हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ?
आइ लभ नेपाल !
हिजो नेपाल र अफगानिस्तानबीच भएको एसिसी ट्वान्टी-२० कपको फाइनल हेर्न ठूलो संख्यामा दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगेका थिए। पहिलो पटक फाइनलमा पुगेको नेपालले कप जित्न सकेन। तर नेपाली टोलीलाई दर्शकले दरिलो साथ दिए। हजारौँ दर्शक उपस्थित थिए तर खेल भावनाका साथ हारलाई पचाए। केही वर्षअघि यही मैदानमा पराजयको संघारमा पुगेपछि दर्शकले उपद्रो गरेका कारण… Continue reading
धन्यवाद, टिम नेपाल र समर्थक !
‘…साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ नेपाली टोलीले प्रत्येक चौका र छक्का हान्दा मैदानमा यो गीत घन्काइन्थ्यो। अनि साथ दिन्थे २० हजारको हाराहारीमा उपस्थित भएका दर्शकहरु। अहो…त्यो भीड, त्यो जोश, त्यो राष्ट्रियता। गज्जबको माहौल थियो। दङ्ग परेको थिएँ हेरेर। साँच्चै खेल नै त्यस्तो एउटा माध्यम रहेछ, जसमा सबै नेपाली एक हुँदा रहेछन्। त्यसमाथि इतिहास रच्दै… Continue reading
जागिर खान गएकीलाई लुटियो
पत्रपत्रिकामा ‘आवश्यकता’, ‘चाहियो’ लेखिएका विज्ञापनतिर नजर लगाउने गर्नुभएको छ ? बेरोजगारीले गाँजेको देशमा धेरैले आँखा लगाउने नै भए। तपाईँजस्ताले मात्र हैन, खराब व्यक्तिहरुले पनि यस्तोमा आँखा लगाउने गर्दा रहेछन्। केही अघि काठमाडौँमा यस्तै घटना भएको सुनिएको थियो। अहिले फेरि पोखरामा ठ्याक्कै त्यस्तै घटना भएछ। पोखराको आदर्श दैनिक पत्रिकामा चैत १७ गते एउटा चाहियो विज्ञापन छापिएको… Continue reading
माइसंसारका पाठक नौलो अभियानमा
यस पटकको संविधान सभाको निर्वाचनमा नयाँ दलका रुपमा उदाउन माइसंसारका पाठकहरुले एउटा अभियान चलाउने भएका छन्। नेपाली जनता अहिलेका राजनीतिक दल र त्यसका नेताहरुबाट दिक्क भइरहेको अवस्थामा वैकल्पिक शक्तिका रुपमा उदाउने उद्देश्यसहित यस्तो अभियान थालिएको उनीहरुले बताएका छन्। अभियानको नेतृत्व सशांक लामा, मदन बज्राचार्य, लुना, उत्तमबाबु श्रेष्ठ, सुदर्शन काफ्ले, गौरव नेपाली, विवेक श्रेष्ठ, हर्के लगायतले… Continue reading
निर्वाचन त होला….तर ?
-स्याटेलाइट- प्रधानन्याधिसले देशको नेतृत्व लिएका छन्। असारमा होस या मंसिरमा होस, निर्वाचन हुनबाट अब कसैले रोक्न सक्दैन। दलहरु जनतामाझ जाँचिन खोजेका छन। सबैमा आफ्नै बहुमत आउने भ्रम छ। अखबारका भँगेरे अक्षर र टेलिभिजनमा उनीहरुका कुरा सुन्दा लाग्छ, हामीहरु भेँडा हौ। योग्य-अयोग्य छुट्टाउने सामर्थ्य नभएका भेँडा । विवेक नभएका भेँडा, जो अन्धसमर्थन गर्छ या अन्धबिरोध ।… Continue reading
ब्रोइलर – लोकल संवाद
-रोहिणीशुक्र- नजिकैको धानखेतमा हावाले मन्द गतिमा वयली खेल्दै छ, घाम पश्चिमतिर ओर्लने क्रममा छन्। फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ। उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। टिनको छाना सूर्यको प्रकाशमा टलक्क टल्किरहने हुदाँ वरपर सबैतिरबाट कुखुरा फार्म… Continue reading
लभ गर्ने नेपाली युवतीलाई दुबईमा एक वर्ष जेल
वैदेशिक रोजगारका लागि दुबई गएकी एक २८ वर्षीया नेपाली युवती त्यहाँको जेलमा एक वर्ष सजाय भोगेर डिपोर्ट गरिने भएको छ। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्। नेपाली महिला… Continue reading
अध्यक्ष ज्यु, खै त सम्पति देखाएको ?
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष र दुई मन्त्रीले शपथ खाएको १५ दिन भइसक्यो। तर, मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिने सम्पति विवरण भने अहिलेसम्म रित्तै छ। बाँकी ८ मन्त्रीहरुले त पछि शपथ खाएको भएर केही समय लगाए पनि जायज हुन्छ, तर १५ दिनभित्र सम्पति विवरण अनिवार्य सार्वजनिक गर्ने २०४८ सालको तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको नीतिगत निर्णयलाई न्याय क्षेत्र… Continue reading
यात्रा संस्मरण: मैले देखेको कलोराडो
-शशांक लामा- कलोराडो घुम्न आउनु भनेर आफन्तले दिएको निम्तो छंदै थियो। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। अर्धाङगिनीलाई सानैदेखि हुने गरेको Motion Sickness ले… Continue reading
एनसेल आक्रमण र यससँग जोडिएका कारणहरु
-विरोध कट्टेल- निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल चलाइरहेको वहुराष्ट्रिय कम्पनी टेलियासोनेराले नेपालको अर्को टेलिकम कम्पनी नेपाल स्याटलाइट टेलिकम प्रालि (हेलो नेपाल)को ७५% सेयर खरीद गरे पछि त्यहाँ कार्यरत ८७ जना कर्मचारीहरुलाई बाँकी २५% सेयर रहेका आफ्नो साझेदारी व्यापारी अजय सुमार्गीको प्रयोग गरेर गत जेष्ठ महिना देखि आजका मिति सम्म निष्कासित कर्मचारीहरु स-सम्मान पुनर्वाहलीको माग राखी… Continue reading
नेपालमा हार्वर्ड स्कूल !
कुनै बच्चाले म हार्वर्डमा पढ्छु भनेर भन्यो भने अचम्म नमान्नुहोला। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ। हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस, फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। सरकारले विदेशी नाममा कडाइ गर्ने निर्देशिका लागू गरिसकेको… Continue reading
जमरकट्टेल भाउज्यु क्यानाडा आइपुगिन्
आज नेपाली नयाँ वर्ष हो भन्ने कुरामा मलाई विश्वासै भएको छैन! नयाँबर्षको शुभकामना! जमरकट्टेल भाउज्यु भ्यानकुभर आएको हिजै जस्तो लाग्छ, तर तिनले नेपाल छोडेको त तीन महिना बिती सकेछ। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। पहिलेको पत्नीबारे उनका… Continue reading
बढ्दो सम्बन्धविच्छेद
– शङ्करप्रसाद खनाल – • काठमाडौंकी २३ वर्षीया सिताष्मा (नाम परिवर्तन) ले विवाह गरेको तीन महिनामा नै श्रीमान्सँग सम्बन्धविच्छेद गरिन्। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो– श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। सम्बन्धविच्छेद गर्ने कारणबारे उनले न्यायाधीशसँग भनेकी थिइन्, ‘नीलो चलचित्र हेर्दै दिनहुँ त्यहीअनुरूप म लोग्नेको चाहना पूरा गर्न… Continue reading
यो उत्तरले दिलायो इशानीलाई ताज
मिस नेपालको अन्तिम चरणमा रहेका पाँच जनालाई पूर्व मुख्य सचिव तीर्थमान शाक्यले एउटा प्रश्न सोधे- संयुक्त परिवार रुचाउनु हुन्छ कि एकल, किन ? यसको जवाफ पाँच जनाले आ-आफ्नै तरिकाले दिए। यही प्रश्नको जवाफ र प्रि जजिङका आधारमा निर्णायकहरु पूर्व मिस नेपाल मलिना जोशी, राजेन्द्र शलभ, रिमा विश्वकर्मा, आरती शाह, आदित्य बराल, बलबहादुर कुँवर, सलमान रिवान,… Continue reading
इशानी बनिन् मिस वर्ल्ड नेपाल
यस पटकको मिस नेपाल सौन्दर्य प्रतियोगिता इशानी श्रेष्ठले जितेकी छिन्। २१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए। एकल परिवार कि संयुक्त परिवार रुचाउनु हुन्छ… Continue reading
अर्बौ कमाउँछन्, पब्लिकमा जान डराउँछन्
-दिनेश आचार्य- –संसारकै धनीको सूचीमा परेका नेपाली व्यवशायी बिनोद चौधरीको एउटै कम्पनी ‘पव्लिक लिमिटेड’ छैन। सेयर मूल्यको हिसाव गरेर उनलाई अर्बपति घोषणा गरिएको बताइए पनि पहिल्यै सुचिकृत भैसकेको नबिलको सेयर चौधरीले पछि किनेकोमा बाहेक उनको बहुचर्चित वाईवाई कम्पनी समेत सेयर बजारमा सूचिकृत छैन। यस्तो अवस्थामा कसरी उनको सेयर मूल्यको हिसाव गरियो? – नेपालमा सबैभन्दा बढी… Continue reading
उम्दा प्रचण्ड : घुम्दा कांग्रेस, एमाले
सन् ९० को दशकमा पूर्वी युरोपतिर तासकोपत्ता झैं साम्यवादी सत्ताहरु ढल्दै गर्दा सगरमाथाको देश नेपालमा हसियाँ हथौडाको झण्डा पहराउँदै थियो। भर्खरै तीन दशक लामो हुकुमी शासनलाई प्रजातान्त्रिक सारथी कांग्रेससँगको साझेदारी शान्ति संघर्षले पराजित गर्दै बुलेटको साटो व्यालेटबाटै नेपाली बामपन्थीहरु शासनसत्ताको मूलअड्डा सिंहदरबारमा प्रमुख विपक्षी बनिसकेका थिए त्यसो त युरोकम्युनिज्मको प्रतिलिपि भन्नेहरुको जमात नभएको हैन, तथापी… Continue reading
आफ्नै आदेश उल्लङ्घन गर्दै सर्वोच्च अदालत
सर्वोच्च अदालतका बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मी अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष भएपछि उनको दुई वटा परिचय भएको छ। राजीनामा नदिएकोले उनी न्यायपालिका प्रमुख प्रधान न्यायाधीश पनि हुन् र कार्यपालिका प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष पनि हुन्। यी दुवै निकायका प्रमुख एकै व्यक्ति हुन सक्दैनन् भन्दै उनको विरोधमा परेको मुद्दामा हिजो सर्वोच्च अदालतले रेग्मीलाई प्रधान न्यायाधीश भन्न नपाइने… Continue reading
नयाँ ८ मन्त्री थपिए, सबै पूर्व प्रशासक
अन्तरिम चुनावी मन्त्रिपरिषद्मा आज ८ मन्त्री थपिएका छन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। मन्त्रिपरिषद्का अध्यक्ष न्यायपालिकाबाट आए पनि सबै मन्त्री पूर्व… Continue reading