कहिलेकाहीँ यी टाउके नेताहरुले जनताको विश्वास नतोडेर गज्जबै गर्छन् के! राष्ट्रपतिले मंसिर १४ गते अपराह्न ४ बजेसम्मको अल्टिमेटम दिएर सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न आउनू भनेको बेला नै उनीहरुले सहमति गरी खाँदैनन् भनेर धेरैले विश्वास गरेका थिए। विश्वास तोडिएला भनेर डर मान्नै परेन। किनभने यो बीचमा तीन दलबीच मात्र एक पटक बैठक बस्यो- गएको शनिबार। त्यो दिन एमाले र माओवादीले पनि प्रधानमन्त्रीको नाम माग्यो कांग्रेससँग। संकट समाधानको प्रस्ताव माग्यो। पर्सिपल्ट देउवा फर्किएपछि केन्द्रीय कमिटीको बैठकमा निर्णय गरी प्रधानमन्त्रीको नाम दिउँला भनेको कांग्रेसले बैठक समेत डाक्न सकेन। देउवाले सभापति सुशील कोइराला नै प्रधानमन्त्रीको उम्मेदवार भनेर भने पनि उनकै समर्थकहरुले प्रमको दौड नछाड्न दबाब दिए। रामचन्द्र पौडेल रिसाएर छुट्टी। आफ्नै दलमा सहमति जुटाउन नसक्नेले राष्ट्रिय सहमतिको कुरा गर्न थालेपछि त झन् हुँदै नभएको स्यालको सिङ खोज्दैछन् यिनीहरु भनेर हाँस्नै पर्ने भो।
राष्ट्रपति कार्यालयको विज्ञप्ति-
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०६९ साल मंसिर १४ गते सम्ममा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलका नेताहरुले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि थप समय माग गर्नु भएको हुँदा माग बमोजिम सम्माननीय राष्ट्रपतिले मिति २०६९ मंसिर २१ गते बिहीबारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,
(ध्रुवराज जोशी)
सहायक प्रवक्ता
यो राष्ट्रिय सहमति भन्ने कुरो खोज्न थालेको धेरै भइसक्यो। संविधान सभाको निर्वाचन भएको बेलादेखि त्यो भङ्ग भएर फेरि संविधान सभाको निर्वाचन गर्न खोजिरहेको बेलासम्म। राष्ट्रिय सहमति नभएरै रामवरण यादव बहुमतद्वारा निर्वाचित राष्ट्रपति भएका थिए, चरेस कान्डमा विवादित फैसला गर्ने परमानन्द झा उपराष्ट्रपति बनेका थिए। यही राष्ट्रिय सहमति नभएरै प्रचण्ड नेतृत्वको सरकार बनेको थियो। कटवाल कान्डमा प्रधानमन्त्रीले सेना प्रमुखलाई पदमुक्त गर्ने र राष्ट्रपतिले थमौति गर्ने पत्र पठाएपछि प्रचण्डले राजीनामा गर्नुपर्यो। अनि अर्को सरकार बनाउन खोजिएको राष्ट्रिय सहमति पनि असफल भयो। माओवादीबाहेक कांग्रेस र मधेसवादीहरुको गठबन्धन मिलेर एमालेका माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्यो बहुमतीय नै। उनको राजीनामापछि फेरि राष्ट्रिय सहमतिको नाममा यति नाटक भयो कि हेर्ने,देख्ने,सुन्नेहरुले लाज माने, नेताहरुले मानेनन्। त्यतिबेला राष्ट्रिय सहमतिको परिभाषा दुई तिहाइ बहुमत भा’को थियो। त्यही जुट्न नसकेको भन्दै बहुमत हुँदाहुँदै पनि एमालेका झलनाथ खनालले उम्मेदवारी फिर्ता लिए। अनि रामचन्द्र पौडेल र प्रचण्ड १७-१७ पटक चुनावमा हारे, एमाले तटस्थ बसिदियो। बल्लबल्ल नियम परिवर्तन गरेर झलनाथ खनाल नेतृत्वको एमाले र माओवादीको बहुमतीय सरकार बन्यो। कांग्रेस बाहिरै रहेकोले त्यो पनि राष्ट्रिय सहमतिको सरकार बन्न सकेन। राजीनामा दिए उनले पनि केही महिनापछि। फेरि राष्ट्रिय सहमतिको खोजी भयो। नभेट्टाएर मधेसवादी दलको सहयोगमा बाबुराम भट्टराई बहुमतीय प्रधानमन्त्री बने। त्यो सरकारमा थोर समयका लागि कांग्रेस र एमाले सहभागी भएपछि राष्ट्रिय सहमतिको सरकारको झलक देखिएको थियो। तर उनीहरु बाहिरिएपछि फेरि पनि उही भेट्न नसकिएको राष्ट्रिय सहमति खोज्न थालिएको छ।
नभन्दै समय सीमा गुज्रियो, भेटिएन। अब के गर्ने ? राष्ट्रपतिले पहिले पाँच दिन, अनि पछि तीन दिन समय थप्ने तयारी गरिरहेको कुरा उनकै सहयोगीहरुलाई उद्धृत गर्दै समाचार आएका थिए। तर आज उनले एकै पटक सात दिन म्याद थपिदिए। अन्तरिम संविधानमा सहमतिका लागि आह्वान गर्ने मात्र उल्लेख छ, समय थप्ने कुरा छैन। त्यसैले समय जति पनि थप्न पाइन्छ। सहमति नभए के गर्ने ? त्यो पनि संविधानमा प्रष्ट छैन। संविधानमा भएको विकल्प त संसद रहँदामात्रै प्रयोग हुन्छ।
यो बीचमा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा केही नाम भने आए-
सुशील कोइराला- एमालेले पूरै सहयोग गर्ने, विपक्षी गठबन्धनका अन्य दलहरुले पनि गर्ने भनेका, गच्छदारले समेत ‘त्यागी’ नेता बने आपत्ति छैन भनेको, पार्टीभित्रैबाट निर्णय गराएर औपचारिक रुपमा आउन भने नसकेको
रामबहादुर थापा बादल- प्रचण्ड र बाबुरामले सहयोग गर्ने रे भनी वैद्य माओवादीका नेताले दावी गर्दै हिँडेको
महन्थ ठाकुर/विजयकुमार गच्छदार- प्रचण्डले विकल्पका रुपमा प्रस्ताव गरेको भनिएको। प्रचण्डले यही सरकार पहिलो विकल्प, दोस्रो विकल्प गठबन्धनभित्रैका नेता भनेको।
“श्यालको सिंग, श्याल जस्तै बनेको बाबुराम र समस्त देसको रास्त्र पति बन्न नसकेको राम बरण यादव”
कही बर्ष अघि छाउनिको रास्ट्रीय संग्राहलयको प्रमुख जलकृष्ण श्रेष्ठले त्याहा श्यालको सिंग भयको कुरा सार्वजनिक गरेको थियो/ अंत कहीं नभयको श्यालको सिंग नेपालमा छ भने अहिलेको समस्याको निदान पनि नेपालमै छ मात्र सही तरिकाले खोज्नु पर्छ/ अहिले प्रचंद्र, बैद्य र मावोबादीको निति भन्दा आफ्नो निति अलग्ग भयको देखाउन खोज्ने बाबुराम श्याल जस्तै सबै बात अलग्गियकोछ/
जंगलमा आफै सिकार गरेर आहार जुटाउन नसक्ने श्यालहरुले बाघले मारेर खायर बाकि रहेको सिनो देखेमा जसरी लुछाचुंडी गर्छन नेपालमा राजनीतिका श्यालहरुले सत्ताको सिनो खान लुछाचुंडी गर्दै आयकोछ/ यस्ता श्यालहरु सबै दलहरु भित्र देखियको छ/
जंगलमा बाघ बुढो र अशक्त भयमा पहिला लुकीलुकी हिदने श्यालहरु बाघ बन्न खोज्छ/सत्ताको राजनितिमा राजनितिका श्यालहरु तेस्तै गर्छन/ नेपालको रास्त्रपतिलाई अशक्त बाघ सिट तुलना गर्न सकिन्छ/ असक्त बुढो बाघ गर्जन सक्छ तर ठुला जनावरको के कुरा गर्ने श्यालको पनि सिकार गर्न सक्दैन/
बाघले अघाय पछि सिकार गर्दैनन/ तर श्यालहरु अघाय पनि सिकार गर्न छोद्दैन/ स्याल भन्दा ब्वांसा बढ़ी हिंसक हुन्छन्/ तर ब्वांसाहरु मिलीजुली सिकार गर्छन मिलीजुली नै खान्छन/ ब्वांसाहरुले खायको उकेलेर पनि आफ्ना अरु सदस्यहरुलाई खुवाउन्छन/ तर श्यालहरु नमिलेर बस्छ नमिलेर खान्छ/
हाम्रो राजनीतिको श्यालहरु तिनै जंगलको श्यालहरु जस्तै बनेकोछ/ श्याल कज्याउन नसकिने चलाख जनावर हो/ यसैले जर्मनले श्याल र कुकुर मिलायर “जर्मन शेफार्द” भनिने कुकुर बनायको थियो/ जर्मन सेफार्द कुकुर श्याल लखेत्नुमा माहिर हुन्छ/ सायद हामीले पनि अर्को चुनावमा ई कज्याउन नसकिने राजनितिका श्यालहरुलाई सड़कका भुस्याह कुकुरहरु सिट मिलाउनै पर्छ होला/
अब रास्त्रपतिको बारेमा/
राम बरण यादव कांग्रेसको नीतिमा चल्ने सपथ खायको कांग्रेसको सदस्य हो/ रामबरण यादवलाई सहमति बात रास्ट्रपति बनाउन नसके पछी सदनको बहुमत बात रास्ट्रपति बनायको हो/ रास्ट्रपति पदमा बहाल हुँदा राम बरण यादवले समस्त देसको रास्ट्रपति पन्ने सपथ लियको थियो/ तर के त्यो सपथको पालना गर्दैछ राम बरण यादवले?
सत्ताको नेत्रित्वो पाउँदैमा जनताको बहुमत पाउने त् हुँदै होईन त् किन कांग्रेस यामलेले बिना कुनै बिकल्प बाबुरामको सरकारको बिरोध गरे भन्दैमा रास्त्र्पतिले बाबुराम मात्रैलाई सहमतीय सरकार को बिकल्प ल्याउन अल्टिमेटम दियो?
बिकल्प दिन बिरोध गर्नेलाई नै रास्ट्रपतिले अल्टिमेटम दिनु पर्ने थियो/ तर रास्त्र्पतिले अल्टिमेटम बाबुरामलाई दियो/ यो कुराले रामबरण यादवलाई देसको रास्ट्रपति भयको भन्दा कांग्रेसको नीति अनुशार चल्ने सपथ खायको कांग्रेस साबित गरेकोछ/
बाबुराम योग्य हो बा होईन, बाबुरामले राम्रो गर्दैछ बा छैन भन्ने बिषयमा उसैको दल भित्र समेत बहस र बिबाद चल्दैछ; हाम्रो माझमा मात्रै होईन/ प्रधान मन्त्रि नियुक्त हुन् सहमत हुन् नसकेकोले बहुमतको आधारमा बाबुराम प्रधान मन्त्रि बनेको हो/ यो हिसावले हेर्ने हो भने बाबुराम को नियुक्ति र राम बरणको नियुक्तिको आधार यौटै छ/
बहुमत बाट रामबरण रास्ट्रपति बनेको ठिक मान्ने कांग्रेस र यमालेले अहिले बहुमत बात प्रधान मन्त्रि बन्ने प्रक्रियाको बिरोध गर्नुको कारण बाबुरामको काम कार्य भन्दा कुनै कांग्रेसी नेताको प्रधान मन्त्रि बन्ने लालसानै हो/ तर कांग्रेस सिट बाबुरामको बिकल्प पनि छैन!!!
म फेरी पनि भन्छु बाबुराम अहिले उसको नीति र कार्यको कारण बिबादास्पस्त हुँदैछ/ यसै कुरालाई लियर बाबुरामको बिकल्प खोजेको हो भने तेस्लाई गलत मान्न हुँदैन/ तर कांग्रेसले बाबुरामको बिरोध गरेको यो कारणले होईन भन्ने कुरा त् कसै गरेर भय पनि यक चोटी प्रधान मन्त्रि बन्न मरिहत्ते गर्दै आयको राम चन्द्र पौडेलले प्रधान मन्त्रीको चुनाव हुँदै गर्दा प्रचंद्र्को घरमै गयर आफुलाई प्रधान मन्त्रि बन्न दिय प्रचंद्र्को सबै मागहरु पुरा गर्ने भने बाटै प्रमाणित हुन्छ/
कांग्रेस भित्रको रामचन्द्र गुटले कांग्रेस पार्टीलाई मात्रै होईन सिंगो देशलाई नै अनिर्णयको बन्दि बनायकोछ/ मावोबादिले कांग्रेस पार्टीलाई बाबुरामको बिकल्प दिन भन्दा कांग्रेसले बैठक समेत बस्न सकेन!!!/ राजनैतिक संकटको निदानमा कुनै बिकल्प दिन असमर्थ भयको कांग्रेसले सत्ताको नेत्रित्वो किन खोज्दै छ?
अहिले कांग्रेस पार्टी भित्र प्रधान मन्त्रि बन्न मरिहत्ते गर्दै आयको व्यक्ति राम चन्द्र पौडेल नै हो/ रामचन्द्रको हैसियत गिरिजाको जीवनकालमा गिरिजाको स्वासमा हल्लिने पात जस्तै मात्र थियो/ यस्तो रामचन्द्र बाबुराम जत्ति सुकै असफल तथा अयोग्य भय पनि बाबुरामको बिकल्प यो जुनिमै हुन् सक्दैन/
अहिले कांग्रेस र यमाले सिट बिबादस्पस्त संबैधानिक बुँदाको कुनै बिकल्प नभयको मात्रै होईन बाबुरामको बिकल्प समेत छैन/ कांग्रेस यमाले दुबैले मावोबादीको नेत्रित्वोको सरकारको बिरोध त् गर्दै छ तर ती दुवै पार्टी मिलायर सरकार बनाउने उनीहरुको ल्याकत पनि छैन/
हो बाबुरामको केहि कार्यहरुको आलोचना सबै तिर हुँदै छ/ तर कांग्रेस यमाले ले बाबुरामले गलत गरे भनेको कुरा सच्याउने प्रण पनि गरेको छैन/ तापनि कांग्रेस सत्ताको नेत्रित्वो चाहन्छ, तर संबिधान बनाउन होईन चुनाव गराउन मात्रै भयको कारणले पनि बिगतमा संबिधान सभाले बिबदास्पस्त संबैधानिक मुद्दामा कुनै निर्णय गर्न नसकेको हो/
कांग्रेस सिट बहुमत छैन/ कांग्रेस सिट संबैधानिक संकटको बिकल्प पनि छैन/ कांग्रेस संघियता र जातीय राज्यको मुद्दामा पनि स्पस्ट छैन/ कांग्रेस सिट बाबुरामको बिकल्प पनि छैन/ जनजातिको भिडमा कांग्रेस जनजातिको अधिकार सम्पन्न राज्य हुनु पर्ने भासन ठोक्छ/ जातीय राज्य बनाउन बिरोध गर्ने समुहमा कांग्रेस जातीय राज्य बनाउने कुराको बिरोध गर्छ/ कांग्रेसले थारु मैथिलीको बहुमत रहेको तराईमा थारु मैथिलिको मातृभाषालाई म्युनिस्पल्तिमा काम चलाउ भाषा बनाउने कुरामा बिरोध गरेको थियो/ तेही कांग्रेसको सुसिलले अस्ति भर्खर मात्रै तराईमा हिन्दि भासामा भासन ठोक्दै आफु पनि मधेसी भयको घोसना गरे/
तराईमा बहुमतमा रहेको थारु मैथिली ले मात्रै होईन मारवाडी मुसलमान लगायत तराईमै पुर्खौ देखि बस्दै आयको कोईरालाहरुले समेत तराईलाई मधेश मानेको छैन भने कोईराला थर भयको सुसिलले आफुलाई मधेसी किन मान्यो?
जता गयो उताको जनतालाई उल्लु बनाउंदै कुनै बेला कांग्रेसले बहुमत ठग्दै आयको थियो भन्ने कुरा गिरिजाले “अबको प्रधानमन्त्री कृष्ण प्रसादको” भनेर नारा लगायर जनता र कृष्ण प्रसादलाई समेत पछी उल्लु बनाय बाटै प्रमाणित हुन्छ/ गिरिजाले त् आफ्नो नाममा जनता सिट भोट माग्न नसक्ने भयको थियो भने के रामचन्द्र जस्तो …….!!!
स्यालको सिंग खोजेर जनताको समय बरबादगर्न पल्केका नेताहरु देशको माया नै छैन? नेताहरु आफ्नो पेट भर्नु नै देश बिकास भन्ने मानसिकताबाट ग्रसित छ /बहुदल आएपछि गिरिजाले सुरु गरेको संकार हो/
यो सहमति भन्ने सब्द मलाई पहिले नै मन परेको थिएन ! समय बित्नुभन्दा पहिले नै सहमति भन्ने हुन्छ तर प्रक्रिया बिथोलेर सहमति खोज्नु पहिलेदेखिनै गलत सुरुवात भयो ! मेरो बिचारमा प्रक्रिया मा पुगेपछि सहमतिभनेर समय खर्च गर्नु बर्बादी मात्र हो , प्रक्रियामै गयको भए आहिले सम्म हाम्रो हातमा संबिधान हुने थियो!
यी नेताहरु को दिमागमा किन र के कुरा पसेको छ? यहि स्यालको सिंग खोजेर जनता र देशलाई कति पिडा दिने?
दाजु भाइको अंश बन्डामा टुक्रा पार्न नमिल्ने खालको सम्पत्ति भए पछि के गर्छन ?
प्रम को कुर्सी पनि केवल एउटी मात्र हुँदा चाहना राख्ने सबैले एकै समय पाउन असम्भव छ .
अब पुरानो अन्तरिम नियम लाई केहि दिन थाती राखी अर्कै अक्कल लगाउनु पर्ला जस्तो छ .
१. एउटी द्रौपदी ५ भाइले बाँडेर उपभोग गरेको काइदा अपनाउने ! — अथवा —
२. हकवाला मध्यबाट कोहि एकले महिना दिनको लागि पाउने गरी ‘गोला’ प्रथा अपनाउने !
यी दुइ तरिकामा जुन चाहिं वहुमतले ‘पास’ गर्लान, तेही तुरुन्त लागु गरे सबैको मनोरथ पूर्ण हुनुको साथै देश र जनताको पनि केहि न केहि कल्याण त् कसो नहोला ! किनकी , अब हिन्दूको आराध्यदेव पशुपतिनाथ’ले सबैको कल्याण गरुन भन्ने संस्था नै अलपत्र परेको छ !
हैन के को सहमति हौ? ति मुला पार्टीको नेता भनौदाहरु को आआफ्नो स्वास्निहरु संगै सहमति नभएर घरको बिजोग छ /के देश हेर्न सक्छन् /
रामबरण ले खान्छ /
राष्ट्रपति को हातमा समय थप्नु देखि बाहेक अरु विकल्प छैन भने अब पुरै ४ बर्ष सहमतिको लागि म्याद थप्दा उचित हुन्छ किन भने यो तालले चुनाउ-सुनाउ हुदैन/ बिगतका सहमति का लागि गुज्रेका समयले भनिसकेको छ हाम्रा लठीबज्रे नेताले सहमति गरि खादैनन्/ सके भने यिनीहरुले मिलिजुली लुटी-चुसी खानेहो/ मैले भुझे को सहमति यहि नै हो, ल जा /
इंडियाले दबाद नदिइ त् यिनीहरुले कहाँ गर्छन र सहमति ?
त्यतिकै इंडिया ले नेपाललाई त्यत्रो हस्तछेप गर्या हो र?
यहि चाला हो भने इंडिया ले नेपाल लाई आफ्नु बनाउन
धेरै दिन लाग्दैन /
राजा ज्ञानेन्द्र को कुरा याद आयो ” मेरा नालायक प्रधानमन्त्री ……” अझै कति जना नालायक हुने होडमा छन्.
मेरो नेपाल आमाले धेरै दुख पाईन, अब त सुख देउ
राष्ट्रिय सहमति गिरिजा संगै मारेर गइ सक्यो
आज्ञाले,
(ध्रुवराज जोशी)
सहायक प्रवक्ता
तेरीमा लाने ! अझै पनि ‘आज्ञाले’ भनेर चिठ्ठीको मुनि लेखिँदो रहेछ | कुनदिन देखि ‘मौसुफ राष्ट्रपतिका जुनाफमा ‘ लेख्न बेर लाउन्दैन !
अझै पनि नेताहरु ठाउमा न आउने हो भने कसैले “कु” गरे पनि न गरे पनि जनता “सु” गर्ने छन् , चेतना भया !
सालोक्य जी यो पत्र यसो राष्ट्रपती कार्यालयतिर फ्याक्स गर्न पाए हुने। अब मंसिर २१ गते सम्ममा पनि सहमती नभएमा अर्को सुचना के लेख्ने भन्ने बडो समस्या परिरहेको होला।
—————————————————————————————
सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले संवत् २०६९ साल मंसिर २१ गते सम्ममा (१ पटक म्याद थप सहित) नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनैतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनैतिक दलहरुलाई संवत् २०६९ मंसिर ८ गते शुक्रबारका दिन आह्वान गर्नु भएकोमा राजनैतिक दलका नेताहरुले राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न नसक्नु भएको र उत्पन्न राजनितिक गतिरोथ अनन्त काल सम्म जान नसक्ने परिस्थिती उत्पन्न भएकोले,नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न आबश्यक देखिएकोले तथा हाल संविधान सभा नरहेको स्थितिमा कुनै पनि दलको उमेद्वारले बहुमत सिद्द गर्न नसक्ने अवस्थालाई ध्यान मा राख्दै, संवत् २०६९ साल मंसिर २२ गते बिहान १० बजे देखि लागु हुने गरि, बिघटिथ संविधानसभा लाई १५ दिन को लागि, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (२) बमोजिम बहुमतका आधारमा प्रधानमन्त्रीको चयन र आगामी निर्वाचनको लागि आबश्यक कानुनहरू बनाउने प्रयोजनको लागि मात्र पुनर्स्थापना गरिएको ब्यहोरा बिघटिथ संविधानसभाका सम्पुर्ण माननिय सदस्यहरूलाई अबगत गराउनको लागि यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,
ध्रुवराज जोशी
सहायक प्रवक्ता
————————————————————————————
पिताम्बर खनाल
पाल्पा, नेपाल
शब्दकोषमा राष्ट्रिय सहमतिको अर्थ नै परिबर्तन गर्नुपर्ने बनाए यी डाकाहरुले
सहमति:- ना.
अर्थ
१. सहमत नभएको अवस्था; मत वा विचार नमिलेको अवस्था
उदाहरण
१. समस्याको समाधान खोज्ने कुरामा असहमति
राष्ट्रिय:- वि.
अर्थ
१. राष्ट्रको प्रतिनिधित्व नगर्ने ; राष्ट्रको परिचय नदिने
उदा.
शरीरमा राष्ट्रिय पोषाक लगाएर भारतलाई सलाम ठोक्नु ।
२. राष्ट्रसँग असम्बन्धित; पूरै राष्ट्रलाई नसमेट्ने
राष्ट्रलाई माया नगर्ने; राष्ट्रप्रति समर्पण नभएको
यो सहमति भन्ने सब्द सुन्दा पनि उल्टी आउन आटिसको..
बिउ बोका भन्दा बेसी गनाउन थालीसक्यो ..तोइत
मेरो त उही पुरानै कमेन्ट हो ” खसीको टाउको देखाएर कुकुरको मासुको ब्यापार’