माओवादी अध्यक्ष प्रचण्डले आज आफ्नै पार्टीले काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान समारोहमा एक २५ वर्षका युवकबाट झापड खाएका छन्। योसँगै नेपालका तीन प्रमुख पार्टीका तीनै जना शीर्ष नेताहरु समान हैसियतमा पुगेका छन्- तीनै जनाले सार्वजनिक कार्यक्रममा आक्रमण भोग्नुपरेको छ। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ता देवीप्रसाद रेग्मीले दुई वर्षअघि माघमा झापड हानेका थिए। अनि कङ्ग्रेस सभापति सुशील… Continue reading
Author: Salokya
भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !
भाइटीका एउटा रमाइलो चाड हो। तर जसको दिदीबहिनी छैन वा दाजुभाइ छैन, उनीहरु यो चाडमा खिन्न हुन्छन्। दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विकल्प अनेक छन्। त्यही मध्येको एक विकल्प हो रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरमा आउनु र त्यहाँ रहेका अपरिचित दिदीबहिनीहरुको हातबाट टीका लगाउनु र उनीहरुलाई पनि लगाइदिनु। वर्षको एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा जाने मौका… Continue reading
शुभकामना नेपाल संवत् ११३३ नयाँ वर्षको !
आज नेपालको मौलिक संवत नेपाल संवतको नयाँ वर्षको दिन। सँधै झैँ काठमाडौँको वसन्तपुरमा सांस्कृतिक झाँकीसहित विशाल र्यालीले नगर परिक्रमा गर्यो। राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँका सबै बासिन्दाको ऋण चुक्ता गरी ऋणमुक्त बनाएको खुसियालीमा यो संवत् सुरु भएको हो। हेर्नुस् आज बिहान खिचेका केही फोटोहरु
झिलिमिली बत्ती बलेको, लक्ष्मी पूजा गरेको
तिहारको आज महत्त्वपूर्ण दिन- लक्ष्मी पूजा ! दीपावली ! तपाईँहरु सबैलाई दीपावलीको शुभकामना। सबतिरको अन्धकार हटोस्। केही फोटो खिचेर राखेको छु। तपाईँहरुको तिहार कस्तो भयो, लेख्नुस् है कमेन्टमा।
तिहारै आयो..
काठमाडौँको सुन्धारास्थित जेडिए कम्प्लेक्स भवनको छतबाट देखिएको काठमाडौँ। यी फोटो सोमबार खिचिएको हुन्। लक्ष्मीपूजाको दिनदेखि मात्रै धेरैले बत्ती बाल्न थाल्ने हुनाले फोटोका केही भाग अँध्यारै देखिन्छ। विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि तीन दिनमात्रै लोडसेडिङ नगर्ने बताएकोले सोमबार लोडसेडिङ कायम थियो। फोटोमा बायाँतर्फ तलतिर देखिने दृश्य केन्द्रीय कारागारको हो।
तिहारको झिलिमिली
काठमाडौँको चाबहिलमा रहेको केएल टावरमा तिहारको झिलिमिली यस्तो देखिन्छ। अरु ठाउँको झिलिमिलीको फोटो पनि क्रमैसँग राख्नेछु है।
सुशील कोइरालाले गाएको गीत सुन्नुस्
हाम्रा नेताहरु पनि अचम्मैका छन्। माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका बेला रेखासँग कुममा कुम जोडी डान्स गरेका थिए। त्यतिबेला सत्तामा सुशील कोइरालाहरु थिए। अहिले स्थिति उल्टिएको छ। सुशील कोइरालाहरु सडकमा छन्, माओवादीहरु सत्तामा छन्। अब माओवादीलाई सत्ताबाट हटाउन सुशील कोइरालाहरु आन्दोलन गर्दैछन्। नयाँ जनआन्दोलनको घोषणा गर्नुअघिको रिहर्सल मात्र रे आज- नेपाली कङ्ग्रेसले बसन्तपुरमा गरेको आमसभा। यही… Continue reading
सावधान! एकै क्लिकले तपाईँको पैसा लुटिएला
के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा छद्म इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। यो हप्तामात्रै मलाई इन्भेस्टमेन्ट बैँक र नबिल बैँकको नामबाट त्यस्ता इमेल आएका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो… Continue reading
माल पाएर चाल नपाएपछि..
काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट शीर्षकमा माइसंसारमै राखेको ब्लग तपाईँलाई याद हुनुपर्छ। खासमा यो पेलिकन लाइट pedestrian light controlled थियो। अर्थात् पैदल यात्रुहरुले रातो बत्ती बाल्ने नियन्त्रण गर्न सकिने ट्राफिक लाइट। तर ती बत्ती प्रयोगमा आउँदा पैदल यात्रुले नियन्त्रण गर्न नसकिने बनाइएको थियो- दुरुपयोग हुने डरले। त्यति गर्दा पनि, ल हेर्नुस् त अचम्म, एक महिना… Continue reading
मुस्ताङतिर मुन्टिँदा..
मुस्ताङ यात्रा अनुभव–१ “भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…” विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, गएको… Continue reading
नयाँ पार्टी खोल्ने विज्ञापन अनिल शाहको?
आजको कान्तिपुर दैनिकमा छापिएको एउटा विज्ञापनले खुबै चर्चा पाएको छ। विज्ञापनमा उपाध्यक्ष, महामन्त्री, सचिव लगायत १७ वटा पदका लागि खुला आह्वान गरिएको छ। विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, कलाकार, उद्योगी, व्यापारी, भूपू कर्मचारी, सेना, प्रहरीलाई नयाँ पार्टीमा आउन आह्वान गरिएको छ। सोसल मिडियादेखि लिएर मूलधारे मिडियामा समेत योबारे सोधिखोजी भइरहेको छ। आह्वान गर्नेले आफ्नो परिचय गोप्य… Continue reading
सम्पन्नता सूचिमा नेपाल झन् खस्कँदै
सम्पन्नताको विश्वव्यापी सूचकाङ्कमा नेपालको स्थान विगत तीन वर्षमा लगतार खस्कँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। लेगाटम इन्स्टिच्युटले वर्षेनी निकाल्ने यस्तो सम्पन्नताको सूचिमा विश्वका १४२ देश मध्ये नेपाल यो वर्ष १०८ औँ नम्बरमा परेको हो। अर्थतन्त्र, शिक्षा, सुशासन, स्वास्थ्य, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा जस्ता विषयलाई आधार बनाएर बनाइएको सूचिमा यो वर्ष पहिलो पटक अमेरिका टप टेनबाटै बाहिरिएको… Continue reading
तपाईँ कुन भोजन खाने ? :)
मुस्ताङबाट फर्किएपछि एक रात हाम्रो पोखरामा बास हुन पुगेको थियो। त्यही रात लेकसाइडमा डुल्दा हामीले भोजनका यस्ता विकल्प भेट्टायौँ।
मनमोहक मुस्ताङ
केही दिनदेखि माइसंसारमा खासै केही अपडेट नहुनुको कारण तपाईँले माथिको फोटोबाट अनुमान लगाइसक्नु भयो होला। हजुर, दशैँको विदाको मौका छोपेर म हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक पुगेको थिएँ। आज बल्ल काठमाडौँ फर्किएको छु। बीचमा साइट बिग्रेको पनि थाहा थियो, तर इन्टरनेटको सहज पहुँच नभएकोले मैले गर्न सक्ने केही थिएन। आज बिहान पोखरामा फेवाताल र बेगनास… Continue reading
यो तिहारको फोटो हैन है
नेपालीहरुले तिहारमा झिलिमिली बत्ती बाल्ने गर्छन्। दशैँ त टीका, जमराको चाड पो हो त। तर आजभोलि दशैँलाई समेत तिहार झैँ झिलिमिली पारेर भवन सजाउने क्रम सुरु भएको छ। त्यो पनि ऊर्जा अभावका कारण हरेक दिन लोडसेडिङ हुने बेलामा! वरपर अँध्यारै भए पनि व्यवसायिक भवनहरुले जेनेरेटरै बालेर भए पनि आफ्नो कम्प्लेक्स झिलिमिली पार्ने गरेका छन्। कोभन्दा… Continue reading
शुभकामना !
विजया दशमीको उपलक्ष्यमा माइसंसार पढ्ने सबैलाई शुभकामना ! तपाईँले यसपटकको दशैँ कसरी मनाउनु भयो, सुनाउनुस् है।
बिस्तारै हुँदैछ परिवर्तन !
गुल्मीको तम्घासस्थित भगवती मन्दिरमा महाअष्टमीका दिन पहिलो पटक पशुबलिको सट्टा कुभिण्डो काटियो। महानवमिको दिनसमेत यो प्राचीन मौलोमा कुनै बलि दिइएन।
दशैँको चहलपहल
आजभोलि काठमाडौँमा धेरै सपिङ सेन्टर, मल खुलेका छन्। अनि उनीहरुले दशैँका बेला ग्राहक तान्न गायक गायिका बोलाएर कन्सर्ट गर्ने गरेका छन्। चाबहिलको चुच्चेपाटीमा भर्खरै खुलेको केएल टावरमा आज एड्रियन प्रधानको कन्सर्ट थियो। एड्रियनले यो मन त मेरो नेपाली हो, हिँड्दाहिँड्दै दोबाटोमा….जस्ता गीत गाएर दर्शकलाई मनोरञ्जन दिए।
वाईवाई र नेबिको बिस्कुट गुणस्तरविहीन
चौधरी ग्रुपको वाईवाई चाउचाउ र नेबिको प्रालिको नेबिको बिस्कुट गुणस्तरविहीन भएका छन्। ती सामानलाई प्रयोग गर्न दिइएको नेपाल गुणस्तर चिह्न स्थगित गरिएको छ। गत जेठ मसान्तमा नै यो निर्णय गरिएको भए पनि कम्पनी र अधिकांश मिडियाले लुकाउन खोजेकाले धेरैले थाहा पाएका थिएनन्। गुणस्तर चिह्न वितरण, नियमन र जाँच गर्ने नेपालको आधिकारिक निकाय नेपाल गुणस्तर तथा… Continue reading
एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै
३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने… Continue reading