Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: Salokya

हैन, मन्त्री त्रिपाठी कता हराए ?

Posted on July 14, 2012July 14, 2012 by Salokya

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी अहिले नेपालमा छैनन्। उनको मन्त्रालयको कामचलाउ कार्यभार भंग हुनुअघि नै संविधान सभा भंग हुने भयो भन्दै रुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। त्यसो त यो सरकारै कामचलाउ हो। यो मन्त्रालय त अब डबल कामचलाउ हुने भयो। मन्त्री त्रिपाठी कता गए, के कामका लागि गए, कसैलाई थाहा छैन।… Continue reading

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

Posted on July 12, 2012July 13, 2012 by Salokya

फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको… Continue reading

बिना पनि निलम्बित

Posted on July 10, 2012July 10, 2012 by Salokya

प्रचण्डपुत्र प्रकाश दाहाललाई हिजो पार्टीले निलम्बन गरेको थियो। आज भने उनीसँग बेपत्ता भएकी बिना मगरलाई माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले निलम्बन गरेको छ। बिना सरस्वती क्याम्पसकी स्ववियु सभापति थिइन्। अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्ति अनुसार बिना संगठनको सम्पर्क बाहिर रहेको एक हप्ता भइसकेछ। बिहीबारदेखि उनी घरमा नपसेकी रहिछिन् भने २३ गतेदेखि फोन अफ रहेछ। प्रकाश-बिना… Continue reading

प्रचण्डले छोरालाई निलम्बन गर्ने बाध्यता यसरी पर्‍यो

Posted on July 9, 2012July 10, 2012 by Salokya

बिहानै प्रचण्डपुत्र प्रकाशले विद्यार्थी नेतृ बिना मगरलाई भगाएर दिल्ली पुर्‍याए भन्ने हल्ला सोसल मिडियामा फैलियो। टेलिभिजन, एफएम जस्ता मूलधारे मिडिया चुपै बसे पनि सोसल मिडियाका कुरालाई केही अनलाइनले पनि टिपेपछि फेसबुक र ट्विटरले यो खबरलाई अझै यत्ति धेरै फैलाइदियो कि बाउ प्रचण्डको अध्यक्षतामा साँझ बसेको पार्टी पोलिटब्युरो बैठकले छोरा प्रकाशलाई साधारण सदस्यताबाटै निलम्बन गर्ने निर्णय… Continue reading

के हो राजतन्त्र राख्ने सम्झौताको रहस्य ?

Posted on July 9, 2012July 11, 2012 by Salokya

पूर्व राजा ज्ञानेन्द्र शाहले हालै दिएको अन्तर्वार्तामा राजतन्त्र राख्ने सम्झौता भएको खुलासा भो भनेर अहिले मिडियामा खुबै हल्लाखल्ला सुनिन्छ। नेताहरुले भने त्यस्तो कुनै सम्झौता नभएको दावी गरेका छन्। त्यसो भए झुटो कसले बोल्यो त ? सम्झौता भएको भन्ने ज्ञानेन्द्रले कि सम्झौता भएकै छैन भन्ने माधवकुमार नेपाल वा कृष्ण सिटौला जस्ता नेताहरुले? को फटाहा त ?… Continue reading

सावधान, सोमबारदेखि इन्टरनेट नचल्न सक्छ

Posted on July 7, 2012July 7, 2012 by Salokya

सोमबारदेखि तपाईँले आफ्नो ल्यापटप वा डेस्कटपमा कुनै पनि साइट हेर्न खोज्दा नखुल्ने स्थिति आउन सक्छ। केही लाख प्रयोगकर्ताहरुको इन्टरनेटसँग सम्बन्ध विच्छेद हुनेछ। त्यसमध्य एक तपाईँ पनि हुन सक्नुहुनेछ। डीएनएस चेन्जर नामको ‘मालवेयर’ले तपाईँको कम्प्युटरमा संक्रमण गरेको छ भने जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि तपाईँको कम्प्युटरमा कुनै साइट खुल्ने छैन। तपाईँले थाहै नपाईँ… Continue reading

एअरपोर्टको जिम्मा भारतीय कम्पनीलाई दिनु ठिक कि बेठिक ?

