Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘राजधानी’मा गलत समाचार कसरी छापियो? समाचार लेख्‍ने पत्रकार यसो भन्छन्

Posted on March 23, 2020March 23, 2020 by mysansar

-प्रशान्त वली-

यदि नेपालमा दुई हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ रिपोर्ट देखियो भने न त कोरोना परीक्षण गर्ने प्रविधि तयारी अवस्थामा छ न त चिकित्सकहरुनै पर्याप्त मात्रामा छन्। न स्वास्थ्य उपकरणदेखि व्यक्तिगत सुरक्षात्मक उपकरण (पि.पी.ई) अस्पतालहरुमा आवश्यकता अनुसार छन्। त्यसैले पनि अहिलेसम्म कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ।

मैले लेखेको समाचारको सुरुवाती लाइन हो यो। यो समाचार डेस्क हुँदै भाषा सम्पादनदेखि सम्पादक कहाँ पुगेर फाइनल हुन्छ। तर, समाचारको सुरुको लाइनमा नै गम्भीर त्रुटि भयो। त्यही पत्रिकामा प्रकाशन भयो। छापिएको समाचारमा लेखिएको छ- नेपालमा गरिएको कोभिड–१९ परीक्षणमा दुई हजार जनामा पोजेटीभ देखिएको छ। तर, कोरोना परिक्षण प्रविधि, चिकित्सक र व्यक्तिगत सुरक्षात्मक उपकरण(पिपिई) अस्पतालमा पर्याप्त छैनन् । सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै प्रभावकारी तयारी गर्न नसकेको देखिएको छ । अन्य वाक्यहरुमा त्यति धेरै चलाइएको छैन । तर, पहिलो लाइनमा भयकंर गल्ती छ।

न्यूजको एगंल थियो कोरोना भाइरस संक्रमण फैलिहाले सरकारले तयारी पर्याप्त गरेको छैन। स्वास्थ्यजन्य उपकरणहरुको अभावमा स्वास्थ्यकर्मीहरु जोखिम मोल्दै काम गर्न बाध्य छन्। अहिले पनि स्वास्थ्यकर्मीहरु जोखिम मोल्दै दिनरात नभनी खटिएका छन् भन्ने एंगलले समाचार तयार पारेको थिएँ। तर, रिपोर्टरको एगंल एकातिर, डेस्कले अर्कै गरी चलाइ दिएपछि हुनपुग्यो, ‘नेपालमा २ हजार जनामा कोभिड–१९ पोजेटिभ’।

माइसंसारले लेखेको ब्लगप्रति मेरो कुनै विमति छैन। र, ब्लगउल्लेखित विषयलाई संवेदनशील रुपमा लिएको छु।

ब्लगमा मेरो बाइलाइनमा रहेको समाचारलाई आधार मानेर लेखिएको छ। हो, वास्तवमा त्यो समाचार आज राजधानी दैनिकमै छ, अनि मेरो बाइलाइन पनि। बिहान इपेपरमा पत्रिका हेरेँ। एकछिन झसंग भएँ, अनि मैले आफै लेखेको फाइल खोलेँ।

वास्तवमा मेरो स्वास्थ्य पत्रकारिताको इतिहासमा आजको दिन कालो दिन भएको महसुस गरिरहेको छु। पत्रकारिता गरेको दिन गन्दै गर्दा झण्डै १० वर्ष पुगेछ। स्वास्थ्य पत्रकारिता गरेको पनि एक वर्ष बितिसकेछ । मैले पहिलैदेखि फेसबुकमा पनि लेखिरहेको थिएँ, तीन दिन अघिको स्ट्याटसमा थियो, ‘सोसल मिडिया अराजक भए । जे पायो त्यही लेख्नेलाई कार्वाहि गर सरकार । सन्दर्भ कोभिड–१९’

मैले कोरोना भाइरससंग सम्वन्धित समाचार लेख्दा चारपटक सम्म पढ्छु। तर, के गर्नु पत्रकारिता अझ त्यसमा दैनिक पत्रिकामा काम गर्नु त टिमवर्क रहेछ। मेरो मात्रै केही लाग्दो रहेनछ। एउटा न्यूज रुममा सम्पादक, डेस्क, व्यूरो, संवाददाता हुन्छ, अनि भाषा हेर्ने पनि। अब मैलेमात्र के गर्ने ? लाग्छ, भ्रामक समाचार प्रवाह यस्तो संवेदनशLल समयमा कसैले गर्नुहुँदैन। एक पटक छापिएको कुरा मेटिदैंन । तर, मेरो के दोष समाचारलाई बंग्याइदिएपछि..!

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme