Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ट्रम्प, मोदी र ज्ञानेन्द्रको भेट? फेक न्युज हो कि साँच्चै? : फ्याक्टचेक

Posted on February 27, 2020February 27, 2020 by Salokya

फणिराज पाठक पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव हुन्। ज्ञानेन्द्रका आधिकारिक प्रेस विज्ञप्ति, प्रेस नोट र जानकारीहरु उनीमार्फत् जारी हुन्छन्। उनको फेसबुकबाट पनि त्यस्ता जानकारी प्रवाह हुन्छन्।

उनै पाठकको फेसबुकमा बुधबार एउटा सनसनीपूर्ण लिङ्क सेयर भयो। माथि त्यसको स्क्रिनसटमा तपाईँ देख्नसक्नुहुन्छ- भनिएको छ कि भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्प, भारतीय प्रधानमन्त्री मोदी र ज्ञानेन्द्रको भेट भयो रे। अझ त्यसमाथि पनि राजसंस्था फर्किने चर्चित अमेरिकी पत्रिकाको खुलासा रे। द न्युयोर्क टाइम्स लेखिएको पत्रिकाको लेआउट र त्यसमा फोटोसमेत देखिन्छ। यो समाचार पाठक बाहेक अरु धेरैले पनि सेयर गरेको देखियो। के यो साँचो हो? कि फेक न्युज हो? माइसंसारको फ्याक्टचेकको नतिजा यस्तो छ।

यसो हेर्ने बित्तिकै यो फेक न्युज हो भन्ने थाहा हुनुपर्नेमा पनि मान्छे झुक्किएको देखेर केही तथ्य राख्न आवश्यक देखियो।

स्क्रिनसटमा द न्युयोर्क टाइम्सको फेब्रुअरी २५, २०२० को अङ्क भनिएको छ। पत्रिकाको अनलाइन संस्करणमा छापा संस्करणको पहिलो पेज हेर्न सकिन्छ। त्यो दिन छापिएको न्युयोर्क टाइम्स पत्रिकाको पहिलो पेज यस्तो थियो।

पिडिएफमा हेर्न यहाँ क्लिक गर्नुस्।

फेक पेजमा देखिएको मोदी र ट्रम्पको फोटो रियल हो। तर त्यसमा ज्ञानेन्द्रको फोटो भने फोटोसप गरी राखिएको हो। ओरिजिनल फोटो यस्तो छ-

पछिल्लो समयमा राज संस्थाका समर्थकहरुले यस्ता फेक न्युजहरु धेरै फैलाउन खोजिरहेको भेटिएको छ। फेसबुकमा रहेको नारायणहिटी दरबारको फोटो राजतन्त्रको बेलाको निशाना छापलाई प्रोफाइल पिक्चर राखेर कृतिका शाह नामको फेसबुक पेजबाट यस्ता धेरै फेकन्युज सेयर भएका छन्।

केही उदाहरण-

उदाहरण नम्बर १

उदाहरण नम्बर २

उदाहरण नम्बर ३

उदाहरण नम्बर ४

उदाहरण नम्बर ५

फेसबुकमा झुक्याउने नियतले फेक शीर्षक राखिएका यी सनसनीपूर्ण हेडलाइनमा क्लिक गर्दा भने त्यस्तो समाचार केही भेटिँदैन। अङ्ग्रेजीमा tourismareas.com साइट खुल्छ। यो साइट कसको हो त ? इन्टरनेटमा खोज्न मिलिहाल्छ।

खोज्दा यस्तो भेटियो-


फेब्रुअरी ६ मा बल्ल दर्ता गरिएको यो वेबसाइट चितवन भरतपुर ११ का भीमप्रसाद अधिकारीको नाममा दर्ता भएको छ। हेर्नुस् विस्तृत जानकारी

यसलाई नै आधार बनाएर अफवाह फैलाएको आरोपमा प्रहरीले अनुसन्धान गर्न नसक्ने हैन।

त्यसमा रहेको [email protected] इमेलका आधारमा खोज्दा यस्तो ट्विटर एकाउन्ट भेटियो-

यो न्युजकान्तिपुर नामको फेसबुक पेजमा पनि यस्तै फेक न्युजहरु सेयर हुने गरेका छन्-

त्यसैगरी यो इमेल अबिस अधिकारीका नाममा खोलिएको फेसबुक पेजमा पनि भेटिन्छ। त्यो पेजमा पनि यस्तै फेक न्युजहरु सेयर गरिएका छन्।

तर हामी सर्वसाधारणले चाहिँ के गर्न सक्छौँ त ? एक त यस्ता फेक अविश्वासिला लिङ्कहरुमा लाइक, कमेन्ट गर्न हुन्न। किनभने त्यसो गर्दा झन् यस्ता फेक न्युजहरु फैलन सघाउ पुग्छ। बरु हामीले यसलाई फेसबुकमा रिपोर्ट गर्न सक्छौँ।

कसरी?

सबैभन्दा पहिला पोस्टको दायाँपट्टी रहेको तीनवटा थोप्लोमा क्लिक गर्ने अनि त्यसमा Find Support or Report Post मा क्लिक गर्ने। त्यसपछि यस्तो पेज खुल्छ-

अब त्यसमा False News लेखिएकोमा क्लिक गर्ने त्यसपछि तलको Next मा क्लिक गर्ने।

(तपाईँले पनि सोसल मिडियामा देख्नुभएका कुनै विषयमा शंका लागे हामीलाई [email protected] मा वा माइसंसारको फेसबुक पेजबाट पठाउन यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ। सम्भव भएसम्म हामी त्यसबारे खोजी ब्लग लेख्ने प्रयास गर्नेछौँ।)

1 thought on “ट्रम्प, मोदी र ज्ञानेन्द्रको भेट? फेक न्युज हो कि साँच्चै? : फ्याक्टचेक”

  1. Shankar says:
    February 27, 2020 at 7:31 am

    हैन यी मुलाका साग हरु अप्रिल १ सम्म पनि पर्खन किन न सकेका ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme