हामीलाई नेपालका विश्व सम्पदा सूचीमा रहेका क्षेत्रहरु व्यवस्थापन गर्न हम्मेहम्मे परेको बेला यो शहर भने सिङ्गै सूचिकृत छ। त्यति मात्रै होइन, सन् १९८६ देखि उत्कृष्ट रुपमा ब्यवस्थापनसमेत गरिएको छ। पोर्चुगलको इभोरा शहर राजधानी लिस्बोनबाट बढीमा २ घन्टाको दूरीमा रहेको छ। बाटोभरी ओछ्याइएका ढुंगा, पुराना घरहरु, घरका एकै खाले रंग, सुरक्षित रात्री जीवन, पुरातात्विक महत्वका सम्पदाहरुको सुरक्षा आदिले दोस्रो पटक आउनलाई प्रेरित गर्छ।
केही समयअघि विश्व लाटोकोसेरो सम्मेलनमा भाग लिन जाने क्रममा खिचिएका भिडियो क्लिप्सहरु प्रस्तुत गरेको छु।
यो एभोरा सहरलाई भिडिओमा हेरौं