Posted on July 4, 2012July 4, 2012 by Salokya

वैद्य पक्ष लगायत विपक्षी पार्टीहरुले सरकारको विरोध गर्न अब नयाँ विषय पाएका छन्- देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी। बिप्पा सम्झौताकै विरोधमा अझै भित्ता रङ्ग्याइरहेको वैद्य पक्षलाई सरकार र संस्थापन पक्षविरुद्ध आक्रमण गर्न नयाँ नारा बनाउन सजिलो भएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनी IL&FS… Continue reading

पूर्वराजाले पार्टी नखोल्ने रे

Posted on July 3, 2012July 4, 2012 by Salokya

राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेल्ने पार्टी माओवादी अहिले दुई टु्क्रा भएको छ। मान्छेहरुलाई अहिलेका पार्टीप्रति वितृष्णा छ। एउटा नयाँ शक्ति उदाउनु पर्ने कुरा सुनिँदैछ। के पूर्वराजाले पार्टी खोलेर जनताको मतबाट पुनर्स्थापित हुने मौका आउँछ त ? अहँ। लुम्बिनी भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्रले आज पत्रकार सम्मेलनमा भनेका छन्- राजसंस्थाले राजनीति गर्दैन, पार्टी पनि खोल्दैन।… Continue reading

अध्यागमनका पियन घुस्याहा ठहर

Posted on July 2, 2012July 2, 2012 by Salokya

तपाईँहरुलाई यादै होला, केही अघि अमेरिका उड्न लागेकी एक महिला डिचेन डोल्मा शेर्पालाई अध्यागमन विभागले दुःख दिएको घुस लिएको बारे मिडियामा आएका समाचार। आज विशेष अदालतले यो मुद्दामा फैसला गरी ती पियन पूर्णबहादुर बस्नेतलाई घुस्याहा ठहर गरेको छ। अदालतले उनलाई छ महिना कैद र एक लाख रुपैयाँको फैसला गरेको छ। उनीमात्र हैन, मुद्दा शाखाका कम्प्युटर… Continue reading

देउवाकी साली भन्दै अमेरिकामा ठगेको स्वीकार

Posted on July 1, 2012 by Salokya

अमेरिका पुर्‍याइदिन्छु भनेर नेपालमा मात्र हैन, अमेरिकामै पनि ठगिँदो रहेछ। तिम्रा आफन्तहरुलाई अमेरिका ल्याइदिन्छु भन्दै हजारौँ अमेरिकी डलर ठगिछिन् देउवाकी सालीले। देउवा अर्थात् पूर्व प्रधानमन्त्री तथा भावी प्रधानमन्त्रीका रुपमा पनि चर्चामा ल्याउने गरिएका कङ्ग्रेस नेता शेरबहादुर देउवाकी पत्‍नी आरजु राणा देउवाकी बहिनी नीतु राणाले। मिडियामा यस्तो खबर आएपछि आरजुले विज्ञापनै छपाएर यसको खण्डन गर्नुपर्‍यो। पछि… Continue reading

बाबुरामको माग बाबुरामलाई नै

Posted on June 29, 2012 by Salokya

२०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि यो यो माग पूरा गर भनेर संयुक्त जनमोर्चाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग बुझाएका थिए। यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो। यी माग बुझाएका थिए हालका प्रधानमन्त्री बाबुराम भट्टराईले। अब आफ्नै हस्ताक्षर भएको यी माग फर्के आफै अगाडि… Continue reading

आयो असार १५

Posted on June 29, 2012 by Salokya

आज असार १५। हामी नेपालीहरु पश्चिमबाट आयात गरिएका भ्यालेन्टाइन डे, क्रिसमस मनाउँछौँ। असार १५ त हाम्रै पर्व। खेत र हिलो छैन भने आफ्नो टाउकोमा पानी खन्याएर भए पनि पुराना यी फोटोहरु हेरेर आज असार १५ मनाउनु पर्‍यो। छ भने दही चिउरा खानुपर्‍यो। असारको पन्ध्र दहीचिउरा खानू,साउनको पन्ध्र खीर भन्ने त उखानै छ नि। अनि सुनाउनु… Continue reading

मोस्ट वान्टेड फरार अभियुक्तले खोले पार्टी

Posted on June 27, 2012June 26, 2012 by Salokya

सर्वसाधारणलाई धनी हुने रङ्गिन सपना बेचेर लुट्नु लुटेर कानुनी कारबाही हुन थालेपछि फरार भएका नेटवर्क धन्दा गर्ने युनिटीवालाहरु अब पार्टी खोलेर राजनीतिमा उत्रिएका छन्। प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका फरार अभियुक्तहरु जय युनिटी को अपरेटिभ पार्टी नेपाल नामको यो नयाँ पार्टीका हर्ताकर्ता छन्। जे होस्, आइडिया चैँ लगाएकै हुन्। राजनीतिको खोल ओढेपछि कस्ता-कस्ता अपराध त… Continue reading

कालो झण्डादेखि किन डराउनु ?

Posted on June 26, 2012June 26, 2012 by Salokya

हामी सर्वसाधारणले केही कुरा जसरी बुझेका हुन्छौँ, त्यसरी ठूलाठालुहरुले पनि बुझिदिए उनीहरुले देख्ने ठूलो समस्या पनि निकै सामान्य हुनसक्छन्। कालो झण्डा एउटा त्यस्तै हौवा हो। थाहा छैन किन सत्ताधारीहरु यो देख्ने बित्तिकै तर्सन्छन्। सत्ताको मात लागेपछि शायद् यस्तै हुने हो कि। कालो झण्डा त विरोधको एउटा प्रतीक न हो। शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्दा कसैको… Continue reading

आहा, हाम्रो नेपाल !

Posted on June 24, 2012 by Salokya

माथिको फोटोमा तपाईँले दायाँ छेउको कुनामा जुन दृश्य देखिरहनुभएको छ, त्यो जेम्स क्यामरुन निर्देशित फिल्म अवतारको हो। अन्तरिक्षमा रहेको काल्पनिक पान्डोरा ग्रहको दृश्य। अनि माथिको ठूलो दृश्य चाहिँ हाम्रै नेपालको हो। धुन्चेबाट गोसाइँकुन्ड जाने बाटोमा देखिने दृश्य। यो त अझ क्यामेराले यति मात्रै खिच्न सकेको हो। खोलाको कलकल, चराको आवाज यो फोटोमा देखाउन सकिँदैन। साँच्चै,… Continue reading

सगरमाथा भारतमा रे !

Posted on June 23, 2012June 23, 2012 by Salokya

सगरमाथा नेपालमा पर्छ भनेर हामी जति गर्व गर्छौँ, चीनमा पर्छ भनी चिनियाँहरु पनि उत्तिकै गर्व गर्छन्। चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि। यसबारे माइसंसारमा पहिले नै बहस भइसकेको छ। सगरमाथाको चुचुरो चाहिँ नेपाली भूभागमा पर्छ भन्ने कुरालाई भने चीनले… Continue reading

मेरो देश मलाई लाग्छ प्यारो…

Posted on June 21, 2012June 22, 2012 by Salokya

काठमाडौँमा मौसमसँगै राजनीति तातिँदै गर्दा केही काम र केही घुमघामका लागि शनिबार उत्तर (लाङटाङ राष्ट्रिय निकुञ्ज) तर्फ लम्केका थियौँ हामी। गएको दिनदेखि नै पानी परेपछि यो पाँच दिनको यात्रामा कति रुझियो, कति पटक चिप्लेटी खाइयो, कति पटक डङ्ग्रङ्गै लडियो, कति जिउभरी हिलो लगाइयो, कति रक्तदान (जुकालाई) गरियो…. तर सब बिर्सिन पुगियो यो दृश्य हेर्दा। सँधै… Continue reading

माफी माग्नु ठीक हो कि हैन?

Posted on June 20, 2012June 16, 2012 by Salokya

दुई वर्षको आयु रहेको संविधान सभालाई पटक-पटक म्याद थपेर चार वर्षसम्म तन्काएर पनि संविधानै नबनाई अवसान गराएपछि केही सभासदहरुले लेख लेखेर र केहीले भाषण गरेर माफी मागे। तर अधिकांशले केही गरेनन्। दलहरु पनि एकअर्कालाई दोष दिँदै बसेका छन्। यो राजनीतिक कुरा भयो। यसमा व्यक्तिगत नैतिकताको कुरा पनि आउला। जब तपाईँ केही गल्ती गर्नुहुन्छ, त्यसपछि माफी… Continue reading

आर्यघाटमा यो के हुँदै ?

Posted on June 19, 2012June 16, 2012 by Salokya

ठाउँ- पशुपति आर्यघाटको बागमती नदी। के गर्दैछ त यो केटा ? बागमती नदीमा माछा मार्दै ? हैन-हैन। कहाँ माछा मार्नु यस्तो पानीमा ! त्यसो भए के गर्दै त ? अनुमान लगाउनुस् र जवाफ हेर्न भित्र आउनुस्।

धुन्चेलाई नजिकबाट हेर्दा

Posted on June 16, 2012June 21, 2012 by Salokya

अहिले म रसुवाको सदरमुकाम धुन्चेमा छु। पहिलो पटक यहाँ आएको हुँ। त्यसैले रमाइलो लागिरहेको छ। अपराह्नतिर यहाँ आइपुगेका थियौँ। आजै यहाँ अञ्चलस्तरीय महिला भलिबल प्रतियोगिता पनि भइरहेको रहेछ। त्यहीँ खिचेका केही फोटोसहितको यो फोटो ब्लग।

Posts navigation

  • Previous
  • 1
  • …
  • 185
  • 186
  • 187
  • 188
  • 189
  • 190
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme