काठमाडौँको कुमारी घर नजिकै रहेको गरुडको मूर्ति रहेको ठाउँको फोटो हो… Continue reading

एक्लो छोरा जीवन-मृत्यु दोसाँधमा, बाबुआमाको कस्तो बेवास्ता कठै !

Posted on February 22, 2013February 22, 2013 by Salokya

पूर्व युवराज पारस शाह अचेत अवस्थामा बैँककको अस्पतालको बेडमा लडेको तीन दिन भइसक्यो। उनी जीवन-मृत्युको दोसाँधमा छन्। अस्तिसम्म पारसको बारेमा नानाभाँती गालीले भरिने माइसंसारका कमेन्टहरुमा उनीप्रति सहानुभूति झल्किएका कमेन्टको बाहुल्य छ। तर एक्लो छोराले मृत्युसँग संघर्ष गर्दैगर्दा बाबु पूर्वराजा ज्ञानेन्द्र शाह र आमा पूर्व रानी कोमल भने सिमरामा छुट्टी मनाउँदैछन्। बरु दाजु भेट्न साख्खै एक्ली… Continue reading

वैद्य माओवादीको सभामा पत्रकार युवराज घिमिरेले के भाषण गरे? अडियो सुन्नुस्

Posted on February 20, 2013February 21, 2013 by Salokya

वैद्य माओवादीले फागुन ८ गते गरेको नेपाल बन्द ‘जनयुद्धकालीन मुद्दा ब्युँताउने षड्यन्त्र’ दैलेख कान्डको विरोधमा हो भनी व्यापक पर्चा पोस्टरिङ गरेको थियो। दैलेख कान्ड पत्रकार डेकेन्द्रराज थापाको हत्याबाट उब्जिएको हो। यही बन्दका क्रममा पाटन, बानेश्वर र रत्नपार्क गरी तीन ठाउँमा आयोजित सभामा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्बोधन गरेको खबर सुनेर धेरै जना तीनछक्क परे। सामाजिक… Continue reading

चुनावी मन्त्रिपरिषद् साँच्चै नै बन्ला त?

Posted on February 20, 2013 by Salokya

-डा. होममूर्ति पन्त- “… यो बिशुध्द राजनैतिक प्रश्न भएकोले यसको निकास राजनैतिक तहबाटै खोजिनु पर्दछ र त्यसको निकास संबिधानभन्दा बाहिरबाट नभई संबिधान भित्रैबाट खोजिनु पर्दछ” भनेर मंशिर ९, २०६८ मा सर्बोच्च अदालतको निर्णय नं ८६६२ लेख्ने सम्माननिय प्रधान न्यायाधिश श्री खिलराज रेग्मी १०-२० जना नेताको सहमतिमा बन्नै लागेको चुनाबि मन्त्रिपरिषदको अध्यक्ष बन्ने बाताबरण बनिरहेको छ।… Continue reading

२४ घण्टा बितिसक्दा पनि पारसको होस खुलेन

Posted on February 19, 2013February 20, 2013 by Salokya

अपडेटः हिजो राति ह्रदयाघात भएपछि अस्पताल पुर्‍याइएका पूर्व युवराज पारस शाहको अझै होस खुलिसकेको छैन। पूर्व युवराज्ञी हिमानी आज बैँकक जाने भनिए पनि हिजै राति छोरी कृतिका बिरामी भएर नर्भिकमा भर्ना गर्नुपरेकोले गएनन्। एपेन्डिसाइटिस भएकोले हिजै राति उनलाई सिमराबाट काठमाडौँ ल्याइएको थियो भने आज अपरेसन गरिएको थियो। बुबा र आमा पूर्व राजा ज्ञानेन्द्र र कोमल… Continue reading

खिलराजले भो अब म बन्दिन भने रे, टाउके नेताहरु बन्दिनु परो भन्न बुधबार घरै जाने

Posted on February 19, 2013February 19, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन दलहरुले सहमति गरिसके भने पनि अझै लिखित सहमतिमा हस्ताक्षर गर्न सकिरहेका छैनन्। आज भने उनले भो अब म बन्दिन भने रे भन्ने खबर आएको छ। जनआस्था सम्पादक किशोर श्रेष्ठले फेसबुकमा राखेको जानकारी अनुसार आजको शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले-कांग्रेसका नेताहरुलाई खिलराज रेग्मीज्यूले ‘भो म अब बन्दिन… Continue reading

जेठ २२ मा चुनाव? संभव देखिन्न है !

Posted on February 19, 2013February 19, 2013 by Salokya

चार प्रमुख राजनीतिक दलको सिन्डिकेटले जेठ २२ गते बुधबार संविधान सभा व्यवस्थापिका संसदको निर्वाचन गर्ने सहमति गरेको खबर आएको छ। भन्नेले कति नकारात्मक सोच राखेको भन्लान्। तर के गर्नु, तित्राको मुखै बैरी भन्या जस्तो। फोहरको डंगुरमाथि बसेर अहा, क्या मीठो बास्ना आउँछ अब भनेर सोच्नु मूर्खता हो। बरु गन्ध नराम्रै आउँछ, त्यसबाट बच्ने के उपाय… Continue reading

४ दल प्राइभेट लिमिटेडको प्याकेज सहमति यस्तो

Posted on February 18, 2013February 18, 2013 by Salokya

देशको राजनीतिक अन्यौल हटाउन चार दल प्राइभेट लिमिटेड (माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा)ले तयार पारेको प्याकेज सहमतिको खाका यस्तो छ। यो प्राइभेट लिमिटेडको निर्णय सबैले मान्नुपर्ने बाध्यता हुनेछ। तर प्राइभेट लिमिटेडका अंशियारहरुबीच कुरा नमिलेकोले आजै यसमा हस्ताक्षर भने भइसकेको छैन। खासमा माओवादीले शान्ति प्रक्रिया र मधेसी मोर्चाले मतदाता नामावली र नागरिकताको विषय पनि टुङ्गो… Continue reading

यस्तो हुँदैछ एकमुष्ट सहमति

Posted on February 18, 2013February 18, 2013 by Salokya

प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने सहमति गरिसकेका माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चा केही प्रमुख विषयमा एकमुष्ट सहमति गर्ने तयारी गरिरहेका छन्। संभवतः आज त्यस्तो सहमतिमा हस्ताक्षर हुनसक्छ। यसका लागि चार शक्तिका दुई दुई जना सदस्य रहेको कार्यदलले काम गरिरहेको छ। के के सहमति हुन लागेको छ त ? • प्रधान न्यायाधीश… Continue reading

दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड (५)

Posted on February 17, 2013January 26, 2013 by mysansar

नमिता-सुनीता कान्ड इतिहासको एउटा डरलाग्दो घटना हो। पुरानो पुस्ताले बिर्सन नसके पनि आजको पुस्तालाई योबारे थाहै छैन। देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा महिला हिंसाको विरोधमा बोलेको बेला उनै गद्दीमा रहँदा दबाइएको एउटा हत्याकान्डबारे लेखिएको ब्लग धेरैले रुचि दिएर पढेकाले यसबारे विस्तृत जानकारी पाठकलाई रुचिकर लाग्ने ठानेँ। यही… Continue reading

कथाः फेसबुक ट्रयाजेडी

Posted on February 16, 2013February 17, 2013 by mysansar

-पोस्तक श्रेष्ठ- कलेजको क्याफ्टेरियामा कुनाको एउटा टेवलमा एक्लै अक्सर एक्लै हुन्थिन् उनी। दुब्ली, अलि छरपरष्ट कपाल, चस्मा लगाउने। ब्याकप्याक, फेरी प्लाष्टिकको झोलामा केही कितावहरु वा यस्तै केही सामानहरु, कानमा इयरपड्। मिन्नेसोटाको जाडो छेल्न स्वेटर, त्यसमाथि ज्याकेट र सलले पनि बेरिएकी हुन्थिन्। हस्याङ-फस्याङ गर्दै आउथिन्, एउटा कफीसंग बेगल लिन्थिन् र त्यसबिचमा झोलाबाट एउटा किताब निकालेर केही… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme