राष्ट्रपतिको विज्ञप्ति ‘बम’ जत्तिकै भएको छ प्रधानमन्त्री बाबुराम भट्टराईलाई। उनका आसेपासेहरु राष्ट्रपतिले ‘कू’ गरेको भन्दै झण्डै रोउँला झैँ गरी हिँडिरहेका छन्। अध्यक्ष प्रचण्ड र उनका आसेपासेहरु भने कडा बोलिरहेका छैनन्। स्पष्टै छ- राष्ट्रपतिको विज्ञप्तिले माओवादीभित्र विभाजन ल्याइदिएको छ। बिहान राष्ट्रपतिको विज्ञप्तिबारे धारणा बनाउन माओवादीको बैठकपछि केन्द्रीय कार्यालयले एउटा र बाबुरामवालाले एउटा सर्कुलर जारी गरेपछि प्रचण्ड र बाबुरामबीच चर्काचर्की नै परेछ। बाबुरामले आन्दोलनमा जाने भन्ने निर्णय भएको सर्कुलर गरेछन्, केन्द्रीय कार्यालयको सर्कुलरमा थिएन त्यो। बाबुराम र उनका पक्षधरहरु सशंकित भएका छन् प्रचण्ड देखेर।
बाबुराम पक्षले हिजैदेखि जसरी यो कदम असंवैधानिक भएको जिकिर गर्दै कडा बोल्दै आएका थिए, प्रचण्ड पक्षले छैन। यसभित्रको रहस्य बुझिनसक्नुछ। हुनत बाबुरामले आफूलाई पाखा लगाइएको महसूस गरेकै हुन्। राष्ट्रपतिले हिजोको विज्ञप्तिको बोधार्थ आफूलाई नपठाएर मुख्यसचिवलाई पठाएर आफूलाई बाइपास गर्यो भनेर पनि चित्त दुखाइरहेका छन्। राष्ट्रपतिले के सोचेर प्रधानमन्त्रीलाई नदिएका हुन्, थाहा छैन। तर बोधार्थ प्रमुख दललाई भने पठाइएको रहेछ। जानकारीका लागि उनलाई पनि पठाइदिएको भए केही बिग्रँदैन थियो। राष्ट्रपति कार्यालयले किन पठाउनु पर्यो, प्रधानमन्त्रीलाई त अर्को मन्त्रिपरिषद् नबनेसम्म कामचलाइराख्नू भनेर जेठ १६ गते नै लेखिसकेको छ नि भनेर त पठाउन आवश्यक नठानेको पनि हुनसक्छ। खासमा यो के भएको भन्दै प्रधानमन्त्रीले आज अर्को काम आज आफू निकटका वकीलहरुसँग सल्लाह गरे।
बाबुराम र प्रचण्डको सम्बन्धको इतिहास हेर्दा पनि प्रशस्त उतारचढाव देखिन्छ। इतिहासमा नगई वर्तमानै हेर्दा पनि त्यस्तै छ। वैद्य बाहरु फुटेर गएपछि बसेको माओवादीको विस्तारित बैठकमा बाबुराम र प्रचण्ड पक्षबीचको विवादले उनीहरुलाई नै लक्षित गरी कुर्सी हानाहानसमेत भएको थियो। बाबुरामको पार्टी कार्यकर्ता पंक्तिमा खासै राम्रो पकड छैन। व्यक्तिका रुपमा उनी लोकप्रिय होलान्, तर त्यो लोकप्रियताको धेरै साख पनि प्रधानमन्त्री भइसकेपछि गिरेको छ वा भनौँ गिराइएको छ। प्रधानमन्त्री पदबाट निस्केको दिन उनको पार्टीभित्र जति पकड थियो, धूर्त प्रचण्डले त्यसमा पनि कमि ल्याइदिनेमा शंका छैन। वैद्य फुटेर गए पनि माओवादीभित्र अझै फुट आउन सक्छ भनेर त हाल पार्टी त्यागिसकेका पूर्व माओवादी नेता मुमाराम खनाल विश्लेषण गर्थे। नभन्दै घटनाक्रमले त्यही देखाइरहेको छ। तर बाबुराम वैद्य जस्तो छुट्टै पार्टी बनाउन सक्ने हैसियतमा भने पक्कै पनि हुँदैनन्।
ठप्प रहेको सेना समायोजन कार्यलाई उनको नेतृत्वको सरकारले टुङ्गोमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्यो। एमाले र कङ्ग्रेसका मन्त्रीहरुलाई पनि सहभागी गराएर केही समय उनको सरकारले राष्ट्रिय सहमतिको सरकारको रुप पनि लियो। मिडियाले पनि उनलाई पूरै साथ दियो। तर संविधान निर्माणमा भने उनको नेतृत्वले खासै केही गर्न सकेन। संविधान सभाको म्याद थप्ने कुरादेखि नै विपक्षीसँग उनको कुरा बिग्रियो। कङ्ग्रेस र एमालेले सरकार छाड्यो। संविधान बन्न नसकेर संविधान सभा भंग हुने बेलासम्ममा विपक्षीसँग उनको निकै दूरी बढिसकेको थियो। सहमति बिना मंसिर ७ को निर्वाचन मिति तोकेपछि झन् कुरा बिग्रियो। त्यो मितिमा जसरी पनि चुनाव गराउन विपक्षीलाई मनाउनु पर्नेमा उनले त्यो गर्न सकेनन्। फलस्वरुप चुनावका लागि आवश्यक कानुन बन्न नसकेर निर्वाचन आयोगले चुनाव गराउन नसकिने घोषणा गर्यो।
जेठ १४ राति संविधान नबनी संविधान सभा भंग हुने बेलामा उनले राष्ट्रपतिलाई पक्कै चलाखी गर्न सफल भएका थिए। १२ बजे संविधान सभा स्वतः भंग भएपछि के गर्ने भनी राष्ट्रपति कार्यालयले पूरै तयारी गरी बसेको थियो। तर उनले संविधान सभा भंग हुनुअघि नै मंसिर ७ को निर्वाचन मिति घोषणा गरेर निर्वाचन आयोगलाई लेखेको चिठ्ठीको बोधार्थ १२ नबज्दै राष्ट्रपति कार्यालयमा पुर्याएका थिए। त्यतिबेला राष्ट्रपति कार्यालयले पत्र बुझ्नै मानेको थिएन। त्यहाँको तयारी १२ बजिसकेपछि स्वतः संविधान सभा भंग हुन्छ, संविधान सभा भंग भएपछि संसदको सदस्य नरहेकोले प्रधानमन्त्रीको पद पनि रहँदैन भनी उनको निर्वाचनको घोषणालाई अस्वीकार गर्ने खालको थियो। १२ बजे अगाडि नै त्यस्तो पत्र आएपछि राष्ट्रपति पनि अलमलमा परे। जेठ १५ यत्तिकै रह्यो। १६ गते बल्ल कामचलाउ मात्रै हो भन्ने विज्ञप्ति आयो। बीचमा कार्यकारी विवाद कतै आएन। यो बीचमा सहमतिका लागि उनले प्रयास गर्न सक्नुपर्थ्यो, सकेनन्। विपक्षीहरुले उनको राजीनामाको शर्त तेर्स्याएर बसे। राष्ट्रपतिलाई त्यसअघि नै विश्वासमा लिएर १२ बजेअघि नै राजीनामा पनि दिएर निर्वाचनको घोषणा पनि गरेको भए स्थिति फरक हुन सक्थ्यो कि। त्यो गरेनन् र यस पटक मंसिर ७ मा भने उनी फँसे। आफैले तोकेको मितिमा चुनाव हुन नसकेपछि उनले फेरि पनि सहमतिमा अर्को निर्वाचनको मिति तोक्न सक्थे, त्यही पनि सकेनन्। विपक्षी दलहरुलाई विश्वासमा लिन सके फेरि पनि उनकै नेतृत्व कायम रहन सक्छ। तर त्यो संभावना अहिले देखिएको छैन। केही दिनअघिदेखि नै बाबुरामको अनुहार निन्याउरो देखिन्थ्यो, आफ्नो दिन सकिएको थाहा पाएरै त होला। बाबुराम भट्टराईलाई एक पटक प्रधानमन्त्री देख्ने जनताको इच्छा यसरी पूरा भएर सकियो।
प्रचण्डको भूमिका !
अहिले सतहमा जेजस्ता कुरा देखिरहेका छन्, त्यसले भित्रभित्र भइरहेका राजनीतिक चलखेलको अनुमान लगाउन सकिँदैन। के भइरहेको छ र के हुन लागेको छ केही पनि थाहा पाउन सकिन्न।
बजेट खुरुक्कसँग सरकारले लगेकै दिन राष्ट्रपतिले पारित गर्नुको पछाडिको रहस्य अहिले बल्ल खुल्दैछ। नेताहरुले जेन्टलम्यान्स एग्रिमेन्ट (भद्र सहमति) भएको हैन हैन भने पनि वास्तवमा यो हो रहेछ भन्ने बुझियो। गत सोमबार राष्ट्रपति सामु भएको शीर्ष नेताको बैठकमा बाबुरामले सहमतिका लागि बाटो बनाउनेमा सबै सहमत भएका थिए। त्यही साँझ कोइराला निवासमा बसेको अर्को बैठकमा पनि केही सहमति भए। सरकारले बजेट ल्याउने, विपक्षीहरुले विरोध गरेको जस्तो गर्ने भनेको पनि सुनियो। भोलिपल्ट दिउँसो प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए। त्यही साँझ मन्त्रिपरिषद्को बैठक बस्यो र दुई तिहाई बजेट पारित गरी राष्ट्रपतिकोमा प्रमाणिकरणका लागि पठाइयो। फेरि पनि एक तिहाइ मात्रै ल्याउनु पर्ने भन्दै आएका राष्ट्रपतिले दुई तिहाइ नै खुरुक्कसँग पास गरिदिए। किन भयो, कसरी भयो यस्तो कसैलाई थाहा भएन।
६ गते एक दिन यत्तिकै भयो, ७ गते बिहानैदेखि प्रधानमन्त्रीले राजीनामा दिने हल्ला चल्यो। त्यो दिन बिहानै बसेको माओवादीको स्थायी समिति बैठकमा बाबुरामले राजीनामा दिने कुरा उठाउँदा प्रचण्डले नै रिजर्भेसन राखेका थिए। यो बाबुराम पक्षले बाहिर ल्याएको कुरा हो। त्यो दिन मधेसी मोर्चा र सत्ता समर्थक गठबन्धनसँग बसेको अलग अलग बैठकपछि प्रधानमन्त्रीले राजीनामाको कुरा नगरी सहमतिका लागि जस्तोसुकै त्याग गर्ने कुरा गर्दै राष्ट्रका नाममा सम्बोधन गरे। भोलिपल्टै राष्ट्रपतिले सात दिनको समय सीमा राख्दै सहमतीय प्रधानमन्त्री माग्दै विज्ञप्ति जारी गरिहाले।
त्यसपछि आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिको आह्वान असंवैधानिक रहेको ठहर गर्यो। त्यसपछि राष्ट्रपति भेट्न गएका प्रचण्डले फर्केर सहमतिका लागि राष्ट्रपतिले यस्तो गरेको हो भने सकारात्मक भन्ने प्रतिक्रिया दिएका थिए।
राति प्रमुख तीन दल कङ्ग्रेस, एमाले र माओवादीको बैठकमा प्रचण्डले को प्रधानमन्त्री बन्ने, कहिले निर्वाचन गर्ने र संवैधानिक निकास कसरी दिने भन्ने विषयमा दुई पार्टीसित ठोस प्रस्ताव मागेका थिए।
कङ्ग्रेस र एमालेबीच पहिले नै सरकारको नेतृत्व अब कङ्ग्रेसलाई दिने भन्ने सहमति भएकोले अब कङ्ग्रेसले प्रधानमन्त्रीको नामसहित प्रस्ताव पेश गर्नुपर्नेछ। त्यसपछि बल्ल के के हुने हो भन्ने थाहा पाइनेछ। अहिले देउवा जिल्ला भ्रमणमा रहेकाले फर्किएर सोमबार कङ्ग्रेसको केन्द्रीय समितिको बैठकपछि बल्ल प्रधानमन्त्रीको नाम कङ्ग्रेसले दिने भएको छ।
अल्टिमेटमको पहिलो दिन
राष्ट्रपतिले तोकेको सात दिनको समयसीमा तोकेका छन्। यसभित्र सहमति हुन नसके थप केही दिन तोकिने भनी सबै अहिले नै तयार छन्। तर त्यसपछि के भन्नेमा चाहिँ कसैले केही भन्न सक्ने स्थिति छैन। अल्टिमेटमको पहिलो दिन के के भए त ?
दिल्ली दाहिना हुने गरेका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रपतिको कदम सकारात्मक भएको भन्दै यसले राजनीतिलाई गति दिने बताएका छन्। उनी आन्दोलनरत विपक्षी गठबन्धनमा पनि सहभागी थिए।
टुक्रिएको माओवादीका अध्यक्ष मोहन वैद्यले राष्ट्रपतिको यो कदमले थप जटिलता निम्त्याउने, सक्रिय हुने आशंका निम्तिएको बताए।
कङ्ग्रेस र एमालेको बैठक एमालेको केन्द्रीय कार्यालय बल्खुमा बस्यो र राष्ट्रपतिको कदमलाई वाह वाह गर्दै सबै दल र प्रधानमन्त्रीलाई समेत सहमतिमा आउन आह्वान गर्यो। एमालेले कङ्ग्रेससँग प्रधानमन्त्रीको उम्मेदवारको नाम माग्यो।
प्रमुख तीन दल, मधेसी मोर्चाका टाउके नेताहरु र १६ देशका राजदूतको धुलिखेलमा बैठक बस्यो।
सरकार समर्थक दलहरुको गठबन्धनको बैठकले राष्ट्रपतिको कदम गलत रहेकोले सच्याउन माग गर्यो।
दिल्लीमा उपचार गराइरहेका ओलीले सहमतीय सरकार नबने पहिले बहुमतीय बनाउने त्यसपछि त्यसैलाई सहमतीय बनाउन सकिने बताए।
नेपाल को राजनीतिमा माओबादीले हिजो भूमिगत हुदा देखि आज सरकार मा रहदा सम्म गरेको कामलाई अधेयंन गर्ने हो भने सर्बहारा वर्ग ,जो गरिब,सोसित,पिडित अनि जातको आधारामा तल्लो वर्ग थियो तिनीहरु को उत्थान र बिकाश मा आमुल परिबर्तन गर्ने लछय थियो /तो आजका दिन सम्म ति काम पुरा गरेको देखिदैन/यदी माओबादी मा नेपाल र तो तल्लो वर्गको उन्नति र बिकासमा काम गर्ने इच्छा सक्ति ,जागर थियो भने अरु कुनै पार्टी वा दल ले रोक्न सक्ने अबस्था थिएँनं /ति कार्य पुरा गर्न तागत र छयेमता माओबादी मा थियो/तर ति काम किन गरेनन त?भन्दा माओबादीका नेता लाइ सत्ता र भत्ता चाहिएको थियो /सत्ता र भत्ता, पद र बाचुन्जेल लाइ पैसा भए ,माओबादी लाइ किन चाहिय्र र गरिब जनता?तेसैले के कुरा इसपस्ट छ भने माओबादी जात को कम्निस्ट बाट सिंगो देस नेपाल र नेपाली जनताले दुख र पिडा बाहेक अरु केहि पाउदैनन /नत नियम नत कानुन् सबै कुरा बाबुराम र प्रचण्ड ले जानुन ?प्रचण्ड त देसको रास्ट्रिय फटाहा हुन्/उनीमा नत लाज छ नत सरम /बिहान एउटा बोलि बेलुका अर्कै /बाबुराम मा अलिकति आसा थियो ,/उसको बुद्दिमा पनि धमिरा लाग्यो /आफ्नो हात बाट सबिधानसभा बिघटन गरि कुनै पनि दलको सहमति बिना चुनाब घोसंना गर्ने अनि चुनाब गर्न नसक्ने /अनि प्रधानमन्त्री पद आफ्नै बाबुको बिर्ता सम्झने /न लाज न घिन /कति बस्छौ कुर्चीमा अब हिड बाबुराम झोला बोकेर /
l
नेपाल को राजनीतिमा माओबादीले हिजो भूमिगत हुदा देखि आज सरकार मा रहदा सम्म गरेको कामलाई अधेयंन गर्ने हो भने सर्बहारा वर्ग ,जो गरिब,सोसित,पिडित अनि जातको आधारामा तल्लो वर्ग थियो तिनीहरु को उत्थान र बिकाश मा आमुल परिबर्तन गर्ने लछय थियो /तो आजका दिन सम्म ति काम पुरा गरेको देखिदैन/यदी माओबादी मा नेपाल र तो तल्लो वर्गको उन्नति र बिकासमा काम गर्ने इच्छा सक्ति ,जागर थियो भने अरु कुनै पार्टी वा दल ले रोक्न सक्ने अबस्था थिएँनं /ति कार्य पुरा गर्न तागत र छयेमता माओबादी मा थियो/तर ति काम किन गरेनन त?भन्दा माओबादीका नेता लाइ सत्ता र भत्ता चाहिएको थियो /सत्ता र भत्ता, पद र बाचुन्जेल लाइ पैसा भए ,माओबादी लाइ किन चाहिय्र र गरिब जनता?तेसैले के कुरा इसपस्ट छ भने माओबादी जात को कम्निस्ट बाट सिंगो देस नेपाल र नेपाली जनताले दुख र पिडा बाहेक अरु केहि पाउदैनन /नत नियम नत कानुन् सबै कुरा बाबुराम र प्रचण्ड ले जानुन ?प्रचण्ड त देसको रास्ट्रिय फटाहा हुन्/उनीमा नत लाज छ नत सरम /बिहान एउटा बोलि बेलुका अर्कै /बाबुराम मा अलिकति आसा थियो ,/उसको बुद्दिमा पनि धमिरा लाग्यो /आफ्नो हात बाट सबिधानसभा बिघटन गरि कुनै पनि दलको सहमति बिना चुनाब घोसंना गर्ने अनि चुनाब गर्न नसक्ने /अनि प्रधानमन्त्री पद आफ्नै बाबुको बिर्ता सम्झने /न लाज न घिन /कति बस्छौ कुर्चीमा अब हिड बाबुराम झोला बोकेर /
l
हामी नेपाली को रगत मा सहमति र स्वचा मन भन्ने कुरा हुदैन हो र यो नगरे हुन्छ धन धेखे पछि तिन नेत्र देखाउने मान्छे हामी हो मैले नेपाल को भलाई भन्ने कम एक जना मान्छे ले मात्रै गर्छ क गर्नु अहिले संसार मा छैन , त्यो हो हिटलर
सम्पूर्ण मित्र हरु नेपाल मा कुनै पार्टी र नेता हरु जो सम्पति धाक र सिन्गदार्बर को वाल मा लाफ टाईम को लागि फोटो बाहेक अरु सोच भएका छैनन्. अब आफै सोच्नुहोस अब आउने लै कसले सहायोग गर्ने नि , गिरिजा बाबु कृष्ण जी सेर बा जी मनमोहन जी सुर्य जी छबिलाल जी , माकुने जी इल्लामे साइला दाई सबै अरुको सहयोग नपाउदा खेर गएको इतिहास साची छ नि हो अब गोर्खा कान्छो पनि सबैले खुट्टा समाई सके अब लादौना बाकी छ सहमति को सरकार के अर्थ खुट्टा समाएर लडाउने प्रथा छ. मा ग्यारेन्टी गर्छु आउने मुक्य मन्त्रि पनि छ महिना को लागि मात्र हुन् त्यो पनि वग्यमानी भए भने , मात्र सिङ्ग दरबार मा फोटो चै तसौचन है,
बाबुराम लाइ नैतिकता र इमान्दारिता को लाज रहिन छ /सिंगो माओबादी पार्टी अनि प्रचण्ड र बाबुराम संग नेपाली जनताले एति धेरै आशा गरेकी देस को बिकास मा उलेखेय प्रगति हुने छ,/कुनै पनि नेपाली भोको ,नाङ्गो हुने छैन/गरिब ले पनि औसधि उपचार गर्न पाउनेछन् /तर ति सबै झुट मा प्रमाणित भै सके /प्रचण्ड त फटाहा नै हुन्/उन मा लोभ ,पाप,त थियो नै राम्रो भन्ने कुनै कुरै थियन /तेसैले उनि नेपाल को राजनीति मा फटाहा हुन् भन्दा फरक पर्दैन भने बाबुराम मा केहि आशा थियो तर उनीले पनि ति आशा लाइ नाङ्गो पारि सके /न इज्जत न प्रतिस्ठा जेए थियो तो पनि गुमाई सके /हिसिला लाइ कमाउन हतार /बाबुराम गर्ने कम्निस्ट को प्रचार ,न नियम न कानुन् सबै मै हु भने मुर्ख बाट के को सबिदान /
के गर्नु बिचार धेरै पढे पनि बुद्दी दुइ पैसा को रैनछ पच्यो साथी पच्यो मजाले पच्यो …………………………….
नेपालको राजनिती पृष्ट भुमि हेर्दा कहाली लाग्दो र भयङ्कर डर लाग्दो त्राशाधि खालको देखिएको छ
किनकी रानी बिनाको मौरीको घार जस्तो भएको छ । सहमती भन्या छन् कुदेका छन् पानीको फोका जस्तै
बोल्या छन् तातो न छारो हिजो जन्ताहरुलाई दिएको बचन वा बाचा पुरा गर्नु कता हो कता देशमा चुलिंदै
गएको महंगीबाट गरिब जनता पिल्सिएका छन् जसका घरमा सरकारी जागिर र ओसे, पोसे लाग्या छन्
तिनलाई त् कुनै प्रबाह छैन तर एक छाक मिठो, मसिनो खाना र बिरामी हुँदा सीटामोल नपाउनेहरुको लागि त् महंगी भन्ने कुरा
त् समुन्द्रमा गएर हाम फाल्नु जस्तै हो ।जती पनि जनताले लिएको अपेक्क्ष यो सरकारबाट पाउन सकेन र अबका
जुन सुकै पार्टी वा व्यक्तिले गर्न सक्दैन किन भने यो त् उनीहरुको लागी राम्रो छक्का, पन्जाको खेल हो जब ठाऊँ पाउने
बितिकै बिर्सने परम्परा बसेको छ त्यसैले जुन कुरा अपेक्क्ष छ पाउन सक्दैन जनताले । जनताले बलिदान दिएर चुनेको
व्यक्तिले कुनै पनि राम्रो काम गरेमा वा नगरेमा पनि ओसे पोसेबाट वा वा को ताली बजाउन लगाएर घोडाको जस्तो नाक
फुल्याई हिड्ने नेताहरु हाम्रा सामु छन् तर पनि कसैले उनीहरुलाई भन्न सक्ने अवस्था छैन किन कि त्यसको पछाडी केही
ओसे,पोसे राखेर ज्यानको खतरा मोल्नु पर्छ जे कुरा गरयो भने पनि सही हो भन्दै ताली पिट्नु पर्छ भने यो एकाईसौ सताब्दिमा पनि
वाक सोतन्त्र भन्दै हिड्ने नेता अनि अर्काको गल्ति देख्ने आफ्नो नदेख्ने अन्धा नेताले देश हाक्ने कुरा र टपरामा पिसाब गरेको
आवाज एउटै हो भन्न उप्युकता होला। गरिबको रेखामुनी रहेका जनता हामी भन्दै हिड्ने नेता अहिले भब्य महल र महंगा गाडीमा
चढेर हिड्ने नेता हिजो जंगल वा खोला खोल्सीमा गएर आची गरेको पाईला मेटेका छैन तर उसले बिर्से कि अब त हामी स्वर्गमा पुगियो भनेर
पछाडी फर्केर हेर्ने छैन सदाको लागि बिर्स्यो र बोलि चाँही नरम होइनारे खरो र मिडियाले पनि उसैको मुख्य पृष्ठमा छाप्छ है अब भन्यो तिन चार
दिन पछाडी क को उचारण हुँदैन भने बिकाशको कुरा त सपना हो भन्ने बुझ्न गरुरी छ । यसको मुख्य कारक के हो भन्दा जुन परम्परा चल्दै आयो र अमिट
छाप छोडेको छ भने कसरी सुधार हुन्छ त् ? सानो बालक निमोनिया हुँदा बेला समयमा उपचार नपाउदा बसेको खत र सिंहदरबार भित्र छिरेको नेताको चरित्र
एउटै र छाप हो भन्न सकिन्छ । नेताहरुले समयमा नै बुज्न सकेन भने पक्कै देशले अर्कै मोड लिदैन भन्न सकिंदैन अनि हामी नेपाली भनेर छात्ती फुलाएर होइन
कुकुरले जस्तो त्रासादीमा पुच्छर लुकाएर हिड्नु पनि अवस्था अवस्य आउछ ।
बाबुरामलाई गर्नदिएपो गर्नु हरेक काममा बिरोध हुन्छ अनी कसरी गर्नु|बाबुरामले अराको कसैले नटेरेपछि कस्को के लाग्छ| भ्रस्टचारिहरु भटाभट खोर तिर जानलागेकोले काङ्ग्रेस र एमाले डरार बाबुरामलाई हटाउन खोजेको हो| देशको बिकास गर्ने हो भने बाबुरामकै नेत्रित्वमा सोच्छ छबी भएका व्यक्तिहरुलाई राखेर मन्त्री मन्डल गठन गर्नु पर्छ| बरु हाम्रो रमेश खरेल सरलाई गृह मन्त्री बनाए कसो होला|
नेपाली जनतालाइ महिनै बिच्छे नया प्र्धान मंन्त्री चािहिन्छ । अनी यी पडेलेखेका पत्रकार हरु पनि यस्तै उथलपुथल चाहान्छन आफनो पत्रिका बेच्नको लागी । महीनै बीच्छे प्रधान मंत्री परीहर्तन भए पंछि कसरी देशको बिकास हून सक्छ ? हामी आफ्नो छिमेकी देश चिन अनी बिस्वको धनी देश अमेरीका मा हेरौ एक जना प्रधान मंत्री कम्तिमा पनी ८ बर्ष देखी १० बर्ष सासन गर्छन र स्थीर रुपमा बिकास को काम हूदै जान्छन । तर हाम्रो देश नेपाल मा एक प्रधान मंत्री ६ महिमा पनी काम गर्न पाउदैनन अनी कसरी हुन्छ देक्षको बिकास । कुनै पनी दुर दिमाग़ भएको राज नेता त झन सबैको आखाको तारों बन्छन । उसलाइ कुनै बहाना बनाएर गलहत्याउन लागी पर्दछन । नेपाली जनता आज राणा कालिन र पंचायत कालिन जस्तो पनी छैनन कि उनी हरूलाइ कसैको एकलौटी शासन गर्न दिने छन । तर नेपालको राजनीतिक नेता हरूले आफ्नो स्वार्थ पुरा गर्न जनता लाइ ढाल बनाएको छन ।
येस्तई हो सबै को दिन आउछ जान्छ फेरी बाबुराम को दिन आउन पनि सक्छ खासै भन्ने हो भने बाबुराम व्यक्तिगत रुपमा जे जस्तो भए पनि उनको प्रधानमन्त्री को समय मा यो देश ले खासै राम्रो केहि पनि पाएन आस गरौ यो घटना ले उनले नया पाठ सिकुन अनि फेरी प्रधान मन्त्रि भए भने केहि राम्रो कम गर्न सकुन उनको सुखद भबिस्य को लागि सुभ कामना एदी आझै पनि उनि रास्ट्रपति संग लड्ने लागि भने उनले त केहि पनि पाउदैनन तर देश ले धरै गुमौंचा सो आस गरौ उनमा सद्बुद्धि पलोश
बाबुराम प्र. म. हटेको पर्सि पल्ट बाट प्रचण्ड फुटेर कस्तरी बैद्ध्य को शरण मा आउछन ! हेर्दै गर्नुहोला – तर होसियार बैद्ध्य बा ! धोकेबाज ले फेरिपनि धोका नदिने भन्न सकिन्न / कुनै हालतमा प्रचंडे लाइ ल्याउन हुन्न बरु ईमान्दार कार्यकर्ता पंक्तिकार लाइ जसरि पनि ल्याऊ!
Now, Baburam is digging his trench. Interesting, this is now going to be fight to finish. That is what we are waiting for.
देश लामो समय देखि अनिर्णय को बन्दि रहेको र पटक पटक राजनैतिक सहमति हुन नसक्नु ले नै रास्ट्रपति को कदम असंबैधानिक भए पनि आहिले अड्किएको हलो बाहिर निस्कन सक्छ ! नेपाल मा प्रजान्त्र को अभ्यास नै अभिशाप भयो ! समय बलवान हुन्छ अब जनता लाइ नया नेत्रित्व चयन गर्न देउ !
सहमतीय सरकारको आहवान मात्रै गरेछन राष्ट्रपतिले. मेरो बिचारमा त सबै शक्ति आफ्नो हातमा लिएर आफै ४-५ बर्ष सरकार चलाए हुन्छा राष्ट्रपतिले.नेता, जनता सबै छाडा भैसके नेपालका, अब इनिहरुलाई कडा साशन लगाउन पर्छ. भ्रस्टाचार रहित र बलियो सरकार चाहिएको छ नेपाललाई अहिले जुन राष्ट्रपति ले नेपाली सेनाको सहयोगमा ल्याउन सक्छन.
नेपाल को समकालीन राजनीतिमा बाबुराम भट्टराई , ढोंगी, अबसरबादी र निर्लज्ज प्रधानमन्त्री हो, गोब्येस्ल सैलिको प्रचारले अफुलाही लोकप्रिय देखाउने प्रयास ढोंग भन्दा अरु केहि पनि हैन, किसन अहरुले धन रोप्ने बेलामात मल पाएनन् अहिले गहु को बेलामा पनि तेस्तै हालत छ, जनता दोहोरो अंक को मूल्य बृधि खेप्न बाध्य छन् , तेती मात्र हैन देश का हरेको क्षेत्र मा राजनैतिक हस्तक्षेप गरेर प्रसासन का हरेक क्षेत्र लाही धोस्त पर्न बाबुराम लागेका छन्, पाटन अस्पताल र काठमाडौँ बिस्वोबिध्यालय एसका पछिल्ला उदहारण हुन् , तर उनि भने टेलिभिजन मा बसेर शुशासन को लफ्फाजी ठोक्दचन , एस्तो ढोंगी, निर्लज्ज बेक्ती लाही सत्ता मा बस्ने अधिकार छैन , तुरुन्त डाडा कटाउनु पर्दछ/’
तपैले भन्न खोज्या के हो ? तिनै पुराना चोर नेता हरुले केहि गर्छन ? long term को लागि सरकार टिक्नु सबैभन्दा important हुन्छ फेरी बाबुरामलाई लडाएर कुन राम लाउने हो? तपाई लै देसमा स्थिरता भयको राम्रो कि नेता फेरेर अस्थिर सरकार भएको राम्रो ल भन्नुस ?
यो राकेश brole कहाँ बाट किसानले मल नपायको थाहा पाएछ ,त्यहि कुरा मात्रै गरिरखेछ यसलाई कोंग्रेस्सले भ्रस्टाचार गरेर देश खोक्रो बनायको नदीनाला बेचेर देश बेच्न नपाउदा रन्थनइयाको ,एमाले नापुसक हरू चुनाबमा जनताले हरौदा पनि प्रधान मन्त्रि बन्न तमेसको भयको नापुसक झल्लु हरू १७ पटक प्रधानमन्त्रिको चुनाब लड्दा पनि हरेरा झाल्लुलाई प्रचण्डले प्रम भानायाको अरु त कति कुरा हरू भन्दा ठुलो के के नै बाबुरामले गर्दा मल नपाय जस्तो गरेर खुबी गाली गर्दै छ गोरुले अरुलाई गाली गरेर मात्रै हुदैन गालीमा दम हुनुपर्छ ब्रो……….
१६ आना सहि / येही हो बास्तविकता /
बाबुरामे ढोंगी, अबसरबादी र निर्लज्ज मान्छे हो /
राष्ट्रपतिजी भैंसी चराएरै अएका हुन कयार । यिनलार्इ अर्को नागार्जुन होइन दुइचारवटा भैंसी किनेर जनकपुरतिरै पठाइदिए बेस होला । यस्ता असंवैधानिक राष्ट्रपतिको खाँचो छैन देशलार्इ ।
प्रधामन्त्री पनि चानेचुने हैनन् १६००० लै मरयारे आयका हुन् | अब न चुनाब गर्ने आट भयको न संबिधान बनाउने आट भयको नालायक नक्कली phd dr भन्दा भैसी चरायरे जनता को सेवा गर्ने mbbs dr नै ठिक
सक्कली Dr त govinda को गुरु ओली होलानी होइन?
लायक पनि माकुने झाले र ओली होला क्यारे!
देशको अन्यानता जोखिम र संक्रमनाकलिन अनि अघिल्लो चारवोतई प्रम असफल भयको अति नाजुक अबस्थामा प्रम भयर जर्जर अबस्थाको शान्ति प्रक्रियालाई सफलतासाथ टुंगोमा पुर्याउने प्रम नालायक अनि तिम्रो माकुने जेठी सासु र भाइलाई जागिर ख्वाउन गयको चाहि अनि लायक र सफल होइन त?
यस्तै बढ़ा बुद्दी भयका नेपालिहरु ले गर्दा नै देश यो हरितान्नम अबस्थामा पुगेको हो क्या!
गधा र गाइ छुट्याउन नसक्नेहरु!
अहिले को यो नेपाल देश लाई बाटो मा ल्याउन मुटु चाहिन्छ दरो मुटु ,धारा तेल खाएको हुनु पर्थ्यो कहाँ जंगल मा कन्दमुल खाएर बसेकाले देश हाँक्न सक्छ !!!!!!!1
कमल जि धारा तेल खानेहरु कोलेस्ट्रोल (घुस) धेरै भएर गोवर गणेश भएर बस्या छन । आज हामि नेपाली जनतालाइ हिमाल पहाठ तराइ जङगलका ओरगानिक कन्दामुल खएका शर्बसक्तिमान ब्यक्ति चाहीएकोछ । जनकपुरको तोरी ईन्डीयामा पेलेको धारा तोरीको तेल खाने होइन होइन होइन ।।
ए नेता हो यो देश तिम्रो बाउको बिर्ता होइन जब र जसलाई मनलाग्यो उसलाई कुर्ची थमाएर आ आफ्नो स्वार्थ पुरा गर्ने अधिकार तिमिहरुकसैलाई छैन / बास्तबमा भन्ने हो भने तिमीहरु मध्ये ९९% नेताहरुलाइ यो देशको नेता भनेर हिड्ने कुनै अधिकार नै छैन त्यति मात्र नभई तिमीहरुमा नेतामा हुनुपर्ने योग्यता १% पनि छैन / हेर्दै जाउ तिमीहरुलाई भविष्यमा देशले कस्तो नेताको इतिहासमा राख्ने छ /
स्यार्थी नेता र देशको बिग्रदो हालत देखि आजित जनता ले देश मा परिबर्तन भै हाल्छ कि भनेर नया क्रान्ति भनेर १० बर्षसम्म लडाई लडे परिबर्तन कै लागि भनेर आफ्नै बाउ,आमा ,दाजु ,भाई,आफ्नो पराइ नभनी रगत को खोला बगाए|आखेर मा यसको फल फेरी तेही नेतृत्व मा नै रहेका जनता को नेता भनाउदा स्वार्थी कुकुरहरु को रजाइ भयो | जति परिबर्तन को डाको छोडे पनि आखिर मा सिन्को भाचेन|सबै नेता हरु को जनता लाई उल्लु बनायर आफ्नो स्वार्थ पुरा गर्ने बाहेक अरु कुनै मनसाय छैन |देश र जनताको प्रतिनिधि भनाउदा को यस्तो चाला छ …जनता लाई कसलाई विवश गर्ने???
यो संसदिय प्रजान्त्र नेपाल को लागि नसुहाएको नै पो हो कि? २००७ साल, –२०४६ साल , २०६३ साल– खोइ अलि बुझ्नु गारो भयो | कि त अमेरिकन जस्तो चुनाब बाट आएपछि ”Powerful’ हुनु पर्यो नेता | नेपाल मा त चुनाब को पनि मतलाई नै देखिदैन , नजिते पनि मन्त्रि हुन पौने , अचम्म को प्रजान्त्र नेपाल को पो रहेछा |
इमान्दार निरङ्कुश सासक नभैकन देश बन्दैन है साथी हो मेरो सोचाइमा त | हामीलाइ रत्न पार्क मा बदाम खाएर कुरा काट्न पायापछी र ढुंगा मुढा गर्न पयापछी हुने, अनि नेता लै कुर्ची मा बसेर कानुन मिच्न पाय हुने | जब सम्म नेता र जनता लै उतै कानुन लाग्दैन केहि हुने वाला छैन, … सकुन्जेल यिनका छल हेर्ने हो, के गर्ने ………….| दिक्क लाग्छ, जति दिक्क लागे पनि जन्म घर छोड्न गारो नै हुने रहेछा, छोडेर पनि जाने कहाँ र अमेरिका नै गया पनि २ न को नागरिक न हो |
यी नेता हरु जति सबै लै आजीवन काराबास राखेर कसैले राम्रो सासान चलाई दिया हुन्थ्यो |
?????????????? नेपाली को प्रगतिको कामना क साथ् ……………|
बाबुराम लाइ हिसिला र प्रचण्ड ले चमचे पिङ मा घुमाय झैँ घुमायर छोडने भय
बाबुराम को दिन हैन बिस्तारै माओबादी नै पतन हुने दिन आउने छ..
साँचो र मनमा लागेका कुरा भनुम है|
अग्र पंक्तिमा भनिएका नेताहरुको अनुहार नियालौ| सबै चोरै चोर छन्|
सुशील, माकुने, झले, राम्चंद्रे, शेरे, प्रचंडे, बैदे, गच्छे, उपेन्द्रे, सबैलाई देखेकै हौ|
सुर्य बहादुर, प्रकाश चन्द्र लोहनी, प्रशुपति, कमल थापा, रामशरण आदिको नामै नलिएको बेस| जति पल्ट अवसर पाए पाए आफ्नो मात्र हेर्ने अनि देशलाई टाट पल्टाउने यिनै अनुहार हरु हुन्| सबैले यिनीहरुलाई हृदय देखि नै अस्वीकार गर्नपर्छ|
जसो तसो बाबुराम नै ठिक जस्तो लाग्छ अहिलेको स्थितिमा| मलाइ न त् माओवादी मोह छ न माओवादी ठिक नै लाग्छ तर पार्टी द्वारा संचालन भए तापनि व्यक्तिको रुपमा, कार्यशैली र योग्यताको आधारमा हेर्दा बाबुराम नै चुनावसम्म प्र म भए ठिक हुने हो भन्ने लाग्छ|
बरु मन्त्रीमंडलले के के काम गर्नपर्ने चुनाव नभइन्जेल सम्म अनि मन्त्रि मण्डलमा प्र म बाबुराम बाहेक अरु कुनै पनि सदस्यहरु राजनैतिक पार्टी संग सलंग्न नभएको र बिज्ञहरु राखीए उचित होला जस्तो लाग्छ| अरु तपाईहरुको विचार|
पुनश्च: एउटा कुरो उल्लेख गर्न छुटेछ| चुनाव गरिने समय सम्म बाबुराम प्र म हुदा हिसिला यमीको प्र म पत्नीको हैसियतले गरिने व्यक्तिगत फाय्दाका कार्यमा र गतिविधिमा पनि नियन्त्रण गरिनपर्छ|
बाबुराम तिमि ले राजिनामा दिये नि कामचलाउ प्रधानमन्त्री होउ नदिये नि कामचलाउ प्रधानमन्त्री होउ फेरी राजिनामा दीदा सहमति को बातावरण बन्छ भने राजिनामा दिउ .
के भनौं र खोइ ………..??? यो (अ) राजनीत आफुले बुझ्ने भए पो ….तर कता-कता लाग्छ ‘यो सबै खसीको टाउको देखाएर कुकुरको मासुको ब्यापार रहेछ भने यी निर्लज्ज ब्यापारी’……..!!!!!
मित्रहरुले डा० बाबुराम सरकारलाई राजीनामा देउ/दिएको भए राम्रो अर्थात डा० राम बरण यादबले हालै चालेका कदम सहमतीय सरकार गठन गर्नका लागी ठिक/जाहेज भन्नु, त्यस कदम प्रती दुरदर्सीता नअपनाएका हुनकी भन्ने मलाई लाग्दछ । यस्ता कदम चाल्नुका पछाडी कही/कतै सुनियोजित सडयन्त्रहरु बुनेका त छैन ??? यस प्रस्न अती गम्भीर छ भन्ने मलाई लाग्दछ । मित्रहरुलाई मेरो प्रस्न, एमाओबादीलाई बाईपास गरेर, अब सहमतीय सरकार र तमाम समस्यहरु हल/समाधान गर्ने कुन चही माईकललाल बाँकी छ ??? (१) के सहमतीय सरकार भनेको एमाओबादीलाई बाईपास गरेर काँग्रेस र ऐमालेको नेतृत्वमा मात्र सरकार गठन गर्नु नै सहमतीय सरकार हो ??? (२) के माओबादी बिनाको गठीत सरकारलाई मात्र सहमतीय सरकार भन्न खोजीएको हो ??? (३) के यस्ता अबैधानिक तरीकाले गठित सरकारले मात्र यी सम्पुर्ण समस्यहरु हल गर्न सम्भव छ ???? (४) एमाओबादी बिना,समस्यहरु हल गर्न सक्ने प्रमाण/आधारहरु यी काँग्रेस र ऐमाले संग के छ ??? यिनीहरुका, मात्र सप्ता प्राप्ति हुन, अरु केही गर्ला भन्ने लाग्दैन । म ग्यारेन्टीका साथ भन्न चहान्छु, यी तमाम समस्यहरु यीनै पार्टी नेताहरु निस्वार्थी र निस्पक्क्ष भई अगी कदम चालेमा जे चिज गर्न पनि सम्भव छ, यदि होईन भने “फलामको चिउरा चापाउनु” जस्तै हो ।
The first CA election was carried by Consensus government.
So this time also there should be consensus government.
The main obstacle to the consensus government is Madhesi Morcha
supporting Baburam. They are pressing Baburam not to give in because
if consensus govt is formed they will lose their minister posts. This is the
root cause and Baburam is bowing down to them because this helps him
to continue as PM.
लौ लौ बधाई छ.
कतिको फेरी दिन बाल्ने भयो. लक्ष्मीलाई भण्डारण गर्ने दिन आउने भयो. देश र जनतालाई त जो आएपनि कस्लेपो हेरेको छ र, र हेर्ने पनि छैनन्.
कतिलाई चिट्टा पर्ने भयो.
जै नेपाल.
अस्ति चाही रास्ट्रपति ले बजेट स्विकरिदियो भनेर सबै माओबादी साथीहरु रास्ट्रपति को जयजयकार गर्दै थिए, आज त त्यै साथीहरु मर्नेगरी गलिगरना थालेछन | अब एस्लाई हामी सोझा साझा हरु ले के भनेर बुझ्ने हो, कुनी????
राष्ट्रपतिको यो कदम प्रचण्ड संगको सहमतिमै भएको देखिन्छ | बाबुरामको बचेकुचेको इज्जत र विश्वास सबै मेटाइदिएपछि अब बाबुराम लाई हटाउनु पर्छ भनेर प्रचण्डलाई हतार थियो, अनि उनि येही मौकाको खोजीमा थिए | प्रचण्ड सत्ता कब्जा मात्र होइन सरकारमा आफ्नै सर्बोपरी पनि चाहन्छन | जे कुरा हुने सम्भब हुदैन त्येही कुरा हुनु पर्छ भनेर कराउछन जुन कुरा उनले उनको सार्बजनिक भएको भिडियो टेपमा बारम्बार भनेका थिए | जबसम्म बाहिरि देशको हस्तछेप र चासो रहन्छ तबसम्म आफ्नो एकलौटी सासन जमाउन सकिदैन भनेर देशलाई एकपटक असफल देश बनाउनु पर्ने धाराणा राख्छन | माओबादीले सधै चाल खिलिरह्यो अनि सधै एकपछि अर्को प्लान बनिरह्यो जुन कुराको भेउ अरु दलले पाउन सकेनन | जब एउटा कुरा थाहा पाउँथे अर्को खुरापाती दिमाग चलाईसकेका हुन्थे | जनताहरु र पार्टी कार्यकर्ताको येसरी brain wash गरेका छन् कि उनको जुन सुकै चालबाजी देशकै हित र भलोको लागि हो भनेर सोच्न बाध्य छन् | अहिले देश जहाँ छ त्यो कुरामा जनताहरुले हामी पनि जिम्मेवार छौ र एस्ता नेताहरु हामीले नै जन्माएका हौ जसले जन्माउन सक्छ उसले मेटाउन पनि सक्छ भनेर सोच्नु पर्यो !!!
यदि बाबुरामले पद छोड्दा सहमति बन्छ चुनाब हुन्छ देशले संबिधान पाउछ देशमा दिगो शान्ति आउछ भने बाबुरामले अबश्य छोड्नु पर्छ के प्रधानमन्त्री पद बाबुरामको बुबाले आर्जेर दिएको सम्पति हो र नछोड्ने ?
यहि परालेत एउटा बाबुराम मात्र होइन, एमाले बाट १० माकुने-झ्याकुने र कांगेस बाट शेरे-डेरे जो जतिपल्ट आय पनि संबिधान अनि संघियताको कुरामा समाधान निस्कदैन / अनि माओबादी त के मदेशबादीलाई पनि पाखा लाएर न सहमति कै सरकार बनछ न संबिधान नै/ त्यसैले कसैलाई पाखो लाउने कुरो लाई नै पाखो लाएर इमान्दारी पुर्बक नेताहरु अगाढी नबढे देश र जनता को खैरिएत् छैन/
अब नेपालमा आर्मी सासन हेर्न्ना बाकी छ . गौरब सम्सेर अब तिम्रो पालो हो .
रिपोर्टर(हरु):राजेन्द्र थापा from kantipur daily
राष्ट्रपतिको घोषणापछिका जटिलता
काठमाडौ, मंसिर १० – मंसिर ७ पछि संवैधानिक शून्यता हुने हुँदा ३८ (१) अनुसार सरकार गठनको औपचारिक घोषणा गर्ने कदमको संकेत मंसिर ३ गते शीतलनिवासबाट सार्वजनिक भएपछि उत्साहित प्रतिपक्षीहरू हल्लेको झन्डाको नशामा झुम्म थिए । तर, अचानक ५ गते राष्ट्रपतिबाट बजेट स्वीकृत हुँदा ती रन्थनिए । तत्कालै सरकारले चतुरतासाथ वैशाखमा चुनाव हुने घोषणासहित राष्ट्रपतिले भन्ने गरेको संवैधानिक शून्यतासमेत समाप्त गर्दा भने स्वयं राष्ट्रपतिलाई पनि रन्थन्याइयो । क्रिकेटमा झैं बलिङविरुद्ध ठाडो ब्याटिङ गर्ने माओवादीले यसपटक चेसको रणनीतिक चाल चले पनि राष्ट्रपतिले ८ गते फेरि अर्को प्रत्याक्रमण गरे- संसद्को बहुमतबाट आएको माओवादी नेतृत्वको सरकार हटाउने ‘मिसाइल’ सहित ।
तर खेल सकिएको होइन, सुरु भएको हो । अब बल माओवादीको हातमा छ । संसद्बाट निर्मित वैधानिक सरकार छाडेर राष्ट्रपतिको अनुमानअनुसार कांग्रेस या अन्यको नेतृत्वमा प्रतिरक्षात्मक रणनीति अख्तियार गरी लुसुक्क खान्छन् कि प्रत्याक्रमण रणनीति लिई राष्ट्रपति र कांग्रेस या मधेसी मोर्चाको निद्रा उडाउँछन् ? हुन त यसमा विजय गच्छदारवाला मधेसी मोर्चाको भावी कदम के हुन्छ, त्यसमा बढी भर पर्छ । साविकझैं उपियाँ बनेर यो मोर्चाले माओवादीको साथ छोडी कांग्रेसको पछि लाग्छ या ढालझैं यही गठबन्धनलाई साथ दिन्छ । उता जाँदा भने अब नेता उपेन्द्र यादव हुनेछन् न कि विजय ।
राष्ट्रपतिका कदमको ऊर्जा भनेको मधेसी दलको सत्तामोह तथा प्रचण्डको अचानक कोल्टेफेराइ हो । तर प्रचण्ड अब भने न एक्लै अचानक कोल्टे फेर्न सक्ने परिस्थितिमै छन्, न त अर्को गाला पनि रातो गराउने मनस्थितिमै होलान् । मधेसी मोर्चा र माओवादीका लागि राष्ट्रपतिको यो कदम सिधा छातीमै हानिएको लात हो । सरकारले संवैधानिक शून्यताका नाममा राष्ट्रपतिको कदम रोक्न हतारहतार गरेको चुनावी घोषणाका कारण प्रचण्ड स्वयं र मधेसी मोर्चाको नैतिकता तथा ‘फेस सेभिङ’ नै दाउमा लगिएको छ । झुक्ने या प्रत्याक्रमण गर्ने ? जुन बाटो लिए पनि यसको प्रभाव चुनावसम्मै हुनेछ ।
अब प्रतिपक्षीय मोर्चातर्फ हेर्ने हो भने उनीहरूलाई यसबारे पूर्ण जानकारी भएको देखिन्छ । त्यसैले बजेट घोषणापछि विरोधको भाव देखाए पनि राष्ट्रपतिप्रति नकारात्मक अभिव्यक्ति देखाइएन । महिनौदेखि अध्यादेश रोक्ने राष्ट्रपतिले एकै दिनमा हतारहतार स्वीकृत दिनुले सत्ता परिर्वनका लागि बजेट रोक्नेसम्मका निकृष्ट कार्य राष्ट्रपतिले गरे भनेर आक्षेप नलागोस् भन्नका लागि भन्ने बुझिन्छ ।
राष्ट्रपतिले घोषणा गर्ने व्यवस्था नै नभए पनि जेठ १४ पछिको कामचलाउ घोषणा भएदेखि नै सरकारलाई हट्न दबाबका रूपमा गरिएका विविध कार्यको अन्तिम चाल राष्ट्रपतिले यही ८ गते चाल्दा निश्चिन्त भने अवश्य पनि छैनन् किनभने विगतमा सिधा अन्तरिम संविधानको धारा ३८ -१) अनुसार सहमतीय सरकारको आह्वान गर्ने राष्ट्रपतिले यसपटक भने ३६ -क) को सहारा लिएका छन् । तर ३६ -क) दुईधारे तरबार हो । अदालतका ढोकामा पुगेमा यही तरबारले राष्ट्रपतिको कदमलाई दुई टुक्रा पार्न पनि सक्छ ।
३६ क -३) मा संविधानको संरक्षण र पालना गर्नु भनेको छ भने ३६ क (२) मा संविधान र प्रचलिन कानुनबमोजिम गर्ने भनिएको छ । संरक्षण भनेको संविधानका अक्षरशः पालना गराउन ‘एम्पायर’ को भूमिका अपनाउन मात्र सक्ने, न त आफैं खेल्न सक्ने, न त संविधानमा नभएको नयाँ नियम बनाउन सक्ने भन्नेबाहेक अन्य अर्थ लाग्दैन । संरक्षकका नाममा संविधानमा उल्लिखित किटानी धाराबाहेक जानेबित्तिकै अदालतमा मुद्दा पर्ने देखिन्छ र अदालतले पनि संविधानको किटानी धाराबाटै बोल्नुपर्ने हुन्छ, विश्वनाथीय शैलीमा अथ्र्याउने आँट गरेमा आन्दोलनको भुमरी उठ्नेछ । राष्ट्रपतिलाई पर्ने अप्ठेरो बुझ्न निम्न विश्लेषण गरौं ।
३८ (१) आधा मात्र हो, पूर्ण छैन किनभने अर्को आधा अर्थात ३८ (२) मा ‘३८ (१) अनुसार सहमति कायम हुन नसकेमा संसद्को बहुमतबाट प्रधानमन्त्री निर्वाचित हुनेछ’ लेखिएको छ । हिंड्दा दायाँ कदम टेक्नु जति महत्त्वपूर्ण हुन्छ, त्यसपछि बायाँले टेक्ने ठाउँ छैन भने पनि यात्रा अगाडि बढ्दैन । चालेको कदम पछाडि फिर्ता लैजानुपर्छ । यसरी फर्केको कदमपश्चात् राष्ट्रपतिले के गर्ने ? माओवादी नेता अनन्तले भनेझैं ‘कू’ गर्ने ? कि नैतिकताका आधारमा राजीनामा दिई उपराष्ट्रपतिलाई कार्यबाहक बनाउने ? कि अनन्त अस्थिरतामा देशलाई धकेलेर तेस्रो शक्तिका लागि रिक्तता सिर्जना गर्ने ?
राष्ट्रपति कदमबाट बलपूर्वक विस्थापित भएको अवस्थामा माओवादी स्थापित प्रतिपक्षीको नेतृत्वमा सरकारमा लुसुक्क जाला भन्ने भ्रम राजनीति नबुझेका अबुझले मात्र राख्न सक्छन् । माओवादीलाई त्यसो गर्न न नैतिकताले दिन्छ न त कार्यकर्ताले । तसर्थ बाहिर बसेर आन्दोलनको भुमरीबाट आफ्नो संगठनात्मक ऊर्जा पुनर्जीवित गरी विभाजनको आहतको शोकलाई शक्तिमा बदली चुनावमा बहुमत ल्याउने सुअवसरका रूपमा लिने साविक वाम रणनीति माओवादीले अख्तियार गरी राष्ट्रपति-संरक्षणको कामचलाउ सरकारलाई चल्नै गाह्रो नगर्ला त ? स्मरण रहोस्, ३८ -७) ख अन्तर्गत यस सरकारलाई कामचलाउ भनिएझैं आगामी सम्पूर्ण सरकार कामचलाउ हुनेछन् । ‘संविधान बन्न नदिन संविधानसभा मार्ने, संघीयता तथा परिवर्तनको विरोधी र प्रतिगामी कांग्रेस-एमाले गठबन्धनका नाइके राष्ट्रपतिले ‘कू’ गरी सत्ताबाट हटाएको’ भन्ने नारा जनताका लागि सहज हुने हुँदा माओवादी नेतृत्व नपाए सत्तामा सरिक हुने सम्भावना छैन ।
मानौं, माओवादी अरूको नेतृत्वमा सरकारमा जान तयार भयो, तर धारा ३८ -१) मा सहमति कसका बीच हुने स्पष्ट नभएकाले संसद्मा भएका २८ दलकै सहमति चाहिने आवाज उठेमा चार दलले केही चलमल गर्न सक्दैनन् तर ३८ मा संसद्का दल भन्ने शब्दसमेत नभएकाले संसद्बाहिरका निर्वाचन आयोगमा दर्ता भएका सकल दलले भाग मागे के गर्ने ? दल मात्र नभई सम्पूर्ण राजनीतिक तथा गैरराजनीतिक संस्था, समाज, संघ, संगठन तथा जातीय र व्यावसायिक समूहहरूले समेत आफ्नो सहमति भएपछि मात्र राजनीतिक सहमति हुने भनेर सडकमा आए भने के गर्ने अनि जनमत मात्र राष्ट्रिय सहमति हो भनिए के गर्ने ?
धारा ३८ -२) मा संसद्को बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने भनिएकाले ३८ -१) को सरकार नबनेमा ३८ -२) को सरकार बनाउन सकिन्न । ३६ -क) ले सहयोग होइन राष्ट्रपतिलाई हुबहु ३८ (२) पालना गराउन बाध्य बनाउँछ । अर्थात् संसद् नभएको अवस्थामा ३८ -२) निष्क्रिय हुन्छ । तसर्थ सरकार हटाउन राष्ट्रपतिले के गर्नु उपयुक्त हुन्छ ? राष्ट्रपति ‘राजा’ होइनन्, त्यसैले ‘कू’ अर्थात् संविधानको मरण गरी माओवादीले अनुमान गरेझैं विदेशीकै सहमति लिएर पनि सत्ता लिन सक्दैनन् ।
हालै विजय गच्छदारहरूले भनेझैं साना दल या महन्थ ठाकुरको नेतृत्वको सरकार विकल्प होला तर राष्ट्रपतिको यत्रो लामो कारबाही ‘टायंटायं फिस’ हुनेछ । कांग्रेसको सरकार बनाउन नदिने माओवादी नीति सफल भए पनि सबभन्दा ठूलो दल माओवादी सानो दलको नेतृत्वमा सरकारमा जानु पनि हार नै मानिएला । तसर्थ माओवादी र विजयहरूका लागि ३८ (१) को सरकार बन्न नदिनु नै लाभकारी हुने हुँदा राष्ट्रपतिको कदम सफल हुने सम्भावना कम छ । दुवै हातमा लड्डु छ, एमाओवादीका लागि । कि ठूलो दलको हैसियतअनुसार आफैंनै नेतृत्वको ३८ -१) को सरकारको अडान नछाड्ने र कामचलाउ सरकार कायम राखिरहने । यदि राष्ट्रपतिले असंवैधानिक रूपमा ३८ -२) लागू गरे भने अदालत तथा सडकमा जाने र आन्दोलनको लहर ल्याउने अर्को चुनावका लागि संगठन बलियो बनाउने ।
अनुमान गरौं, राष्ट्रपतिले धारा ३८ -१) या ३८ -२) अन्तर्गत कांग्रेसको सरकार बनाए माओवादीबिनै । कांग्रेस पनि सिंहदरबार नगई नछाड्ने, असंवैधानिक रूपले बनाएकाले आफैं कायम रहेको भन्दै संसद्ले बनाएको ३८ -२) को यो सरकारले सिंहदरबार नछाड्ने अवस्था आए के हुन्छ ?
स्मरण रहोस्, जनआन्दोलनका बेला कफ्र्यु तोडी निस्केका जनता सेनाको बख्तरबन्द गाडीसँगै उभिँदा राजाको राजनीतिक सत्ता अभिलाषा प्राप्तिका लागि जनता मार्न सेनाले नदेखाएको उत्सुकताको फुटेज अझै टिभी च्यानलका फाइलबाट हेर्न सकिन्छ । यो सेना जनताको सुरक्षाका लागि हो, जनता मार्न होइन भन्ने मनस्थिति नै सेनाको मेरुदण्ड रहेको यही प्रमाण सम्झेर पनि जनताविरुद्ध सेनाको दुरुपयोग गरी शासन गर्छु भन्ने राणाकालीन सोच नराखियोस् । यो लोकतन्त्रको लोकपूजक सेना हो, लोकभन्जन सेना होइन । स्थिति राष्ट्रपतिले सोचेजस्तो सरल नहोला । धारा ३८ (१) अनुसार सहमतीय सरकार नबनेसम्म यही सरकार रहे मात्र रिक्तता उत्पन्न हुनेछैन, अन्यथा संवैधानिक रिक्तता अवश्यम्भावी छ ।
लेखक नेपाली सेनाका सेवानिवृत्त उपरथी हुन् ।
सहमतीय सरकार नबनेसम्म यही सरकार रहे मात्र रिक्तता उत्पन्न हुनेछैन अन्यथा संवैधानिक रिक्तता अवश्यम्भावी छ ।
Your analysis holds water only when there is no infighting between Prachand and Bhattarai factions over the leadership mantle. Already a clevage has appeared between these two factions over the President’s move. Remember, Mr. Mahara and Agni Sapkota have welcome the move, Prachanda must have given an indirect consent. While Bhattarai faction is vehemently against the move. It is interesting to note, how even within Vaiday faction there is no unanimity on the move. Pampha Bhusal has welcomed the move while Mr. Dev Gurung and Vaiday is dead against. There is greater probability that Vaiday faction and Bhattarai faction may come together levaing Prachanda high and dry. Whatever may be the situaiton, Maoists are expected to garner not more than 10 to 15 percent of the votes. This does not mean the resurgence of NC and UML. These two political parties will continue see their downfall, this is more so with UML. Nepali people will see the rise of various ethnic and Madhesi based political parties – things are going to much more complex in the days to come. And this also does not mean Gyane can rise from the ashes – never ever imagine this – if monarchy was killed in 2001 then in 2006 it was cremated and in 2008 we even had a “shrada”. Hungry Gyane is just expecting the balls of an ox to roll any minute. And thisis not going to happen.
अब जो प्र.म आए पनि नेपाली राष्ट्रिय पोसाक र नेपाली झन्डा लाई कदर गर्नेनै आओस/
नेपाली पहिचान मेटाउन लागि पर्नेको १००यौ वर्ष सम्म पनि यस्तै हो चाला/
जय नेपाल
जति बाबुराम कामचलाउ हुन्, त्यति नै राष्ट्रपति पनि हुन् । अब पूर्व राजाहरूले झैं सेनाका दुइचार ठूलाबडाहरूको साथ लिएर ‘कू’ गरे रास्त्रपतिले अर्को नागार्जुन डांडा खोजे हुन्छ ।
जसले जे भने पनि बाबुराम एउटा असल नेता हो l एमाले र कांग्रेसले ४८ साल पछी गलत संस्कार बसायो कि राजनीति भनेको कमाइ खाने भाँडो हो जो एकदम गलत हो l राजनीति गर्नेले देशको र जनताको सेवा गर्ने हो l
देश त यिनका बाउले किनिदिया ठुलो घडेरीलाई जस्तो पो बनाए त; कहिले कल्ले प्लटिंग गर्याछ बेच्याछ हैन यी भुस्स्याहरुको मात्रै हो क्या हो यो देश; अम्सबन्दा गर्याछ लुत्याछ अझ भएन भनेर पालैपालो,
अरु देशमा त प्रजातन्त्र आएपछि बिकाशले उधो लिन्छ हाम्रोमा त न कुनैले गर्छ न गर्नेलाई गर्न नै दिन्छ; अहिलेसम्म कसले के गर्याछ र आफु र आफ्नो नातागोतालाई बाहेक यी प्रजातान्त्रिक भनाउदा नेताहरुले.
भीमसेन थापाको धरहरा राणा प्रधानमन्त्रीहरुले बनाइदियI भवनहरु (दरबारहरु) बाहेक के छ त आहा भन्ने धरोहरहरु…
मोज गरो स्यालहरु हो मोज गर
सबलाई लाइन लगाएर चारपाटा मोडेर मोसो दली जुत्ताको माला लगाउदै डाडा कताउनुपर्छ अनि बल्ल केहि प्रगतिको दुबो उम्रेला I
mrs भीमसेन थापाले सराप्या देश भन्छन सायद येही गरेसी केहि हुन्छ कि
भुईंमा उभियको आफ्नो विरोधीलाई पछार्न गाह्रो पर्छ तर ताउकैमा टेकेको विरोधीलाई भुईंमा लोताउँ कुनै मेहनत गर्नु पर्दैन अलि झुकी दिय पुग्छ टाउकोमा टेक्ने आफै भुईंमा लोत्न पुग्छ/ यो कुरा बाबुराम र प्रचंद्र विचको नया पुरानो सम्भंद सिट जोडेर हेर्न सकिन्छ/
भारत हाम्रो देस र राजनीतिको प्रथम सत्रु भारत हो भन्ने प्रचंको नेत्रित्वोको सरकार गिराउन जो जो लागेका थियो तिनीहरु सबैले बाबुरामलाई प्रसंसा गरेको थियो/ बाबुरामको नेत्रित्वोमा सरकार बने उनीहरुले बाबुरामको नेत्रित्वो स्वीकार गर्ने भनेको थियो/ प्रचंद्र प्रधान मन्त्रि छँदा र प्रचंद्र प्रधान मन्त्रीको चुनावमा भाग लिंदै गर्दा जुन जुन मधेशबादी दलहरुले प्रचंद्र्को बिरोध गरेको थियो ती सबैले आज बाबुरामलाई साथ् दियको थियो/
तेती बेला प्रचंद्रको बिरोध पार्टी बाहिरकाले मात्रै गरेको थियन बाबुराम र बैद्यले समेत गरेको थियो र बाबुरामलाई सत्ताको नेत्रित्वो लिन सक्ने नबने प्रचंद्र्लाई पार्टी बाटै हटाउने धम्किपूर्ण संकेत समेत दियका थिया बाबुराम र बैद्यले/
आफ्ना सबै विरोधीको साथ् पायको बाबुरामलाई केहि गर्न सक्ने स्थितिमा थियन प्रचंद्र/ त् टाउकोमा टेक्न दियो बाबुरामलाई प्रचंद्र्ले/ बाबुरामले जे गर्न चाह्यो त्यो गर्न पनि दियो/ मधेशबादिहरुलाई मन नपरेको कांग्रेस यमाले सिट भयको सम्झौता पनि तोड्न दियो/
तर यकायक प्रचंद्र्ले अब बनिने संघीय राज्यहरु बहुजातीय हुने भनेर तराईमा यक जातीय राज्य बनाउन खोज्ने मधेश बादीहरुको समर्थनमा टिकेको बाबुरामको कुर्सिमा ९० सालको भूकम्प ल्याई दियो/ त्यो बेला देखि लड़खदायको बाबुराम अहिले भुईंमा लोत्न मात्रै बाकि छ/ यो कुरामा प्रचंद्र्को हात छ छैन समयले त् भनि हाल्ला तर अहिले हामीलाई केहि सोच्न बाध्य गरेको छ/
Immediately after the dissolution of CA, I have predicted Prachanda to be the next PM. Whether you like it or not, all the unfolding events are designed by Prachanda. Baburam is finished, we can only say “ram ram, babu ram” and nothing more. It took nearly six months for Prachanda to come to this situation, this is his great weakness. He has used the policy of killing many birds with one stone. He took a full revenge on President for his inauspicious downfall due to katawal kanda. He has finished Gyane, Makune and Jhale, similarly, he has also finished Vaiday and now, Babu Ram. Prachanda has created a mess in Nepal’s politics. But to be honest, I do not know how long he will last. Look NC and UML, including Madhesi are bringing a shame to this country having a closed door meeting with 18 Ambassadors (which is actually a meeting with Ambassadors from India, China and USA). Our leaders are so shortshighted, visionless f**king assholes.
नेपालमा अब तीन राजनैतिक शक्ति को यथार्थ लाइ नजरअन्दाज गर्न सकिदैन. त्यो अक्टो हो. सक्ति भनेको राजाबादी, माओबादी र संसद बादी शक्ति हो. अन्तमा यिनी हरु बीच नया समीकरण भएपछि मात्र देशले निकाश पाउँछ.
मेरो बिचारमा बाबुराम भट्टराई , झलनाथ खनाल, माधव नेपाल, पुष्प कमल दाहाल भन्दापनि नेपालको सविधान बनि दिगो प्रजातन्त्र संस्थापित हुनु सबै भन्दा ठुलो कुरा नेपाल र नेपालीहरुलाई हो
को आउने को जाने कुरा सधै भै रहन्छ
सुरज श्रेष्ठ
जसले जे भने पनि बाबु राम भट्टराई आफैमा राम्रा मान्छे हुन् |यिनी प्रधानमन्त्रिको पदबाट गय पनि देशलाई आबस्यक पर्ने मान्छे हुन्.तर सत्ताको लागि जुन मधेसी मोर्चाको साथ लिय नि तेही बाट यिनको नराम्रा दिनहरु सुरु भय भन्ने लगिराछा | यिनी प्रधानमन्त्रिमा रही रहदा देशले निकास नपाउने भएकाले गयको मा नै राम्रो छ | यिनको दिमागको परेयोग गर्नुपर्छा न कि यिनको राजनीतिलाई |
This is pity we still have to go through all these odds act of our political parties who barely claim working for the people which is vividly not true. Leads are not serious about their responsibilities they have given by people. Most of the times they only think about their personal benefits and work accordingly to achieve them. Consequently we, people, have to suffer from time to time. Our country is very small if we all work together honestly our life and future generation’s lives would be very wonderful. But due to few people arrogant thinking and act has thrown us into hell.
All in all, I just would like wish that these junk of so called leaders come to a point where we could see our future bright.
Who won and who loose they are relative terms so I would not bother much about it.
Baburam bhattarai is one of the best PM on my eye and he will stay like that forever.
बाबुराम +१० राम्रा छन् तर हिसिला -१००, Baburam ले १ लाख देश लाई दिन्छन, हिसिला ले १ करोड कुम्ल्यौछिन मित्र हो….संबिधान सभा गरेर बाचुन्जेल सम्म प्रधान मन्त्रि खाउला भन्ने दाउ बाबुराम मा थियो…, के यो उचित थियो? यस्तो अवस्थामा मा भगवान ले पनि धुर्त बाबुराम लाई हटाउनु बाहेक अरु केहि गर्न उपाय छैन….
बाबुरामका सकिए दीन भन्ने सुन्दा दुख लाग्यो- मेरो अनुमानमा अब, के – पी ओली को दीन आए जस्तै छ- अनुमान गरौ नेपाल कहा पुग्ने हो-
म बाबुराम को बिरोध गर्छु तर, अबैधानिक रुप मा “रास्ट्रपतिधिराज” बाट जुन कदम “चालिबक्स्यो” यो संबैधानिक रास्ट्रपति लै सुहाउने काम होइन.
यो कदम हेर्दा लाग्छ समय फेरी दोहोरिरहेको छ, आज देउवा को स्थान मा बाबुराम छन्, देउवा जनयुद्ध को बेला प्रधानमन्त्री थिए अनि निर्बाचन गराउन असर्मर्थ थिए, राजा बाट बर्खास्त भए निर्वाचन गराउन नसक्ने भनि शक्ति हात मा लिने बहाना मा, अनि दुनिया खुसि थिए, बले बाबुराम लै बरखास्ट चाही नगरेकाहुन्, अहिले दुनिया अनि बिपक्छी बाबुराम संग चिधियेका बेला अबैधानिक कदम मा सबै खुसि छन्, चुनाब बाबुराम ले गरुन सकेनन भनेर सात दिन भित्र प्रधानमन्त्रि को नाम लियर आउन श्रीपेच बिना का राजा ” रास्त्रपतिधिराज” को आब्हान सुन्दा,
मा तात्विक फरक चै देख्दिन, राजाले प्रधान मन्त्रि को नाम दिन बिज्ञापन दिए जस्तो यो आब्हान मा.
हिजो राजा लै उक्सौने तिनै दल हरु आज रास्ट्रपति लै उक्सौदैछ्न,
अब को हुने हो राजा का प्यारा लोकेन्द्र बहादुर अथवा सुर्यबहादुर, अनि फेरी प्रतिगमन आधा सच्चियो भनेर बाबुराम नै हुने हुन् कि प्रधान मन्त्रि पछी
अजिब छ नेपाल को राजनीति
जनताको छोरो र राजतन्त्रको उत्तराधिकारीबिच फरक छुट्टाउन नसक्नेले के को राजनैतिक टिप्पणी गर्नु? जसले औपचारिक रुपमा कार्यकारी रस्त्रपतिको माग गर्छ उसैले यो कदमको बिरोध गर्न सुहाउदैन.अहिलेको दलको हैसियत भनेको माओबादी फुटेकोले २९ प्रातिशत मध्ये ३० प्रतिशत करिब ९ प्रतिशत उसको भएपछि एमाओबादीको २० प्रतिशत कांग्रेसको २३ प्रतिशत एमालेको २२ प्रतिशत मतदाताको समर्थन रहेकोले अबको निकाश भनेको ठुलो दल कांग्रेसकै नेतृत्वमा मत प्रतिशतको आधारमा बढीमा २५ जना मन्त्रि रहने गरि सबै दल सरकारमा जाने र चुनाव गरेर त्यसबाट आउने जनप्रतिनिधिले तय गरे अनुसारको बिधिबाट चल्ने नै हो. कसैले यसलाई काट्न सक्छ ?.
जनता को छोरा हुदै मा के कानुन मिच्न पाईन्छ ? आफुलाई संबिधान अन्तर्गत राखेको थाहा पाउदा पाउँदा सेरोमनियल रास्ट्रपतिले पुर्ब राजा ज्ञानेन्द्र को शैली अपनाएर यो हुदै नभएको अधिकार प्रायोग गरि यो असंबैधानिक कदम उठाएको ले आहिले क रास्ट्रपति लै पूर्व राजा ज्ञानेन्द्र संग तुलना गरेको हु, आफुलाई राजै ठान्दो हुन् अईले क रस्त्रपतिले,
Baburam is not good but he is better than all the leaders
He is not only good but worst, a worst and bad thing cannot be the alternative of other bad thing.
जुन जोगी आए पनि कानै चिरेको ।कागलाई बेला पाक्यो, हर्स न बिस्मत। हामिले बिदेसमा हलो नजोती नेपालमा हाम्रा परिबारको हातमुख जोडिदैन । एउटा डाका गएर अर्को डाका आएको हेर्दाहेर्दा बुडो भईयो । प्रजातन्त्र र जनताको मुक्तीका लागि भनेर जेल बसियो, जवानी चडाईयो,हज्जारौ जनताले ज्यान गुमाए आखिर नेताहरु धनि बनाउने र जनता कंगाल बनउने खेल सिबाय अरु केहि हुन सकेन । लुट ! सके जति लुट ! हामि बिदेसमा रगत बहाउछौ,तिमि नेपालमा सिन्को नभाँची महला ठड्याउ ।राष्ट्रिय ढुकिटीमा ब्रह्मलुट मच्चाउ।
हाडे ओखर जस्तै साह्रो बाबुराम भट्टराईको प्रधानमन्त्रीको पद त्यहि बारीको मालिक कागरुपी चण्डाल प्रचण्डले नै अनेक मन्त्र (आइडिया) लगाएर आखेरी फोडेरै छाड्ने भो, फोडिने दिन अलिक अलिक चर्किएर भित्रको गुदी खान हुनेगरी फोडिने हुन् कि खानै नहुने गरि छरपष्ट भएर फोडिने हो अब त्यो पनि चाडै देख्न पाए झनै राम्रो हुने थियो |
यो भाइको कुरा त कस्तो “तितो सत्य जस्तै”
भारतले ओलीलाई राम्रै उपचार गरे जस्तो छ. अब चै ओली नै प्रधानमन्त्रि हुनु पर्छ! ओलीले सर्बसम्मत नभए बहुमतको सरकार र त्यसले सहमतिको सरकार बनाउने भनेको बाबुरामको जस्तै अर्को सरकार हो! अब फेरी बहुदलिय राजावादी हरुको सरकार बनाउन दिएर , त्येसले गर्न खोज्ने राजतन्त्र पुनर्स्थापनाको हर्कतलाई, समुल नस्ठ गर्ने आन्दोलन पछी मात्रै गणतन्त्रको संस्थागत हुन सक्ला अब! प्रचण्ड कति भ्रस्ठ छन्? विवेक छ कि छैन? राज्यलाई आबश्यक होकी हैन ? भन्ने कुरा सबैको आ-आफ्नो मतमा बाह्र पर्ला तर वास्तविकता प्रचण्डले हालसालैको दिशानिर्देश कार्यक्रममा भनेको जस्तै नै हो! अबको संघर्ष भनेको बहुदलिय राजतन्त्रवादी र गणतन्त्रवादीको नै हो सारतः !
आ-आफ्नो चिन्तन, रुची, सिद्धान्त, विचार आनुसार येता की? उता? तपाईं-हामी आ-आफ्नो रोजाई हो!
आफ्नो आत्मरतिको लागि अरुलाई अपसब्द प्रयोग गर्ने, खिशी-टिउरी गर्ने र खुइल्याउने र आफुलाई अब्बल दर्जाको बुद्धिमान ठान्ने प्रबिद्दिले ओली एंड स्कूलीगको अब्बल उत्पादन त भईयेला तर समस्या समाधान र निकशमा माखोमर्दैन!
तपाइको शब्द चाही कहाको सभ्य छ र ? जसले जेलनेल खाएर बर्षौ बिताएको छ उसलाई अपमानित गर्ने तपैजस्ता अन्जान वा भाटले गर्दा नेपाली जनताले दुख पाएका हुन्. सम्मान गर्न सिक्नुस कुन नेताले कति सम्पति कमाएका छन् बुझ्नुस अनि नेतालाई टिप्पणी गर्नुस . जसले राजासित कार्यगत एकता गरेर जान तयार थियो उ राजाबादी होइन राजाको शासनमा जेलमा कोचियो उ राजाबादो ? जो कहिल्यै जेल परेको छैन ऐश आराम ठातको जिन्दगि बिताउने मान्छे महान नेता? यो देशमा सच्चा नेतालाई छिन्न नसक्दा जनाले दुख पाएका हुन्.
न ओलि न प्रचण्ड, न झले न सुशिले सबै एउटै ड्याङ्का मुला हुन, बिगतको इतिहासले देखाइसकेको छ । कुनै मुलाहरुले गुनगान नगाए हुन्छ। यिनिहरुलाइ गालि र समर्थन गरेर बोलि खेर फाल्नु भन्दा बरु रास्टपतिलाइ नै हिट्लर बनाउनु पर्ला जस्तो छ ता कि छाडा भएका दलका कार्यकर्ताहरु तह पो लाग्ने थिए कि ।
हा हा हा,,,,को कसको भाट रहेछ भनेर त था भै हाल्यो नि ,,,हा हा ,,,,,,हे भगवान ऐले को जमाना मा नि यस्ता मान्छे पनि छन् है,,,,कांग्रस लै सत्ता दिनु पर्छ भन्ने,,,,,साला चुनाव जित्न नसक्ने सुशिले अब प्र म ,,,,,,, अनि नेपाल को उन्नन्ति कसरी हुन्छ,,,,,,
सुसिल कोइरालाको घरा अस्ति बैठक बसेर सब छिनोफानो भै सकेको कुरा हो भन्ने त पहिला नै थाहा थियो भन्ने कुरा बजेट पासले देखाको हो नि ! सबै काम योजना अनुसार नै भाको छ भने नेपाली जनताहरुको लागि चैँ यो लुतो न कन्याई ! काग लाइ बेल पाक्या जस्तो ! अब गुल्टिंग बाजे र देउवा काजीको बिचमा हड्डी कसले चपाउने भन्ने वाक युद्द सुरु हुन्छ !
एकताका सबैका चाहेता मिखाइल गर्बाच्योभ अन्तिममा आएर देशबिहिन राष्ट्रपति भएका थिए र तिकडम बाज एल्त्सिनले उनलाई सत्ताच्युत गरेका थिए| राजनीतिमा विद्वानलाई पाखा लगाइएका प्रशस्त उदाहरणहरु छन्!
हो हामीले नि देख्यौ सबै का चाहेता राजा ज्ञानेन्द्र लै गिरिजा ले सबै सक्ति हथ्यायेरा सत्ताच्युत्त गरेको, एकदम गलत ढंग ले
राजनीतिमा त्यस्तो लाई पाखा लगाइएका प्रस्त उदाहरणहरु नेपाल मै छ
सबैका चहेता रे
भन्न पायो भन्दैमा जे पायो त्यही नभनौँ न हो
त्यतिबेला सबले छिछि र दुर दुर गरेका ज्ञानेन्द्रलाई सबैका चहेता, आन्दोलनको बेला यता हुनुहुन्न थियो कि कसो ?
दास मनोवृत्तिको चरम उदाहरण !
डा बाबुराम नि हिराको जलप लगाएको फलामको फाली रहेछन !!!!
यिनी बसेर नि केहि हुनेवाला छैन ???? प्रचंडे त यिनका सारथी अनि ????
अब तोकिएको समय सिमा मा राष्ट्रिय सरकार बन्यो भने ठिक होइन भने स्वतन्त्र बेक्ती को नेतृत्व मा सरकार बन्नु पर्छ र चुनाब हुनु पर्छ. जनता लाई पो छ त आफत भोट दिउ त कस लाई दिउ उही कांग्रेस, एमाले, माओबादी, राप्रपा, मधेश मोर्चा. पढे लेखेका डाक्टर पण्डित को चर्तीकला पनि उस्तै देखियो बाकी बेरोजगार भएर राजनीति थालेका को त के कुरा .
I can’t count many good deeds of him . But expansion of roads ,highways nationwide was really appreciable.
His moral boost up for backward community ,untouchable people by spending night in their home was another cheap piece but very significant one.
Being a PM in such a volatile situation and contributing country in terms of infrastructure development is the main achievement gained by Baburam.
Now I pronounce him the first man of Maoist.
(Prachand is 2nd now)
: नेपालको राजनैतिक इतिहाशमै सबैभन्दा जटिल र सर्बाधिक अस्थिर अनि देशको अस्तब्यास्त सन्क्रमणकालको असमन्जस स्थितिमा रास्ट्रको सत्ता नेत्रित्वो गर्नआइ आफू भन्दा अगाडीको चार चार वोटा तन्नम र मुर्धन्य प्रमहरूले चु-सम्म गर्न नसकेको शन्तिप्रक्रियालाई आफ्नो राजनैतिक जीवन् दाउमा राखेर टुङ्याउनुलाई चाँही कसरी बुझ्नु हुन्छ नी द्रोण जी! अन्य शासन ब्यबस्था र सरकारी कार्यत निरन्तरताको प्रत्याभुतीमा हुदैजाने प्रक्रियागत कुराहरू हुन्! तर दश बर्षे युद्द र राजतन्त्रको अबशन अनि गणतन्त्रको प्राप्तीलाई स्थाइ गर्दै स्थायी र निरन्तर् शाशन पद्दतिमा देशलाई अबतरन गराउन आबस्यक सबैभन्दा महत्वोपुर्ण र प्रथम कुरा शान्ति हो र तेस्को प्रत्याभुतीको लागि शान्तिप्रक्रिया टुङिनुपर्ने पहिलो सर्त हो जुन डा भट्टराइले गरेको छ! र तत्कालिन अबस्थामा सरकारको काम भनेकै शान्तिप्रक्रिया टुङ्याउनुहो शम्बिधान निर्माण त सरकारको काम होईन यो त संबिधान सभाको काम हो! संबिधान सभा स्वोत खारेज हुनजाने सर्बोच्चको आदेशानुरुप स्वोत खारेज हुन जाने अबस्थामा सरकारले गर्ने भनेकै अर्को निर्वाचन को घोषणा हो र तेही गरेको छ डा भट्टराइ ले! आफैले घोषणा गरेको निर्वाचन गर्न सकेँ भनेर खिसिट्युरी गर्ने लाई के भन्न चाहन्छु भने यदि जवर्दस्ती गर्दै सहमतीलाई वास्तानगरी सबै दललाई पेलेर गर्नै चाहेको भएए उक्त निर्वाचन जसारी भयपनी गरिदिन सक्थ्यो जो सहभागी हुनेथियन तिनीहरू पछाडि पार्ने थिय वा देश् अर्को युद्द र अशान्तिको भुमरिमा फस्ने थियो मुडभेड निस्चित हुने थियो तर गर्न चाहेको निर्वाचन जसरी पनि गर्न सक्ने थियो सायद्! अब भ्रस्टाचारको अन्त्य सुशासन र सम्ब्रिद्दी भनेको कुरा एकाध बर्षमा टुन्याउने वा सम्पन्न गर्ने कुरा कार्य होईन यो त निरन्तर् प्रक्रियाको कुरा हो! र तेस पक्षमा पनि अन्य स्वोनामधन्य मुर्धन्य ब्यक्तिको नेत्रित्वोको सरकार भन्दा निकै बढी कार्य सम्पादन गरेको कुरा घाम जत्तिकै छर्लङ छ! हो यहा के बुझ्न सकिन्छ भने बाबुराम यो देशको घटिया र तुच्छ अनि घ्रिणित राजनीतिको शिकार भै रहेको छ! बाबुराम लाई असफल बनाउन बाहिरी बिरोधी अन्य पार्टी त तन मन् धन दिलो ज्यान दियर लागेकै छ तेसमाथी पनि सजिलै बुझ्न सकिन्छ माओवादी भित्रैको केही गुट पनि केही कसुर बाँकी नछाड्ने गरि लागेका प्रसस्तै छन्! बैध्यको फुट पनि तेसैको एउटा कडी हो!
यो रास्त्रपती देश् निर्माणमा योगदान भन्दा काङ्रेसको गोठालो सिद्द भएएको छ! प्रचन्डको पालामा प्रधानसेनापती कान्डमा असम्बैधानिक तरिकाले प्रचन्डलाई धपाउने काङ्रेसी गोठालो सिद्द भयो भने अहिले आयर उस्तै असम्बैधानिक कदम लियर बाबुरामलाई धपाउने र कसरी हुन्छ असफल बनाउने हरितन्नम प्रयत्नमा छ! रास्ट्रपतीको खिल्ली उडायको छ् रामबरणले! रामबरण रास्ट्रपती कम र काङ्रेसी गोठालो ज्यादा बनेको छ! रास्ट्रपती पदलाई बिबादको घेरामा तानेको छ र देशलाई अस्थिरताको खाडलमा घचेडिदियको छ रामबरण ले!
अहिलेको लागि कसैको स्वार्थ पुर्ती गर्ने माध्याम बनेर हाई हाई भयपनी इतिहाशले कलन्कित रास्ट्रपतीको दर्जा र कोठरिमा उभ्याउने निस्चित छ!
कसैलाई मान् परोस नपरोस तर ठोकेर खुल्ला भन्न सकिन्छ डा बाबुराम भट्टराइ यो देशको राजनैतिक इतिहाशको सर्बाधिक सफल स्वोच्छ र सक्षम प्रम हो! होईन भनेर भन्नेले आत्मामा हात् राखी नैतिकता साक्षी राखेर सोचेर भनोस लौ त!
कसैलाई मान् परोस नपरोस तर ठोकेर खुल्ला भन्न सकिन्छ डा बाबुराम भट्टराइ यो देशको राजनैतिक इतिहाशको सर्बाधिक सफल स्वोच्छ र सक्षम प्रम हो! होईन भनेर भन्नेले आत्मामा हात् राखी नैतिकता साक्षी राखेर सोचेर भनोस लौ त!
baburam should have been mayor rather than prime minister bcoz i think he is good mayor. keshab sthapit once started same thing for the beautification of the city.
आउ बाबुराम अब अरप तिर । त्यहाँ प्रचण्डले उभोँ लाग्न दिदैनन ।
फेरी सुरु हुने भयो मासु (राजनिती) का लागि कुकुर (राजनैतिक नेताहरु) हरु को लडाई! यी कुकुरहरुको लडाईले फेरी हामी नेपाली जनताहरुको प्रगति र शान्ति शुरक्षा खतरामा पर्ने भयो!
यी भुस्सिया कुकुरहरुको निर्मुल नभई अब हामी नेपाली जनताहरुको उन्नति र प्रगति नहोला जस्तो छ!
यसमा रास्त्रपतिले कागजी कु गरेको छ. प्रधानमन्त्री र मंत्रिपरिसादलाइ पत्र नदियर मुख्सचिबलाइ दिनु यो किसिमको कु हो. जस्तै कटुवालकाण्डमा कटुवाललाई पठाई पद थमौती गर्नु र यसमा मुखे सचिवलाई पत्र दिनु एकै हो. यो काजी कु हो. यस घतानानाले अबब्न्ने सरकार लाइ रास्त्रपतिले जुबेला पनि फाल्न सक्छा र आर्को लाइ बनाउन सक्छा. जति ज्ञानान्द्र ले गरेको थि यो यसले देशलाई कम्जोर र बिखन्डन मा साहायता पुग्ने र हरेक समयमा देसमा संबैधानिक समस्या लाउने काम हो / आधिकार नुहुनेले अधिकारको प्रयोग गर्ने ठाउमा देश र जनताले कहिले सुख पाउदैनन/ यो देसको उदोगति हुने दिन आझै बाकी रहेछ./
यो नेपाली मिसिएको कुन भाषा हो साथी? दुइ तीन चोटी पढें, उही भानुभक्त बाजेको पालाको जस्तो कि राणाकालिन भाषा जस्तो छ त ! जे होस् टुक्रा टुक्रा जोडेर पनि तपाइंको विचार बुझ्न सकियो, मेरो समर्थन छ |
जनतालाई रनभुल्लमा पारेर आ आफ्नै दुनो सोझ्याउने हुन्,देश र जनतालाई ओरालो झारेर नया राजाहरु उकालो चढ्ने त हुन्/
बाबुरामहरुको दिन सकिए कै देश र जनताका लागि राम्रो!
सहि कुरा गर्नु भो
बाबुराम नेपाली ले पाएको सबै भन्दा खत्तम प्रधानमन्त्री हुन्
तपाइको सडक छेउ को घर गयो कि क्या हो…..
अब झन् नराम्रा दिन आए | अरु को त काम नै धन्दा हो | कमाउने धन्दा | के शेरे राम चन्द्रे, प्रचंडे एंड शुसिले डेस्क हो लागि कराएको हुन् ?