Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजु आचार्य

रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

Posted on June 17, 2019June 17, 2019 by राजु आचार्य

गत अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले… Continue reading

पोखराको काँहुडाँडाबाट देखिने सौन्दर्य मोबाइलमा

Posted on March 14, 2019March 14, 2019 by राजु आचार्य

पोखरा बजारबाट नजिकै रहेको काँहुडाँडाको सौन्दर्य प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ। वर्षमा गरिने एउटा महोत्सवपछि यो ठाउँको वास्तै गरिन्न। समुन्द्र सतहबाट करिब १४०० मिटरको उचाइमा रहेको यो क्षेत्रमा यतिखेर गुराँस फुलेको छ। कोटमा महादेवको मन्दिर छ। धरहरा चढेर पोखरा उपत्यका हेर्न सकिन्छ। अन्नपूर्ण हिमसृंखला आखैंमा ठोकिएला झैँ गर्छन्। सूर्यास्त र सूर्योदयको दृश्यले यो ठाउँलाई भुल्न… Continue reading

चराहरूबाट प्रेम गर्न सिक्ने कि

Posted on February 14, 2019 by राजु आचार्य

चराहरूको चिचिरविचिर मात्र होइन यिनको प्रेम गर्ने तरिका पनि अनौठो र रमाइलो लाग्छ। कतिपय मामिलामा चराहरू मानिसभन्दा अब्बल रूपमा प्रेम प्रदर्शन गर्दछन्। च्याखुरा, कालिज, चखेवा, परेवा र ढुकुर प्रेमी पंक्षीहरुको सूचिमा पर्दछन् । संसारमा पाइने करिब १०००० तथा नेपालमा पाइने ८८७ प्रजातिका चराहरूको आ-आफ्नै प्रेम गर्ने तरिकाहरू छन्।

क्यामेरा ट्रयापमा परेका रमाइला ११ फोटोहरु

Posted on February 7, 2019February 8, 2019 by राजु आचार्य

– राजु आचार्य – अनुसन्धानकर्मीहरुले सबै वन्यजन्तुलाई देख्न सक्दैनन्। अनुसन्धानलाई सहज होस् भनेर स्वचालित क्यामेराहरु वन्यजन्तु हिँड्ने सम्भावित स्थानहरुमा राख्ने गरिन्छ। दिउँसो होस् या राति वन्यजन्तुहरु क्यामेराको अगाडिबाट हिँडे भने यसले फोटो खिची हाल्छ। तर यसरी राखिएका क्यामेराहरुले वन्यजन्तु मात्रै नभई अगाडि पर्ने सबैको फोटो खिच्ने गर्छ। क्यामेरा देखे भने सिकारीहरुले चोर्ने वा बिगार्ने गर्दछन्।… Continue reading

पत्याउनु हुन्छ : कालिकोटमा रुखको चिया पिउन पाइन्छ !

Posted on August 7, 2018 by राजु आचार्य

‘सरहरूलाई म आज अनौठो चिया खुवाउँछु’ भात्तडी निवासी प्रभाकर बरालले कर्णाली राजमार्गमा हामीलाई उत्सुक बनाए। ‘बजारमा बस्ने, कुन चिया भनेर के चिन्नु हुन्थ्यो र!’ उनले बजारियाले केही चिन्दैनन् भनेर झटारो पनि हानी हाले। हुन पनि चिया खाइसक्दासम्म हामीले केको हो भनेर चिन्न सकेनौँ। अनौठो स्वाद थियो। रातो र काठको मिठो बास्ना आएको थियो। पछि पो… Continue reading

‘कुकुर छैन, बुढा पनि बिते, घर हेरौँ कि बाँदर? बिलखबन्दमा छु’

Posted on July 16, 2018 by राजु आचार्य

कालिकोट जिल्ला फुकोट-३, गोब्रेबजार। हातमा हँसिया लिएर कर्णाली राजमार्गको निर्माणाधीन सडक छेउ यी आमा भेट भइन्। थाँक्रा तथा झिन्जाले भर्खर फूल फुल्न आँटेका बर्खे तरकारी छोपेकी थिइन्। सबै कुरा रेकर्ड गर्न सकिएन। यिनले नेपाली भाषा नै बोलेकी थिइन् तर हामीलाई बुझ्न हम्मे हम्मे परेको थियो। यिनीहरू नेपाली भाषाको उदगम स्थल नजिकका बासिन्दा थिए। आफ्नै भाषा… Continue reading

कालिकोटका महिलाको दैनिकी

Posted on July 7, 2018 by राजु आचार्य

केही समय अघि कर्णाली प्रदेशको कालिकोट पुग्दा खेती लगाउने मेसो हुँदै थियो। यो जिल्ला दुर्गममात्र होइन विकासको हिसाबले पनि पछि परेको छ। सदरमुकाम मान्म होस् या भात्तडीगाउँ, महिलाहरूको व्यस्तता उस्तै थियो। सानै उमेरमा पाका जस्ता देखिने। छाउपडी प्रथा अझै कायम छ।  पुरुषहरू बाहिर कमाउन जाँदा पुरै घरको जिम्मा यिनकै काँधमा छर। चाहे खेतीको काम होस्… Continue reading

२२ सय भाडामा पोखरा-काठमाडौँ गुड्ने ‘सुपर भिआइपी बस’को सुपर बिजोग

Posted on June 28, 2018June 28, 2018 by राजु आचार्य

-राजु आचार्य- असार ६ गते बुधबार पोखरा जगदम्बा ट्राभलबाट बिहान ६ बजे फोन आयो। एक महिलाले भनिन्- गाडी ६.४० मा पोखराको अमरसिंह चोकमा आइपुग्छ। म र बुवा समय अगाडि नै पुगिसकेका थियौँ। २१ सिट क्षमताको यो सुपर डिलक्स बस गत वर्षदेखि पोखरा-काठमाडौँ-पोखरा रुटमा संचालित छ। प्रति यात्रु एकतर्फी भाडा २ हजार २ सय लाग्ने यो… Continue reading

दार्चुला र धार्चुलाको सम्बन्ध : ‘बरु मोदी र ओलीको झगडा पर्ला, हाम्रो पर्दैन’

Posted on April 22, 2018 by राजु आचार्य

महाकाली नदिपारी भारतको धार्चुला र वारी नेपालको दार्चुला। स्थानीयहरु दैनिक जीविकोपार्जनक सबै सामाग्रीहरु उतैबाट ल्याउँछन्। काठमाडौँबाट सिधै बस सन्चालन हुन थालेको केही वर्ष मात्र भयो। अहिले पनि ३६ घण्टा लाग्छ। तर नेपालतिर बाटो आउनु ४५ वर्ष अघिनै भारततिर बाटो आइसकेको थियो। नेपालीहरु उतैको बाटो प्रयोग गर्थे। दार्चुला जिल्लाको सदरमुकाम खलंगा दुर्गम छ। यो दुर्गम क्षेत्र… Continue reading

सिङ्गो शहर विश्व सम्पदा सूचीमा

Posted on December 3, 2017December 3, 2017 by राजु आचार्य

हामीलाई नेपालका विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरु व्यवस्थापन गर्न हम्मेहम्मे परेको बेला यो शहर भने सिङ्गै सूचिकृत छ। त्यति मात्रै होइन, सन् १९८६ देखि उत्कृष्ट रुपमा ब्यवस्थापनसमेत गरिएको छ। पोर्चुगलको इभोरा शहर राजधानी लिस्बोनबाट बढीमा २ घन्टाको दूरीमा रहेको छ। बाटोभरी ओछ्याइएका ढुंगा, पुराना घरहरु, घरका एकै खाले रंग, सुरक्षित रात्री जीवन, पुरातात्विक महत्वका सम्पदाहरुको… Continue reading

मोबाइलमा पर्वतको चित्रे होमस्टे

Posted on October 12, 2017October 14, 2017 by राजु आचार्य

पोखराबाट बागलुङ जाने बाटोमा ४५ किलोमिटर कालोपत्रे सडक यात्रा गरेपछि पर्वत जिल्लाको डिमुवा पुगिन्छ। डिमुवाबाट जिपको बाटो डेढ घण्टा वा पैदल साढे दुई घण्टा जतिमा चित्रे गाउँ पुगिन्छ। शरीरमा निस्किएको पसिना माथि पुग्दासम्म चिसो भैसक्छ। चिसो हावाले मनै आनन्द हुन्छ। समुद्र सतहबाट १६०० मिटरको उचाइमा अवस्थित यहाँका होमस्टेहरुले एक पटकमा ५० जनासम्म पाहुनालाई खान बस्न… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme