Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एफएमका आरजे ‘ब्रो-सिस’हरु, थाहा नभएको कुरा त नबोल्नु नि !

Posted on July 21, 2020 by mysansar

  • होम बराल–

सोमबार बिहान काठमाडौँको सिटिजन एफएम सुनिरहेको थिएँ। यो एफएमको दावी पनि गजबको छ- नेपालको पहिलो भिडियो एफएम रे! एफएम भनेकै अडियो माध्यम हो। तर यो त भिडियो एफएम रे। खैर मैले चाहिँ अडियो नै सुनेको हो। बिहानको ९ बजेको समाचारपछिको कार्यक्रम बजिरहेको थियो। कार्यक्रम प्रस्तोता (आरजे भन्छन् क्यार) एक जना ‘ब्रो’ र एक जना ‘सिस’ थिइन्। बालविवाहको बारेमा पण्डित्याँई झार्देै थिए। कता-कताको कुरा जोडेर आरजे ब्रोले दिइ हाले, ‘हेर, कसैले पनि केटाको उमेर २२ र केटीको उमेर १८ वर्ष नपुगी विवाह गराउन हुँदैन।’

सुन्दा पूरै कानुनको ज्ञाताले भने जस्तो लाग्छ। सुन्नेहरुले त्यही पत्याए पनि होला। तर के साँच्चै नै त्यस्तै कानुन छ त? अहँ छैन।

मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा बाल विवाह गर्न नहुने लेखिएको छ।

त्यसको उपदफा १ मा स्पष्टसित लेखिएको छ- विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन।

अनि कहाँबाट केटाको उमेर २२ र केटीको उमेर १८ वर्षको कुरा आयो यसमा? कानुनको कुरा त कानुन पढेर पो गर्नुपर्ने होइन र?

त्यसैगरी आरजे सिसले बेरुजुको विषयमा बोलिन्। आफूले बेरुजु सम्बन्धी कुरा बुझेको देखाउनकै लागि कुनै कन्सल्ट्यान्ट (नाम नभनेरै)लाई भेटेर सबै कुरा जानेर आएको जस्तो गर्थिन्। उनकै भाषामा बेरुजुलाई “संवैधानिक बेरुजु” भनिँदो रहेछ।

यस्ता कुरा भनेर केका जनचेतना जगाउने, झन् भ्रमित पो पारेको भएन र? अझै पनि रेडियोले भन्या, फेसबुककै वालमा लेखेका जे कुरा नि पत्याउने, समाचारमा आएको भनेर विश्वास गरिहाल्ने वर्ग, समूह, मानिस धेरै छन्। एफएमहरुले यस्ता कति कार्यक्रम दिन्छन् होला? कसले यसको लेखाजोखा राखेको होला? कस्ता सूचना प्रवाह गरिरहेका होलान्? धन्य छ! कम्तिमा थाहा नभएको कुरामा नबोल्नु भनेर कसैले सिकाइदिए हुन्थ्यो बाब्बै !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme