Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया

Posted on January 26, 2016 by Salokya

republic जनवरी २६ नेपाली मिडियाका लागि सानोतिनो दशैँ नै हो। दशैँमा शुभकामना विज्ञापन पाए जस्तै नेपाली मिडियाले भारतीय दूतावासबाट एउटा फूल पेज विज्ञापन पाउँछन्- त्यहाँको गणतन्त्र दिवसको उपलक्ष्यमा। बरु नेपाली गणतन्त्र दिवस आउँदा खासै चासो नहोला, भारतीय गणतन्त्र दिवसमा विज्ञापन वापत् पैसा आउँछ।

ब्रोडसिट अर्थात् ठूला आकारका राष्ट्रिय दैनिक सबैजसोमा फूल पेज विज्ञापन छाप्ने वा नछाप्ने भारतीय दूतावासले त्यो मिडियालाई पत्याउँछ कि पत्याउँदैन भनेर थाहा पाउने एउटा आधार हो। यो वर्ष ‘अन्नपूर्ण पोस्ट’ मा भारतीय गणतन्त्र दिवसको विज्ञापन देखिएन।

अन्नपूर्ण पोस्ट यसअघि भारतीय लगानीमा चलेको दैनिक थियो। भारतीय हितका कुरा खुब आउँथे त्यसमा। भारतीय लगानीकर्ताले स्वामित्व बेचेलगत्तै भारतीय दूतावासले नपत्याउने स्थिति पो आइलागेछ त। यो वर्ष यो एउटा इन्ट्रेस्टिङ घटना भयो।

अन्नपूर्णमा यो वर्ष भारतीय हित विपरीतका खबर खुबै छापिए। गोरखामा अनुमति बिना भारतीय हेलिकप्टर उडेको, भारतीय राजदूतले आयोजना गरेको च्याथम हाउस छलफलको समाचार छापेको….लिस्ट धेरै छन्।

यसअघि डाबर जुस कान्ड मच्चिएको बेला र भारतीय राजदुतसँग सम्बन्ध बिग्रिएको बेला कान्तिपुरमा यसरी नै गणतन्त्र दिवसको विज्ञापन छापिएको थिएन। सम्बन्ध सुधारसँगै कान्तिपुरमा भारतीय दूतावासको विज्ञापन देखिन थाल्यो। यो वर्ष नागरिक, गोरखापत्र, राजधानी, समाचारपत्र लगायतका अरु दैनिकमा जस्तै कान्तिपुरमा पनि छ।

अनलाइनहरुमा भने अनलाइनखबर र सेतोपाटीमा भारतीय दूतावासको विज्ञापन देखिएको छ।

4 thoughts on “भारतीय दूतावासले पत्याएका र नपत्याएका मिडिया”

  1. Chiranjeevy Pokhrel says:
    January 27, 2016 at 1:11 pm

    भारतको ६७ औ गणतन्त्र दिवस धुमधामका साथ मनाइदैँछ । नेपालमा पनि यो दिवसको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना हुने हुँदा प्राय सबै संचारकर्मी ब्यस्त भएका छन् ।

    भारतले नेपालका भारतीय भू पु सैनिकहरुलाई सन् २०१४-१५ मा २७ अरब ६८ करोडको पेन्शन उपलब्ध गराएको जनाएको छ ।

    भारतले ७ करोड ६५ लाख रुपिया भन्दा बढि पेन्शन भन्दा बाहेकू योजना अन्तर्गत खर्च गरेको नेपालि संचार मिडियामा आएका छन् । यस्तै “मृतक अनुदानू” स्वरुप ८ लाख ७० हजार, “मर्का अनुदानू” अन्तर्गत ६ लाख “एक पटक अनुदान” अन्तर्गत ६६ लाख ४० हजार, भूपु कोष मार्फत ६९ लाख सहयोग गरेको भनिएको छ ।

    भारतले नेपालका भारतीय भू पु सैनिक कल्याणमा बर्सेनि अर्बौ रकम खर्च गरेको हरेक गणतन्त्र दिवसमा सार्वजनिक गर्ने गर्दछ । तर हजारौ सुरक्षाकर्मीले अरबौं रुपिया बराबरको सहयोग पाइरहँदा चार सुरक्षाकर्मीले “मृतक अनुदान” “पेन्शन भन्दा बाहेक अनुदान” , “मर्का अनुदान ” अथवा “एक पटक अनुदान” त परैका कुरा….. डिउटी गरे बापत आफुले पाउनु पर्ने तलब भत्ता पनि नपाएको सुन्दा जो कसैले पत्याउन सक्दैन ।

    न पत्याए पनि सत्य सत्य नै रहन्छ, इतिहास फेर्न सकिदैन । भारत सरकारबाट तलब भत्ता पाउने गरि सिमा नाका भान्टाबारी-कोशी ब्यारेज –भारदहमा नेपाल सरकारबाट खटिएका नेपाल प्रहरी-सेनाका सुरक्षाकर्मीहरुले (स्वर्गीय बेद प्रसाद पोख्रेल, स्वर्गीय पिताम्भर झा,६२ बर्षीय झनक बहादुर बस्नेत ७३ बर्षीय यम बहादुर पौडेल) १८ वर्ष अहोरात्र खटिए बापत न तलब भत्ता पाए न त पेन्शन नै ।

    “हामि ४ जनाको पाउनु पर्ने सबै रकम जोड्दा झन्डै १ करोड ६४ लाख नेपाली रुपिया पुग्छ “। सप्तरी मलेखका झनक बहादुर बस्नेतले भने ।

    “हामीले डिउटी गर्द हरेक २६ जनवरीका दिन हामी भारदहमा परेड खेल्थौ”। नेपाल -भारतको झण्डालाई संयुक्त सलामी दिन्थौं तर हाम्रो हात रित्तो भयो मैले त रिटायर्ड भै सकेपछि पनि आफ्नो तलब नाएकोले ६-७ महिना त्यहि डिउटि गरि रहे तर आफ्नो ठाउमा अर्को व्यक्ति आइ सकेको र विरपुर धाउँदा धाउँदा थकि सकेको कारण म बिरामी परे र डिउटि जान छोडे” राजविराज ८ का यम बहादुरले थपे ।

    “आज पनि (माघ १२) हामीलाई पनि भारतको भिमनगरमा परेडका लागि बोलाइएको थियो । केहि साथीहरु गए । तर म गएन” । “म संगै डिउटी गरेका मेरा सिनियर स्वर्गीय बेद प्रसाद पोख्रेलले भन्नु हुन्थ्यो ‘ “हामि भारतीय सिमा बल (एसएसबि) र नेपालको सशश्त्र प्रहरी बल सरहको सुरक्षाकर्मीहरु हौँ ।

    सिमामा डिउटी गर्छौ तसर्थ भारतको झन्डालाइ मात्र होइन नेपालको झण्डालाइ पनि सम्मान गर्नु पर्छ” बेद प्रसाद हुँदा भारदहमा कार्यक्रम हुन्थ्यो र हामि त्यहि संयुक्त झन्डालाइ सलामी दिने गर्थेउ” ब्यारेजमा हाल कार्यरत राजकुमार बर्माले भने ।

    सब इन्स्पेक्टर राजकुमार बर्मा १ बर्ष पछी रिटायर्ड हुँदैछन । उनले भने “अहिले पनि हाम्रो तलब भत्ता नियम अनुसारको छैन। भारतीयहरुले सधै हेप्ने गरेका छन् । विरपुर तलब लिन जादा हाकिमहरुलाई खुसि बनाउनु पर्छ अनि ३-४ महिना अगाडिको तलब बल्ल पाइन्छ” उनले पिंडा बताए ।

    काम गरेको तलब भत्ता लिन समेत भारतीय सेनाले यस्तो गरे पछि पिडितहरु कानुनको सहारा लिन बाध्य भएका छन् । आफुले काम गरेको तलब लिन कस्तो समस्या त्यो पनि भारतिय सेनामा !!

    स्मरणरहोस् नेपालको तर्फबाट जागिरमा अनुबन्धन भएका उनीहरुको तलब सुबिधा भारत सरकारले ब्यवहोर्ने भएकाले उनीहरु भारतिय सेनाका रुपमा काम गरेका थिए ।

    Reply
  2. sushil says:
    January 27, 2016 at 7:38 am

    भनेपछि अन्नपुर्ण पोस्ट सहि रहेछ. नत्र अधिकांस नेपाली मेडियाले जुन व्यक्तिको धुरन्धर प्रसंसा गर्दछन, त्यो व्यक्ति उसको र उ संग सम्बन्धित एनजिओ अथवा दुतावासको सर्कल भित्रको हो भन्ने बुझे हुन्छ.

    Reply
  3. ramesh says:
    January 27, 2016 at 7:33 am

    किन होला?
    तर अन्नपुर्ण पोस्ट न्यावरन देखीको बल लगाएर हिन्दु राज्य बनाउन र खुल्ला रुप नै त्यसको लागि प्रचार गर्दै आएको छ।न अप्रत्यक्ष गणबन्धन देखिने डरले हो कि?
    जो होता हे नहि दिखता।

    Reply
  4. aditya maharjan says:
    January 27, 2016 at 12:37 am

    संचार कर्मिको मुख्य दायित्व भनेको सहि ,सत्य तथ्य समाचार सर्वसाधारण जनतामा सुसुचित गर्ने हो न कि बिज्यापन पाए वा नपाएको आधारमा गलत वा प्रतिसोधको भावनाले अतिरन्जित समाचार फैलाएर सर्वसाधारण लाई भ्रम पार्ने,.बिज्ञापन को आधारमा समाचार लेख्ने (पक्ष र विपक्ष )को अन्त्य हुनु पर्दछ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme