देशमा नेताहरुले ताण्डव नृत्य देखाइरहेको बेला यो के नाचको कुरा गरेको होला जस्तो लाग्यो होला तपाईँहरुलाई। यो अलि फरक खालको नाच हो- ऐतिहासिक र रहस्यमय। तान्त्रिक कुरा जोडिएको छ यसमा। नरबलिको कुरा जोडिएको छ यसमा। ८ दिनदेखि पाटन दरबार स्क्वायरको कृष्ण मन्दिरसँगै रहेको कात्तिक डबलीमा आज राति अन्तिम कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नाच देखाइन्छ। राति अबेरसम्म चल्ने यो नाच केही वर्षअघि मैले पनि हेरेको थिएँ।
विष्णुको आधा मान्छे, आधा सिंहको रुप भएको नृसिंह अवतारको कथासँग यो सम्बन्धित छ। सेतो मुकुन्डो लगाएको एक नर्तकले नृसिंहको भूमिका गर्छन्। प्रल्हादको रुपमा बालक पनि हुन्छ। अनि दैत्य पनि हुन्छ। सब कुरा कथामा सुनेको जस्तै। अचम्म कहाँ निर हुन्छ भने छायाँ देख्न नहुने गरी दनदन मसाल बालिएको उज्यालोमा भाग्न नमिल्ने गरी एउटा कुनामा पारेर नृसिंहले दैत्यको छातीमा यसो औँलाले के छोइदिन्छ, ऊ होस गुमाएर पुक्लुक्कै ढल्छ। ढलेको अभिनय गर्ने हैन, साँच्चिकै ढल्ने। त्यतिबेला मलाई चासो लागेर पूरै प्रक्रिया हेरेको थिएँ।
ढल्ने बित्तिकै उनलाई नजिकै रहेका चार पाँच जना मानिसहरुले बोकेर लान्छन्। नृसिंहले नदेख्ने गरी एउटा नजिकैको गल्लीको घरको भूँइतल्लामा उनको शरीरलाई राखिन्छ। त्यतिबेला मरी पसः थियो त्यहाँ। त्यो दिन भने पसलका सामान सबै हटाइएको थियो। उनको शरीर लाशै जस्तो हुन्छ अब। भित्र तान्त्रिकहरु मात्रै हुने हुनाले हामीलाई पस्न दिइँदैन। नजिकैको झ्यालबाट भने हेर्न पाइन्छ। मान्छेको भीडभाडलाई छिचोलेर हेर्दा त्यहाँभित्र शरीरलाई एक ठाउँमा लम्पसार पारेर सुताएर राखिएको थियो। अनि छेउमा खै के-के हो के-के तान्त्रिक विधि पुर्याइरहेका थिए। मरिसकेपछिका जस्तै सबै विधि पुर्याउछ रे भनेर मलाई पाटन कै साथीले सुनाएको थियो। पूरै हेर्न भने सकिनँ भीडले।
धेरै समयपछि बल्ल ऊ होसमा आउँछ। मान्छेहरुले उसलाई सहारा दिएरै त्यहाँबाट बाहिर निकाल्छन्। पूरै शिथिल देखिन्छ उनको शरीर। कमजोर हुन्छन् उनी। दुई जना मान्छेको काँधमा हात राखेर उनीहरुको भरमा बिस्तारै हिँडेर उनी घरतिर लाग्छन्। यसको कयौँ दिनसम्म उसले के-के खानेकुरा बार्नुपर्छ रे। पाटनको सुन्धारा निवासी किरण चित्रकारले सन् १९९९ देखि दैत्यको अभिनय गर्दै आएका छन्।
नरबलि छल्ने नाच
सिद्धिनरसिंह मल्लले पाटनमा कृष्ण मन्दिर बनाइसकेपछि यो नाच सुरु गरेका हुन्। नेपाल संवत् ७६१ अर्थात् ३७१ वर्षअघिदेखि यो नाच चलिरहेको छ। नेपालको सबैभन्दा लामो नाच महोत्सवका रुपमा यसलाई लिइन्छ। अहिले यो नाच कात्तिक नाच प्रबन्ध समितिले सञ्चालन गर्ने गर्छ। त्यसका संयोजक हरिमान श्रेष्ठ यो नाचको इतिहास यसरी खोतल्छन्- देशमा पूरै शान्ति छाएको थियो। तर जनताको मुहारमा भने चमकै छैन। यो के भएको हो भनेर सरसल्लाह गर्दा पुरोहितले नरबली दिएमात्र सुख हुने उपाय सुझाएछन्। अहो, मान्छेकै बली दिनुपर्ने! त्यही नरबली छल्नका लागि विष्णुको दश अवतारमध्ये बराह र नृसिंहको अवतारले गर्ने वधलाई नाचका रुपमा देखाए हुने उपाय निकालिएछ।
केही अघि मैले नृसिंहको नाच नाच्नेको अन्तर्वार्ता एफएममा सुनेको थिएँ। उनी भन्थे त्यो सेतो मुकुन्डो लगाएपछि अनौठो ऊर्जा महसूस हुन्छ। मुकुन्डोमा नै तान्त्रिक विधिपूर्वक तन्त्रमन्त्र गरिएको हुँदो रहेछ। भनिन्छ त्यस्ता मुकुन्डो लगाएपछि पाइने ऊर्जा (सिद्धि) कारण उनीहरु गजबको नाच देखाउन सक्षम हुन्छन्।
लामो इतिहास
सिद्धिनरसिंह मल्लले सुरु गरेको नाच अहिलेसम्म निरन्तर चलिआएको छ। तर यसमा थपघट भने भइरहेको छ। सुरु हुँदा यो नाच पाँच दिनसम्म मात्र चल्थ्यो। उनका छोरा श्रीनिवास मल्लले हास्यव्यङ्ग्यका प्रहसनहरु थपेर यसलाई १५ दिन लामो बनाए। उनका पनि छोरा योगनरेन्द्र मल्लले त झन् थप १५ दिन जोडेर एक महिनाकै बनाए।
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि पाटनमा मल्ल वंशको शासन अन्त्य भयो। तैपनि ३५० वर्षसम्म यो नाच एक महिनासम्म नै चलिनै रह्यो। २००७ सालको राजनीतिक परिवर्तनपछि एक महिना लामो नाचलाई जम्मा दुई दिनमा छोट्याएर देखाउन थालियो। २०३८ सालसम्म यो नाच दुई दिनमै सीमित रह्यो।
त्यसपछि स्थानीय व्यक्तिहरुले आफ्नो संस्कृति माँसिदै गएको महसूस गरी आफ्नै पहलमा कात्तिक नाच प्रबन्ध समिति गठन गरे। र, त्यसैको आयोजनामा यो नाच आठ दिनको बनाइयो। नाचका तीन दिनसम्म बाथः प्याखं देखाइन्छ। यो हास्य प्रहसन हो। यसका संवादहरु अहिलेको परिस्थिति अनुसार बनाइएका छन्। जस्तै अस्ति कौला खिचाः प्रहसन हेर्दा त्यसमा ‘रक्सी खायो भने ट्राफिकले उता बाटोमा हा…गर्न लगाउला है’ भन्ने संवाद थियो। आधुनिक बनाइएको छ परम्परागत चलनलाई। पहिले भए बोलेको सुन्न गाह्रो हुन्थ्यो। अहिले कलाकारहरुको जिउमा राखिएको वायरलेस माइकले उनीहरुको आवाजलाई टिपेर ठूल्ठूला स्पिकरबाट सबैले सुन्ने बनाइदिन्छ।
कठिन परिस्थितिमा पनि लोप हुन नदिई यो नाच आजका दिनसम्म पनि कायम छ। आज यो राति यो वर्षको नाचको अन्तिम तथा महत्त्वपूर्ण दिन हो। आज छुटाउनु भयो भने अर्को वर्ष कात्तिकमा यो नाच हेर्न पाइनेछ। यस वर्ष मलमास परेकोले मात्रै मंसिरमा देखाइएको हो।
पाटन जान भ्याउनु हुन्न भने हेर्नुस् केही भिडियोहरु-
माथि र तलको भिडियोमा कसरी नृसिंहले दैत्यलाई लखेटेको नाच देखिन्छ।
यो तलको भिडियोमा भने नृसिंहले छोएपछि अचेत भएका दैत्य देखिन्छ। दैत्यलाई तान्त्रिक विधि पुर्याएर होसमा ल्याएको दृश्य भने मैले केही वर्षअघि खिचेको थिएँ। त्यतिबेला युट्युब साह्रै स्लो हुने भएकोले हालेको थिइनँ। पछि खोजेर हाल्नेछु। अहिलेलाई यो भिडियो हेर्नुस्-
यो अन्धविश्वास होइन ।
बिशेष सास्कृतिक नृत्यको रुपमा मात्र लिइनु पर्छ जसले सामाजिक अन्ध बिश्वासलाई निरन्तरता दिंदैन भने,स्वस्छ समाज बिकाश निर्माणमा टेवा दिन्छ भने यस किसिमको सस्कृतिलाई बचाउनु पर्छ भन्नेमा सबैको एक मत होला ! कुनै पनि जात जातिको रामो बास्तविक सास्कृतिक चाल चलनलाई बचाउनु पर्छ तथ्य बिहिन अन्धविश्वासमा आधारित सबै चलनलाई बन्द गरिनु पर्छ जसमा कसैको दुइ मत नहोला !
तर अन्ध विश्वासी रुपमा नर बलि छल्न भन्ने कुरा सुन्दा नै अचम्म लाग्यो ? यहाँ अब म दोधारमा परे देउता दत्य होकी दैत्य दत्य नै हो ! होइन भने देउताले किन नर बलि माग्यो ? के देउताले पनि नर बलि होस् कि अन्य कुनै बलि त्यो कसरि माग्न सक्छ ? कि ५-१५-३०-२-८ दिन थपघट भए झैँ समयानुसार परिवर्तन हुँदै बलि माग्ने व्यवस्था पनि चली आएको हो कि बुझ्न जरुरि छ ! यदि साच्चै नै नर बलि नै मागेको हो भने देउता र दैत्य मा के फरक भो र यो बुझ्नु पर्ने गहन बिषय हो ?
बास्तविकतामा झर्नु पर्यो साथी हो अझै पनि अन्धबिश्वाशमा कहिले सम्म दौडी रहने हो ! अनि अर्को तर्फ दैत्य मरे जस्तै बेहोश हुने अनि फेरी बिउतिने यो के भाडाकुटी खेलेको जस्तो जात्रा हो ! जो कहिँ नभाको जात्रा हाडी गाउमा भन्थ्यो अहिले नेपाल भरि जात्राई जात्रा मात्रा भई रहेको छ तर त्यसको औचित्य के हो यसले बास्तविक रुपमा समाजलाई कुन दिशा तर्फ डोर्याई रहेको छ कसैलाई हेक्का छ यसको ??? परम्पराबाट चल्दै आको भन्दै छेउ न टुप्पोको जात्रा जसले वर्तमान समाजको लागि कुन कुराको लागि टेवा पुर्याई रहेको छ त त्यो कुरो बुझ्न जरुरि छ ! सामाजिक नैतिक यवं भौतिक बिकासमा टेवा दिंदैन भने बास्तविक कुरो नबुझी लहै लहैमा जात्राको पछी लाग्नु कहाँ सम्मको बुद्धिमता हो ! अहिलेको बर्तमान अवस्थामा जात्राको के महत्वो छ फलदायी समयसापेक्ष छ कि छैन गहन अध्ययनको जरुरत छ ! मनोरन्जनको रुपमा लिने हो भने एउटा सास्कृतिक नित्यको रुपमा लिन सकिन्छ ! अर्को मलाई खड्केको कुरो यो जात्रा भन्ने शब्द नै कहाँ सम्मको सहि शब्द हो त ? जुन कुरो हामी सबैले धेरै सुन्दै आएका छौ ! राजधानीको नाम पनि परिवर्तन गरि जात्रा सिटि भन्नु बेश हुन्छ कि ? साल भरि कति जात्रा हुन्छ त कहिले सास्कृतिक जात्र त् कहिले राजनैतिक जात्रा ! यसर्थ यो शहर जात्राई जात्राको शहर भन्दा दुइ मत नहोला ! जात्रा शब्दलाई पनि परिवर्तन गरि सहि शब्दको चयन हुन जरुरि छ !
परापुर्ब देखि चल्दै मान्दै आएको चलन चल्ती प्रचलन सस्कृतिको बिसयमा एक पटक होइन पटक पटक आफैले आफैलाई प्रश्न गरि बास्तविक उत्तर खोजि गर्नुहोस ?? एउटा चलन चल्ती योग्य अयोग्य भएको निरन्तरता दिनु पर्ने नपर्ने मुल्यांकन गर्ने आयोग नै खडा गर्नु पर्ने हुन्छ !
अन्ध बिश्वास, परम्परा संस्कृति जात्रा सबै देश मा हुन्छ. चाहे देश बिकशित होस् वा अबिकषित. यो राम्रो हो र देशको पर्यटकीय क्षेत्र मा यसले एउटा सानो भएपनि भूमिका खेल्न सक्छ… अब सबै संस्कृति को बारेमा प्रश्न गरि गरि उत्तर खोज्ने हो भने त सबै धर्म क ग्रन्थ हरु लै बिर्सिनु पर्ने हुन्छ …. सबैमा केहि न केहि fantasy हुन्छ , दशैं तिहार christmas इद सबै पर्ब पछाडी एउटा न एउटा किम्बदन्ती हुन्छ जुन अहिले patyauna गारो हुन्छ….
cool dude, आधुनिक निरस भौतिकबाद स्वार्थी समाजले depression मा लगेर चक्की चपाएर जिउनु भन्दा यस्ता चाड-पर्ब अनि जात्राहरुमा सहभागी भएर सारा दुक्ख बिर्सेर साथीहरुसंग रमौदा लागेको रोग र मनका पिडाहरुको पनि निदान हुन्छ | एक्कैसौं सताब्दीको सबभन्दा ठुलो फैलिदै गरेको रोग भनेको depression हो साथी, जुन काठमाडौँमा अस्चार्यजनक रुप मा निकै कम छ | कारण हाम्रा जात्रा र social life | banki time ta kaam garekai chan ni sabaile | म त भन्छु काठमाडौँ का नया immigrants हरुले बिशेष गरि येस्ता जात्रा हरुमा चाख लगाउनु पर्छ र सहभागी हुनु पर्छ | अनि हेर्दै जौ साथीहरु जातिय राज्य को जरुरत नै पर्दैन | बिमत हुनु हुन्छ भने हाम्रो जात्रामा तपाइको के को टाउको दुखाइ? मन नपरे नमनाउनु नि!
नरसिंह भने प्िन यहाँको नरसिंहको मुकुट िसंहको जस्तो छैन ।
हाहा बिर बहादुर नाम हुदैमा बिर बलियो बहादुर नै हुन्छ त….. हाहा, यो मुखुण्डो मंगल बजार को नरसिंह मुर्ति को मुखुण्डो जस्तै छ…
भारतको नरसिंह एक पटक याद गर्नुस न देवेनजी ।
म पाटन मा जन्मेर हुर्केकोले होला मलाई भारत को नरसिंह बारे ज्ञान भएन….तर यो सताब्दियों देखिन चली आएको हुनाले, र मैले देखिराखेको हुनाले, मलाई यो नै नरसिंह जस्तो लाग्छ भारतको नक्कली लाग्छ… आ आफ्नो विचार हो….
गर्व गर्न लायक छन् हाम्रा यी संस्कृतिहरु……. जुन सुकै जातिको होस् न पहिला त हामि नेपालीको हो यो संस्कार…….! जति रहस्यहरु भरिएका भए पनि यी ‘ढोंड.’ होइनन यिनमा सत्यता छ, यी हाम्रा संस्कारमा आस्थाको रक्षा गर्न सक्ने शक्ति छ……..
नेवार समुदायको आफ्नै मौलिक संस्कृतिप्रति मेरो चासो छ ,
साँच्ची ने वेहोस हुने कुरा, फेरी तान्त्रिक विधीले फेरी जाग्ने कुरा जस्ता रहश्यमय जस्ता लाग्ने कुरामा अध्ययन हुनुपर्छ । यस्तो अध्ययनले तन्त्रशास्त्रको सहि उपयोग र प्रकृयाको प्रचारप्रसार हुन्छ तर अन्धविश्वासको प्रबर्धन हुन पाउँदैन । त्यसका रिपोर्टहरूका साथमा यस्ता तान्त्रिक विधी र प्रकृयाहरूलाइ मार्केटिङ गर्न सक्दा हाम्रो पर्यटन विस्तार गर्नमा सहयोग हुनेछ । हाम्रा यस्ता तान्त्रिक विधी, प्रकृया र ज्ञान पश्चीमका लागी अनैाठो लाग्ने खालका हुनसक्छन् । यसले एकातिर संस्कृति र अर्को तर्फ अार्थिक उन्नतिको अाधार बन्छ ।
तपैले भन्नु भएको ठिक हो, यसको लागि सम्पूर्ण नेपाली ले यसलाई आफ्नो ठानी आ आफ्नो तरिका ले यसको बिकाश मा योगदान दिनु पर्छ
हैन मैले सुनेको पाटनमा अझै पनि रहस्यमय तरिकाले १२ बर्षमा एक पटक नर बलि दिन्छ रे। के यो नाच सँग सम्बन्धित छ?
यस्तै गरि सबै नेपाल का नेताहरु लै पनि ढाल्न पाएपो हुन्थियो . भन्छन काठमाडौँ का सबै देवताहरु तान्त्रिक बिधि द्वारा चलिनछ जस्तै संकटा, महांकाल कालभैरव हाम्रो नेताहरुलाई पनि जगाउनु पर्यो .
मित्र तपाई ले हामीलाई धेरै गुन लाउनु भएको छ . बिहानै काम मा जानु भन्दा अगाडी नेपाल को बारेमा जान्न मन लाग्छ तेही भएर तपाई को ब्लग पहिलो रोजाई मा पर्छा र येस्मा समाचार सहित अरु जानकारी हेर्न पाउदा गर्ब लाग्छा एस्लाई निरन्तरता दिनु होला .
धन्यवाद.. पहिले बच्चा हुँदा यो नाच हेर्न डर लाग्थ्यो धेरै वर्ष भयो न हेरेको . यहाँ प्रस्तुत गर दिनु भाको मा धन्यवाद.. नेवार परम्परा र संस्कृति को अनुपम नमुना
एकदम राम्रो जानकारी . धेरै धेरै धन्न्यबाद . धेरै चाख लाग्दो जात्रा रहेछ . अर्को वर्ष हेर्न जाने कोशिस गर्नेछु .
सालोक्य जी मुरी मुरी धन्यवाद !
अहिले सम्म नेपाली जनतालाई जानकारी नभएका महान सभ्यता र संस्कृतिको प्रस्तुत गराउनु भनेको मा /
ॐ श्री कृष्ण शरणं म:म !!!