तपाईँले छेउमा देखिरहनुभएको मूर्ति वज्रपाणीको हो। काठमाडौँ उपत्यकाका अज्ञात कलाकारले यसलाई १० औँ शताब्दीको अन्त्यदेखि ११ औँ शताब्दीको सुरुवाती वर्षताकाको बीचमा बनाएको विश्वास गरिएको छ। तर यो मूर्ति अहिले काठमाडौँमा छैन। अमेरिकाको कुन चाहिँ धनाढ्यको निजी संग्रहमा यो कला सजिएको छ। यी र यस्ता काठमाडौँ उपत्यकाका नेवार कलाकारहरुले बनाएका प्राचीन सम्पदारुपी कलाहरुको प्रदर्शनी अहिले अमेरिकाको… Continue reading
दरबार काण्डपछि दबाइएको अर्को हत्याकाण्ड
[देशमा महिला हिंसाबारे सचेतना जाग्दै गरेको बेला सिंगापुरबाट फर्कँदै गरेका पूर्वराजा ज्ञानेन्द्रले एयरपोर्टमा ‘महिला हिंसा निन्दनीय छ, चाँडै त्यो टुंगो लगाउनुपर्छ, यो राष्ट्र र समाजको कंलक हो, यसलाई सकेसम्म चाँडो निर्मूल पार्नुपर्छ’ भने। यसैसँग जोडेर नमिता-सुनिता हत्याकान्डको कुरा उठाएर एउटा ब्लग लेखेको थिएँ। त्यसपछि हत्याकान्डपछि कास्कीको सिडिओको रुपमा खटाइएका सूर्यबहादुर सेनले आफ्नो आत्मकथा ‘मेरो कथाहरुको… Continue reading
अमेरिकामा काम गरी नेपालमा पेन्सन पाउन मुद्दा हाल्नेलाई सर्वोच्चले खुवायो लोप्पा
नेपालका विभिन्न सरकारी कार्यालयमा बहाल रही विदेशमा अध्ययन वा प्रशिक्षणका लागि जाने, अनि उतै बस्नेहरु धेरै छन्। मन्त्रालय वा संस्थानका कर्मचारीहरुदेखि लिएर विश्वविद्यालयका प्राध्यापकहरुसम्म पनि यो सूचिमा पर्छन्। तीमध्ये कतिले त यता नेपालमा जागिर पनि पाक्दै गर्ने अनि उता विदेशमा काम पनि गर्दै गर्नेहरु पनि छन्। संस्थाले आफ्नो खर्चमा पढ्न वा प्रशिक्षण लिन पठाए पनि… Continue reading
कथा : साथीको लोग्ने
– सुनिल सङ्गम – आजभोली अफिस जान भने पछि हुरुक्कै हुन्छु। कहिले पुगुँ र त्यो रिसेप्सनको कुर्सीमा गएर थच्च बसुँ जस्तो लाग्छ। मानौं अचेल त्यो रिसेप्सनको कुर्सीमा आधुनिक चुम्बक छ ! अनि पो त्यसले मलाइ तानी रहन्छ। नत्र किन म अफिस भने पछि मरिहत्ते गरेर दौडन्छु त ? जति काम गरे पनि तलब भत्ता जस्ताको… Continue reading
नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि
नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ। फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।
लौ न के देख्नुपर्यो- पार्टीको भूमिगत भेलामा बेल्जियमका राजदूत
-हरिराज पोखरेल, बेल्जियम- राजदूत कुनै पार्टी विशेषको हुनुहुन्न किनभने उसले समग्र देशको प्रतिनिधित्व गर्छ। बिदेशमा सबै नागरिकका लागि अभिभावकको भूमिकामा बस्नु पर्छ। तर नेपालका लागि बेल्जियमका राजदूत राममणि पोख्रेल भने कुनै कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ताका रुपमा देखिने गरेका छन्। बेल्जियमका लागि नेपाली राजदूत भए पनि उनी कूटनीतिक मर्यादा नाघेर एकीकृत नेकपा माओवादीको कार्यकर्ताको जस्तै भूमिकामा… Continue reading
यसरी उभ्याउन सकिन्छ हेगमा अपराधीलाई
-रुपक राज काफ्ले/ बर्लिन- पछिल्ला केही दिन यता “द हेग” (The Hague) नेपाली नेता-कार्यकर्ता र जनताको बीचमा छलफल तथा कौतुहलताको बिषय बनेको छ। कर्णेल कुमार लामाले बेलायतबाट तरङ्गित गरेको युद्ध अपराधको यो झन्कार धेरैको खोपडीमा झन्किँदै हेगमा ठोक्किन पुगेको छ। यो कुरा धेरै पहिला हुनु पर्दथ्यो, आज ढिलै भए पनि उठान भएको छ। यसको ज्ञान… Continue reading
प्रधानमन्त्रीलाई सर्वोच्चको झापड
महान्यायाधिवक्ताको निर्देशनै कानुनविपरीत महान्यायाधिवक्ता मुक्ति प्रधानमार्फत् प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखमा पत्रकार डेकेन्द्रराज थापाका हत्याराहरुलाई उन्मुक्ति दिन गरेको प्रयासमाथि आज सर्वोच्च अदालतले दह्रो झापड हानेको छ। प्रधानमन्त्री र महान्यायाधिवक्ताले जुन आधारमा टेकेर यो विषयमा कानुनी कारबाही अघि बढाउन नमिल्ने जिकिर गर्दै आएका थिए, त्यसलाई सर्वोच्चले हुँदैन, मिल्दैन भनिदिएको छ। अनि अनुसन्धानमा अवरोध नगर्न पनि अन्तरिम आदेश… Continue reading
राष्ट्रपति थाके, म्याद बिनाको वक्तव्य जारी
अन्ततः दुई महिनासम्मको म्याद थपाथप गरी सहमति खोज्ने काम व्यर्थ भएपछि राष्ट्रपति रामवरण यादवले आज सहमतिका लागि म्याद बिनाको वक्तव्य जारी गरेका छन्। मंसिर ८ देखि सुरु भएको मिति तोकेर म्याद थप्ने यात्रा आज टुङ्गिएको हो। आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा सहमति गर्न पहिलेको जस्तो निश्चित मिति तोकिएको छैन। मिति तोकिँदा त सहमतिका लागि खासै… Continue reading
संविधानसभाको पुनर्स्थापना कि निर्वाचन?
-डा. होम मूर्ति पन्त- सरकारले निर्बाचनको मिति तोके पनि, निर्बाचनमा नगई पुनर्स्थापना तिर जाउँ भन्ने प्रस्ताब नआएको हैन तर, यसो भन्दा ध्यान नपुगेको कुरा के भने पुनर्स्थापना एक गैर संबैधानिक बाटो हो। नयाँ निर्बाचन नगरि संबिधानसभाको (राजाले गरे जस्तै) पुनर्स्थापना गर्ने हो भने संबिधानसभा तुरुन्तै पाउन सकिन्छ, निर्बाचन नभएसम्म पर्खन पर्दैन र निर्बाचन गर्दा खर्च… Continue reading
पक्राउ पर्ला भनेर डराएरै नगएका हुन् त महान्यायाधिवक्ता अमेरिका?
आजका सबैजसो राष्ट्रिय दैनिकहरुले महान्यायाधिवक्ता मुक्ति प्रधान पक्राउ परिने डरले अमेरिका नगएको एकै व्यहोराका समाचार छापेका छन्। कसैले अगाडिको पेजमा ठूलै महत्वका साथ, कसैले भित्री पेजमा। सबै समाचारको सार एउटै देखिन्छ- अमेरिकाको एउटा युनिभर्सिटीले एउटा कार्यक्रममा बोलाएको रैछ। त्यसमा सहभागी हुन जान लागेका बेला अन्तिम अवस्थामा भ्रमण रोकिएछ। किन रे भन्दा कर्णेल कुमार लामालाई बेलायतमा… Continue reading
गोरु जुधाउने ठाउँमा नेताहरु जुधे
अनि नेताहरु सँधै जुधिरहेका त छन् नि, कुन ठूलो कुरा भो र भन्ने यहाँहरुलाई लाग्यो होला। व्यङ्ग्य गरेर नेताहरु जुधेको भन्न खोजेको होला भन्ने लाग्यो कि ? त्यसो हैन। तपाईँहरुलाई थाहा छ नि नुवाकोटको तारुकामा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउने गरिन्छ। यस पटक भने त्यहाँ गोरु जुधाउनु अघि नै नेताहरु जुधे। गोरु जुधाउने समितिको… Continue reading
‘अख्तियार आफै घुस खानतर्फ लाग्यो’
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरुले पठाएको पत्र जस्ताको तस्तै- हामी काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले कार्यकारी अधिकृत केदार बहादुर अधिकारीले प्रधान मंत्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र स्थानीय बिकास मंत्री नारायनकाजी श्रेष्ठको ठाडो निर्देशनमा देहाय बमोजिमको अनियमितता, हिनामिना र भ्रष्टाचार भैरहेको र यसबारे प्रधानमन्त्रीको हेलो सरकार, अख्तियार दूरुपयोग अनुसन्धान आयोग, स्थानीय बिकास मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रमा लिखित र… Continue reading
आमा पोइल जाँदा कुकुरको साथ
-गणेश आचार्य/दाङ- बेलुकीको साढे सात बजिसकेको छ। घडीको सुईसँगै जाडो पनि बढ्दै छ। दिनभर गाडी,मोटर र मानिसको चहलपहल भैरहने घोराहीस्थित तुलसीपुर चोक विस्तारै सुनसान हुँदैछ। तर, त्यो बढ्दै गरेको सुनसानलाई एक अबोध बालक र तीन ओटाको संख्यामा रहेका कुकुरले बिथोलिदिएका छन्। करिब १० वर्षका जस्ता लाग्ने ती बालक र कुकुरबीच हुने क्रियाकलाप देख्दा लाग्छ, त्यहां… Continue reading
कानुनमा महिलाको स्थान पशुभन्दा तल
पशु अधिकारवादीहरुलाई खुसीको खबर। नेपाल शायद् विश्वमा एउटा मात्र त्यस्तो देश होला, जहाँ महिलालाई भन्दा पशुलाई बढी अधिकार दिइएको छ। कुरा बलात्कारको हो, जसलाई कानुनी भाषामा ‘जजक’ भनिन्छ- अर्थात् जबर्जस्ती करणी। महिला हिंसाको विरोधमा सडकमा उत्रनेहरुलाई थाहा छ कि छैन कुन्नि, नेपालको कानुनमा बलात्कार भए कानुनी कारबाही अघि बढाउन उजुरी गर्नुपर्ने हदम्याद महिलाको केसमा भन्दा… Continue reading
…एउटा अर्को कथा
-शुषमा मानन्धर- “मेरो बलात्कार भएको छ।” मेरो कुरा सुनेर ऊ निकै झस्की। नपत्याएझैँ मेरो अनुहार हेरी। उसमा एकपछि अर्को रङ्ग आए गए। “चाहिने कुरा पो गर्नु अजीत।” उसले आँखा झिमझिम गरी। “कहीँ लोग्नेमान्छेको पनि बलात्कार हुन्छ?” अब उसका आवाजमा थोरै रोष देखिन थालेको थियो। “के तिमीसँग पनि झुट बोलुँला? तिमीलाई त्यही सब बताउन त आज… Continue reading
के नेपालीलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्छ?
माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्नहरुलाई कानुनी कारबाही दिलाउने कार्यमा सरकारले अवरोध गरेमा आफूहरुले सो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने भाषण गरे, पत्रिकाहरुले छापे। पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनको कथन थियो। पत्रकार… Continue reading
१४ वर्षकीलाई ‘जजक’ गर्दा तीस हजार ‘क्षतिपूर्ति’
२०६४ सालको वैशाखमा सुर्खेतको एउटा गाउँमा एक १४ वर्षकी बालिकालाई जजक (जबर्जस्ती करणी=बलात्कार) गर्नेले पाँच वर्षपछि सजाय पाएका छन्। अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेला यस्तो मुद्दा कानुनी प्रक्रियामा जाँदा न्यायको बाटोका लागि केकस्ता बाटोबाट गुज्रनुपर्छ र के हुन्छ भन्ने बुझ्न एउटा प्रतिनिधि घटनाको रुपमा यो मुद्दाको फैसलालाई लिइएको हो। यसै वर्ष असोजमा… Continue reading
परिवारले समेत भेट्न पाएका छैनन् कर्णेल लामालाई
जनवरी ३ को बिहान लन्डन नजिकैको इस्ट ससेक्सस्थित घरभित्र ५ जना प्रहरीले बन्दूक तेर्स्याउँदै एक जनालाई गिरफ्तार गरे। उनी थिए नेपाली सेनाका कर्णेल कुमार लामा। लामा बेलायती नागरिकता लिइसकेकी पत्नी लक्ष्मीको घरमा थिए। एक्कासी प्रहरीले बन्दूक देखाउँदै पक्रेर लगेपछि श्रीमती र छोरीहरुको रुवाबासी चल्यो। त्यो दिनदेखि परिवारले कर्णेल लामालाई भेट्न पाएका छैनन्। बेलायती प्रहरीले लामालाई… Continue reading
जिउँदै गाड्नेको पक्षमा ‘परमधाम मन्त्री’
पिएचडी गरेको प्रधानमन्त्री पाएपछि देश आजभोलि नै कायापलट हुन्छ जस्तो गरी गैरमाओवादीहरुले समेत बाबुराम भट्टराईलाई हाइहाइ गर्दै समर्थन गरेका थिए। तर उनको असली ‘परमधाम मन्त्री’को रुप हिजो देखिएको छ। उनले प्राइम मिनिस्टर हैन क्राइम मिनिस्टरको व्यहोरा देखाएका छन्। पत्रकार डेकेन्द्र थापालाई जिउँदै गाडेको बयान ‘हाँसीहाँसी’ दिएर उनको आत्माको शान्तिका लागि सजाय भोग्न तयार भएको बताइसक्दा… Continue reading