महान्यायाधिवक्ताको निर्देशनै कानुनविपरीत महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखमा पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उन्मुक्ति दिन गरेको प्रयासमाथि आज सर्वोच्च अदालतले दह्रो झापड हानेको छ। प्रधानमन्त्री र महान्यायाधिवक्ताले जुन आधारमा टेकेर यो विषयमा कानुनी कारबाही अघि बढाउन नमिल्ने जिकिर गर्दै आएका थिए, त्यसलाई सर्वोच्चले हुँदैन, मिल्दैन भनिदिएको छ। अनि अनुसन्धानमा अवरोध नगर्न पनि अन्तरिम आदेश… Continue reading
राष्ट्रपति थाके, म्याद बिनाको वक्तव्य जारी
अन्ततः दुई महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले आज सहमतिका लागि म्याद बिनाको वक्तव्य जारी गरेका छन्। मंसिर ८ देखि सुरु भएको मिति तोकेर म्याद थप्ने यात्रा आज टुङ्गिएको हो। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित मिति तोकिएको छैन। मिति तोकिँदा त सहमतिका लागि खासै… Continue reading
संविधानसभाको पुनर्स्थापना कि निर्वाचन?
-डा. होम मूर्ति पन्त- सरकारले निर्बाचनको मिति तोके पनि, निर्बाचनमा नगई पुनर्स्थापना तिर जाउँ भन्ने प्रस्ताब नआएको हैन तर, यसो भन्दा ध्यान नपुगेको कुरा के भने पुनर्स्थापना एक गैर संबैधानिक बाटो हो। नयाँ निर्बाचन नगरि संबिधानसभाको (राजाले गरे जस्तै) पुनर्स्थापना गर्ने हो भने संबिधानसभा तुरुन्तै पाउन सकिन्छ, निर्बाचन नभएसम्म पर्खन पर्दैन र निर्बाचन गर्दा खर्च… Continue reading
पक्राउ पर्ला भनेर डराएरै नगएका हुन् त महान्यायाधिवक्ता अमेरिका?
आजका सबैजसो राष्ट्रिय दैनिकहरुले महान्यायाधिवक्ता मुक्ति प्रधान पक्राउ परिने डरले अमेरिका नगएको एकै व्यहोराका समाचार छापेका छन्। कसैले अगाडिको पेजमा ठूलै महत्वका साथ, कसैले भित्री पेजमा। सबै समाचारको सार एउटै देखिन्छ- अमेरिकाको एउटा युनिभर्सिटीले एउटा कार्यक्रममा बोलाएको रैछ। त्यसमा सहभागी हुन जान लागेका बेला अन्तिम अवस्थामा भ्रमण रोकिएछ। किन रे भन्दा कर्णेल कुमार लामालाई बेलायतमा… Continue reading
गोरु जुधाउने ठाउँमा नेताहरु जुधे
अनि नेताहरु सँधै जुधिरहेका त छन् नि, कुन ठूलो कुरा भो र भन्ने यहाँहरुलाई लाग्यो होला। व्यङ्ग्य गरेर नेताहरु जुधेको भन्न खोजेको होला भन्ने लाग्यो कि ? त्यसो हैन। तपाईँहरुलाई थाहा छ नि नुवाकोटको तारुकामा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। यस पटक भने त्यहाँ गोरु जुधाउनु अघि नै नेताहरु जुधे। गोरु जुधाउने समितिको… Continue reading
‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले पठाएको पत्र जस्ताको तस्तै- हामी काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायनकाजी श्रेष्ठको ठाडो निर्देशनमा देहाय बमोजिमको अनियमितता, हिनामिना र भ्रष्टाचार भैरहेको र यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा लिखित र… Continue reading
आमा पोइल जाँदा कुकुरको साथ
-गणेश आचार्य/दाङ- बेलुकीको साढे सात बजिसकेको छ। घडीको सुईसँगै जाडो पनि बढ्दै छ। दिनभर गाडी,मोटर र मानिसको चहलपहल भैरहने घोराहीस्थित तुलसीपुर चोक विस्तारै सुनसान हुँदैछ। तर, त्यो बढ्दै गरेको सुनसानलाई एक अबोध बालक र तीन ओटाको संख्यामा रहेका कुकुरले बिथोलिदिएका छन्। करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां… Continue reading
कानुनमा महिलाको स्थान पशुभन्दा तल
पशु अधिकारवादीहरुलाई खुसीको खबर। नेपाल शायद् विश्वमा एउटा मात्र त्यस्तो देश होला, जहाँ महिलालाई भन्दा पशुलाई बढी अधिकार दिइएको छ। कुरा बलात्कारको हो, जसलाई कानुनी भाषामा ‘जजक’ भनिन्छ- अर्थात् जबर्जस्ती करणी। महिला हिंसाको विरोधमा सडकमा उत्रनेहरुलाई थाहा छ कि छैन कुन्नि, नेपालको कानुनमा बलात्कार भए कानुनी कारबाही अघि बढाउन उजुरी गर्नुपर्ने हदम्याद महिलाको केसमा भन्दा… Continue reading
…एउटा अर्को कथा
-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै रोष देखिन थालेको थियो। “के तिमीसँग पनि झुट बोलुँला? तिमीलाई त्यही सब बताउन त आज… Continue reading
के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार… Continue reading
१४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’
२०६४ सालको वैशाखमा सुर्खेतको एउटा गाउँमा एक १४ वर्षकी बालिकालाई जजक (जबर्जस्ती करणी=बलात्कार) गर्नेले पाँच वर्षपछि सजाय पाएका छन्। अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेला यस्तो मुद्दा कानुनी प्रक्रियामा जाँदा न्यायको बाटोका लागि केकस्ता बाटोबाट गुज्रनुपर्छ र के हुन्छ भन्ने बुझ्न एउटा प्रतिनिधि घटनाको रुपमा यो मुद्दाको फैसलालाई लिइएको हो। यसै वर्ष असोजमा… Continue reading
परिवारले समेत भेट्न पाएका छैनन् कर्णेल लामालाई
जनवरी ३ को बिहान लन्डन नजिकैको इस्ट ससेक्सस्थित घरभित्र ५ जना प्रहरीले बन्दूक तेर्स्याउँदै एक जनालाई गिरफ्तार गरे। उनी थिए नेपाली सेनाका कर्णेल कुमार लामा। लामा बेलायती नागरिकता लिइसकेकी पत्नी लक्ष्मीको घरमा थिए। एक्कासी प्रहरीले बन्दूक देखाउँदै पक्रेर लगेपछि श्रीमती र छोरीहरुको रुवाबासी चल्यो। त्यो दिनदेखि परिवारले कर्णेल लामालाई भेट्न पाएका छैनन्। बेलायती प्रहरीले लामालाई… Continue reading
जिउँदै गाड्नेको पक्षमा ‘परमधाम मन्त्री’
पिएचडी गरेको प्रधानमन्त्री पाएपछि देश आजभोलि नै कायापलट हुन्छ जस्तो गरी गैरमाओवादीहरुले समेत बाबुराम भट्टराईलाई हाइहाइ गर्दै समर्थन गरेका थिए। तर उनको असली ‘परमधाम मन्त्री’को रुप हिजो देखिएको छ। उनले प्राइम मिनिस्टर हैन क्राइम मिनिस्टरको व्यहोरा देखाएका छन्। पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको बयान ‘हाँसीहाँसी’ दिएर उनको आत्माको शान्तिका लागि सजाय भोग्न तयार भएको बताइसक्दा… Continue reading
उजुरी आएमा मात्र कारबाही ?
-सुशील कुमार- पुस ३ को सौर्य दैनिकमा पत्रिकामा पढेको थिएँ डान्स रेस्टुरेन्टमा काम गर्ने युवतीलाई संचालक र संचालकका साथि भाइले जबर्जस्ति यौन शोषण गर्ने, काम छाडेर जानेलाई कोठामा गुण्डा पठाएर जबर्जस्ति उठाएर ल्याउने गर्दा रहेछन र पीडितले उजुरी गर्दा प्रहरीले पैसा वा शरीर माग्दा रहेछन, प्रहरीलाई भन्न जाँदा फर्केर आउँदा उल्टै साहुलाई कुरा प्रहरीले नै… Continue reading
बेलायती ल फर्मले झुटो विज्ञप्ति पठाएर भ्रममा पार्यो
कर्णेल लामाको बेलायती नागरिकता नभएको पुष्टि युद्ध अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामाको बेलायती नागरिकता भएको भन्ने दावी गलत रहेको पुष्टि भएको छ। ३ जनवरीमा उनलाई प्रहरीले पक्रेकै दिन यो मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइरहेको फर्म हिकम्यान एन्ड रोजले उनीसँग बेलायती नागरिकता रहेको दावी गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। त्यसको भोलिपल्ट… Continue reading
थुक्क पापी हो, जिउँदै गाडेका रे डेकेन्द्रलाई!
बेलायतमा नेपाली सेनाका एक बहालवाला अधिकृतलाई द्वन्द्वकालमा बन्दीलाई यातना दिएको अभियोगमा पक्रेर त्यहाँको कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइरहेका बेला यता नेपालमा त्यतिबेलाकै एउटा कहालिलाग्दो घटनाको विवरण सार्वजनिक भएको छ। पत्रकार डेकेन्द्रराज थापालाई तत्कालीन माओवादी कार्यकर्ताहरुले पार्टी नीति अनुसार कुटपिट गरी बेहोस बनाएपछि जिउँदै खाल्डोमा पुरेको बयान दिएका छन्। अहो, कति डरलाग्दो! मान्छे कसरी अर्को… Continue reading
नमिता-सुनिताको हत्यापछि यस्तो भएको थियो
[नमिता-सुनिता हत्याकान्डबारे हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको कथा’मा विस्तृत लेखेका छन्। यहाँ त्यो पुस्तकबाट यही हत्याकान्डसम्बन्धमा केही अंश उद्धृत गर्दैछौँ। यही हत्याकान्डको विषयमा प्रहरी अनुसन्धानका कागजात र पीडितको डायरीसमेत समेटेर पत्रकार किशोर श्रेष्ठले ‘दरबार हत्याकान्डपछि दबाइएको अर्को हत्याकान्ड’ लेखेका छन्। ] २०३८ साल देशको लागि लाजमर्दो शुरुआत लिएर आयो।… Continue reading
कर्णेल लामासँग बेलायती नागरिकता?
नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेपछि नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्धमा असर पर्ने स्थिति आइसक्यो। सरकारले बेलायती राजदूतलाई बोलाएर प्रोटेस्ट नोट बुझाइसक्यो। लन्डनको नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा विरोध पत्र बुझाइसक्यो। एमालेबाहेक अरु प्रमुख दलहरुले लामाको गिरफ्तारीको विरोधमा वक्तव्य जारी गरिसके। आफ्नो देशको नागरिक र बहालवाला सैनिक अधिकृत भएकोले नेपालले कर्णेल लामाको… Continue reading
ठहर भयो भने कर्णेल लामा २० वर्ष जेल बस्नुपर्ने
नेपालको द्वन्द्वकालमा युद्ध अपराध गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामालाई शनिबार बेलायतको अदालतले जमानतमा रिहा गर्न अस्वीकार गरिदियो। उनीमाथि यातनाका दुई वटा अभियोग लगाइएको छ। एउटा अभियोग सन् २००५ मा जनकबहादुर राउतलाई कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा गैरन्यायिक हिरासतमा १५ दिनसम्म दिइएको यातना हो। सोही ब्यारेकमा झण्डै छ महिनासम्म यातना दिएको अर्को अभियोग करम… Continue reading
समा प्रिन्टर्सको मिडिया क्याम्पेनलाई धक्का, टेलिकमले भन्यो- टेन्डर रोकिएको हैन, म्याद थपेको
अपडेटः समाचार छाप्ने दबाब नमान्दा पत्रिका छाप्न रोकियो- यो समाचार छाप्न समा प्रिन्टर्समा नै छापिने ‘आर्थिक अभियान’ दैनिकलाई पनि दबाब दिइएको थियो। तर उसले त्यसलाई अस्वीकार गरेपछि त्यो प्रेसमा पत्रिका छाप्न रोकिएको छ। शुक्रबारदेखि ‘अभियान’ बुद्धनगरको एक्सप्रेस कलर प्रेसमा छाप्न थालिएको छ। अभियानले आइतबारको अङ्कमा तलको विज्ञप्तिकै आधारमा समाचार पहिलो पेजमा छापेको छ। ————— पुरानो… Continue reading