Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानी भनेर ढाँट्दै रक्सी बेच्दै

Posted on November 22, 2012November 22, 2012 by Salokya


‘कम निष्ट’हरुले संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भन्ने गर्छन्। कम्युनिस्ट प्रधानमन्त्रीले हाँकेकै देशमा चाहिँ ‘पिउने पानी हो, पिउने पानी’ भन्दै रक्सी बेचिँदैछ। त्यो पनि गुपचुप हैन, खुल्लमखुल्ला। विज्ञापन गरी गरी। सहरका मुख्य मुख्य ठाउँमा याँमानको होर्डिङ बोर्ड ठड्याएरै।

त्यो माथिको होर्डिङ बोर्ड हेर्नुभयो ? के बुझ्नुभो तपाईँले त्यो पढेर ? त्यसमा मिन्स्क लेखिएको छ। त्यो भनेको पूर्व सोभियत गणराज्य (फेरि कमनिस्टकै कुरा आयो) बेलारुसको राजधानीको नाम हो। बेलारुसको राजधानीको विज्ञापन त के खाएर हाम्रो विष्णुमति किनारको होर्डिङ बोर्डमा राख्थे र। तलपट्टी लेखिएको पनि देख्नुभो होला- Drinking Water अर्थात् पिउने पानी। कतै चाहिँ flavoured drinking water लेखिएको छ (भित्र अर्को फोटो हेर्नुस्) ए, एउटा नयाँ मिनरल वाटर कम्पनी आएछ ! स्वाद मिसिएको पानी। नेपाल मै पहिलो पटक रे अझ। के रैछ त यो स्वादिलो पानी ?


तर हैन, यो विज्ञापनले गरेको प्रचार पानीको हुँदै हैन। यो त दारु हो। यसको बोतलमा टाँसिएको लेबल हेर्दा पनि प्रष्ट हुन्छ- यसमा ३४.२ % अल्कोहल मिसिएको छ। पानी भनेर घुटुक्क निल्नुभो भने घाँटीदेखि आन्द्रासम्मै पोल्छ। राति हुँदो यो खाएर गाडी चलाएर जानुभो भने ट्राफिकले हाSS गराउँदा तपाईँ स्योर मापसेमा पर्नुहुनेछ।

यसमा जति प्रतिशत अल्कोहल मिसिएको छ, त्यो ह्विस्की र रमभन्दा अलिकतिमात्रै कम र झण्डै झण्डै भोड्काको जत्तिकै हो। भोड्कामा कम्तिमा पनि ३५% अल्कोहल बाइ भोलुम हुन्छ। 0.८ प्रतिशत कम अल्कोहल मिसाउँदैमा त्यसलाई पानी भनेर सीधै आँखामा छारो हाल्न पाइन्छ र ?

ठग्ने दाउ हो

किन यस्तो गरेको होला त ? दारुलाई दारु नै भनेर बेचे त भइगो नि, पानी भनेर ढाँट्नु पर्ने किन ? कुरो अलि अर्कै छ क्या। खासमा मदिराजन्य पदार्थ भन्यो भने त अन्तःशुल्कको स्टिकर टाँस्नु पर्छ, धेरै कर तिर्नुपर्छ। मदिरा उद्योगमै आन्तरिक राजस्व कार्यालयले एक जना कर्मचारी खटाएर राजस्व संकलन गर्ने गर्छ। त्यसो त त्यही कर्मचारीलाई घुस खुवाएर भारतबाट नक्कली अन्तःशुल्कको स्टिकर टाँसेर कर छल्ने नगरेका हैनन् मदिरा कम्पनीहरुले। तर त्यो सब झण्झटबाट बच्न यो कम्पनीले भने नयाँ उपाय निकाल्यो- पानी भनेर ढाँटको व्यापार गर्ने! पानी भनेपछि अन्तःशुल्कको स्टिकर पनि टाँस्नु परेन, मदिराको जस्तो धेरै कर पनि तिर्नुपरेन। क्या हाइसञ्चो।

अनि मदिराजन्य पदार्थको त विज्ञापन पनि यसरी होर्डिङ बोर्डमा गर्न पाइन्न। पानी भनेपछि त त्यो पनि गर्न पाइयो।

कतै पिउने पानी लेखिए पनि कतै भने फ्लेभर्ड ड्रिङ्किङ वाटर भनेर लेखिएको छ। जस्तै भए पनि पानीलाई पो पानी भन्ने, दारुलाई त पानी भन्न पाइएन नि।

पाँच वर्ष थुन्न सकिन्छ

के यसरी एक थोक भनेर अर्कै थोक बेच्न पाइन्छ त ? झुट्टा विज्ञापन गर्न पाइन्छ त ? पाइँदैन। उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १० ले उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने काम प्रष्ट किटान गरेको छ। उपदफा (ग) मा कुनै उपभोग्य वस्तु वा सेवालाई अर्को उपभोग्य वस्तु वा सेवा हो भनी ढाँटी वा झुक्याई बिक्री वितरण गर्न नपाइने भनिएको छ। त्यसैगरी उपदफा (घ) मा कुनै उपभोग्य वस्तु वा सेवाको प्रयोग, उपयोगिता वा प्रभावकारिताको सम्बन्धमा झुट्टा वा भ्रामात्मक प्रचार प्रसार वा विज्ञापन गर्ने किसिमले अनुचित व्यापारिक क्रियाकलाप गर्न रोक लगाइएको छ।

त्यसैले उद्योग मन्त्रालय अन्तर्गत रहेको वाणिज्य तथा आपूर्ति विभाग निद्राबाट ब्युँझने हो खुल्लमखुल्ला दारुलाई पानी हो भन्दै बेच्ने यो उद्योगका सञ्चालकलाई यो ऐनबमोजिम पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गराउने प्रक्रिया अघि बढाउन सक्छ।

कसको काम हो यो ?

यसरी पानी भनेर दारु बेचिरहेको कम्पनी कसको हो भनेर खोज्दा कम्पनी रजिस्ट्रारको कार्यालबाट यति मात्रै थाहा भयो –

दर्ता नम्बर
196406
दर्ता मिति
2069-5-7
नाम अङ्ग्रेजीमा
Sunny Beverage
नाम
सन्नी बेभरेज
कम्पनीको प्रकार
प्राइभेट >> एकल
ठेगाना
का.म.न.पा.-१०,काठमाण्डौ,बाग्मती

अर्थात् यो अस्ति भर्खर भदौ ७ गते मात्रै दर्ता भएको नयाँ कम्पनी रहेछ। यसको मालिक एक जना मात्रै रहेछ भन्नेसम्म थाहा भयो। को रहेछ यो दारुलाई पानी भनेर पाँच वर्ष जेलमा जान इच्छुक मान्छे चाहिँ थाहा भएन। तपाईँहरु मध्ये कसैलाई जानकारी छ भने यो फटाहा कम्पनी सन्नी बेभरेजको मालिकको नाम तल कमेन्टमा लेखिदिनुस् है। मोरा साह्रै चलाख रहेछ। दारु बेचेर कम्पनीको नाम डिस्टिलरी नराखी beverage रे। Beverage भनेको त पानी बाहेकको अन्य पेय पो हो। उसले चाहिँ पिउने पानी भन्दै विज्ञापन गर्दो रहेछ।

यो पनि हेर्नुस्-
ल हेर्नुस् त रक्सी कम्पनीले कसरी सबको आँखामा छारो हालेको ! घुस खुवाएपछि रक्सी बन्यो ‘म्युजिक’

44 thoughts on “पानी भनेर ढाँट्दै रक्सी बेच्दै”

  1. SHANKAR RAJ OLI says:
    December 7, 2012 at 8:13 am

    के गर्नु यस्तो चलन पहिला देखिने चल्दै आयको हो तर देक्दा देक्दै पनि कसैले यो कुरालाई अगाडी लेराउना सकेन .यस्ता अनैतिक कम गर्ने हरुले पनि आफ्नो हात बलियो नभई गर्न सक्दैनन् इनिहरुको पनि माथि सम्म आफ्नो मान्छे भयकै कारण त यस्तो कम गर्छन नि .माथिकै मान्छे ठिक नभय पछि हामी जस्ता सोजा साजा जनता त यसै पनि ठगिने भयौनी. जे होस् यसरि मिडियामा आयो भने हामी जनता सत्रक हुन सक्च्चौ तेस्को लागि यो लेखा पोस्ट गर्नु हुने मित्र लै मुरी मुरी धनेबाद दिन चाहन्छु ,यसरि सदै गलत कुराहरु जनता समू आइरहने हो भने जनताले दुख पौने छैनन .

    Reply
  2. krishna kuinkel says:
    November 27, 2012 at 11:29 am

    every thing is fare in love and war अर्थात् प्रेम र युद्दमा सबै कुरा जायज हुन्छ भन्ने कुरालाई सापट लिने हो भने every thing is possible in nepal भन्नु पर्ने हुन्छ / नेपोलियन बोनापार्ट ..?ले भने जस्तै असम्भब भन्ने कुरा केहि पनि छैन नेपालमा; यहाँ कालो लाइ सेतो र सेतो लाइ कालो बनाउन कुनै गाह्रो छैन यदि यहाको राजनीतिमा आफ्नो पकड छ भने; तेसैले यहाका नेता र कर्मचारीको बर्णन गरेर साध्य छैन/ हजार जिब्रा भएका शेष नागले त यिनीहरुको बर्णन गर्न नसक्लान भने मा एक जिब्रेको त के औकात भयो र तेसैले जय भ्रस्टाचार/

    Reply
  3. Stutter Subash says:
    November 26, 2012 at 9:56 pm

    यो कम्पनी को मालिक को नाम दीपक के.शी हो यो मान्छ गोंगबु गणेशस्थान मा बस्छ…

    Reply
  4. Bishnu pd subedi- SAUDI ARAB says:
    November 25, 2012 at 6:38 pm

    जे होस् उसले दिमाग त लगाकै हो है. उसलाई खोज्नुको साटो सिधै होर्दिंग बोर्ड राख्न दिने महानगरपालिका लै चाई कारवाही गर्नु पर्छ / जानी जानी रक्सि को बोर्ड उसैले पैसा खाएर राख्न देको हो/

    Reply
  5. Kusum says:
    November 25, 2012 at 4:15 pm

    मैले पनि यो विज्ञापन हेर्दा खुशी मानेकी थिए पहिला त । यत्रो विज्ञापन गरेको पानी राम्रै होला । तर अर्को दिन अर्को होडिङबोर्डमा एप्पल फ्लेवर देखे पछि एएएएए… पानी त पानी विजुली पानी पो रहेछ भन्ने लाग्यो । के गर्नु ।

    Reply
  6. Bikash says:
    November 23, 2012 at 9:06 pm

    अब ३० ml हावा किन्दा ९७० ml पेट्रोल (हावा‌‌‌ र पेट्रोल गरेर १ लिटर) सित्तै मा भने जस्तो भो नि यो त।
    हुनत यो होर्डिंङबोर्ड पहिलोपटक राख्दा नै मलाई शंका त लागिसकेको थियो यो साधारण पानी चाही होइन तर पवित्र पानी हो। फेरी पवित्र पानी किन भन्यो भनेर सोध्ने होला मित्रहरुले किनकी यो पवित्र पानी पिएपछि त मनमा भएको राम्रा नराम्रा कुराहरु सबै पखालेर निकालिदिन्छ नी।
    ” Alcohol is holy water, which convert thought into speech”

    Reply
  7. Vishal says:
    November 23, 2012 at 5:38 pm

    कारबाही गर्नु पर्छा येस्तालाई

    Reply
  8. एन पी गिरी , पेंन्सल्भानिया ,यू एस ए says:
    November 23, 2012 at 12:30 am

    धन्न शक्तिबर्धक टनिक वाटर भनेर लेखेनछ | वाटर मात्र लेखेकोले चाडै धोति खुस्कियो | लाटो देशमा गाड़ो तन्नेरी हुन खोजेको होला माई संसारको खोजले फस्यो साथी …….उल्लू बनाउनेको पनि हद हुन्छ नि यार …..

    Reply
  9. shiba says:
    November 23, 2012 at 12:16 am

    यो त एन आर एन जन्म थलो तिर बाट आको ब्रान्ड रहेछ कतै मालिक एन आर एन त परेन भन्या!!

    Reply
  10. Suwal Jr. says:
    November 22, 2012 at 10:30 pm

    ह्य! सालोक्य मोरो , झन् बुढीलाई बजार मा नया ब्रान्डको पानी आको छ | आब दारु छोडेर पानी खान्छु भनेको त मोरोले सब पर्दाफाश गरिहालेछ | एकान्तमा भेटम मात्र , २ मिनेट झापड हानिनछु मलाई भन्नु |

    Reply
  11. द्रोण says:
    November 22, 2012 at 10:13 pm

    What a shame!! Bunch of Bihari cheaters looting our nation in daylight.
    All Nepali should wake up and put hands together against Bihari’s if we want to save our nation.
    They are curse even for India, its true that also many other Indians don’t like them.

    Reply
  12. mahendra bhandari says:
    November 22, 2012 at 9:59 pm

    यस्तै हो कानुन र राजनेता नभाको देशमा …..

    Reply
  13. mala shrestha says:
    November 22, 2012 at 9:46 pm

    बाहिर पार्लर को होडिंग बोर्ड हुन्छ भित्र आर्कै काम हुन्छ
    क्लिनिक को होडिंग बोर्ड हुन्छ भित्र काम अर्कै हुन्छ
    पानि भनेर होडिंग बोर्ड हुन्छ रक्सि बिक्रि हुन्छ
    बिरामी बोक्ने एम्बुलेन्स भनेर लेखेको हुन्छ
    रातो चन्दन काठ तस्करी हुन्छ
    नया नेपाल को नया कानुन माओबादी ले जानुन

    Reply
  14. aasish,switzerland says:
    November 22, 2012 at 7:47 pm

    लौ अब चै सकिएन है यी गोर्खाली संग,होइन उपाए पनि के के निकालेका हुन् कुन्नि,कोहि म्युजिक भनेर बेच्छन कोहि चै पानि भनेर पनि बेचन तयार भएका रहेछन,अचम्म छ बा,लौ न कसैले येसो उजुरी हालौ तै यो फटाहा लाइ केहि बर्स को भनेपनि जेल सजाय हुन्थ्यो कि??

    Reply
  15. sam says:
    November 22, 2012 at 5:09 pm

    लौ न नि गाँठे के भयो नि गाँठे हाम्रो देस मा

    Reply
  16. sachin shrestha london says:
    November 22, 2012 at 4:37 pm

    लेख सारै मन पर्यो. देश को कानुनी व्यवस्था येस्तई कुरा हरु बाट प्रस्ट हुन्छ. एस्तो सानो कुरा त रोक्न सक्दैन भने देश बिकाश का कुरा हरु कहिले होला?? धत्त्त…

    Reply
  17. Mandip Ramtel says:
    November 22, 2012 at 4:24 pm

    तेस्तै हो, टेलिभिजन मा जुस भनेर बेचिने कुरा मा त खुल्लम खुल्ला भिटामिन क्यू भनेर देखाउछ / कहिँ नभएर हाम्रै देश नेपाल मा मात्र हुन्छ कि क्या हो यो भिटामिन क्यू भन्ने जिनिस ??

    Reply
    1. एन पी गिरी , पेंन्सल्भानिया ,यू एस ए says:
      November 23, 2012 at 12:15 am

      याहाले कुन विज्ञापनको कुरो गर्नु भएको हो त्यो त मलाई थाहा भएन र तेसमा चासो पनि रहेन तर भिटामिन क्यू भन्ने चाही हुन्छ है | भिटामिन क्यू एक प्रकारको को-ईन्जाईम् (coenzyme) हो र यसको केमिकल नाम यूबिक़ुइनोन्न (ubiquinone) हो | यसमा हुने एन्टीअक्सिडेंट गुण ले गर्दा मानब शरीरमा रोग बिरोधि प्रतिरक्षा प्रणालीमा बढावा दिने गरेको आध्येयन हरुले देखाएको छ |

      Reply
    2. Mandip Ramtel says:
      November 23, 2012 at 9:24 am

      यो चाही को – इन्जाइम को कुरा होइन क्या.. भिटामिन क्यू माने क्वालिटी भन्ने शब्द राखेको विज्ञापन को कुरा हो/ यसरि आफ्नो खुशी standard word लाइ define गर्न पाइन्छ त?

      Reply
  18. dev says:
    November 22, 2012 at 4:06 pm

    होइन उपभोक्त्ता मंच कहाँ छ ???????????कि एसको पनि गोजी गरम भो ???????????सरकार को त कुरै नगरे भो १७,००० मान्छे मारेर बनाएको नलाएक पढेको मान्छे बाबुराम जब सम्म यी तराइका नेताको काधमा हुन६ तब सम्म येस्तई साथी हो /यो त अति भयो. यस्तालाई ५ बर्ष कैद होइन आजन्म जन्म कैद र सर्वश्व हरण गर्नु पर्दछ / सम्पूर्ण जागरुक उपभोक्ताहरु मिलि आजै देखि एस्तो खुलेआम ठगि गर्ने विरुद्ध आवाज उठाऊ/

    Reply
  19. Rabindra Kumar Shah says:
    November 22, 2012 at 2:36 pm

    रक्सी खाने हरुलाई त drinking water होला नी तर आम नेपाली लाई तो त % Alcoholic drink नेपाल को सरकार के गरेर बस्छ खोइ…..

    Reply
  20. pawan says:
    November 22, 2012 at 1:56 pm

    राम्रो खोज । यो मात्र हैन, काठमान्डौंका घरका छतमा ठुल्ठुलाअक्षरमा भोडका म्युजिक सिडी, रोमानोभ सिडी, ब्यागपाईपर म्युजिक भन्नेजस्ता होर्डिंगबोर्ड राखेर रक्सीको प्रचार गरिरहेको जताजतै पाईन्छ । यसको पनि खुलासा गरि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएर यी फटाहालाई कारवाही गराओस माईसंसारले ।

    Reply
  21. hari says:
    November 22, 2012 at 12:37 pm

    नेपाल जस्तो मुलुकमा सिधा सिधा business टिकाउन धेरै गार्हो छ, यस्तै छल छामको २ नम्बरी business चै मज्जाले चलछ, कारण…
    १) एस्ता २ नम्बरी काम अनुगमन गर्ने सरकार का कर्मचारी, अनुगमन गर्न गयो, व्यापारीले खल्ती तातो गर्दिन्छन अनि तै चुप मै चुप (सबै होइन तर लगभग सबै) , तेस्ता कर्मचारीलाई देशमा जति यस्ता २ नम्बरी काम बढ्यो तेती पैसा आउने ठाउ पनि बढ्ने.
    २) अर्को, एस्तो समाचार प्रकाशमा ल्याउने संचार माध्यम, अब मेडिया “डन” बन्यो, “ए .. तैले २ नम्बरी काम गर्ने?? जनता संग खेलवाड गर्ने ??? ल भन कति दिन्छस हाम्लाई?” (सबै होइन तर लगभग सबै) अब मेडिया लाइ नदिए सब भण्डाफोर हुने डर. अलि अलि तेता पनि फाल्यो. मेडिया पनि तै चुप मै चुप. अझ एसो गांठ मा कुरो मिलाएर आफ्नै फक्षमा काइदाको समाचार लेखायो.
    अब एति भए पछी जनताले सबै भन्दा बढी बिस्वास गर्ने निकाए हरु नै तिनीहरुको संरक्षक भए. अझ ब्यापारीको आसे पासे भरौटे हरुको चलखेल त छदै छ.
    के गर्नु यहा को चल्न नै यस्तै भैसक्यो. राम्रो को लागि आश गरौ.

    Reply
  22. Aayush says:
    November 22, 2012 at 12:30 pm

    थाहा पाउनु पर्ने निकाय त्यहि” पानी ” खाएर सुतेको छ ………………..हामी हेर्छौ अनि आफ्नो देश को शासन देखेर दिक्क मान्छौ | चोर लाई चौतारो र साधुलाई सुली मा चढाउने देश न पर्यो …….

    Reply
  23. तारा मगर थापा, खाडी दुबइ says:
    November 22, 2012 at 12:07 pm

    रौसी पिउनेहरुलाई काइदा होला जस्तो, छ २० रुप्पेको १.५ लिटर पाए त ……………..

    Reply
  24. रबिन्द्र राज गिरी says:
    November 22, 2012 at 12:05 pm

    जाँडलाई पानी भन्नु र क. प्रचण्डलाई सर्बहारा बर्गको नेता भन्नु उस्तै उस्तै त हो नि, हात्ती र हात्तीछाप चप्पल भने जस्तै | यसमा किन टाउको दुखाउनु पर्यो र बेकारमा |

    Reply
  25. surendra subedi says:
    November 22, 2012 at 11:50 am

    रुस्लान भोडाका र चिवास रिगल अनि अन्य दारु उत्पादक हरु ले सहर मा मिजुक सिडी भन्दै रक्सी को खुलम खुल्ला १००% व्यापार गरि रहेको देस मा जाबो दारु लाई सुरु मा पानी भनेर नेपाली लाई २० रुपिया मा दिने महान उदेश्य लाई किन बिरोद गर्ने? याहा उत्पादन अनुमति दिने निकाय नै रक्सी ले दिनहु मातेका छन् अनि सर्ब साधारण को बिरोद को के मुल्यांकन?

    Reply
  26. Sisir says:
    November 22, 2012 at 11:07 am

    देशमा कस्तो साशन बेवस्ता छ भन्ने कुरा येही एउटा विज्ञापनले नै जनाउछ .. कानुनी साशन भएपो डर हुन्छ .. पैसा बाड २ नम्बर काम गर …देशमा सरकार भएपो सुशाशन हुन्छ ..
    जय नेपाल ..

    Reply
  27. sudip says:
    November 22, 2012 at 10:35 am

    एस्तो समाचार mysansar मा मात्र आउन सक्छ / धन्यबाद छ mysansar लै /

    Reply
  28. Ajit says:
    November 22, 2012 at 10:29 am

    Question: तपाईँहरु मध्ये कसैलाई जानकारी छ भने यो फटाहा कम्पनी सन्नी बेभरेजको मालिकको नाम तल कमेन्टमा लेखिदिनुस् है। मोरा साह्रै चलाख रहेछ। दारु बेचेर कम्पनीको नाम डिस्टिलरी नराखी beverage रे। Beverage भनेको त पानी बाहेकको अन्य पेय पो हो। उसले चाहिँ पिउने पानी भन्दै विज्ञापन गर्दो रहेछ।

    Answer: The name of the owner is DP Shetty. he has many hoarding boards in Nepal.

    Reply
  29. अर्जुन says:
    November 22, 2012 at 10:05 am

    मलाई चाहिँ बेस्करि हासोँ उढ्यो साथिहरु म हासैँ है.. हाहाहाहहाहाहाहाहाहहाहाहाहाहहाहाहाहाहहाहाहाहहाहाहाहहाहाहाहहाहाहहाहा

    Reply
  30. Nischal says:
    November 22, 2012 at 9:53 am

    यस्तो काम गर्न लाई कडा कारबाही हुनु पर्छ ,

    Reply
  31. Sharad says:
    November 22, 2012 at 9:20 am

    भैरे कि जेल जान्छ कि टन्न गांठ कमाउछ/ एसको बुद्धि अनि आँटलाई मान्नै पर्छ / हाम्रा कुकुर नेताले भन्दा बेसी पो ढाटिदियो त एसले/

    Reply
  32. janak says:
    November 22, 2012 at 7:35 am

    बजिया चोरको खन्ती ! हान्नु पर्छा यस्तालाई धड्नासो खुस्किने गरी .

    Reply
  33. binita shrestha says:
    November 22, 2012 at 7:20 am

    यो कम्पनि पर्चंड को परो भने कसरि कारवाई गर्ने?

    Reply
  34. rupan says:
    November 22, 2012 at 7:12 am

    यों पानी लिटर को बिस रुपैया मा पाउनु परयो…..अरु तेस्तै हो !!!

    Reply
  35. तेन्जिंग गाबा says:
    November 22, 2012 at 6:27 am

    राम राम राम !!!
    यो त झन्डै झन्डै प्रचण्डलाई ‘सर्बहारा नेता’ भन्या जस्तो नै भै गो नि 🙁

    Reply
  36. Ravi Aryal says:
    November 22, 2012 at 6:13 am

    सबैले जे गर्दा पनि हुने देशमा गरेछ सेरेले पनि भोड्कामा लगानी

    Reply
  37. बड्का चौधरी says:
    November 22, 2012 at 5:24 am

    बोतलमा रहेको बाँकि ६६% पानीको बिज्ञापन गरेको होला 🙂

    Reply
  38. Luna says:
    November 22, 2012 at 5:10 am

    यस्तरी हेप्न सक्ने कुन हद सम्मको दुस्साहस हो यस्ता ब्यापारीहरुको !?
    वाणिज्य तथा आपूर्ति विभागले यस्ता होर्दिंग बोर्डहरु नियम बमोजिम छ या
    छैन चेक गर्नको लागि कर्मचारी राखेको छैन र ?! कि चुपचाप आँखा चिम्लिएकै
    हो ? कि थाहा नपाएकै हो ? अब त थाहा पाउला नै , कस्तो कारबाही होला ?
    सजाय पनि के बिधि थोरै हो ? यो हद सम्मको ठगि गर्नेलाई १ लाख कैद वा
    ५ बर्ष सम्मको थुना रे !? जम्मा त्यति मात्रै ? त्यतिका ठग गर्ने दुस्साहस गर्ने
    मान्छेलाई १ लाख जरिबानाले तहलाउन सक्छ ?
    नियम कानून यस्तो बन्नु जरुरि छ कि ठग अपराधिहरुले पुन : त्यस्तो गर्ने
    साहस गर्न नसकोस् !

    Reply
  39. Santosh Nyaupane says:
    November 22, 2012 at 4:31 am

    चोर को राज्य मा डाका को ब्यवाशय के चै अचम्म भयो र ! कानुन को डर भए पो सहि काम गर्थे त ! पैसा खर्छा गरे पछी कानुन पनि बंगिने भए पछी फटाहा र पैसा वाला हरुले जे गरे पनि भो नि !

    Reply
    1. prem ku. says:
      November 22, 2012 at 4:34 pm

      गलत बुजाई हो यो /बेवेरेज & distillary दुइ कम्पनी अनि एकै नाम अलग अलग चिज हुन सक्दैन त यो duniya मा . यो त राज्य को अपमान gare को बुजिंछा mitra ji le .

      Reply
  40. Sunil Shrestha says:
    November 22, 2012 at 4:24 am

    यो त अति भयो. यस्तालाई ५ बर्ष कैद होइन आजन्म जन्म कैद र सर्वश्व हरण गर्नु पर्दछ / सम्पूर्ण जागरुक उपभोक्ता हरु मिलि आजै देखि एस्तो खुलेआम ठगि गर्ने विरुद्ध आवाज उठाऊ/

    Reply
  41. padam regmi says:
    November 22, 2012 at 4:18 am

    पैसा को नै होला खेल / नत्र येत्रो पैसा लगानी गरेर एस्तो झुटा व्यापार कसरी गर्न सकिन्छ ?? सबै कुरा मिलाएर काम गर्यो होला नि डाँका ले /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme