Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चराहरूबाट प्रेम गर्न सिक्ने कि

Posted on February 14, 2019 by राजु आचार्य


चराहरूको चिचिरविचिर मात्र होइन यिनको प्रेम गर्ने तरिका पनि अनौठो र रमाइलो लाग्छ। कतिपय मामिलामा चराहरू मानिसभन्दा अब्बल रूपमा प्रेम प्रदर्शन गर्दछन्। च्याखुरा, कालिज, चखेवा, परेवा र ढुकुर प्रेमी पंक्षीहरुको सूचिमा पर्दछन् । संसारमा पाइने करिब १०००० तथा नेपालमा पाइने ८८७ प्रजातिका चराहरूको आ-आफ्नै प्रेम गर्ने तरिकाहरू छन्।

एका बिहानै भाले कालिज अग्लो ठाउँमा गई कराउँछ । पोथीलाई आफ्नो उपस्थिति देखाउन उनीहरू यसरी कराउने गर्छन् । पोथीको मन पगालीसकेपछि ढुकुर र परेवाको जोडीले लामो समयसम्म चुम्बन साट्छन् । सायद यस्तो चुम्बन साटेको दृश्य त हामीले धेरै देखेका छौँ । लोखर्के उलुकले पोथी बसेको छेउमा गएर मिठो स्वर निकालेर गीत गाउँछन् र फकाउँछन्। दमै चराले मेहनत गरेर गुड बनाएर पोथीलाई आकर्षित गर्ने प्रयास गर्छ। कालिजको भालेले खाना खोजेर पोथीलाई फकाउने गर्दछ। फुल कोरल्ने बेलामा पनि धेरै चराले एक अर्कालाई सहयोग गर्छन्। मानौँ यिनीहरूमा पनि मानवीय गुणको धेरै अंश छ ।

चराहरूमा पोथीले भाले रोज्न पाउने हुनाले भाले हेर्दा आकर्षक हुनुपर्दछ । त्यसैले, चराका भालेहरू असाध्यै राम्रा हुन्छन् पनि । चराहरूले केवल मनोरञ्जनका निम्ति मात्रै प्रेम वा शारीरिक सम्पर्क गर्दैनन् । त्यसलै, त वर्षभरमा कुनै निश्चित समयमा मात्र उनीहरू सम्पर्क राख्ने गर्छन् । हामीले प्रत्यक्ष देखेझैँ यिनीहरूबिच शारीरिक सम्पर्कका लागि सहज भने छैन । यसका निम्ति तापक्रम, खाना, सुर्यकिरण, हावापानी आदिले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसका साथै भालेको अथक प्रयास त छदैछ । भालेहरूले पोथीलाई फकाउनका निम्ति आहार खोजिदिने, नाच्ने, गाउने र गुँड बनाइदिनसमेत काम गर्दछन्।

प्रेम छोटो समय चल्यो भने भँगेरा सँग तुलना गरिन्छ। प्रेमी प्रेमिका वरपर कसैको वास्ता नगरी लामो समय एकै ठाउँमा बसिरहे ‘ढुकुरको जोडी जस्तो’ भनेर सङ्केत गरिन्छ। चखेवाको बिचमा त यस्तो प्रेम हुन्छ कि भाले र पोथी मध्य एक मरेमा अर्को त्यही शोकले मर्दछन् । त्यसैले, राम्रा प्रेमीहरूलाई चखेवाको जस्तै जोडीको उपमा दिने गरिन्छ । त्यसै गरी अन्य धेरै प्रजातिका चराहरू पनि चखेवाझैं आफ्ना प्रिय र प्रियतमाहरूसँग पुरै जीवन बिताउँछन् ।
केही चराहरूले भने धोकेबाज प्रेमीहरू जस्तै जीवनसाथीहरू फेरिरहन्छन् । कुनै कुनै भने सामूहिक रूपमा पोथीलाई यौवन शोषण पनि गर्दछन्। प्राय हाँसहरू (जस्तै मलार्ड) सो समूहमा पर्दछन्। आफ्नो प्रेमलाई मलार्ड चराको जस्तै छाडा र उच्छृङखल बनाउने वा चखेवाको जस्तै जीवन्त। निर्णय तपाईँको हातमा।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme