Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दार्चुला र धार्चुलाको सम्बन्ध : ‘बरु मोदी र ओलीको झगडा पर्ला, हाम्रो पर्दैन’

Posted on April 22, 2018 by राजु आचार्य


महाकाली नदिपारी भारतको धार्चुला र वारी नेपालको दार्चुला। स्थानीयहरु दैनिक जीविकोपार्जनक सबै सामाग्रीहरु उतैबाट ल्याउँछन्। काठमाडौँबाट सिधै बस सन्चालन हुन थालेको केही वर्ष मात्र भयो। अहिले पनि ३६ घण्टा लाग्छ। तर नेपालतिर बाटो आउनु ४५ वर्ष अघिनै भारततिर बाटो आइसकेको थियो। नेपालीहरु उतैको बाटो प्रयोग गर्थे। दार्चुला जिल्लाको सदरमुकाम खलंगा दुर्गम छ। यो दुर्गम क्षेत्र सांस्कृतिक हिसाबले भने धनी छ। दार्चुला जिल्लामा रहेका ‘व्यासी सौका समुदाय’ वा ‘रङ्ग’ समुदाय नेपालतिर भन्दा भारततिर बढी छन्। यिनीहरु बीच ‘रोटी र बेटी’ को सम्बन्ध असाध्यै बलियो छ। स्थानीय नरेन्द्र सिङ बोहराले भने ‘मोदी र ओलीको झगडा पर्ला, तर हाम्रो समुदायको पर्दैन। हाम्रा छोरी उता विवाह गरेका छन्, उताका यता आएका छन्। झगडा पनि कोसँग गर्ने हो?’

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले नियमित रुपमा आयोजना गर्ने ‘वार्डेन सेमिनार’ मा यही समुदायसँग भेट भयो। नाच गान लिएर आएका रहेछन्। युवाले लगाउने स्थानीय लुगालाई ‘रङ्गा भेन्टलो’ र युवतीले लगाउनेलाई ‘चुंगवाल’ भनिँदो रहेछ। उक्त पोसाक लगायर सो समुदायले ‘रङ्गा चुग्माला’ नाचसमेत प्रदर्शन गरेका थिए। नाच प्रदर्शन गर्नु अघि ‘व्यासी सौका समुदाय’का केही फोटो

1 thought on “दार्चुला र धार्चुलाको सम्बन्ध : ‘बरु मोदी र ओलीको झगडा पर्ला, हाम्रो पर्दैन’”

  1. madan bajracharya says:
    April 24, 2018 at 8:32 am

    मित्रहरु
    अंग्रेजले सन१९४५मा सिमाना कोरेर संयुक्त रास्ट्र संघमा दर्ता गरेर आजको भारत भनिने देस स्थापना गरेको थियो/ अंग्रेजले कोरेरेको सिमाना भित्रको भुमि मात्रै भारतको भुमि हो र त्यो भन्दा यक इन्च बढी भुमि (सिक्किम बाहेक) पनि भारतको होईन/ त्यो अंग्रेजले कोरेको सिमाना भित्रको भारतको भूमिमा अंग्रेजले नेपाललाई सुगौली सन्धि गर्न बाध्य गरेर कब्जायको नेपालको भुमि पनि पर्छ/ तर धार्चुला अंग्रेजलाई नेपालले सुम्पेकी भुमिमा पर्छ बा धार्चुला पनि भारतले कालापानी झैँ कब्जायको नेपालको भुमि हो? कुनै मित्रलाई यो जानकारी भय थाह दिनु हुन्छ कि/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme