पोखरा बजारबाट नजिकै रहेको काँहुडाँडाको सौन्दर्य प्रचारप्रसारको अभावमा गुमनाम रहेको छ। वर्षमा गरिने एउटा महोत्सवपछि यो ठाउँको वास्तै गरिन्न। समुन्द्र सतहबाट करिब १४०० मिटरको उचाइमा रहेको यो क्षेत्रमा यतिखेर गुराँस फुलेको छ। कोटमा महादेवको मन्दिर छ। धरहरा चढेर पोखरा उपत्यका हेर्न सकिन्छ। अन्नपूर्ण हिमसृंखला आखैंमा ठोकिएला झैँ गर्छन्। सूर्यास्त र सूर्योदयको दृश्यले यो ठाउँलाई भुल्न दिंदैन। नजिकै घरवास सुरु गरिएको छ। यिनै दृश्यहरू हेर्नको लागि सराङकोट जानेको लर्को लागे पनि पोखरादेखि करिब ६ किलोमिटर (पिच बाटो) पर रहेको यो ठाउँ सबैको रोजाइमा परेको छैन।
पोखराका-१३ का बलराम बराल पहिलो पटक पुग्दा यो ठाउँमा पहिला किन नआएको भनेर थक थक मानिरहेका थिए। गौंडाको मुख निवासी तथा शिक्षक राजेन्द्र भण्डारी तथा कल्याण ढेवाजुले ‘अहो यो ठाउँ त, सराङकोट भन्दा पनि राम्रो रहेछ’ भने।
धादिङ, हेमलेट रेस्टुरेन्टका मालिक रामजीप्रसाद मरहट्टाले भने ‘ठाउँ साह्रै राम्रो लाग्यो तर आन्तरिक पर्यटक आकर्षित गर्न सकिने ठाउँमा स्थानीयको पहल हुनु आवश्यक छ।’
मोबाइलबाट खिचिएको काँहु डाँडाबाट देखिने केही दृश्यहरू हेरौं। गुराँस र हिमाल हेर्न जाने होइन त?
अत्यन्त निम्न र गरिव परिवारको भयर पनि बिस्वको २२ प्रमुख सहरहरु घुम्ने अवसर पाय/ त्यहा मैले नेपालको भन्दा ठुला साना अत्यन्त आधुनिक घरहरु चिल्लो सडक लगायत कलात्मक भनियको पहिलाको संरचनाहरु लगायत धार्मिक स्थलहरु पनि देखे पछि मैले नदेखेको नेपाल पनि तेही बात देखे र पाय सुन्दर भनेको त् मेरै नेपाल रहेछ/ मलाई त्याहाको सुन्दरता मात्र कुनै धनाध्यको सजायको बैठक भन्दा रति पनि फरक देखिन किनभने आवरणले सुन्दर देखायको भन्दा आफै बा बास्तविकमै सुन्दर देखिनुनै सुन्दरता हो र तेस्को नमुनै हो नेपाल/
मेरो नेपाल हाम्रो नेपाल कुनै सिट म तुलना गर्नै सक्दिन/ कुनै फरक आवरण लगायर आफुलाई धार्मिक नदेखाउने धर्ममा आस्था राख्ने धेरै विद्वानहरु प्रकृतिलाइ नै भगवानको रुप मान्छन, जहा प्रकृतिलाई देख्न सकिन्छ महसुस गर्न सकिन्छ त्यो नै स्वर्ग हो भन्छन/ म उनीहरुको यहि कुरामा अर्थात जहा प्रकृतिलाई देख्न सकिन्छ तेही “स्वर्ग” हो भन्नुको सता “….तेही नेपाल हो” भन्छु/
भन्नुको अर्थ “बिकासले बदलेको रुप कुरुप जड अबस्थामै जकड़ी रहनुनै सुन्दर हो” भनेको होईन/ बिकशित भयर मात्रै केहि पनि अप्राकृतिक हुँदैन किनभने यहा मान्छेले बनायको केहि पनि छैन मान्छेले त् मात्र रुप बदलेको छ प्रयोग बदलेको छ/ प्रकृतिले बनायको सबै कुरा सबैको साझा हुन्छ/ फरक फरक लगाउने खाने बोल्ने हिमाल पहाड तराईमा बस्ने सबै नेपालीले उहिले देखि मनको कानले सुन्ने मनै रमाउने मेरो नेपाल हाम्रो नेपाल भन्ने जुन गुन्गुनाहत हामीले सुन्दै आयको छ तेस्तो गुनागुनाहत को मस्तिमा हामि यहा जति रमाउन सक्छौं अन्त कतै सक्दैनौं/ त् जहा मनै रमाउँछ तेही सुन्दर छ; मलाई यस्तै लाग्छ/ तर सबैको साझा नेपाललाई सिङ्गै नसके तुक्रायर भय पनि रुप नाम बदलेर उसको नभयको बाउको नभयको सम्पति बनाउन खोज्ने सिके र सिकेलाई विद्वान मानेर अंगाल्नेलाइ मेरो कुरा गलत लाग्न सक्छ/