– मुक्ति अर्याल – प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट बार्लेट (Prof. Albert Barlett) का अनुसार मानव इतिहासमै हाम्रो सबैभन्दा ठूलो कमजोरी भनेको गुणनको नियम अनुसार हुने वृद्धि (घातकीय वृद्धि वा exponential growth) लाई नबुझ्नु हो। अर्थात् एकको दुई, दुईको चार र चारको आठ हुने प्रक्रिया कति छिट्टै हामीलाई महसुस नै हुन नपाउँदै आकासिन पुग्छ भन्ने कुरा हामीलाई… Continue reading
Category: पाहुनाको पालो
महिलाले गर्ने हिंसाबाट पीडित पुरुष
-विजय ज्ञवाली- राम थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय… Continue reading
के-के गर्दा यौन दुर्व्यवहार हुन्छ : नबुझेको हो कि बुझ पचाएको ?
-उत्तरा घिमिरे- यौन हिंसा- हालका वर्षहरुमा सबैभन्दा बढी चर्चा गरिने विषय हो। तर अझै पनि यो विषयमा बोल्नु कि नबोल्नु भनेर हिच्किचाउनेको संख्या धेरै नै छ। यौन हिंसा र उत्पीडन भनेको बलात्कार मात्र हो भन्ने सोच धेरैमा छ। प्रतिकार गर्न नसक्ने सानी युवतीको छाती माडिनु, ढाड मुसारिनु होस् वा उनीहरुको कमजोरीको फाइदा उठाएर गरिने शारीरिक… Continue reading
ज्यानको बाजी थाप्दै कालापानी पुगेर यसरी रिपोर्टिङ गरियो
– सुभक महतो, कालापानीबाट फर्केपछि- सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्यो। त्यसको जयजयकार भयो देशैभर। तर दार्चुलाको सदरमुकाम खलंगाभन्दा माथिल्लो गाउँमा भने यसो भएन। कारण के रहेछ? मेरो मनमा कुरा खेल्न थाले। सरकारको त्यो ऐतिहासिक कदममा खलंगामाथिको गाउँ अर्थात् ब्यास गाउँपालिका वडा नम्बर १ मा पर्ने छाङरु र तिंकरका बासिन्दाको प्रतिक्रिया कस्तो… Continue reading
हाम्रा सन्तानले कहिले ‘ह्याप्पी चासोक तङनाम’ भन्ने ?
– मिलन लिम्बू – मेरो सांस्कृतिक मूल्य मान्यताले निश्चित कुनै दिन वा छेक पारेर आमा बुबाको मुख हेर्नु पर्छ भन्दैन । मैले आफ्नो मान्ने सिद्धान्तले भौतिक रूपमा गरिने कर्म र परिणामलाई सर्वोपरि मान्दछ । तर, समाज बहुरङ्गी छ । हरेक रङ्गहरूलाई स्वीकार्नु पर्छ । स्वीकार्दै आएका छौ । विडम्बना ! हामी मिलेर बनेको समाज यस्तो बन्यो… Continue reading
मोदीपथमा लागेका अतिवादीहरुबाट नेपाललाई बचाऔँ
– नेपालडायरी/@nepaldiary – करिब २८ वर्ष पहिले (सन १९९२ को डिसेम्बर ६) बाबरी मस्जिद ध्वस्त बनाइको ठाउँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्त ५ मा राम मन्दिरको शिलान्यास गरे। भारतको सर्वोच्च अदालतले नौ महिनाअघि वर्षौ पुरानो मुद्दा फैसला गरेर राम मन्दिर बनाउने अनुमति दिएपछि मोदीले बाबरी मस्जिद भत्काइएको त्यही ठाउँमा राम मन्दिरको भूमिपूजा गरेका हुन्। करिब… Continue reading
अहो, मलाई कोरोना त भएन? लक्षण देखिएपछि मैले भोगेको एक हप्ते तनाव
-चिरन्जीवी खनाल- केही दिनदेखि रुघाखोकीले ग्रस्त थिएँ। लगत्तै टाउको र घाँटी दुख्न सुरु भयो। लक्षण कोरोनासँग मिल्दोजुल्दो थियो। केही दिनदेखि विभिन्न कार्यालयहरुमा पनि पुगेको थिएँ। भेटघाट धेरै जनासँग भएको थियो। दिनभरी बाहिर हुँदा खाजा पनि बहिरै खाइन्थ्यो। शंखमूलको शानदार मोमो, नयाँ बानेश्वरको सुन्दर मोमो, सिंहदरबारभित्रको क्यान्टिन र प्रहरी मेसमा खाजा खाएको थिएँ। यी सबै राजधानीमा… Continue reading
एफएमका आरजे ‘ब्रो-सिस’हरु, थाहा नभएको कुरा त नबोल्नु नि !
होम बराल– सोमबार बिहान काठमाडौँको सिटिजन एफएम सुनिरहेको थिएँ। यो एफएमको दावी पनि गजबको छ- नेपालको पहिलो भिडियो एफएम रे! एफएम भनेकै अडियो माध्यम हो। तर यो त भिडियो एफएम रे। खैर मैले चाहिँ अडियो नै सुनेको हो। बिहानको ९ बजेको समाचारपछिको कार्यक्रम बजिरहेको थियो। कार्यक्रम प्रस्तोता (आरजे भन्छन् क्यार) एक जना ‘ब्रो’ र एक… Continue reading
पर्वतको अनौठो दृश्य : दाम्लोले बाँधेर बजार डुलाउँदा पनि चितुवा किन चुप बस्यो?
-राजु आचार्य- दाम्लोले बाँधिएको एउटा चितुवा लमक लमक हिँड्दैछ। केही समय एक युवक र धेरै जसो समय दुई जना प्रहरी समेतले दाम्लो समातेर हिँडेको छ। मानिसहरु सेल्फी खिच्न लालायित देखिन्छन्। कोही कोही भिडियो पनि खिचिरहेका छन्। कोही चितुवाको टाउकोमा यस्सो छोएर हेर्छन्। घरपालुवा झैँ गरी चितुवा पनि मानिसहरुको भिडमा बिन्दास हिँड्दैछ। यतिखेर पर्वत जिल्लामा उद्दार… Continue reading
किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?
अहिले फेरि विभिन्न ‘नाम चलेका’ नेपाली अनलाइनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘सगुनमा लगानी गरौं’ जनाउने किसिमका सामग्रीहरू देखा पर्न थालेका छन्। सगुनको यस्तो गुनगान गएको दुई दशकमा विभिन्न चरणमा नेपाली सञ्चार माध्यममा पटक-पटक भएको देखिँदै आइरहेको कुरा हो। तर बारम्बार अनेक चमत्कारिक दाबी गर्दै आएको यो कम्पनी के यस्तो स्तुति गाइरहने लायककै छ त? किन… Continue reading
के हामी ढुंगेयुग मै छौँ? ब्राह्मण परिवारकी बुहारी बन्दाको मेरो अनुभव
-सृष्टि शाह- रुकुम घटनाले आज हामी नेपाली मात्र नभई यो संसारमा भएका सबै मानव जातिको मुटु कामेको छ। यस्तो निन्दनीय घटना गराउने सबैलाई राज्यले कडाभन्दा कडा सजाय गरोस्। ताकि अब यही सम्झिएर फेरि जातपात र छुवाछुतको कुरा गर्न पनि मुटु कामोस्। यो संसारमा तुच्छभन्दा तुच्छ विचार भएका यी ठूलो जात भनिने मानिसहरुलाई नङ्ग्याउन एकदम जरुरी… Continue reading
रुकुम घटनाले सम्झाएको जातीय विभेद, युरोपको नेपाली समुदायमा पनि छ विभेद
-सन्तोष न्यौपाने/बेल्जियम- “तल्लो जात भएको भन्दै अरू सबैलाई बोलाए तर म र मेरो साथीलाई घरमा लगाएको पूजा कार्यक्रममा निम्तो गरेनन्। तर पछि आमाबुवाको आज्ञा भन्दै आफू चोखो बन्न खोजें उनीहरू।” बेल्जियममा बस्दै आएकी एकजना दिदीले मलाई सुनाउनुभएको कुरा हो यो। कारण- उनीहरु दमाई, कामी जातका थिए। बेल्जियममा लामो समयदेखि बस्दै आएकी मनसुवा परियारको आफ्नै दुखद… Continue reading
सांसद अपहरण काण्ड : आफ्नै पूर्व कमान्डरको अनुसन्धान गरिरहेका प्रहरीले खोज्नु पर्ने २१ प्रश्नको उत्तर
अप्रत्याशित रुपमा आएको दल फुटाउन सजिलो हुने अध्यादेश र लगत्तै पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका सांसद डा. सुरेन्द्र यादवलाई ‘उठाउन’ पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई जना सांसद महेश बस्नेत र किसान श्रेष्ठ महोत्तरीमा पुग्नु। अनि भोलिपल्ट सांसद यादव आफूलाई राखिएको पाँचतारे होटलबाट बाहिरिएर पार्टीको सम्पर्कमा पुग्नु! लकडाउन भनेर सर्वसाधारण नागरिक घरभित्र थुनिएको अवस्थामा भएका केही… Continue reading
इ-पास दिन्नँ भन्नलाई नौ दिन किन लगाउनु परेको होला?
-राजु आचार्य- केही समय अघि गृह मन्त्रालयले लकडाउनमा पास लिन जिल्ला प्रशासन कार्यालयमा जानु नपर्ने, अनलाइन प्रविधि विकास गरेको समाचार आयो। अर्थात् वेब पेजमा गएर निवेदन हाल्ने । मैले पनि एउटा निवेदन हालेँ। निवेदन हालेको केही सेकेन्ड भित्रै मेरो मोबाइल नम्बरमा धन्यवादको मेसेज आयो। आफैँ उत्तर दिने प्रविधिले छिट्टै पास बारे खबर गर्छु भन्दा खुसी… Continue reading
कोरोनालाई एक डाक्टरको पत्र
आदरणीय कोरोना, संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तँपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फबाट नमस्कार छ। कोरोना, तपाइँको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइँ सारा संसारको चासो हुनुभएको महिनौँ भइसकेको छ। तपाइँ हाम्रो देशमा आएको नै दुई महिना पूरा भएछ। मलाई त सुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको… Continue reading
कोरोना काल : हुनेखानेको चलेकै छ हुँदाखानेको बेहाल
-एलिजा हुमागाइँ, जर्मनी- नेपाल, दक्षिण एसियाको एक भूपरिवेष्टित राष्ट्र। नेपालको ग्रामीण परिवेशको एक उदाहरण दिएर नेपाललाई चिनाउने हो भने हरेक चाडवाडमा मुखियाको मुख ताक्नुपर्ने गरिब किसान जस्तो। मुखियाको मुख ताक्न त उसले परिश्रम गरेको छ, राष्ट्र सङ्घ वा विश्व स्वास्थ्य सङ्गठनको मुख ताक्न नेपालले के गरेको छ? गाउँ नै गाउँले भरिएको, गरिबीको निम्न रेखा भन्दा… Continue reading
प्रधानमन्त्री ओलीको शक्तिको श्रोत र विरोधका आयाम
-मनोज बाबु पनेरु- दुई तिहाइको प्रधानमन्त्री हुँदै सबै भन्दा लामो समयसम्म टिकेका (नफेरिएका) निर्वाचित प्रधानमन्त्रीको रेकर्ड तिर आँखा लगाउँदै गरेका श्री खड्ग प्रसाद ओलीको शक्तिको श्रोत के हो ? सत्ता शक्तिको श्रोत विगतमा बल, वंश हुँदै लोकतन्त्रको स्थापना पछि अङ्कमा (संसद् सङ्ख्या) पुगेको निर्क्योल उत्तरको एक कुनो मात्र हो, बाकी पहेलीहरु छन् । चुनावको प्रक्रियाबाट… Continue reading
उद्देश्य उल्टियो, मन्त्र पुरानै
– गोविन्द बेल्वासे – प्रधानमन्त्री खड्ग प्र. ओलीको राजनैतिक उचाइ चारु मजुमदारसंग जोडिएर सुरु हुन्छ । झापा आन्दोलन कोअर्डिनेशन कमिटीको भावनाबाट जतिजति पलायन हुँदै गए त्यत्तित्यत्ति ओली पनि सत्ताका सिँढी चढ्दै गए । उनको सुरुको राजनैतिक भावनाका गुरु भने भारतको नक्सलीहरु नै हुन । ओलीले उतिबेला तारो बनाएका वर्ग दुस्मनको नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएर… Continue reading
आहा, त्यो नयाँ वर्ष !
– सन्तोष न्यौपाने, बेल्जियम – फूलहरू त धेरै थिए तर गुलाफको फूल मन पर्यो साथीहरु त धेरै थिए तर तिमीलाई नै मन पर्यो यिनै सुभेच्छाका साथ तिमीलाई नयाँ वर्षको शुभकामना। कक्षा ९ मा पढ्दै गर्दा यही सायरी लेखेर साथीलाई पोस्टकार्ड मार्फत् नयाँ वर्षको शुभकामना पठाएको थिएँ। तर मैले पठाएको कार्ड जसले पाउनु पर्थ्यो उसले नपाएर… Continue reading
क्वारेन्टिनको रहर आयो बरी लै, तर मापदण्ड?
-रविन्द्र सुवाल- अहिले देशमा कोरोनाको महामारी फैलिरहेको छ। यसमा विभिन्न क्षेत्र र तहले आफूले सक्ने काम गरिरहेको छ। तर यो महामारी अन्य विपद् भन्दा फरक छ। यस विपद्मा कसैको हेल्चक्रयाईँ वा हिरोइज्म (Heroism) बन्ने लालसाले समाज र देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। यहाँ प्रसंग क्वारेन्टिन (हाम्रोमा क्वारेन्टाइन लेख्ने चलन छ। खास उच्चारण चैँ क्वारेन्टिन… Continue reading