राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको दरखास्त लिएर आउनू भनेर तत्कालीन राजा ज्ञानेन्द्रले जस्तो काम गरेको भनेर माओवादीहरुले आलोचना गरिरहेको बेला ठ्याक्कै उतिबेला नारायणहिटीमा स्वच्छ छविको व्यक्ति प्रधानमन्त्रीको दरखास्त लिएर लाम लागे जस्तै स्थिति आज पनि देखियो शितल निवासमा। ठूला दलहरुले सहमति गर्न नसकेर कुनै पनि सिफारिस लिएर जान असफल भएको बेला दुई राजावादीहरु केशरी महतो र मुस्कान पौडेलले आफूलाई यति यति दलको सहमति छ भन्दै नामै नसुनेका दलहरुको समर्थन लिएर सिफारिश निवेदन बुझाउन गए। केशरी पहिले कमल थापाको पार्टीमा लागेका थिए। ३६ दलको समर्थन दावी थियो उनको। अनि यी मुस्कान पौडेल चाहिँ साह्रै गफाडी हुन्। पछिल्लो संविधान सभाको निर्वाचन ताका उनले मुस्कान सेना नामको पार्टी खोल्दै श्री ५ लाई बोकेर हिमालमुनि रेल कुदाउने घोषणापत्र सार्वजनिक गरेका थिए। बिचराका उम्मेदवारहरुको जमानतै जफत भएको थियो।
राजनैतिक सहमतिको अर्थ सुरुमा अन्तरिम संविधान बनाउँदा तत्कालीन सात राजनीतिक दलको सहमति भनिए पनि पछि त्यसलाई संशोधन गरी खारेज गरिएको थियो तर नयाँ परिभाषा राखिएको थिएन। त्यसैले यसको अर्थ खुला छ। पछिल्लो पटक जनताबाट निर्वाचित दलहरुको सहमतिको अर्थ त्यसमा लगाउन सकिन्छ। कूतर्क गर्ने हो भने निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरु भनी गर्न सकिन्छ। यस्तै कूतर्क गरेर अहिले उनीहरु निवेदन दर्ता गर्न गएका हुन्। निवेदन दर्ता पनि गरेर शितल निवासले जोकै गर्यो। यो जोक सहमति गर्न नसक्ने दलहरुप्रति लक्षित थियो।
ज्ञानेन्द्रले के गरेका थिए ?
संसद भंग गरेर निर्वाचनको घोषणा गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित मितिमा चुनाव गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन तत्कालीन राष्ट्र प्रमुख ज्ञानेन्द्रसमक्ष सिफारिस गरेका थिए। ज्ञानेन्द्रले चुनाव गर्न नसक्ने असक्षम प्रधानमन्त्री भन्दै पदबाट बर्खास्त गरिदिए र पाँच दिनको समय सीमा तोकी प्रधानमन्त्रीको नाम लिएर आउन आह्वान गरे।
हेरौँ त्यतिबेलाको घोषणा-
प्यारा देशबासीहरू, नेपाल र नेपालीको बृहत्तर हित नै हाम्रो लक्ष्य हो। नेपालको राजसंस्था सदा लोकसम्मतिबाट सञ्चालित भएको इतिहास साक्षी छ, प्रजातन्त्रप्रतिको हाम्रो प्रतिबद्धता हामीले बारम्बार दोहोर्याई आएका छौं। हामी यसका आदर्शबाट सदा अनुप्राणित रहिरहने कुरा देशबासीलाई आश्वस्त गराउन चाहन्छौ। नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका लागि सदा समर्पित रहने शाहवंशीय परम्पराअनुसार विक्रम संवत् २०४६ सालमा जनचाहनाअनरूप देशमा प्रजातान्त्रिक बहुदलीय व्यवस्था पुनःस्थापना भएको सबैमा विदितै छ। यस व्यवस्थाको १२ वर्षको अवाधिमा प्रजातन्त्रको सुदृढीकरणका लागि विभिन्न प्रयोग हुँद आएको कुरा सबैका सामु छर्लंगै छ। यसै क्रममा प्रधानमन्त्रीको सिफारिसमा हामीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिबक्सी आगामी कात्तिक २७ गते नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन गर्ने मिति तोकिबक्सेका थियौं। निर्वाचन सम्पन्न गराउने अभिभारा बोकेको प्रधानमन्त्रीले विद्यमान विषम परिस्थितिलाई दृष्टिगत गर्दा तोकिएको मितिमा नयाँ प्रतिनिधिसभाका लागि निर्वाचन हुन सक्ने अवस्था नदेखिएबाट संविधानको धारा ५३को उपधारा ४को कार्यान्वयन गर्न बाधा अड्काउ फुकाउन हाम्रा हजुरमा जाहेर गरेबाट संवैधानिक गतिरोध वा रिक्तताको असहज अवस्था देखापरेको छ।
राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकता बचाउन, देशमा शान्ति सुरक्षा कायम राख्न, देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने जिम्मेवारी हामीमा भएकाले हामीबाट प्रयोग भइआएको राजकीयसत्ताको प्रयोग गरिबक्सी नेपाल अधिराज्यको संविधानको मर्म र भावनाअनुरूप संविधानको धारा २७को उपधारा ३लाई समेत विचार गरी संविधानबमोजिम निर्वाचन समयमै सम्पन्न गर्न असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई पदमुक्त गरी मन्त्रिपरिषद् विघटन गर्न र आगामी कात्तिक २७ गते प्रतिनिधिसभाका लागि हुने निर्वाचनसमेत स्थगित गर्नुपर्ने स्थिति आइपरेको छ। तसर्थ नेपाल अधिराज्यको संविधान २०४७को धारा १२७ बमोजिम देहायका आदेश जारी गरिबक्सेका छौं।
निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २०५९ साल असोज १८ गतेदेखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं। प्रतिनिधिसभाका लागि कात्तिक २७ गते हुने निर्वाचन स्थगित गरिबक्सेका छौं। अर्को व्यवस्था गर्न केही समय लाग्ने हुँदा सो व्यवस्था नभएसम्म नेपाल अधिराज्यको कार्यकारी अधिकार हामीमा निहित राखी मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौं। नयाँ मन्त्रीपरिषद् गठन गर्न पाँच दिनभित्र स्वच्छ छवि भएका तथा आमनिर्वाचनमा उम्मेद्वार नहुने व्यक्तिको नाम सुझाव गरी पठाई राजनैतिक दलहरूबाट सहयोग हुनेछ भन्ने विश्वास हामीबाट लिइबक्सेका छौं।
संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातन्त्रप्रतिको प्रतिबद्धता एवं निष्ठामा हामी आँच आउन दिने छैनौं। अब बन्ने सरकारले यथाशीघ्र शान्तिसुरक्षाको व्यवस्था मिलाई निर्वाचन सम्पन्न गराउनेछ। यस व्यवस्थाबाट जंगी, निजामती र कुनै पनि राष्ट्रसेवकले आफ्नो जिम्मेवारी, काम र कर्तब्यबाट विचलित हुन वा अतालिनुपर्दैन। सबैले आ-आफ्नो कर्तव्य पालन गर्नेछन् र साथै सबै देशबासीको सदिच्छाबाट नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीबाट पूर्ण विश्वास लिएका छौं। श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्। जय नेपाल
उहिले र अहिले मिलेका कुरा
देउवाले कात्तिक २७ गते निर्वाचन गर्न नसकेको, बाबुरामले मंसिर ७ गते निर्वाचन गर्न नसकेको
राजा ज्ञानेन्द्रले तत्कालीन संविधानको धारा २७ उपधारा ३ लाई विचार गरेको, राष्ट्रपति रामवरणले अन्तरिम संविधान, २०६३ को धारा ३६ कको विचार गरेको
राजा ज्ञानेन्द्रले पाँच दिनभित्र नाम मागेको, राष्ट्रपति रामवरणले मंसिर १४ सम्म नाम मागेको
उहिले पनि नारायणहिटीमा मान्छेहरुले नाम लिएर गएको, अहिले पनि शितलनिवासमा गएको
उहिले र अहिले नमिलेको कुरा
राजा ज्ञानेन्द्रले पदमुक्त गरी मन्त्रिपरिषद् विघटन गरेको, राष्ट्रपतिले पहिल्यै पदमुक्त गरे पनि कामचलाउ दिइरहेको
ज्ञानेन्द्रले पाँच दिन समय दिएको, राष्ट्रपतिले सुरुमा सात दिन र थप सात दिन समय दिएको
ज्ञानेन्द्रले कार्यकारी अधिकारसहित शासनभार हातमा लिएको, राष्ट्रपतिले नगरेको
उहिले स्वच्छ छवि र आमनिर्वाचनमा उम्मेदवार नहुने व्यक्ति शर्त राखेको, अहिले नराखिएको
क्या गजब छ बा !!!
# “मुस्तांगराम” सहमतिको लागि जस्तो सुकै त्याग गर्न पनि तयार (प्रधानमन्त्रीको कुर्सी छोड्नु बाहेक)
# ” साँढेको झर्ला र खाउला” भन्ने जमात चाही जस्तो सुकै सहमति गर्नु पनि तयार तर प्रधानमन्त्रीको कुर्सी चाही चाहिने
“जनमत संग्रह” ! “जनमत संग्रह”!! “जनमत संग्रह”!!!
यौटा यहि मात्र विकल्प नेपालमा बाँकि छ
Vतसर्थ “जनमत संग्रह” नै मेरो बिचारमा यी सबैको समाधानको उपाय हो
सुरज श्रेष्ठ
हाम्रा राजनेतिक नेताहरुको यस्तै चाला हो भने नेपाली जनता फेरी राजतन्त्र तिर फर्कने कुरालाई निकै सघाउ पुगला भन्नेमा दुइ मत हुने छैन
आखिर राजतन्त्र र विश्वको एकमात्र हिन्दु राष्ट्र गुमाएर नेपालीहरुलेके पाए ?
मेरो बिचारमा ज्ञानेन्द्र र पारस चाहिएन, नाती भए नेपालमा राजतन्त्र स्थापना गर्न पुगी हल्छ
यौटा दिगो राजनीतिक व्यवस्था नेपाल र नेपालीहरु कोलागी जरुरी छ
नेपालमा ठुलो राजनैतिक परिवर्तनकोलागि सधै दिल्ली दरबार कुर्नु पर्ने
कहिले नेहरु र जयप्रकाश नारायण बोल्नुपर्ने, कहिले चन्द्रशेखर, कहिले याचुरी, कहिले कर्णसिंह, कहिले पररास्ट्र सचिव, कहिले दिग्विजय सिंह, कहिले भारतको अन्य नेता आउनु पर्ने
अब प्रधानमन्त्रीपनि भारतीय नेता टीको लगाउनुपर्ने
काशी, कश्मिर अजब नेपाल
सुरज श्रेष्ठ
नेपालका नेताहरुले कुनै निर्णय लिन सकेनन,
किन कि यिनीहरुसंग कुनै भिजन नै छैन,
खाली एकले अर्काको खुट्टा तान्ने र जसरि हुन्छ कुर्सिमा बस्ने,
अनि जे जस्तो देशको हित हुने काम भए पनि आफ्नो बेक्तिगत स्वार्थमा कुनै कुरो छैन भने जसरि पनि बिरोध गर्ने, छिमेकी प्रभुको इसारामा निर्णय लिने.
जुन चिज आफुसंग छ तेस्को महत्तो तेती हुदैन, जुन चिज हातबाट फुस्किन्छ अनि मात्र तेस्को अर्थ र महत्तो थाहा हुन्छ .
पालेस्तेनी जनताले कति रगत बगाएका छन् देशको खातिर हाम्रो सामु प्रस्ट छ,……….
के यी नेताहरुको तुच्छ स्वार्थको खिचातानीमा हाम्रा भोलिका सन्तान हाम्रो देशको अश्मिताको लागि लड्ने ? के हामीले हाम्रा सन्ततिले दिने उपहार येस्तई हो ? ……………..?
यो रास्ट्रपति भानौदाले पो जोक गरे जस्तो लग्यो मलाई I सात दिन को म्याद दिएर फेरी अर्को सात दिन, होइन अरु कति सात दिन दिने I
रास्ट्रपति ले आफ्नो खाल्टो आफै खानो. काग बाठो भयो भने आची खान्छ/ भनेको यहि हो. रास्ट्रपति ले दुइ पटक सम्बधन मिचेर देशलाइ राजनतिक रुपमा विभाजन गरेको छ. देशलाई भन्दा व्यक्तिलाई ठुलो देखने बानीले यो भयको हो. यक ताका कटवाललाई ठुलो बनाइयो देसलाई भन्दा. निबाचित प्रधानमन्त्रीलाइ सम्बिधान सभाबाट हटाउन नगई रत्रपतिलाई प्रयोग गरि जुनकाम कटवाललाई थमौती गरियो त्यही बाट गल्ति भयको गरेका छन् इ दलले. अब आज यो देसको समाधान कटवालले गर्छ कि prachandra ले ? यही को अहिले को समस्या?
अहिलेको अवस्थामा सहमती भन्ने कुरो नै हुन्न। पहिलेको अबस्थामा ७ राजनैतिक दल अनि माओबादी बिचको सहमतिलाई राजनीतिक सहमति भनेर स्पष्ट किटान थियो तर अहिले ३५/४० राजनैतिक पार्टी हरु भएको अबस्था छ। त्यसकारण, बहुमत मा नगए सुखै छैन ।अब सम्सद नभएको बेलामा के को बहुमत? त्यसकारण, बाबुराम भट्टराई वा अन्यकुनै ब्यक्ती ले बहुमत सिद्द गर्ने एकमात्र उपाए भनेको पूर्व सभाशद हरुलाई भोट हाल्न लगाउने नै हो। यो कुरा पुनर्स्थपना नगरिकन पनि गर्न सकिन्छ। कसलाई प्रधानमन्त्री दिने कुरामा भन्दा यसमा सहमती गर्न सजिलो पनि छ। बाबुराम भट्टराई फेरी चुनावमा उठ्न सक्छन र जिते भने सबैले मान्नु पर्छ। यदि अरुले जिते भने बाबुरामले पनि स्विकार्नु पर्छ।
पिताम्बर खनाल
पाल्पा, नेपाल
अमेरिकामा पनि यस्तो हुदो रहेछ, हामी पनि यसै गर्ने कि ? http://fox2now.com/2012/11/27/election-decided-by-coin-toss/
अब कानुनी सल्लाहकारहरुले राष्ट्रपतीलाई के सल्लाह दिने हो जान्न ब्यग्रताकासाथ पर्खाइमा छु. राष्ट्रपतीलाई नराम्रोसंग फसाए. टाउको दुखाएर बस्ने पालो अब राष्ट्रपतीको. अगाडी बढ्ने बाटो पनि छैन पछाडी हट्न पनि नमिल्ने. यस्तो अबस्थालाई चेस गेममा के पो भन्छ क्यारे……………………………….
लाटो लड्छ एक बल्द्यांग बाठो लड्छ तीन बल्द्यांग भनेको अहि हो | हरुवा कंग्रेस्सी ले लंग्रेसको राज ल्याउन दिएको सल्लाह ले यस भन्दा के गर्गे आश गर्न सकिन्थोयो र |
यहाँ देश को छ चिन्ता तिमि प्रधानमन्त्री प्रधानमन्त्री भन्छौ
नबुझेका हौ की राष्ट्रपति रामवरण, बुझेर पनी नबुझेका झैँ गरछौ ???????????????????????????
सत्तामोह र कुर्सि प्रेमको नाटक मन्चन . अझ यो नाटक त अति नै भो . दर्सक नै दिक्कीएको अवस्था अनि झ्याउ लाग्दो जोक ……
कहिँ नभएको जात्रा हाडी गाउमा भनेको येही हो……..नालाएक नेताहरु….सतिले सरापेको देश ……..
जोकरहरूको कामै जोक गर्ने । हिजो यिनका माइबापले गरे आज यिनीहरू आफै गर्दैछन ।
बाबुराम भट्टराईको विकल्प छैन I नेताहरु कत्ति प्रधानमन्त्रि मात्र फेर्ने हो? संबिधान सभाको चुनाब गरेर अहिलेको ६०१ बाट अर्को ६०१लाई फेरी तलब भत्ता खुवाउने षड्यन्त्र हो? घुमी फिरी फेरी उही संबिधानको नाममा आफ्नै नेतालाई पोस्ने यसकारण संबिधान सभालाई फेरी केहि महिनाको लागि ब्युँताएर संबिधान बनाई संसदको चुनाब गर्नुनै उपयुक्त विकल्प हो बरु संसदको चुनाबको लागि कांग्रेसको कोइरालालाई प्रधानमन्त्री पद दिनु उपयुक्त हुनेछ यसको लागि छिटो भन्दा छिटो संबिधानको लागि नमिलेको कुरा मिल्नु आवस्यक छ त्यसमा छिटो मिलाउ हे नेताहरु
संविधानका विवादित विषयहरु टुंगयाएर चुनावी सरकारको नेतृत्व गर्न कांग्रेस, एमाले वा जुन सुकै पार्टीलाई के आपत्ति छ ?
किन हिच्किचाहिरहेका छन् कांग्रेसएमाले यस्तो सहमति गर्नलाई ?
के सतहमा देखिएको प्रधानमन्त्रीको कुर्सि मात्रै सहमतिको बाधक हो त ?
सतहमा देखिएका कुराहरु विल्कुल देखावटी हुन । चुरो कुरा अहिलेसम्म भएका राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने कि नगर्ने भन्ने मात्रै हो । जनतालाई प्रस्ट भैसकेको कुरा के हो भने कांग्रेस र एमाले लगायतका केही पार्टीहरु र समाजको एउटा परिवर्तन विरोधी तप्का माओबादीका कारणले आएको अहिलेको राजनीतिक परिवर्तनलाई मान्ने पक्षमा छदै छैनन् । जसरी हुन्छ माओबादीले उठाएका जनताका मुद्दाहरुलाई कमजोर पार्नु, माओबादीलाई सत्ताको नेतृत्व गर्नै नदिनु – गरे पनि माओबादीले ल्याएका लोकप्रिय कार्यक्रमहरुलाई असफल बनाउनु, सरकारले घोसणा गरेको चुनावलाई असफल पार्नु आदि इत्यादि कारणले प्रस्ट हुन्छ – कांग्रेसएमाले लगायत जनताको परिवर्तनको चाहना विरोधीहरु परिवर्तनका पक्षमा छँदै छैनन् र कुनै हालतमा यो परिवर्तनलाई संस्थागत गर्ने पक्षमा छदै छैनन् ।
नत्र संविधानका विवादित विषयहरु टुंगयाएर चुनावी सरकारको नेतृत्व गर्न दिइएको चुनौती स्वीकार्ने हिम्मत किन छैन? किन बारम्बार प्रधानमन्त्रीको पदका लागि राग अलापेर वातावरण धुमिल्याउने कोशिस गरिरहेका छन् ? कांग्रेसएमालेको यो ब्यबहार – “चोरको खुट्टा काट” भन्दा, खुट्टा लुकाउनु होइन भने के हो?
नाटक पनि के के……. हाम्रै नेपाल मा रहेछ कहिँ नभएको जात्रा | गर्नु चाही केहि हैन,,,, नौटंकी गर्दै फुर्सद छैन यहाका राजनैतिक पार्टीका नेताहरुलाई | हे भगवान सबलाई उठाएर लैजाऊ …. जय नेपाल !!!!!!!!!!!!!!!!!!
मईसंसारका मित्रहरु, किन नहुनु त जोक राष्ट्रपतिको कदमले | तपाई हामीले संबिधानविद, राजनीतिक शास्त्रविद,पार्टी नेताहरुका अ-आफ्नै तरिका र आफु अनुकुल प्रतिक्रिया/अभिब्यक्तहरु दिई ‘मेरै गोरुको बार्है टाका’ भन्ने खालका कुराहरु बिभिन्न माध्यमहरुबाट सुनेका र पढेका छौं | त्यसैले सबै नेता/पार्टी, जनताहरु र पढेलेखेका मै हुँ भन्ने विज्ञहरु पनि अन्यौलमा देखिन्छन वा छन् | अर्थात् ‘मौकामा चौका’ भने जस्तै गरि सबै जना दाउपेच\मौका खोजी रहेका छन् | यहाँ नेपाल भित्र र बाहिरका यथास्थित्वादी, विस्तारवादी,सामान्ती सोंच/चिन्तन आदि ईत्यादी भएका तत्वहरु संघीय गणतन्त्र नेपाल र धर्म निरपेक्ष् जस्ता आम नेपाली जनताहरुका मागलाई संस्थागत हुन नदिनका निमीत एक भई लागी परेका छन् | तिनीहरु को हुन त……..? मित्रहरु, मलाई लाग्दछ त्यस्ता तत्वहरु चिन्नका लागी त्यती गाह्रो हुन्छ/पर्छ भन्ने लाग्दैन | कतिपय मित्रहरुलाई पढ्दा र सुन्दा मैले लेखीएका कुराहरु अपाच्य हुन सक्छ | तर वास्तवमा चुरो कुरो नै यही हो, ती हुन नेपाली कांग्रेस, एमाले, राप्रपा,हिन्दुवादी ब्रामण/क्षेत्री, आदिवासी/ जनजाती पक्क्ष्यका केही (ब्रामण/क्षेत्रीहरुका) हनुमान/स्वार्थि व्यक्तिहरुका कारणले गर्दा नै बिगतका चार वर्षमा नेपालको नयाँ संबिधान नबनेका र बनाउन नदिएका हुन | वास्तबमा तिनीहरु समग्र नेपाली जनताहरुका हितमा हुने खालका नयाँ नेपालको संघीय गणतान्त्रिक र धर्म निरपेक्ष् संबिधान निर्माण गर्न चहाँदैनन् र चहाँदैन थियो भन्ने कुरा स्पस्ट रुपले चिन्न र बुझ्न सकिन्छ | झिकी कटक निती नियत भएका र बोकेकाहरुका चाल-माल यस्तै हुन्छ |
नेपाल लाइ इन्डिया को पूर्ण नियन्त्रण मा राख्ने ”र ” को ग्रयाण्ड डिजाइन अन्तर्गत
१) २५० बर्स लामो राजतन्त्र लाइ सड्यन्त्र पुर्बक हटाइयो |
२) खुला सिमाना लाइ अझ खुला गर्दै २० लाख को लट मा नागरिकता वितरण गरिदै
पहिला भारतीय मुलको नेपालि सासक (रास्ट्रपति र उप्रास्त्रपति ) चयन गर्दै क्रमश प्रधान मन्त्रि पनि पूर्ण भारत प्रति प्रतिबद्द नै बनाउने प्रयाश स्वरूप
लामो समय सम्म सहमति हुन् बाधा पुर्याउने ,चुनाब हुन् नदिने ,संबिधान बनाउन मा बाधा (स्मरण रहोस दुताबास को कर्मचारीले तराइको जनता लाइ आन्दोलन गर्न उक्साएको )
पुर्याउने आदि खेल रचिएको |
३) हेर्दै जाउ केहि समय पछी उतै पट्टि बाट तोक ,आदेस मा पी यम आउनेछ |
कति बर्स बित्यो चुनाब न भएको ? गा बि स मा त् झन् कति भैसक्यो |
आफुले न सक्ने अरुलाई दोस दिने भन्ने कुनै कुनै उपबुज्रुक ले भन्ला |
तर सोचेर गहिरिएर भनौ त् देश को चाबी अब कहा छ ?कुनै एउटा पार्टी ले अब न आन्दोलन गर्न सक्छ , न बलियो सरकारी दिन सक्छ , न कुनै परिबर्तन लेउन सक्छ |
हिजो को टाइम मा १२ बुदे त् उता बाट नै भएको !!!!!
ल हेर्नुस यो कम्मेन्ट लेखेको २ दिन पछी नै दिल्लीको प्रतिनिधि कर्ण सिंह काठमाडौँ आइसक्यो |
हेरौ कुरा कति सिरियस भैसक्यो |हामि आपसी बिबाद गर्दैमा समय बिताउने ?
देश खै ?अब देश खोज्ने बेला हुन् थालिसक्यो |
कतै अमेरिका लाइ अफगानिस्तान ,इराक ,लिबिया मा प्रजातन्त्र न भएर निद्रा न आएको जस्तो न होस् |उसले रोपेको प्रजातन्त्र ले के फलाई रहेछ त्याहा ?
राजतन्त्र अलोक प्रिय थ्यो , राजा हरु ले देश को भलाइ गर्न सकेनन |(मन मा त् धनि नेपालि लाइ प्रजा बनाउन पाए भन्ने हुदो हो ) ,सुरा सुन्दरी ले बद्नाम ,सामन्ती बोलाइ ,सोचाइ र हाउ भाउ त् छदै थ्यो , झन् बिदेसी (तेस्माथी निच बिहारी ) जाल मा समेत परे |
धेरै नेपालि जनता लाइ सरिर को जुम्रा गयेजत्तिकै लाग्यो |
तर पृथ्बी नारायण को पाला देखिको त्यो शक्ति नेपाल र नेपालीत्त्व जोगाउन को लागि चै अति आवस्यक थियो है |हाला कि त्यो सक्ति को आडमा सुनिता नमिता काण्ड देखि धेरै लज्जास्पद कुकार्य भए |
राज तन्त्र को अपरिहार्यता को बखान कृष्ण प्रसाद जस्ता नेता (व्यक्ति को रुप मा मन न पर्ला )ले तेसै गरेका थिएनन् |
राजतन्त्र एउटा अघोसित दिक्तेटर सिप थ्यो ,यदि त्यो आजको बाबुराम जस्तो हुन्थ्यो भने धेरै बिकास हुन् सक्थ्यो |
किनकि अब जो प्रधान मन्त्रि भए पनि ,जति योग्य भएपनि अफिस सम्हाल्न न पाउदै
जाने दिन भै हाल्छ | एस्तो गधा र खच्हर को घोडा छाडेर काम गर्ने त् कुरै छुडौ ,आफै लड्ने समेत डर हुन्छ |
नेपालमा १९९० पछी धेरै जोकर ( नेता को बिल्ला भिर्ने ) भएकोले २२ बर्समा नेपाल कता गैरहेको छ,सबै लाई थाहा छ, किन भने यी नेपाली जोकरहरु जगत लाई हसाउने होइन,’batman ‘ को जस्तो villian भएको ले नै देसको विकासे काममा ‘सहमति’ नहुने तर एक पटक कुर्सिमा बसे,नमरेसम्म सबै सुबिधा दिनेमा (देस को काट्टो खानेमा) चाही सबै joker हरुमा ९९% सहमति.नेपालमा सबै नेपालीलाई ‘मेरो’ होइन ‘हाम्रो’ ,म होइन देस भन्ने भाबना नआए सम्म नेपाल र गरिब नेपालीको बिकाश हुन् सक्दैन.
म भगवानको कसम खाएर भन्छु आजभन्दा पहिला मैले कहिले पहिला राजतन्त्रको पक्षमा बोलिन .तर राजाले त्यो बेला राष्ट्रबासीको नाममा गरेको सोम्बोधनमा मैले देश प्रतिको माया देखे.राजतन्त्र हाम्रो देशको गहना थियो, अहिलेको भाडभैलो नेताको रमाइलो देख्दा नेताहरुले हामीलाई हेपेको जस्तो लाग्यो.
उबेला देश हाम्रै राजाको छत्रछाँया मुनिथ्यो , त्यो बेलाको राज घोषणा नै
बेग्लै ——–
अब ऐले रास्ट्रपति नै भए पनि ति बरा कठै कठपुतली — जसो जसो दक्छिन
इशारा उसै उसै स्वाहा ————-
हात्ती र हात्ती छाप चप्पल………………….
सहमति हुन नसक्ने कारण हरु!!!
माओबादी-सत्ता लम्बाउने खेल, अरु पार्टी हरुलाई जोकर बनाउनु , कहिले तर्साउने कहिले फकाउने गर्नाले!!!!!!
कांग्रेस- आफ्नो पार्टीको ठोस सिदान्त नभएको जता फाइदा देख्यो तेतै ढल्कने!! कुन हिसाबले बाबुरामको राजिनामा मागेको हो र आफ्नो पार्टीको लागि PM !! एमाले र माओबादीले दुइ दुइ चोटी pm बन्यो भनेर रुने!! बहुमत हुनेले pm खान्छन त!! कांग्रेशले देको भएपो अब मेरो पालो भन्नु!!! न पार्टीको स्पस्ट अडान न नेताको स्पस्ट बोलि हुनाले!!!!!
एमाले- बिचको लिङ्ग भन्थे, हो जस्तो गर्छ पनि!! यता पनि हस हस ..उता पनि हजुर हजुर!!आफ्नै पार्टीको pm दुइ चोटी हुदा पनि झार्ने पनि इनै हुन्!!आफु पनि केहि गर्न नसक्ने अरुलाई पनि केहि गर्न नदिने हुनाले!!!!!!
मदेशबादी- आफुलाई इन्डियन भन्न रुचाउने, अरुको केहि कुरा मन परेन कि हामीलाई मधेसी भनेर हेप्यो अब देश टुक्रा हुन्छ भन्ने!! जता लुट्ने ठाउँ देख्यो तेतै जाने हुनाले!!!!!!
रास्ट्रपति- आफुलाई स्वतन्त्र भन्ने, तर यता पनि ठिक्कै उता पनि ठिकै गर्दिने!! बाबुरामलाई काम चलाउ pm भन्ने काम चलाउन पनि नदिने!!!बजेट पाश गर्दिन भन्ने पाश गर्दिने, अरु पार्टी हरुलाई आश देखाउने आश मार्दिने!! कि बाबुराम ठिक छैन भनेर अरुलाई pm बनाउ, कि बाबुराम ठिक भनेर चुनाबमा जानको लागि अध्यादेश पास गर!! चुनाब मा गयो भने त आफ्नो पनि त पद धरापमा पर्छ भनेर कुकुर बिरालो खेलीराको त होइन भन्ने सोच्नाले!!!!!!
पूर्व राजा + प्रजातन्त्र पार्टी – अरु पार्टी हरुको अस्तित्व गुमेको अबस्थामा अब आफ्नो पालो हामीलाई काम गर्ने मौका दिनुस भन्ने….पहिले त मौका पाका थियोउ नि त , गलत ठाउमा चौका मार्योउ!!! धर्म कर्म गर्दै गर , अरुको दिन खराब भयो भने हामीहरुको पालो चै पक्का आउछ भनेर कुरेर बस्नाले!!!!!!
माथिका निम्न कारणले गर्दा चुनाब हुन कठिन नै छ!!सबै पार्टी हरुलाई थाहा छ कि उनीहरुलाई अब जनताले विश्वास गर्दैनन् भनेर, तेही भएर पनि चुनाब मा जान डर मान्छन!!!!
मैले त् भन्दै थिए, उहिले लक्ष्मन् थापा को दरखास्त आइले किसोरी महतो को दरखास्त, प्रधान मन्त्रीको पद बिज्ञापन मा आउने अनि दरखास्त हालेर पाइने देश हो नेपाल
त्यसैले फेरी एक पटक पुरानै कमेन्ट,
म बाबुराम को बिरोध गर्छु तर, अबैधानिक रुप मा “रास्ट्रपतिधिराज” बाट जुन कदम “चालिबक्स्यो” यो संबैधानिक रास्ट्रपति लै सुहाउने काम होइन.
यो कदम हेर्दा लाग्छ समय फेरी दोहोरिरहेको छ, आज देउवा को स्थान मा बाबुराम छन्, देउवा जनयुद्ध को बेला प्रधानमन्त्री थिए अनि निर्बाचन गराउन असर्मर्थ थिए, राजा बाट बर्खास्त भए निर्वाचन गराउन नसक्ने भनि शक्ति हात मा लिने बहाना मा, अनि दुनिया खुसि थिए, बले बाबुराम लै बरखास्ट चाही नगरेकाहुन्, अहिले दुनिया अनि बिपक्छी बाबुराम संग चिधियेका बेला अबैधानिक कदम मा सबै खुसि छन्, चुनाब बाबुराम ले गरुन सकेनन भनेर सात दिन भित्र प्रधानमन्त्रि को नाम लियर आउन श्रीपेच बिना का राजा ” रास्त्रपतिधिराज” को आब्हान सुन्दा,
मा तात्विक फरक चै देख्दिन, राजाले प्रधान मन्त्रि को नाम दिन बिज्ञापन दिए जस्तो यो आब्हान मा.
हिजो राजा लै उक्सौने तिनै दल हरु आज रास्ट्रपति लै उक्सौदैछ्न,
अब को हुने हो राजा का प्यारा लोकेन्द्र बहादुर अथवा सुर्यबहादुर, अनि फेरी प्रतिगमन आधा सच्चियो भनेर बाबुराम नै हुने हुन् कि प्रधान मन्त्रि पछी
अजिब छ नेपाल को राजनीति
म बाबुराम को बिरोध गर्छु तर, अबैधानिक रुप मा “रास्ट्रपतिधिराज” बाट जुन कदम “चालिबक्स्यो” यो संबैधानिक रास्ट्रपति लै सुहाउने काम होइन.
यो पनि उस्तै उस्तै हो.
ज्ञानेन्द्र सित त कम्ति मा पनि केहि काम लाग्ने मान्छे थिए सल्लाहकार का रुप मा | त्यति हुँदा त बहू लट्ठी काम गरेर राज सत्ता नै स्वाहा गर्यो | अहिलेका कांग्रेसी महामहिम सित त २ /४ जना चुनाम मा हारेका कांग्रेसी भन्दा कोहि छैनन् अनि यिनी हरुको सल्लाह ले तमासा नदेखाए के देखाउने |
मैले नबुजेको कुरा -प्रजातन्त्र वा लोकतन्त्र भनेका खुला प्रतिस्प्रधा गर्ने बिधि होइनन र ? देशमा महा बिपत बाहेक अरु बेला त बहुमत जो संग हुन्छ तेसैले राज गर्ने होइन र ? भिन्न भिन्न सिद्धान्त बोकेका हरुले कसरि सहमति गर्ने? फेरी यो रास्ट्रपति को दरखास्त सिस्टम चाई झनै बुझिन , पहिले पो संसद वा sambhidhansabha थियो र सहमति नभए बहुमत प्रक्रियाको लागि ढोका खुला हुन्थ्यो अब त्यो पनि छैन , रास्ट्रपतिको पद त आफै पक्का नभाको अवस्थामा यी यादव किन शाह बन्न खोजेका हुन् ? चुप्प लागेर सितल निवास को सितल खाने अनि यिनै कामचलौले चुनाब गराउछु सबैलाई मन्त्रीमंडल को भाग देर भनेकै छन् , आखिर रिस सबैको उही खान नपाको को, कुनै देशको चिन्ता होइन, आफ्ना आफ्ना भाग हसुर्ने अनि बैसाख मा चुनाब लड्ने , अनि मन लागेकाले भोट देलान , जनताले त तेस्तै हो , कार्यकर्ता ले !! अनि जसको बहुमत फेरी तिनैले हसुर्ने, किन यो रमिता प्रदर्सन हो मैले फिटिक्कै बुझिन