Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुशील कोइरालाले गाएको गीत सुन्नुस्

Posted on November 9, 2012November 10, 2012 by Salokya

कङ्ग्रेसले वसन्तपुरमा गरेको विशाल आमसभा। फोटो सौजन्यः प्रदीपराज वन्त

हाम्रा नेताहरु पनि अचम्मैका छन्। माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका बेला रेखासँग कुममा कुम जोडी डान्स गरेका थिए। त्यतिबेला सत्तामा सुशील कोइरालाहरु थिए। अहिले स्थिति उल्टिएको छ। सुशील कोइरालाहरु सडकमा छन्, माओवादीहरु सत्तामा छन्। अब माओवादीलाई सत्ताबाट हटाउन सुशील कोइरालाहरु आन्दोलन गर्दैछन्। नयाँ जनआन्दोलनको घोषणा गर्नुअघिको रिहर्सल मात्र रे आज- नेपाली कङ्ग्रेसले बसन्तपुरमा गरेको आमसभा। यही आमसभामा सुशील कोइरालालाई केको ‘युवा’ जोश चल्यो कुन्नि, उ गरेर गीत गाइदिए त। गीत पनि कति मज्जाको, सुन्ने हो ? सुन्ने भए भित्र आउनुस्।


कोइराला लगायतका नेताहरुलाई राम्रैसँग थाहा छ, अहिले जनता दिक्क छन्। अर्कालाई कुर्सीमा राख्‍न किन आन्दोलन गर्ने भनेर उल्टो लोप्पा खुवाउन बेर लाउँदैन जनताले। त्यसैले गाना-बजाना, नाचगान गर्नु जरुरी छ। त्यसैले त अरुले हैन, पार्टीका सभापतिले नै गीत गाइदिए।

गीत पनि चानचुने कहाँ हो र, क्रान्तिको गीत। युवा जोशले गाएको गीत भएर लय पनि मिलाएर गाए सुशील दाले।

कस्तो थियो गीत तल सुन्नुस्-

87 thoughts on “सुशील कोइरालाले गाएको गीत सुन्नुस्”

  1. Sonam Sherpa says:
    November 18, 2012 at 7:35 pm

    बसन्तपुरमा त काग्रेसको यो हाल खुला मन्चमा गरेको भए बाबा लाजै मर्नु हुने रहेछ कथित नेपालको पुराना पार्टी को पुरानो बिचार झुसुले नेताको . अब दिनगिन्ती शुरु भो. परिबर्तन बिरोधिहरुको

    Reply
  2. bkpande says:
    November 15, 2012 at 6:01 am

    नेपालमा राजनीतिमा लागेका ९९.९% फटाहा,कामचोर,डाका, छन्, पंचायती मा पनि थियो , अहिले त लाजै नमानी भ्रस्टाचार गरि लाखौ,करोडौ,अरबौ आफ्नो बैंक खाता मा हाली ,हामी नेपाली इमान्दार हुनु पर्छ भएर कुजाता को भासन सुन्ने कांग्रेसी लाई के भन्ने ?????

    Reply
  3. mahesh says:
    November 13, 2012 at 10:28 pm

    मर्ने बेला मा हरियो काँक्रो ,बुदो गोरु ले भिर खोज्छ, जब राति अनि बुडी ताती ,खोक्रो पारेर हडी बनाएर छाडे देश लाई अनि अहिलले फेरी खून चुस्दा निस्किन्छ ? मर्दा पनि कुर्सि कुर्सि भन्दै मर्चा होल्ला? मेरो देश मेरो देश भन्छ सत्ता पायो भने जहिल्लाई सिमाना इंडिया लाई बेचछा भ्रस्ट पार्छ..जनता को दुख देख्दैन्ना नेता सत्ता मा हुँदा बुदो कामना नलाग्ने देश लाई विखरी बनाई बिस्वाश घाती भएपछि आफ्नो दुख देखौना सडक मा मेरो देश मेरो देश भन्दा फुस्केको लाज सरम भएको मान्छे भन्दा हुन्छ

    Reply
  4. purna says:
    November 12, 2012 at 10:09 pm

    अब भने केहि चै हुने भो है किन भने कोइरालो करायो भने त केहि न केहि केहि हुन्छ भंचन बुढा पुराना हरु

    Reply
    1. suman says:
      November 12, 2012 at 11:17 pm

      हा! हा ! हा ! कस्तो थकित आवाज l प्रचंडे लाई फकाएर भएनछ बुढाले 5o 6o जना को जमात नै भेला पारेर कुर्सि फुत्काउने दाउ रचेछन l तर बुढा घर पुगेपछि कुन गाना गाको भन्ने चै पक्कै भुल्छन म ठोकेरै भन्छु l राम नाम जप्ने उमेर का हात मा परेको मेरो देश !!!!!!!!! त्यो पनि यस्ता पाजी हरुको हातमा धत्!

      Reply
  5. hari says:
    November 12, 2012 at 3:15 pm

    पशुपति तिर जाने बेलामा बुढोले रामराम भन्ला भन्दा त झन् क्रान्तिको गीत पो गाउछु भन्छ त के हो पारा कठै सुशील बाजे !!! भाषण गर्दा त १० शब्द बोल्दा २/३ ओटा मात्र बुझिन्छ त गीत त किलिएर नै पो गाउदो रैछ है बुढोले हेहेही ……..

    Reply
  6. Rames, Korea says:
    November 12, 2012 at 1:06 pm

    We have to appreciate leaders of Nepali Congress. They only know way of bark a song to beg the chair of Prime minister. If these beggar get the post of Prime minster, they will make country beggar like them nothing than that. So, it would be better that just keep them in this thresh hold level. This is the one proper level for so called democratic Nepali Congress leader of Nepal.

    Wish you all the best for more interesting begging songs. Keep on sing a song!!!

    Reply
  7. amrit says:
    November 12, 2012 at 12:26 pm

    लौ न नि …. बल्ल बल्ल गीत क शब्द को मेसो पाएँ . धुन्नानै गरे ई बुढाले. अब गएर देश को बिजोग पार्ने भए ई सब ले मिलेर.

    Reply
  8. काउचा मगर says:
    November 11, 2012 at 11:17 pm

    राष्ट्रको ऐतिहासिक अनि ठुलो भनेर चिनिने पार्टीको सभापति को हविगत ….. मुखाँ हान्नु जस्तो “कुनै नेताको बोली आलु मुखाँ हालेर बोलेजस्तो,कसैको बोली चिसोदाउराले सल्किन नसकेको भर्भराएको आगो जस्तो,कोही ७ दिन रुदा-रुदा घाटी बसेको जस्तो, हैन हो लाफाsss नेता भनेपछि बोलेर अरुलाई आफूतिर आकर्षित गर्नुपर्ने हैन र ? बोलीनै खरानीको गोली जस्तो छ अनि काम झन् कहिले गर्लान त यिनीहरुले…लाजपचेको नकच्चरोहरु/ अब आन्दोलनको रिहर्सलमा स्वरको पनि रिहर्सल गर्न थालेछन बाaaaa

    Reply
  9. rajaram giri says:
    November 11, 2012 at 9:10 pm

    हाम्रा एमाले र कांग्रेस क नेताहरुले अहिलेको यो आन्दोलनलाई रिहाल्सन मात्रहो भनेर भनेका छन् !!यी दुवै पार्टीका नेता भनौदा हरुलाई सर्कसमा राख्ने हो भने कति हसौदा हून !!!

    Reply
  10. दिनेश काका says:
    November 11, 2012 at 11:37 am

    मर्नेबेलामा हरियो काक्रो । झले र सुसिले जस्ता नेता प्रधानमंत्री हुनुभन्दा त अहिलेकै बाबुराम धेरै गुना राम्रो छ । त्यसैले सरकार परिवर्तन कै लागि मात्र आन्दोलन गर्नुको कुनै तुक छैन ।

    Reply
    1. Ritesh Thapa says:
      November 11, 2012 at 10:28 pm

      ठिक भन्नु भयो दिनेश जी | यो कुरा काँग्रेस र एमाले पनि बुझेकाछन | तर बुझ पचौचन | यो सब राजनीति जीवन डामाडोल हुने भयो भनेर डराएका हुने काँग्रेस र एमाले | बाबुराम नै देश को खाचो हो | He is doing great job.

      Reply
  11. prakash says:
    November 11, 2012 at 11:37 am

    अब एस्तो उराण्ठुलो आन्दोलन लै नेपाली जनता ले सात दिदैनन ………. सबै को नाडी छामी सके जनताले जुन्जोगी आएपनि कानै चिरेको.

    Reply
  12. indra kale chhantyal usa says:
    November 11, 2012 at 11:37 am

    हाहा मर्ने बेलामा कमिलाको पखेट्टा उम्रिन्छ भने को यहि हो ,

    Reply
  13. rabin says:
    November 11, 2012 at 11:17 am

    कस्तो जिऊभरि नै कस्तो-कस्तो काउकुती लाग्यो बा! बा!; सुशील दाको स्वरमा केहि त छ है!!! अब पछी पछी पशुपति तिर देख्यो भने अचम्म मान्नु पर्दैन रहेछ |

    Reply
  14. Ram Man says:
    November 11, 2012 at 7:01 am

    प्रचंडे र बाबुराम को भन्दा त राम्रे रहेछ सुशील कोइराला को सोर ! अब प्रधानमन्त्री को कुर्ची पक्का!

    Reply
  15. Pradhyumna raj sharma says:
    November 11, 2012 at 12:09 am

    एस्तो बैरागी पाराले गाउनु भन्दा त् बरु ति बसन्तपुर वरिपरी बस्ने आमालाई दुख दिने केटाकेटी जम्मा पारेर कथा सुनाको भए तिनले रमाइलो त मान्दा हुन् ! अब पनि के घन्टाको क्रान्ति बाकि रैछ र ?

    Reply
    1. बिक्रम नेपाली says:
      November 11, 2012 at 8:40 am

      संविधान सभाको विघटन पश्चात मुलुक राजनीतिक भ्याकुममा परिबन्दले फसिसके पछि कुनै राजनीतिक सम्झौता बिना प्रधानमन्त्रीले राजिनामा दिएर मात्रै कसरी निकास हुनसक्छ? कम्तिमा पनि अहिलेसम्मका उपलब्धिहरुलाई लिखित सहमतिमा उतारेर बाँकी कुराहरुलाई चुनावमा लिएर जानुपर्ने र यो सहमति हुने वित्तिकै प्रमले राजिनामा दिने स्पस्ट प्रस्तावलाई लत्याएर कांग्रेसएमालेहरुले एकतर्फी सुगारट “प्रमको राजिनामा”को माग किन गरिरहेका छन्?

      कुरो प्रस्ट छ, कुनै सहमति नै नगरी वर्तमान सरकार हटेपछि अहिले कै राजनीतिक भ्याकुममा उनीहरुलाई चलखेल गर्ने मार्ग प्रसस्त हुने छ । न वातावरण आफु अनुकुल नभई चुनाव गराउनु पर्ने बाध्यता रहन्छ न संविधान सभालाई ब्युँताउनु पर्ने कर । नयाँ संविधान बनाउनै पर्छ भन्ने पनि के कर छ यहाँ? संघियता र पहिचान सहितको संविधान बनाउने माग न उनीहरुको हो, न एजेन्डा नै ।

      यिनको दाउ जनताले प्राप्त गरेका अहिलेसम्मका राजनैतिक उपलब्धीहरुलाई नामेट पार्दै मौका पर्ने वित्तिकै राजासंग मिलेर संवैधानिक राजतन्त्र वा 2047 सालको संविधान ब्युँताउने अनि “टिके प्रधानमंत्री” हुन समेत आतुर छन् । किनकि माओबादीले उठान गरेका मुद्दाहरुलाई समेटी संविधान जारि गर्नु भन्दा राजालाई साथ् दिनु केहि समय बढी नेपाली राजनीतिमा टिकी राखिने तिनको अनुमान सहि हो । यसो गर्दा एनेकपा माओबादीलाई घाटा कतै पनि छैन, किनकी जनताका दुश्मन छरपस्ट हुनुभन्दा ध्रुविकृत भएकै कारणले वास्तविक परिवर्तनका विरोधी को हुन् भन्ने जनताले अझ स्पस्टसंग पहिचान गर्न सक्ने भए । त्यसै पनि पश्चगमन र अग्रगमनका बीच ध्रुविकरण हुनु नै थियो ।

      नेपाली जनताको परिवर्तन र अग्रगमनको चाहनालाई आत्मसाथ गर्ने हुन् भने जनताले प्राप्त गरेका उपलब्धिहरुलाई समेटेर चुनावी प्रक्रियामा जान डराउनु नै “चोरको खुट्टा काट्” भन्दा खुट्टा लुकाउनु कै प्रमाण होइन भने के हो ??

      Reply
  16. Surungi Magar says:
    November 10, 2012 at 10:30 pm

    हलो अड्काएर गोरु चुटने, ठुला नेता हरु लाई स्चूल पढाउनु पर्ने भो

    Reply
    1. siri nepal says:
      November 11, 2012 at 3:25 am

      सब भन्दा मुख्य कुरा नैतिकता र मानवीयता पास गरे पछी मात्रै राजनीति मा प्रवेश गराउने संयन्त्र को विकास गर्नु पर्ने भो बा …….

      Reply
  17. kaji,hk says:
    November 10, 2012 at 9:23 pm

    कस्तो नाम्रो स्वर बुढाबालकको बाल गायन प्रतियोगितामा छनौट चाही पक्का……

    Reply
  18. Bijay Sakya, Kailali says:
    November 10, 2012 at 9:06 pm

    अब कोङ्रेसको दिन गए संबिधान सभाको हत्याराहरुलाई आन्दोलन गर्ने नैतिक् आधार नै छैन । ईतिहासको पानामा अब डायनासोर् झै हुनेछ । यि जनघाती हुन देशद्रोही हुन सम्बिधासभाका हत्यारा हुन । नेपालि जनताले आगामी चुनाबमा देखाई दिनेछन . अब गित गुन्गुनौनु बाहेक अरु विकल्प छैन . यस्ता झुसुलेले होईन नया लाई नेतृत्व अडिएर किन व्यर्थको नाटक गरेका हुन् ?

    Reply
    1. Balaram Vidyadhar says:
      November 10, 2012 at 10:27 pm

      नेपाली जनता अब सचेत भैसकेकोछ देशलाई यो स्थितिमा पुर्याउनेमा मुख्य नायक माओबादी हुन् र आउदो निर्बाचन निश्पक्षे स्वतन्त्र र धाधली रहित भएमा देशलाई यो स्थितिमा पुर्याउनेको निर्बाचन परिणाम पनि देख्न पाईनेछ /

      Reply
    2. Birendra Thapa says:
      November 11, 2012 at 2:44 am

      सपना देख्ने आधिकार सबैलाई हुन्छ

      Reply
  19. Maya says:
    November 10, 2012 at 8:02 pm

    कति नराम्रो काग कराको रैछ ढुंगा ले हानेर धपाउनु पर्ने नि ……………. अब असुव हुने भयो ………………………….

    Reply
  20. Akash says:
    November 10, 2012 at 7:54 pm

    अब त क्रान्ति सब्द सुन्ने बित्तिकै निन्द्रा पो लाग्छ ! बुदा को गीत सुनेको त ८ घण्टा पछि पो निन्द्रा बाट बिउजेछु !:)

    Reply
    1. mahesh says:
      November 13, 2012 at 10:38 pm

      ह हा ह हा बुदा को गीत ले ८ घण्टा हैन सर जिन्दगि भर पो सुतौला जस्तो छ त

      Reply
  21. Jyoti Rijal Rimal says:
    November 10, 2012 at 7:35 pm

    नेपालि जानता आब त्येति मुर्ख छैनन। यस्ता सुरुवाल मुतुवा नेता ले जाति नौटन्कि गरेर पनि झुक्काउन सक्दैन।

    Reply
  22. जानकी घिमिरे says:
    November 10, 2012 at 6:32 pm

    झुशील डकार जस्तो शुशील दाइको गीत गाइ,

    हाजमोला खाई पचाउनु पर्ने ……

    Reply
  23. bibash khadka says:
    November 10, 2012 at 5:52 pm

    मर्ने बेला हरियो काँक्रो

    Reply
  24. Prakash says:
    November 10, 2012 at 5:40 pm

    सुशील बा लाई काशी पठाई दिनु न हो साथि हो…l उमेर त पुग्यो…हैन र ??

    Reply
  25. रबिन्द्र राज गिरी says:
    November 10, 2012 at 4:15 pm

    सबैको दृस्टी त्यहि प्रधानमन्त्रीको कुर्सिमा छ | त्यो कुर्सीमा बस्न नपाईन्जेल कसरि बस्न पाईन्छ भनेर तिकडमबाजी गर्ने | बस्न पाए पछी कसरि त्यो कुर्सिबाट झर्नु नपरोस भनेर तिकडमबाजी गर्ने | जनताले अब बुझिसकेकाछन् तिमीहरुको चाल | बरु सबै पार्टीको लागि एउटा एउटा पुग्ने गरि प्रधानमन्त्रीको पद पनि त्यत्तिकै सिर्जना गर्यो भने अहिलेको समस्याको समाधान निस्केला कि ?

    Reply
  26. aditi says:
    November 10, 2012 at 3:54 pm

    यो गित होइन भजन हो

    Reply
    1. neerose says:
      November 10, 2012 at 6:00 pm

      हो हो, कुर्सी भजन हो!

      Reply
    2. madan bajracharya says:
      November 10, 2012 at 10:19 pm

      अदित ज्यु
      भजन भन्नु भन्दा रोदन भने उपयुक्त हुन्छ जस्तो लाग्छ/

      भजनत् ईनिहरुले भारतको भजन गाउँछ
      दछिना पनि ईनिहरुले भारतलाईनै दिन्छ
      ईनिहरुले क्रान्ति त् भारतको निमित गरे/

      सत्ताको निमित “सुँगुर अँगाल्छ” ईनिहरु
      रानाको “हुक्के” पंचायतको “पन्चे” ईनिहरुनै
      सबै खाले “कपुतको बाउ” बनेको छ कांग्रेस/

      सन् १९५०को सन्धिले नेपाल खुम्च्यायकोछ
      सन् १९५०को सन्धिले बिकृति जन्मायकोछ
      त्यो सन्धि गराउने यहि सुसिलको कांग्रेस हो/

      मेल मिलापको शिरोमणि गणेशमान लखेटिने
      त्यो कांग्रेस बंगाली ठग रुबेलको ससुराली हो
      यति भने पछी नेपालीले बुझ्छ कांग्रेस के हो/

      पटक पटक नेपालिको बिस्वास माथि घात गर्ने
      त्यो कांग्रेस “भारतको निमित दुध नदिने भैंसी”
      हिजो भारतको पाल्तु थियो आज फाल्तु बन्यो/

      Reply
  27. Udeep says:
    November 10, 2012 at 3:48 pm

    सबै धुर्त नेताहरु राजनीति छोडेर गाउने र नाच्ने तिर लागेको भए, सांगीतिक र नाच क्षेत्रको चाही खुब विकास हुने थियो |

    Reply
  28. Sudip Sharma says:
    November 10, 2012 at 3:47 pm

    निश्चित अजेण्डा र लक्ष्यको लागि हुनु पर्छ आन्दोलन..सत्ता नपाएर सडक मा कोकोहोलो मच्चाउनु को कुनै अर्थ छैन..आफु ले सत्ता पाए लोकतन्त्र..नपाए निरङ्कुश?? यी पानी आन्द्रेको हुति र क्ष्यमता त बिगत २४ बर्ष मा स्पस्ट देखिहालियो नि..गित गाएर त सडक मा भिख माग्ने हो बुढा…सत्ता हैन..!!!

    Reply
  29. Elina Nepal says:
    November 10, 2012 at 3:05 pm

    हुनत, नेता जीले भासन मा भन्नु भएको रहिछ, कि बन्दुक ली होइन, विचार ले परिबर्तन हुन्छ, तर किन उनीहरुले यो कुरा खाली अरुलाई मात्र भन्दो रैछन, आफुमा लागु नगर्नु चै सबै भन्दा कम्जोर पार्ट लग्यो मलाई, होइन हौ नेता जिउ, तपाई हरुलाइ आन्दोलन, जनतालाई दुख, एकार्का बीच आबिस्वास, सत्ता को मोह, एकार्कालाइ तल parnea आदि येस्तई येस्तई कुरा मात्र गर्नु हुन्छ, कहिले कहिँ त फलानोले यो चै राम्रो कम गरेको छ भन्नुस….auta postitve energy, positive vibe janta haru lai dinus, complain garnu bhanda ni desh lai chai kasari bikash garna sakicha, yo kura ma meeting garnus, nettrityo jo sukkai lea gare ni desh bikash garna agrashar hunus…..
    खाली भासन गरेर, देश भक्ति गीत गाएर परिबर्तन कसरि हुन्छ. एदी सक्नु हुन्छ bhane, एक दिन को लागि आफ्नो सब्बी स्वार्थ बिर्सेर हाम्रो देश नेपालमा के के कुरा मा बिकाश गर्नु छ, र येस्मा मैले क गर्नु सक्छु भनेर सोच्नुस त?
    suruwat तपाई बाट गर्नुस न नेता जिउ, साएद तपाई लै देखेर अरु नेता हरुको पनि सोचाई परिबर्तन हुन्छ कि?
    हामी जनता पनि राम्रो काम लै प्रोत्साहन गरु, आन्दोलन, बन्द, हड्ताल, शक्ति प्रदर्शन आदि एस्त काम मा साथ् दिन छोड्नु पर्चा. बरु फलानो जिल्ला मा मोटर बाटो पुग्यो रे, नया school खुल्यो रे, नया hospital बन्यो रे, सरकार ले जनतालाइ फलानो सुबिदा दिन्छ रे, आदि एस्त कुरा मा खुसियाली मनायु, rally nikalau (time fixed garera), yesso gare desh lai pakkai pani naya bato ma lana sakincha bhannea mero bichar cha.

    Reply
  30. सार्थक says:
    November 10, 2012 at 2:41 pm

    ओहो क्या नौटङ्गी गरेको बा ? जनताले घोर घ्रिणा गरे पनि केही कसर बाँकी नराख्ने भए कुर्सी पाउनलाई । देशको लागि छिरिरिक्क सिन्को भाच्ने हैनन तर कुर्सीको लागि भने जस्तो नौटङ्गी गर्न पनि तयार । अब हुँदा हुँदा कुर्सिको लागि क्रान्तिकारी गीत त्यै पनि सुशिल कोइरालाको मुखारबिन्दबाट ?!? यो कुर्सीको महिमा अपरम्पार छ प्रभु ।

    Reply
  31. Ram Thapa says:
    November 10, 2012 at 1:26 pm

    आहा कति मिठो गीत गाउनु भो हौ कोइरालाजी ले ल बधाई छ है

    Reply
  32. Kiran says:
    November 10, 2012 at 1:13 pm

    मर्ने बेला मा हरियो काक्रो.

    Reply
  33. basanta sharma nirdoshi says:
    November 10, 2012 at 12:12 pm

    सारै राष्ट्र प्रेमले ओतप्रेत भएका गीत गाउनु हुदोरहेछ शुशील कोइराला तर तपाइको गीतका भावना अनुसार काम गर्न सक्नु भएन नि ……………………….हलो अड्काएर गोरु चुटने प्रबिधि चै ठिक होइन …………

    Reply
    1. neerose says:
      November 10, 2012 at 6:04 pm

      मर्ने बेला भैसक्यो प्रम बन्न पाको होइन त्यै अत्यासमा यो रास्त्रप्रेमाले भरियाको कुर्ची भजन गायको हो क्या!

      Reply
  34. binu says:
    November 10, 2012 at 12:05 pm

    जम्मै साथीरुको ब्लड ग्रुप (रक्तसमूह) नेगेटीभ मात्रै छ कि क्या हो । जम्मैले नेगेटिभ(नकारात्मक) प्रतिक्रिया मात्र जनौछ त । बी पोजेटीभ है साथी हो ।…………………मेरो ब्लड ग्रुप चैं ।।।

    Reply
  35. Dipendra maharjan says:
    November 10, 2012 at 11:48 am

    पहिला पहिला जनताहरु तिमीहरु ले जे भन्छ त्यो सुन्थ्यो / अब जनताहरु पनि ठिक के हो बेथिक के हो आफै छुटाउन सक्ने भैरहेका छन् / तिमीहरु जति अलाप बिलाप गरे पनि तिमि हरुको त्यो जालबाट टाढा बस्छ / त्यो दिन टाढा छैना तिमीहरु माछा बिनाको माजी जस्तै हुन/

    Reply
  36. Raj Sharma says:
    November 10, 2012 at 11:30 am

    खड्का जी को याद आयो . तिंग तिंग ………

    Reply
  37. Raj Sharma says:
    November 10, 2012 at 11:28 am

    नौटंकी मात्र हो केइ हुने वाला छैन

    Reply
  38. pawan says:
    November 10, 2012 at 11:01 am

    देस को यो अवस्था हुनु मा नब्बे प्रतिशत कांग्रेस को हात छ | सुशील दा गिरिजा को दाहिने हात हुदा अलिकति मात्र देश को बारेमा सोचिदिएको भए देश को यो अवस्था हुने थिएन | अब शुशील दा ले जति गित गाए पनि जनता ले साथ दिने वाला छैनन् | येदी कांग्रेस का नेता हरु सुध्रिएको हो भने दस वर्ष सत्ता मा बसेर खाएको घुस देस बिकाश मा खर्च गर्न सक्छौ ? गाउँ का दुखि जनता लाई गाँस , बास, कपास , शिक्षा, स्वास्थ र रोजगारी को व्यवस्था गर्न सक्छौ ?

    Reply
  39. kamal says:
    November 10, 2012 at 10:13 am

    मलाई त सुकेको टपरीमा मुतेको जस्तो आबाज लाग्यो…………

    Reply
  40. SURESH CHAMLING says:
    November 10, 2012 at 10:13 am

    झुसिल कोइरालाको गीत पनि झ्याउ नै रहे छ

    Reply
  41. Amrit Kumar says:
    November 10, 2012 at 10:11 am

    सुशील दा , तपाईको गीतमा बिकाश, क्रान्ति , त्याग अनि प्रचण्डजी को नाचमा संघर्ष, बलिदान अनि झलनाथको घाटी सुक्ने भाषण भयर पुग्ने भय के चाहिन्थ्यो र ब्यहारमा काममा पनि ति कुरा देखिय जनताले दुख पाउने थियनन कि ?

    Reply
  42. शशांक लामा, न्युयोर्क says:
    November 10, 2012 at 9:33 am

    सुशिल्दा र शेरदाले बोलेको कांग्रेसी कार्यकर्तालाई बुझ्न हम्मे हम्मे पर्छ | गित गाइ दिएर सुशिल्दाले बडो राम्रो गर्नुभयो| यी दुवै दा ले अबदेखि भाषण नगरेर गित गाइदिए क्या अच्छा हुनेथियो!!!

    Reply
    1. Lotus Bikram Rijal says:
      November 10, 2012 at 12:54 pm

      प्रतिक्रिया गजब राम्रो लाग्यो! यिनीहरुले गीत गाय हुन्छा. अनि तपैले पनि प्रचण्ड कमरेड ले ले नाच्दा त प्रतिक्रिया दिनु भयन त! कमेन्ट गर्दा पनि पार्टी हेर्नु भयन हो शशांक जी!

      Reply
  43. रामचन्द्र शर्मा says:
    November 10, 2012 at 9:12 am

    बिचरा, प्रचन्डले थाउनामा सुताई दिए पछी एस्तै गीतमा रुनुको विकल्प केनै छ र !

    Reply
  44. Uddav Bhandari says:
    November 10, 2012 at 8:55 am

    चाहे यी नेता गीत गाउन चाहे सडकमा नाचने बहुलाउने चाहे गीडगीडाउने गरुन अब जनता तिमलाइ महिनै बिच्छे सरकार फेर्न जनता सड़क मा आउदैनन

    Reply
  45. cRIS says:
    November 10, 2012 at 8:41 am

    कांग्रेसले यस्ता नौटंकी मन्चन गर्न छाडेर, देशको लागी सकारात्मक सोच लिन थाल्नु पर्ने हो…steering घुमाउनेहरुनै अलमल्ल छन् भन्ने लाईराछ|

    Reply
  46. तेन्जिंग गाबा says:
    November 10, 2012 at 8:35 am

    एकछिन गित सुन्या सिटामोल नै खानु पर्यो
    पुरै सुनियो भने त् सिधै icu मा भर्ना

    Reply
    1. गगने says:
      November 10, 2012 at 11:57 pm

      हाहाहा!
      गाउने ले पनि सिटामोल खायर नै गयको होला! (गयको भन्दापनि कह्नेको भन्नुपर्ला)
      पुरै सुनेमा icu सुन्नेले त सुन्नै नपाउलान के जाला र तर सुन्ने होइन कन्ने वा गाउने चाहि पक्कै जान्छा होला!
      अब छ महिना कुर्ची नदेखेमा नेपालि कांग्रेस र एमालेका धेरै नेता icu को कुर्ची समात्न जान्छ होला!

      Reply
  47. द्रोण says:
    November 10, 2012 at 8:17 am

    Sushil da
    You were supposed to be a singer,you became politician by mistake.
    You reminded me of Bachhukailash.

    Reply
  48. Manoj Karki says:
    November 10, 2012 at 7:44 am

    यदि हृदय देखि यो गीत गाएको हो भने शुसिलदालाई मेरो सलाम !

    Reply
  49. narayan gautam says:
    November 10, 2012 at 7:36 am

    गीत त घुडा बाट आसु आउने खालको लाग्यो मलाई त.

    Reply
  50. Rip Bahadur says:
    November 10, 2012 at 7:19 am

    यो बुढो ले युवा हरु लै कहिले मौका नदिने भयो, कुहिएको बुढो ले आक्रमण भए पछी त चेतनु पर्ने हो नि , तर के प्र म बन्ने धुन मा कांग्रेस लै बागमती मा सेलाउने भयो | सुशील , राम्चंद्रे र देउबा जस्ता पत्रु हरु नेतृत्व मा रहे सम्म कांग्रेस को कुनै भविस्य छैन |

    Reply
  51. bikraant says:
    November 10, 2012 at 7:10 am

    मर्ने बेला हरियो काँक्रो हा हा हा

    Reply
  52. raj says:
    November 10, 2012 at 6:05 am

    गीत राष्ट्रिय भए पनि स्वर चै गाइ जात्रा को लागि राम्रो छ शुशील जी. येस पाली अलि ढिलो भयो अर्को पाली चै तपाई लाई मंच खाली. केहि काम एस्तो गरेर त देखौनुस जसले तपाई मा रस्त्रियेता छ भन्ने लागोस. गीत गएर के हुन्छ बुढा. पहिला देस आस्त ब्यस्त बनउने अनि गीत गाउने.

    Reply
  53. bimal says:
    November 10, 2012 at 5:57 am

    यो त पंचायती बेलाको slogan हैन र ?????

    Reply
  54. Pradhyumna raj sharma says:
    November 10, 2012 at 5:49 am

    जे गर जसो गर जहाँ सुकै लैजाउ मलाई यो सरकार मेरो परिबर्तन हुन्न. अब बौराम भटराई ले गाउने होला यसरि

    Reply
  55. Jamuna says:
    November 10, 2012 at 5:28 am

    Problem is chair not unemployment, price hike no constitution NC damn care people suffering and corruption within a party.

    Where is rule of law within in a party and discipline ? Why corrupted leaders still in NC?

    Reply
  56. vivek says:
    November 10, 2012 at 4:43 am

    त्यो बोरा फाटेको आवाजले गीत गाओ या चाहे ; भित्तामा टाउको फोरओ तिमी भतुवाको लागि आफ्नो काम छोडीछोडी गयिन्न दुखपाउन l ‘राजाको काम छोडी कामीको रतौली’ ll

    हामीलाई त मागी खाने भाँडो नै बनाए यार यी टपरटुईयाँहरुले l साला एकपल्ट आमनेसामने भए मुख्छाडेरा गाली गर्दाम्जस्तो भा छ l
    सोमबार कुकुरतिहार परेको छ माला लाइदिनुपर्छ बलुवातरदेखि भुक्ने अनि सडकमा आन्दोलन भनेर भुक्ने सबै कुकुरहरुलाई

    Reply
  57. nisha says:
    November 10, 2012 at 3:22 am

    थोते दाई अलिकति weight maintain garnus aadaraniya गिरिजा बाबु बाट पनि kehi siknu bhayena hajurle हर्नुस त उंह को अबसान पछाडी यो देश को हालत जे भय पनि गिरिजा बाबु मा दम्भ थीयो र पनि अलिकति स्वाभिमान थीयो खै आज भोलि हाम्रो देश माऊ बिना को चल्ला जस्तो पो लाग्छ त परमेश्वोर हाम्रो देश बिश्वमंचित्र मा एउटा असफल राष्ट्र नबनोस भगवान श्री पशुपतिनाथ ले सबै नेता हरु लै सद्बुद्धि र चेतना देउन जय गुरु गोरखनाथ.

    Reply
  58. Suraj says:
    November 10, 2012 at 3:17 am

    राम्रो गीत गाउनु हुने रहेछ सुशील जी ले . अब राजनीति छोडेर संगीतमा लागे हुने…… करोडौ नेपाली त कमसेकम खुसि हुने थियो.

    Reply
  59. विष्णु मगर , न्यु योर्क | says:
    November 10, 2012 at 2:50 am

    मैले माने सुशिलदा मा प्रतिभा लुकेको रहेछ | अब “कुर्सीका लागि आन्दोलन” छाडेर रेडियो नेपालमा स्वर परिछ्या दिन पो जानेकी ?
    के आन्दोलननै होत हामी जनताको चाहना ? हामीलाई बाबुराम नै सत्तामा टिकीरहेपनि वा बाबुरामको सट्टामा छोराराम, हरेराम ,धन्नुराम, शिवराम ,कालुराम ,झल्लुराम जो आएपनि सरोकार छैन | हाम्रो सरोकार त नेपालमा नया संबिधान , नेपाली राजनीतिमा युवा पुस्ताको आगमन , नेपालको शैछिक/आर्थिक/सामाजिक/लैंग्गिक एबम राजनीति को बिकाश ,सु-शान सहितको एक समृद्द्ध नेपाल , बेरोजगारीमा कमी , सम्भव भएसम्मको आत्म-निर्भर नेपाल इत्यादी हुन् |
    तर के गर्नु कोहि अबुझ , कोहि बुझ पचाउने नेताहरुको मात्र हालीमुहाली भएपछी देश र जनताले यस्तै दुर्गति भोग्नु पर्दोरहेछ !!!!!!!!!!!

    Reply
  60. rajesh says:
    November 10, 2012 at 2:30 am

    हा हा मर्ने बेलामा हरीयो कार्क्रो!!!!

    Reply
  61. ausmitra says:
    November 10, 2012 at 2:21 am

    गीत सिद्धिंदा लगत्तै अक्सिजन चाहिने त होला नि कांग्रेसको त परम्परा नै हो नि.

    Reply
  62. aditi says:
    November 10, 2012 at 2:15 am

    मैले नबुजेको कुरो हरेक संसदको म्याद सकिए पछी मौजुदा सरकारले चुनाबको घोसना गर्छ, सबै दलहरु भाग लिन्छन, नेपालमा कस्तो लोकतन्त्रको अभ्यास हुँदै छ संसदको म्याद सकिए पछी चुनाबी सरकारको निर्माण गरिनु पर्ने त्यसमा पनि सबै पार्टीको आफ्नो नेतृत्वको दाबी…सहमति नभै चुनाब नहुने रे ???? आफुले नेतृत्व नपाई सहमति नगर्ने रे ?????????? त्यो पनि नभए राष्ट्रपतिले गैर कानुनी कु गरे पनि हुने रे यो कस्तो लोकतन्त्र हो ??????भोलि एमाले वा कांग्रेसको सरकार बन्ला रे ५ बर्ष पछी फेरी संसदको म्याद पनि सकिएला रे अनि फेरी तेती बेला पनि चुनाबको लागि अर्को सहमतिको चुनाबी सरकार चाहिएला कि नाचाहिएला यो कस्तो गाई जात्रा हो ?????????????

    Reply
  63. kul bahadur shrestha says:
    November 10, 2012 at 2:12 am

    नेपाली कांग्रेश
    शुसिल कोइराला, सेर बहादुर देउवा,राम चन्द्र पौडेल,अर्जुननर सिंह केशी ,राम सरण महत,
    एमाले
    झलनाथ खनाल,माधब कुमार नेपाल, केपी वली,प्रदिप ज्ञवाली,इश्वर पोखरेल, बाम देब गौतम,
    जनशक्ति पाटी
    सुर्य बहादुर थापा
    रास्ट्रिय प्रजातन्त्र पाटी
    पशुपति सम्सेर जबरा
    ने क पा माओबादी
    मोहन बैध्य,नेत्र बिक्रम चन्द ,राम बहादुर थापा(बादल),सिपि गजुरेल,पम्फा भुसाल
    राप्रपा नेपाल
    कमल थापा
    जनाधिकार फोरम
    उपेन्द्र यादब

    मुर्दाबाद——-मुर्दाबाद——मुर्दाबाद——-मुर्दाबाद——-मुर्दाबाद——–मुर्दाबाद

    Reply
    1. Raj Sharma says:
      November 10, 2012 at 11:33 am

      तिम्रा छबिलाल चै जिन्दाबाद? नौटंकी

      Reply
      1. Birendra Thapa says:
        November 11, 2012 at 2:57 am

        राज जी छबिलाल हैन उसको खास नाम त छलिलाल हो नि छलि छलि छबिलाल बनाको हो

        Reply
    2. Manoj Karki says:
      November 10, 2012 at 1:49 pm

      यौटा मुख्य छुटेछ मित्र ! लौ मैले थपीदिएँ सम्पूर्ण ए नेकपा माओवादी – मुर्दावाद !!!

      Reply
      1. Jyoti Rijal Rimal says:
        November 10, 2012 at 7:43 pm

        यि सब पार्टिलाई बाधेर एकै मुठा पारि , बिश्नुमातिको गनाउने बगरमा गाडे भने बल्ल नेपालिले मुक्तिको श्वास फेर्ला!

        Reply
  64. Nischal says:
    November 10, 2012 at 2:00 am

    मर्ने बेलामा हरियो काक्रो ……..

    Reply
  65. abhin thapa says:
    November 10, 2012 at 1:21 am

    यो क्रान्ति स्रान्ति को कुरोलाई थाति राखेर पशुपतितिर भजन गाउन गए हुन्छ अब यो तालामाला देखाउनुभंदा त सुशिल बाजे रिटायर्ड भएर भगवान जप्नुस तिर्थ जानुस गरिब भोकाहरुलाई दान दिएर खुसि बनाउनुस; नवयुबा हरु छन् लाइनमा उनीहरुलाई पनि अबसर जनताको भलो … बाजेलाई झन् भलै भलो!
    दाजुभाइको नाम लिएर (अझ बेचेर) किन अर्कालाई काखी बजाउन दिनुहुन्छ
    अनि बाजे रिटायर्ड हुदा सुजातालाई तपाइको स्याहरे लग्न नभुल्नुहोला!

    Reply
  66. Prakash Tiwari NYC says:
    November 10, 2012 at 1:12 am

    जीपीको गल्ति भुलेर हामीले गल्ति गर्यो ,आफुले बनाएको सम्बिदानप्रति आफु समर्पित हुन् सकेनम / आफ्नो गल्ति छोप्न येस्लायी बलिको बोको बनाएम / अब लामो कुरा कति गर्ने केहि सम्सोदन सहित २०४७को सम्बिदान पुनइस्तापन गरुम भनेमा बरु बडी भिड हुने थियो कि ? कांग्रेसका मियो बि पी भन्थे रे बगेको खोलाको धारमा जो पनि पौडिन सक्छ नेताले त आबेगको भिडको होइन खोलाको बिपरित धारमा पौडेर पो नैया पार गर्नु पर्छ / सत्ता र सम्पतिको लागि लाग्ने हो भने त त्यो भिड हिजो पन्चेसंग थियो , पछि कांग्रेस र एमालेमा सर्यो, आज माओबादीसंग छ / पंचायतका कठिन कालमा पनि आस्थाको दियो बाल्ने किसुनजी गणेसमान जस्ताहरुको पछि मान्छे लाग्थे / आज के हेरेर कांगेस लाग्ने – लोभी देउबा , पौडेल र सुशिलको प्रदानमन्त्रि बन्ने रहर पुरा गर्न ? गैरबामपन्थी मासको मन जित्ने चरित्र गुमाएको आजको कांग्रेसले / बरु पाखण्डी बामपन्तीलाई ठिक पार्न अर्को पाखण्डी रामपन्थी खोज्न बेर छैन नेपाली समाज / कमल थापाले बरु आस्था नछादेमा अर्को ४/५ बर्षमा भबिस्य राम्रो छ / ३५ पुगिसकेको गगन थापा जस्ताको भुसन दाहालको सन्दे पपमा GNR र Metallica को गित हेरी हुर्केको हाम्रो पुस्ता कांगेसमा बि पी, गणेशमान,देखि योगेन्द्रमन शेरचन, बखान सिंह गुरुङ , तिम्बुरबोटे काण्ड , सुरजपुर काण्ड जस्तोको रोमान्चले कांग्रेसमा लागे / अब कसको मुख र के घटनाले उत्परित भै मानिशहरु कांग्रेस जस्ताको आन्दोलनमा लागुन /

    Reply
  67. raghubir says:
    November 10, 2012 at 1:02 am

    लौ।शुसिल दा ले त गीत पो गाएछन्। शुसिल दा को गीतले पक्कै पनि वसन्तपुर भरिएन होला। किन भरियोस। बेसुरा (हिन्दीमा बेसुरा भन्छन् ; नेपालीमा के भन्ने थाहा छैन)।

    नेपाली नेपाली भन्ने कुनै क्रान्तीकारी गीत होला, मैले खासै सुनेको रहेनछु र खासै सुन्ने सोख पनि छैन आज आएर।

    क्रान्ति झन्डा लिने रे, त्यसैको भरमा अघि बढ्ने रे। खोइ। के को क्रान्ति झन्डा नि सोम। अबका अवसरबादीले लिने भनेको एउटै झन्डा छ, मधेसी झन्डा। अझ स्पष्ट शब्दमा भन्दा, दक्षिणी भारतिय झण्डा। नेपालमा अब अरु कुनै झण्डाको अस्तित्व नै रहेन।हाम्रा दक्षीणी दाजुभाई प्रति केहि रिस राग रोष छैन; तैपनि; hyper Indian मित्रहरु; उतै, आफ्नै भूमीमा रमाएर हाम्रो तिर ढुंगा नहानिदिंदा हाम्लाई राहत हुने थियो कि !

    ज्ञानेन्द्रेको प्रजातन्त्रको होस कि, प्रचण्डेको जनगणतन्त्रको होस, हाम्लाई कहिल्यै केहि राहतको आभास भएन। खोइ किन हो कुन्नि? केहि पनि नफाप्ने रैछ कि के हो हाम्लाई?

    हाम्ले बुद्ध पनि देख्यौं, जंगबहादुर पनि भोग्यौं। अझ त्यतिले नपुगेर बुद्ध र जंगबहादुरको फ्युजन पनि ….। तर पनि खोइ, किन केहि भएन ? कतै हामी भित्र नै कुनै खोट त छैन? एक ‍छिन घोरिएर खोतल्ने कि? यहाँ पो हाम्रो समस्याको समाधानको साँचो भेटिने हो कि ? कि कसो मित्रहरु।

    Reply
    1. rabindra uae says:
      November 10, 2012 at 5:33 pm

      तपाइको कुरा ले एकपटक सोच्नै बाध्य बनायो l केहि त कमजोरी हामी मा छ जसले गर्दा भातमारा नेताहरु हाम्रो देश लै सिध्यौना लागिपरेका छन् . कहिँ न कतै हामीहरुले नै इनिहरुलाई संरक्क्षण दिईरहेका छौ.

      Reply
  68. Ekraj says:
    November 10, 2012 at 12:56 am

    ha…ha…ha…

    Reply
  69. sauravdhakal says:
    November 10, 2012 at 12:54 am

    इन्डियन idol मा गए हुन्छ auddison दिन लाई सुशील दा !!!!!

    Reply
  70. prakash says:
    November 10, 2012 at 12:19 am

    सुशील दाई को अवाज त बढो शुसिल रैछ.खुसि लाग्यो!Good Job !!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme