-राजु आचार्य-
असार ६ गते बुधबार पोखरा जगदम्बा ट्राभलबाट बिहान ६ बजे फोन आयो। एक महिलाले भनिन्- गाडी ६.४० मा पोखराको अमरसिंह चोकमा आइपुग्छ। म र बुवा समय अगाडि नै पुगिसकेका थियौँ। २१ सिट क्षमताको यो सुपर डिलक्स बस गत वर्षदेखि पोखरा-काठमाडौँ-पोखरा रुटमा संचालित छ। प्रति यात्रु एकतर्फी भाडा २ हजार २ सय लाग्ने यो बसमा एक पटक त अनुभवको लागि भए पनि चढ्नु पर्ला भनेर सोचेको थिएँ। यस पटक मौका र बाध्यता दुवै थियो। बुवाको स्वास्थ्य परीक्षण गर्नु पर्ने र पटक पटक पिसाब फेरिरहनु पर्ने भए पछि यो चर्पी भएको बस मेरो रोजाइमा परेको थियो।
समयभन्दा २५ मिनेट ढिलो गरी प्रचार अनुसार नेपालको सबैभन्दा सुविधासम्पन्न र महँगो भाडा (दुरीको तुलनामा) भएको बस आयो। मैले सोचेको थिएँ बसका कर्मचारी मध्ये कसैले ‘सरी’ भन्लान्। तर तेस्तो भएन। हामी हाम्रो सिट नम्बर ४ र ५ मा बस्यौँ। चालक र सहचालक २ जना (१ महिला समेत) समेत गरी बसमा तीन जना कर्मचारीहरु थिए। बसमा चालक दलका कर्मचारी र यात्रुहरु बस्ने क्षेत्रको बीचमा ढोका हुने गर्छ जुन प्रायः बन्द नै हुने गर्छ तर यात्रा अवधिभर त्यो खुल्लै रह्यो।
बसका कर्मचारीहरु विशेष गरी चालक फोनमा पटक पटक कुरा गरिरहेको प्रस्ट सुनिथ्यो। सो बसमा १ सिट बाहेक सबै भरिएको थियो। विदेशीहरु पनि थिए। सिट नम्बर ५ को अगाडिको खाना राख्ने ट्रे पटक-पटक खसिरहेको थियो। बसमा अरु ट्रेहरु पनि बिग्रिएका थिए। सुरुको सिटको माथिको समान राख्ने र्या१क पनि बिग्रिएर हल्लिरहेको थियो। हामीले महिला सहयोगीलाई जानकारी गराउँदा उनले अर्को सिटमा बस्न भनिन्। बसमा एक सिट खाली थियो र उनले त्यसो भनिन्। बुवासँगै यात्रा गरिरहेको मलाई भने तिनको कुराले चित्त बुझिरहेको थिएन।
बिग्रिएको ट्रे
खाना, खाजा तथा पानी निःशुल्क उपलब्ध गराइएको सो बसमा बस्ने ठाउँ भने प्रशस्त फराकिलो थियो। मोबाइल चार्ज गर्नको लागि युएसबी पोर्टमात्र लाग्ने र तार पनि निकै लामो चाहिने रहेछ। मेरो टु पिन चार्जर थियो। मोबाइल चार्ज गर्न पाइनँ। बस्दाबस्दै वाक्क लागेपछि टिभी चलाउन अनुरोध गरेँ। तर त्यो पनि बिग्रेको रहेछ। प्रत्येक सिटमा बेग्लैबेग्लै टिभी र ट्रे हुने भने पनि त्यसो थिएन।
गीत मात्रै बजाउन भए पनि अनुरोध गरेँ तर त्यो पनि भएन। बुबा पटक-पटक चर्पी जाँदा बसको गतिको कारणले पिसाब फेर्न अप्ठ्यारो भयो भन्दै हुनुहुन्थ्यो। बसको अन्तिममा चर्पी हुने यस्ता बसहरु सुस्त गतिमा चल्नु पर्ने थियो तर भएन। चालकले अन्य पर्यटकीय बसहरु भन्दा छिटो चलाई रहे। तर बसको तुलनामा इन्टरनेट भने कहिलेकाँही सुस्त गतिमा चलिरह्यो।
फोल्डिङ सिटहरु सहयोगी बिना मिलाउन गाह्रो परिरहेको थियो। पत्रिकाहरु दिउँसो १२ बजेतिर काठमाडौँबाट आएको बसलाई भेटे पछि मात्र दिइयो जुन पोखराबाट हिँड्दा नै दिन सकिन्थ्यो। काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय पत्रिका नभए पोखराबाट प्रकाशित हुने समाधान जस्तो स्थानीय तर राम्रो पत्रिका पनि दिन सकिन्थ्यो। काठमाडौँ पुग्नु अगाडि एकजना यात्रीले एसी बढाउन अनुरोध गरे तर चालक दलले सुनेनन्। बाटोमा एकपटक अंग्रेजीमा ‘५ मिनेट विश्राम’ भनियो। नेपाली यात्रीहरु पनि भएको बसमा नेपालीमा पनि भने के बिग्रन्थ्यो र।
सिट वरीपरीको खुला ठाउँ र चर्पीलाई छाड्ने हो भने यो बसको सुविधा ५५० प्रति ब्यक्ति लिएर सोही रुटमा चल्ने अग्नि यातायात जत्तिको पनि थिएन। यो बसले पनि रु ५५० लिएर यात्रा गराएको भए त्यति साह्रो चासो र गुनासो हुने थिएन। तर यसले त २०० किलोमिटरको लागि २२०० प्रतिब्यक्ति भाडा लिएको थियो र दिन्छु भनेको सुविधाहरु पनि दिएको थिएन। सोही यातायातको रात्री बसले (भाडा कम छ) पनि केही समयअघि एकाबिहानै साढे ३ बजे मलाई कलंकी ल्याएर छोडिदिएको थियो। रातको समयमा निकै अफ्ठ्यारो परेको थियो। पृथ्वी राजमार्ग बस संचालक समितिद्वारा सञ्चालित भनिए पनि यिनको टिकटमा सो समितिको नामसमेत उल्लेख गरिएको छैन। सिन्डिकेटविरुद्ध सशक्त रुपमा उत्रिएका गृहमन्त्रीले यस्ता मुद्दाहरुमा चासो दिन्छन् कि दिन्नन् होला कुन्नि? बस सञ्चालक समितिले सुधार गर्ने भए त पहिला नै गरिहाल्थ्यो होला नि?
(चर्पी, आरामदायी सिटहरु,ब्यक्तिगत खाजा खाने ट्रे,ब्यक्तिगत टीबी तथा मयूजिक, खाना/खाजा/चिया/पानी, वाईफाई, पत्रपत्रिका, अनुभवी कर्मचारी भनेर प्रचारप्रसार गरिएको छ)
पोखरा जादा मैले मेरो छोरोको लागि दुघ मागेको थिए , तर ice cream उमालेर दियियो / हावा कम्पनी हो यो /
के गर्नु नेपालीको बानी..
बादरको हातमा नरिवल भन्या जस्तो ||
जे पनि बिगारी हाल्छन् अरुको सामान, जतन गरेपो हुन्छ र ..
Lato desh ma …
मेरो प्लान थ्यो यो बस चढ़ने, यो पढेर पुग्यो हौ
चालक खलासीको ब्यबहार खराव भयमा र भने जस्तो सुबिधा उपलब्ध नगरेकोमा कानुनी तरिकाले नै दण्ड दिने ब्यबस्था हुनु पर्थ्यो; तर तेसो भयको देखिंदैन/ ठुला बस, ट्रक र बिशेष गरेर ज्यानमारा बनेको त्रिपरको गति यति भन्दा बढी भयमा चालकको लाईसेन्सनै सस्पेन्स बा च्यान्सिल्नै हुने र ठुलै जरिबाना बा कैद पनि हुने कानुननै बन्नु पर्छ/ यसको निमित यस्ता गाडीहरु गुड्ने सडक सडकमा पर्याप्त संख्यामा सिसि टिभी राखिनु पर्छ र पर्याप्त मात्रामा ससस्त्र प्रहरीहरुनै खताईनु पर्छ/ मलाई अचम्म लाग्छ, जव सबै गुण्डा गैरकानुनी धन्दा गर्नेहरु हतियार बोकेको हुन्छ भने तेस्स्तालाई नियन्त्रण गर्ने प्रहरीहरु किन ससस्त्र बनाइन्दैन भनेर/
चालकहरु ज्यानामारानै बन्दै गयको अर्को कारण सडक नियम मिचेर, लापरवाही पुर्वक गाडी चलाउँदै द्दुर्घतना गराउने चालक माथि सवारी ऐन अन्तर्गत होईन फौजदारी कानुन अन्तर्गत मुद्दा चलाउनु पर्ने थियो/ लापरवाही सिट गाडी चलाउँदै यात्रुलाई घाईते हुने गरि किच्याउने अनि उपचार खर्च व्यहोर्नु पर्ला भनेर घाईते मात्रै भयाकोलाई फेरी ब्याक गरेर किच्यायर मारेमा मात्र १७ हजार रुपिया किरिया खर्च तिरेर मुक्ति पाउने कानुन नै गलत हो/गाई गोरु किच्यायर मारे १४ बर्ष जेल, भैसी किच्यायामा ५०हजार जरिवाना मान्छे किच्यायर मारेमा १७ हजार दण्ड तिरे पुग्ने कानुन कुन बाहुलाले बनायको होला बुझ्ने सक्दिन/ मान्छे किच्यायर मारेमा जरिवाना पनि सिन्दिकेतलेनै तिरी दिने भयकोले पनि चालकहरु ज्यानमारा बनेको देखिन्छ/मात्र लाईसेंस पाउन्दैमा गाडी चलाउन नपाउने गाडी चलाउन बिमा पनि अनिवार्यनै गर्नु पर्ने कानुन छिटो भन्दा छिटो बन्नु पर्छ र लापरवाही सिट गाडी चलायाकोमा कार्यवाही भयमा बिमाको प्रिमियम पनि बढिने लाग्ने कानुन नै बन्नु पर्छ/
फेरी यात्रुहरु पनि अधिकांस तेस्तै/ सिट बिगार्ने, दादागिरी देखाउने, महिला माथि कूब्यबहार गर्ने, बसमा गैरकानुनी धन्दा गर्ने आदिलाई सजाय दिलाउन पनि बस भित्र सबै कुना क्याप्चर गर्ने राम्रो सी सी टिवी राखिनु पर्थ्यो, तर तेसो गर्न दिन नचाहनेहरु पनि धेरै होलानै/ यात्रुलाई टिकट बेच्दा टिकट संगै यात्रुको गुनासो लेख्ने पत्र पनि साथै दिने र तेस्तो गुनासोलेखेको पत्र सिधै ट्राफिक बा गृहमन्त्रालयमा पठाउने ब्यबस्था गरेमा धेरै बिकृतिहरु नियन्त्रण गर्न सकिन्छ/