कालिकोट जिल्ला फुकोट-३, गोब्रेबजार। हातमा हँसिया लिएर कर्णाली राजमार्गको निर्माणाधीन सडक छेउ यी आमा भेट भइन्। थाँक्रा तथा झिन्जाले भर्खर फूल फुल्न आँटेका बर्खे तरकारी छोपेकी थिइन्। सबै कुरा रेकर्ड गर्न सकिएन। यिनले नेपाली भाषा नै बोलेकी थिइन् तर हामीलाई बुझ्न हम्मे हम्मे परेको थियो। यिनीहरू नेपाली भाषाको उदगम स्थल नजिकका बासिन्दा थिए। आफ्नै भाषा पनि नबुझ्दा हामी अन्योलमा थियौँ। सोम जिसी र मैले गाह्रो गरी आमाले भनेको कुरालाई बुझ्ने प्रयास गरिरहेका थियौँ। समग्रमा आमाले भनिन ‘कुकुर छैन, बुढा पनि बिते, घर हेरौँ कि बाँदर बिलखबन्दमा छु।’ बाँदरले दुःख दिएको कुरा आमाले यसरी भनिन् ‘कद्दुको मुन्टा, अन्य तरकारी केही पनि छोड्दैन।’ आमालाई के गरे बाँदरबाट जोगाउन सकिएला भन्दा उनले भनिन् ‘कुकुरले जोगाउन्थ्यो।’ उनले दुखेसो पनि हाँसेर व्यक्त गरिन्। आमाले अरू के-के भनिन् उल्था गर्ने जिम्मा तपाईँको।
गरिब छन् सम्पति धेरै छैन तर हेर्नुस तो मुस्कान. उनि कति धनि छन् . येह मान्छे हरु खादा खादा रोगले छापेर मर्छन. तर हेर्नुस यी आमा लाइ , कुकुर छैन बादर ले अन्न खाइ दिन्छन तर पनि प्रसन्न छन्. केहि कुरा त यी आमा बाट सिक्नुस है?