Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इ-पास दिन्नँ भन्नलाई नौ दिन किन लगाउनु परेको होला?

Posted on May 9, 2020 by राजु आचार्य

-राजु आचार्य-

केही समय अघि गृह मन्त्रालयले लकडाउनमा पास लिन जिल्ला प्रशासन कार्यालयमा जानु नपर्ने, अनलाइन प्रविधि विकास गरेको समाचार आयो। अर्थात् वेब पेजमा गएर निवेदन हाल्ने । मैले पनि एउटा निवेदन हालेँ।

निवेदन हालेको केही सेकेन्ड भित्रै मेरो मोबाइल नम्बरमा धन्यवादको मेसेज आयो। आफैँ उत्तर दिने प्रविधिले छिट्टै पास बारे खबर गर्छु भन्दा खुसी नहुने कुरै भएन । नेपालमा भइरहेको प्रगति देखेर मख्ख परेँ। लकडाउन जस्तो बेलामा यस्तो प्रविधिको प्रयोग गर्नु सबै हिसाबले राम्रो पनि थियो।

अप्रिल १४ मा हालेको निवेदनको छिनोफानो होला भनेर कुरेँ। कुरेको कुर्‍यै भएँ। आज आउँछ, छैन। भोलि आउँछ, छैन। पर्सि आउँछ, छैन। एकै चोटी अप्रिल २२ मा मेसेज आयो। मैले पास पाइनँ। पास नपाउँदा गुनासो गर्ने कुरै भएन। मेरो गुनासो मात्र के हो भने यति भन्न ९ दिन किन लाग्यो होला ?

यदि अरू कुनै जरुरी कामको लागि निवेदन दिएको भए के हुन्थ्यो होला ? यदि हाम्रो तयारी छैन भने यस्ता कुराको हौवा फैलाएर के-के न गरे जस्तो किन गर्ने होला? स्मार्ट बन्न सबै हिसाबले स्मार्ट हुनु पर्छ । टाइप राइटर चलाउने दिमागले कम्पुटरको बारेमा सोच्दा पो यसो भएको हो कि।

केही समयअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि इमेल गरेर पासको लागी निवेदन गर्न सकिने व्यवस्था गरिएको थियो। मैले निवेदन हाल्दा २४ घण्टासम्म खबर नआए पछि आफै गएर तीन दिनको लागि पास लिएको थिएँ।

1 thought on “इ-पास दिन्नँ भन्नलाई नौ दिन किन लगाउनु परेको होला?”

  1. Indra Shrestha says:
    May 9, 2020 at 12:22 pm

    Civil Bank bata Sanima Bank ma mobile banking app bata paisa transfer gareko tin din samma ta paisa deposit bhayena pathaune ko khata bata deduct bhayera ni. Tyo pani complain garisake paxi balla solve bhayo.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme