Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चाभेज रहेनन्, अमेरिकाको एक ‘शत्रु’ घट्यो

Posted on March 6, 2013March 6, 2013 by Salokya

भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजको ५८ वर्षको उमेरमा मंगलबार मृत्यु भएको छ। अमेरिकाको नाकै मुनि रहेर ‘अमेरिकी साम्राज्यवाद’लाई चुनौति दिएको बताउने चाभेजले आफू ‘अमेरिकाको शत्रु’ भएको घोषणा सार्वजनिक रुपमै गरेका थिए। जिउँदो रहँदामात्र हैन, मृत्युपछि पनि अमेरिकासँगको यो शत्रुता कायमै रह्यो। उनको मृत्युको घोषणा गर्ने सम्बोधनमा उपराष्ट्रपति निकोलस मादुरोले देशविरुद्ध षड्यन्त्र गरेको भन्दै अमेरिकी दूतावासका एक… Continue reading

गरे के हुन्न रैछ त नि

Posted on March 5, 2013March 6, 2013 by Salokya

बाग्लुङको बलेवा क्षेत्र र छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा हेर्दा त नजिकै देखिन्छ। तर एउटा ठाउँ वारी र छ अर्को पारी। बीचमा कालिगण्डकी नदी। कुश्मा जान पैदल हिँडेर डेढ दुई घण्टा लाग्थ्यो। के गर्ने त ? पुलै बनाउने हो भने दूरी लामो भएकोले अति नै महँगो पर्छ। सरकारको मुखमात्र कति ताक्ने ? आफै किन केही… Continue reading

के भन्छन् राजीनामाबारे डा. भगवान कोइराला

Posted on March 4, 2013March 4, 2013 by Salokya

जिम्मेवारी सम्हालेको १०८ दिनपछि राजीनामा दिएका त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले आफूले त्यस्तो निर्णय गर्नुको कारणबारे जानकारी दिन लामो विज्ञप्ति निकालेका छन्। ‘म चुप बसेर छेउ लाग्न चाहन्थेँ तर..’, विज्ञप्तिमा उनले लेखेका छन्, ‘हजारौँले यसलाई गम्भीर रुपमा लिए र मैले यस्तो निर्णय लिनुको कारणबारे जान्न चाहे।’ उनले त्यसमा आफू नियुक्त हुँदाको अवस्था,… Continue reading

विनोद चौधरी नेपालका पहिला अर्बपति

Posted on March 4, 2013March 4, 2013 by Salokya

अमेरिकाको फोर्ब्स म्यागेजिनले वर्षेनी निकाल्ने विश्वभरका अर्बपतिहरुको सूचिमा विनोद चौधरी नेपालको पहिलो अर्बपतिका रुपमा दरिएका छन्। उनको कूल सम्पति एक बिलियन अमेरिकी डलर अर्थात् झण्डै ८८ अर्ब रुपियाँ रहेको म्यागेजिन बताउँछ। म्यागेजिनले उनलाई नोटेबल न्युकमर्सको सूचिमा पनि राखेको छ। २१ जना एक बिलियन सम्पति भएकाहरुको नोटेबल न्युकमर्स सूचिमा उनको नाम २० औँ नम्बरमा रहेको छ।… Continue reading

पारसले आफै पानीसमेत खाए, भएको के रैछ उनलाई?

Posted on March 4, 2013March 4, 2013 by Salokya

पूर्व युवराज पारस शाहको उपचार भइरहेको अस्पतालले आज वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको बताएको छ। ११ दिनपछि होस आएका उनलाई अहिले मेसिनको सहायताबाट सास लिन नपर्ने भएको छ। अर्थात् उनी भेन्टिलेटरको सहायता बिनै सास फेर्न सक्ने भएका छन्। उनी अहिले कुराकानी गर्न सक्ने अवस्थामा भएको र आज बिहान त आफैले पानी समेत… Continue reading

महाभारतको कथा र वर्तमान नेपाल

Posted on March 4, 2013March 7, 2013 by डा. होममूर्ति पन्त

महाभारतको कथामा बर्णन गरिएका घटनाहरु वास्तबिक हुन‌ कि काल्पनिक भन्ने बारेमा तर्क बितर्क गर्न छाडेर अहिलेको लागि महाभारत एउटा उपन्यास हो भनेर मानौं। यो उपन्यासमार्फत् ब्यासले जे भन्न खोजेका छन्, जे सिकाउन खोजेका छन् त्यो सन्देसको परिप्रेक्षमा वर्तमान नेपालको राजनैतिक घटनाक्रमलाई राखेर हेर्दा देखिन आउने बिभिन्न परिदृष्यहरु प्रस्तुत गर्ने यो लेखको लक्ष्य रहेको छ। महाभारत… Continue reading

यसकारण तीन महिना नि टिकेनन् डा. भगवान कोइराला

Posted on March 3, 2013March 3, 2013 by Salokya

टियु टिचिङ अस्पतालमा कार्यकारी निर्देशक भएको तीन महिनामै डा. भगवान कोइरालाले राजीनामा बुझाएका छन्। गंगालाल ह्रदयरोग केन्द्रको प्रमुख भएर मुटु रोगको उपचारमा नेपाललाई आत्मनिर्भर र दक्षिण एसिया कै नमूना बनाउने श्रेय पाएका डा. कोइराला किन टिचिङमा चाहिँ तीन महिना पनि नटिकेका त? किनभने उनले धेरै नै राम्रा कामहरु गरे, अनेकौँ सुधारका उपाय लागू गरे। अनि… Continue reading

उहिले र अहिले – ३

Posted on March 3, 2013March 3, 2013 by Salokya

माथिका दुई वटा फोटोको समयको अन्तर ९३ वर्ष रहेको छ। हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ मन्दिर देखिने गरी खिचिएको बायाँको फोटो सन् १९२० को हो भने अर्को फोटो अस्ति भर्खर खिचेको हुँ। दुई फोटोमा झट्ट हेर्दा खासै अन्तर देखिन्न।

बिहानै पैसा बुझेर नि रातिसम्म सेवा नदिने ‘झेलिकम’

Posted on March 2, 2013March 4, 2013 by Salokya

अपडेट (फागुन २१): टेलिकमले आज सूचना जारी गर्दै एडिएसएलमा समस्या आएको स्वीकार गरेको छ। ‘केही प्राविधिक सुधार गर्नुपर्ने’ भन्दै २० र २१ गते एडिएसएलको म्याद सकिने ग्राहकलाई सिस्टमबाटै २५ गतेसम्म थप गर्ने व्यवस्था गरिएको सूचनामा जनाइएको छ। यो अवधिमा रिचार्ज कार्डबाट महसूल भुक्तान गर्न सकिने पनि टेलिकमले जनाएको छ। सूचना हेर्नुस्। शनिबारै यस्तो व्यवस्था गरेको… Continue reading

अमेरिकी उपनिवेशलाई नेपालको आधा दर्जन गोल

Posted on March 2, 2013March 2, 2013 by Salokya

खेलले देश चिनाउँछ त्यसै भनेको हैन रैछ। नर्दन मारियाना आइल्यान्ड नामको देशबारे धेरै नेपालीलाई अत्तोपत्तो थिएन। आज नेपाली राष्ट्रिय टोलीसँग भएको खेलपछि बल्ल मानिसहरुले यो देशबारे सोधखोज गर्न थाले। यो देशका राष्ट्रपति बाराक ओबामा हुन्। अर्थात् यो देश अमेरिकाको उपनिवेश हो। सानो टापु, कम जनसंख्या, ओसेनियाबाट भर्खरै एएफसीमा आवद्ध हुन आएको, ठूलो प्रतियोगिता अहिलेसम्म नखेलेको… Continue reading

पारसको होस खुल्यो, मान्छेसमेत चिन्न थाले

Posted on March 2, 2013March 2, 2013 by mysansar

११ दिन बेहोस रहेका पूर्व युवराज पारसको आज होस खुलेको छ। उनको उपचार भइरहेको थाइल्यान्डको राजधानी बैँककमा रहेको समितिभेज सुखुम्भित अस्पतालबाट जारी विज्ञप्ति अनुसार उनले मान्छे समेत चिन्न थालेका छन्। यद्यपि, उनी अझै भेन्टिलेटर सपोर्टमा छन्।

‘चुल्ठेमुन्द्रे’हरुको आज प्रदर्शन, सर्वोच्चमा मुद्दा पनि हाल्ने

Posted on March 2, 2013March 4, 2013 by Salokya

अपडेट (फागुन २०): अधिवक्ता सुवास लामिछाने र विकल्प राजभण्डारीले लामो कपाल पालेको र कानमा मुन्द्रा लगाएकै भरमा प्रहरीले अपराधीसरह व्यवहार गरेर स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन गरेको दाबी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय र महानगरीय प्रहरी परिसर हनुमानढोकालाई विपक्षी बनाई आज रिट दायर गरेका… Continue reading

अभागी पारस

Posted on February 28, 2013February 28, 2013 by सूर्य खड्का

थाइल्याण्डको बैंककस्थित समितभेज अस्पतालमा एकसाता बढीदेखि मृत्युसँग अन्तिम पौठेजोरी खेलिरहेका पूर्वयुवराज पारसले पुर्नजिवन पाउलान् नपाउलान् भन्ने तथ्य उनकै पिताका शब्दसापटी लिएर भन्नुपर्दा भगवान र डाक्टरको हातमा छ। कथं उनी बाँच्न सफल भएभने त्यो एउटा मीराकल नै हुनेछ। उनका लाखौं शुभेच्छुकहरुको कामना जस्तै पारसले पूर्ववत जीवन पाउन सकुन्, चिकित्सकहरुलाई चमत्कारिक सफल उपचारको श्रेय मिलोस्, नेपालको एउटा… Continue reading

यस्तो हुँदो रहेछ ‘मृत्यु उत्सव’

Posted on February 27, 2013February 27, 2013 by Salokya

बत्ती नभएकोले ल्यापटप चार्ज नहुने र इन्टरनेट पनि राम्रोसँग नटिप्ने हुनाले यहाँ देखिएको तामाङ मृत्यु संस्कार ‘घेवा’ मा देखिएका दृश्यहरुको वर्णन र फोटो अनि भिडियो विस्तृत अपलोड गर्न सकिने अवस्था छैन। माथि देखिएको फोटो घेवाको मुख्य दिन अर्थात् दोस्रो दिन दिउँसो नाच्नेहरुको हो। घेवा घरभन्दा माथि गई उनीहरुले मेकअप गर्दा रहेछन्। त्यहीँ मेरो क्यामेराका लागि… Continue reading

यो केवल कार हैन, त्यसो भए के हो?

Posted on February 27, 2013February 27, 2013 by mysansar

माथिको फोटोमा देखिएको केवल कार हैन। केवल कार त अहिलेसम्म नेपालमा मनकामनामा मात्रै बनेको छ। यत्रो वर्षसम्म अरु ठाउँमा पनि बनाउने कुरा खाली गफमा मात्र सीमित भएको छ। यो चाहिँ यान्त्रिक पुल हो अर्थात् Mechanized Bridge। गाउँघरमा देखिने परम्परागत तुइन घिर्लिङलाई मेकानाइज्ड गरी खोला तर्ने नयाँ प्रविधिको रुपमा यसको विकास गरिएको हो। तनहुँको दुलेगौडा गाविसको… Continue reading

चुनावका लागि तयारी

Posted on February 26, 2013February 26, 2013 by Salokya

-डा. डोलेश्वर भण्डारी- राजनैतिक पार्टिहरुले चुनावका लागि करिव करिव तयारी शुरु गरि सकेका छन् । सवै जसो पार्टिहरुले वलवान, तेजी, सैंयौं मान्छेको वध गर्न पनि नडराउने, निडर, हुल दंगा मचाउन सक्ने, विपक्षी उम्मेद्वारले दरखास्त हाल्न अगाडि नै उनको सफाया गराउन सक्ने, मतदान केन्द्रहरुवाट मतपेटिका क्याप्चर गर्न सक्ने, टाटु ले सजिएका, याँ याँ परेका मुन्द्रे र… Continue reading

‘मरिसकेपछि पाल्नुपर्ने’ अनौठो चलन

Posted on February 26, 2013February 25, 2013 by Salokya

खासमा लालमाइको पोइलाई यस पटक ससुराली आउन रहर लाग्नुको कारण आफूले देखिआएको भन्दा फरक खालको संस्कृति हेर्नु र बुझ्नु थियो। पोहोर बिहेको संस्कार हेरेको थिएँ, यस पटक मृत्यु संस्कार हेर्दैछु। सबभन्दा अनौठो मलाई यो कुरामा लाग्यो- मृत्युपछि दाहसंस्कार गरी जलाइसकेपछि खप्परको हाडको टुक्रा लिएर आएर घेवा नभएसम्म कुनै घरमा राखी पाल्नु पर्ने रहेछ। पाल्नुपर्ने मतलब,… Continue reading

कंगोली केटा नेपालीमा फरर…

Posted on February 25, 2013February 25, 2013 by Salokya

नेपाली भाषा बोल्न सजिलो छ कि गाह्रो? विदेशमा शान्ति स्थापनाका लागि गएका नेपाली सुरक्षाकर्मीहरु बस्ने क्याम्प वरपरका मानिसहरुलाई उनीहरुले नेपाली भाषा मज्जैसँग सिकाएका हुन्छन्। केही अघिमात्रै साथी सुरेन्द्र पौडेलसहितका केही सञ्चारकर्मीहरु कंगो पुगेका थिए। त्यहाँ उनीहरुले वीरबहादुर तामाङलाई भेट्टाए। नेपाली भाषा फरर बोल्ने। घर बाह्रबीसे भन्दा रहेछन्। खासमा उनी कंगोली केटा रहेछन्। क्याम्पकै सुरक्षाकर्मीहरुले नेपाली… Continue reading

‘लालमाईको पोइ’ हिँड्यो घेवा हेर्न

Posted on February 24, 2013February 24, 2013 by Salokya

पोहोरको ब्लग पढ्नुभएको भए तपाईँहरुलाई याद हुनुपर्छ, ससुराली गाउँमा मेरो परिचय ‘लालमाइको पोइ’ को रुपमा मात्र रहेको छ। यसपालि म घेवा हेर्न हिँडेको छु। घेवा अर्थात् तामाङ परम्परामा मृत्यु संस्कारको एउटा महत्त्वपूर्ण पक्ष। हिन्दुहरुको सराद्धे भन्या जस्तै। एक महिना जति अगाडि लालमाइको ‘मम’ खस्नुभएको थियो। ‘मम’ भनेको आमा हैन नि फेरि। सुरुमा यो शब्द सुन्दा… Continue reading

उहिले र अहिले -२

Posted on February 24, 2013February 22, 2013 by Salokya

काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुरानो फोटो र अहिलेको फोटो। हेर्नुस्, यत्रो समयमा कति अन्तर आयो? 

Posts pagination

  • Previous
  • 1
  • …
  • 258
  • 259
  • 260
  • 261
  • 262
  • 263
  • 264
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme