एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज… Continue reading
Author: Salokya
बन्दमा डिस्काउन्ट दिने चलन
तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा… Continue reading
सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन
अपडेट : आपत्तिजनक चित्रकला बनाएपछि विवादमा तानिएका कलाकार मनीष हरिजन र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र बनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेका छन्। दुई वटा साह्रै आपत्ति जनाइएका चित्र हटाएपछि प्रदर्शनी फेरि सुरु भएको छ। यसअघि प्रशासनले ग्यालरी सिल गरेको थियो। विवादित चित्र कला… Continue reading
कम्प्युटर चलाउन नजान्नेको प्रमोसन नहुने
शिक्षा सचिव सुरेशमान श्रेष्ठले आज एउटा गजबको कुरा गरेको खबर मिडियामा आएको छ। उच्च माध्यामिक शिक्षा परिषद् पोखरा कार्यालयको निरीक्षणका क्रममा उनले भनेछन्- ‘२१ औँ शताब्दीमा समेत कम्प्युटर चलाउन नजान्ने कर्मचारीको प्रमोसनको फाइल अगाडि बढ्दैन। कार्यालको प्रमुख होस् या पियन अब सबैले कम्प्युटर चलाउन जान्नै पर्छ।’ कुरो ठीक हो। तर व्यवहारिकता नि हेर्नुपर्यो। समाचारको स्रोत… Continue reading
विश्वकप खेल्न पाउला त नेपालले ?
लिग च्याम्पियन बन्दै २ पटक पछार्यो अमेरिकालाई नेपालले फुटबलको विश्वकप खेल्नु अझै सपना नै हो नेपालका लागि। तर क्रिकेटको विश्वकप भने नेपालले खेलिसकेको छ। कम्तिमा १९ वर्षसम्मका खेलाडीले खेल्ने विश्वकप भए पनि। वयस्कहरुकै विश्वकप नि? गाह्रो छ, तर असंभव छैन। फुटबल जस्तो धेरै धेरै नै टाढाको लक्ष्य पनि हैन। यो आशा जगाइदिएको हो विश्व क्रिकेट… Continue reading
MySansar Exclusive: खोज (भाग ३)
सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक आइतबार राख्न थालेको छु। आजदेखि खोजको सुन्ने किताबको अंश पनि राख्न थालेको छु। सुन्ने किताबको अडियो यो ब्लगको सबैभन्दा पुछारमा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ लुकेका प्रतिभा -कर्ण शाक्य-… Continue reading
लौ आयो डिस्काउन्ट, अपराधीहरुलाई डिस्काउन्ट!
मौकाको फाइदा उठाउनुस्, १५% सम्म छुट पाउनुस्! केही भ्रष्टाचारी ठहर भएकाहरुले कैद र जरिवानामा २० प्रतिशत डिस्काउन्ट पाउँदा नेपालको कानुनी व्यवस्थाबारे थाहा नभएकाहरुले जिब्रो टोकेका थिए- आम्मै, यस्तो नि हुने रैछ र भन्दै। उनीहरुलाई के थाहा, फैसला भएको मितिले ६० दिनभित्र आफै अदालतमा उपस्थित भएमा मात्र २० प्रतिशत डिस्काउन्ट होइन, ६० दिन नाघेमा पनि डिस्काउन्ट… Continue reading
काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट
काठमाडौँका आठ स्थानमा बेलायतको जस्तै ट्राफिक लाइट जडान भएको छ। ती लाइटहरु सञ्चालनमा आइसकेका भने छैनन्। यसअघिका लाइटहरुभन्दा यो फरक छ। बेलायतमा सन् १९६९ मा सुरु भएको पेलिकन लाइटको प्रयोग यहाँ पनि गरिएको हो। पेलिकनको अर्थ हो pedestrian light controlled बेलायतमा सुरु भएको भए पनि विश्वका विभिन्न देशमा पनि यसको प्रयोग हुन्छ। तर अचम्म, नेपालमा… Continue reading
अब भूतको हल्ला नहोला कि !
गएको अप्रिलमा राजधानी काठमाडौँको मुख्य स्थान न्युरोडमा दिउँसो अफ आवरमा पनि ठूलो जाम भयो। किन रहेछ भन्दा पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको ताँती लाग्यो। के थियो र त्यो घरमा ? भूत ! भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही कोही ऊ ऊ छायाँ देखियो भन्थे। कोही भूतले… Continue reading
नक्कली भ्याट बिलमा व्यापारी दोषी
नक्कली भ्याट बिल कान्डमा सरकारले निर्धारण गरेको जरिवाना चित्त नबुझेर त्यसलाई उल्ट्याउन पाइएला कि भनेर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्न गएका व्यापारीहरुले त्यहाँबाट पनि लोप्पा खाएर फर्कनु परेको छ। न्यायाधीकरणले व्यापारीविरुद्ध फैसला गरेका चार कम्पनीको मुद्दामा कुख्यात व्यापारिक घराना चौधरी ग्रुपको अरुण कन्टिनेन्टल र त्रिवेणी ग्रुपको विश्वकर्मा सिमेन्टसमेत पर्छ। पूर्व सभासद विनोद चौधरीका कान्छा भाइ अरुण… Continue reading
MySansar Exclusive: खोज (भाग २)
सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ बजारमा आएको धेरै भएकै थिएन, माइसंसारमा प्रकाशन गर्ने अनुमतिसहित पूरै पुस्तकको सफ्टकपि पठाउनुभएको थियो। लेखकले अनुमति दिए पनि म आफैले यहाँ राख्न धेरै समय लिएको हुँ। बीचमा ‘सोच’ जस्तो यसलाई पनि अडियोमा नै प्रस्तुत गर्ने कि भन्ने पनि तयारी भएको थियो। तर… Continue reading
जाने हैन त काठमाडौँ- हेटौडा सुरुङ मार्गमा ?
काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने त झन् १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटोबाट भने द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ।
अमेरिकी कम्पनीले नेपालमा पेट्रोल खोज्ने
के नेपालीले नेपाल कै पेट्रोल प्रयोग गर्ने दिन आउला ? के खाडीको हैन, विराटनगर, राजविराज वा जनकपुरमा उत्खनन् गरिएको पेट्रोलियम पदार्थ प्रयोग होला? वर्षौँ भयो नेपालीले यस्तो सपना देखेको! स्कूले शिक्षामा समेत हामी नेपालमा पेट्रोलियम पदार्थको खानी रहेको पढ्थ्यौँ। तर अहिलेसम्म पेट्रोलियम पदार्थको प्रयोग बारे ठोस काम हुन सकेको थिएन। अहिले अलिकति आश जगाउने काम… Continue reading
बीबीसी पत्रकारविरुद्ध पाँच मुद्दामा आज सुनुवाई
अपडेटः घरेलु हिंसा, अदालतको मानहानी र सम्बन्ध विच्छेदको मुद्दामा सुनुवाईपछि न्यायाधीशले यसै मुद्दासँग सम्बन्धित सबै नयाँ मुद्दालाई एकीकृत रुपमा पेश गर्न आदेश दिए। नयाँ मुद्दामा सुरेन्द्रले अदालतको मानहानी, गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् भने चरिनाले यौन दुर्व्यवहार, साइबर धम्की/मानहानीको नयाँ मुद्दा दायर गरेकी छिन्। अब यी सब मुद्दालाई एकीकृत गरी २५ सेप्टेम्बरमा अर्को सुनुवाई… Continue reading
अमेरिका पुग्ने चोर बाटोको व्यथा
पनामाबाट कोस्टारिका आउँदै गरेका सात जना नेपाली र उनीहरुलाई तस्करी गर्दै गरेका एक कोस्टारिकन नागरिक गत अगस्तको दोस्रो साता पक्राउ परे। त्यही समाचार कोस्टारिकाका मिडियामा आउँदा त्यहाँ यसरी विदेशी नागरिकलाई ओसार पसार गरिन्छ भन्ने देखाउन यो फोटोको प्रयोग गरिएको हो। फोटोमा मानिसहरुलाई सामान जसरी एउटा ट्रकमा कोच्चाइएको छ। भुक्तभोगीहरु भन्छन्, यो त अलि खुला, राम्रै… Continue reading
विकास थापाले पाए सफाइ
सँधै अरुका खबर लेख्ने इकान्तिपुरले २०६७, भदौ १६ मा एउटा खबर आफ्नै हाउसभित्रको छाप्यो– विकास थापा कान्तिपुरबाट बर्खास्त। जलस्रोत बिटमा नाम कहलिएका विकास थापामाथि सहकर्मी मैना धितालमाथि ‘गाली गलौज र अश्लील शब्द प्रयोग गरी इमेल पठाएर अपराध गरेको ठहर’ गर्दै कान्तिपुरले बर्खास्त गर्ने निर्णय गरेको थियो। र, खबर त्यही निर्णयको आधारित भएर महत्वका साथ छापिएको… Continue reading
अमेरिकाको बढाइचढाइ बखानले निम्त्याएको आपत
अमेरिकाको मेरिल्यान्डमा एक नेपालीले अपार्टमेन्ट नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरे। आत्महत्याका समाचार त नेपालमा पनि प्रशस्तै आउँछन्। नेपालबाहिरका नेपालीहरुको संख्या बढ्दै गएपछि आत्महत्या, मृत्यु, दुर्घटना, पक्राउ जस्ता घटना त हुने नै भए। फेरि कुनै पनि हत्यामा हत्या गर्ने दोषी भए झैँ आफ्नै हत्या गर्ने आत्महत्यामा पनि ऊ आफै दोषी हुन्छ। तैपनि कुनै पनि हत्या कारण… Continue reading
फेसबुकमा ‘बुङ्गा बुङ्गा’ गर्न खोज्दा खोरमा
बुङ्गा बुङ्गा पार्टी गर्न फेसबुकमा जानकारी राख्ने मोरङका एक युवक प्रहरीको फन्दामा परेका छन्। तपाईँलाई अचम्म लाग्न सक्छ, के हो यो बुङ्गा बुङ्गा भनेको? बुङ्गा बुङ्गा शब्द एक ताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचार बन्ने गरेका थिए। प्रष्ट शब्दमा भन्ने हो भने सेक्स पार्टी… Continue reading
बच्चा जन्माउन अपरेसन किन बढ्दैछ ?
तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा… Continue reading
नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ
रातो (कूटनीतिक) पासपोर्ट बेचेको अभियोगमा केही पूर्व सभासद्हरु अझै पनि मुद्दा खेपिरहेका छन्। रातो पासपोर्ट अक्सर नेपालीहरुले नै किनेको देखिएको छ। त्यो पनि सहज रुपमा विदेश पस्न पाउने आशामा। यसका लागि ठूलो समूहले सेटिङ मिलाउने गर्छ। तपाईँहरुलाई लागेको हुँदो हो, रातो पासपोर्टमा सुविधा हुन्छ र त यसको बिक्री हुन्छ। तर त्यसो हैन, रातो मात्र हैन… Continue reading