Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी सेनाको जहाजले सम्झाइदिएको ८ वर्ष पुरानो कुरा

Posted on March 18, 2022March 22, 2022 by Salokya

अमेरिकी सेनाको जहाज आयो भनेर आज सोसल मिडिया र अनलाइन मिडियामा समेत हल्लीखल्ली मच्चिएको देख्दा झण्डै ८ वर्षअघिको घटना याद आयो। त्यतिबेला एयरपोर्ट छेउमा अफिस थियो। यसो जुम गर्दै लेन्स चलाउँदै गरेको, एउटा फरक खालको प्लेन देखेँ। फोटो खिचेर जिस्केर ट्विटरतिर हालेको, नसोचेको हङ्गामा मच्चियो।

त्यही फोटो साभार गर्दै नाम चलेका सबै अनलाइन मिडियाहरुले समाचार बनाए। नसोचेको चर्चा देखेर लोभिएर फोटोहरु हालेर आफूले पनि ब्लग लेखियो। अहिले त्यो पढ्दा हाँसो लाग्यो। खासमा सिभिलियन जहाज जस्तै दूतावासका सामानहरु लिएर सेनाको जहाज आउनु पनि सामान्य नै रहेछ। त्यो भन्दा पहिला पनि आएको थियो, त्यो भन्दा पछि पनि आइ नै रहेको थियो। अहिले एमसीसी पास भएपछि अमेरिकी सेना आउँछ भन्ने हल्ला भइराख्या बेलामा सामाजिक सञ्जालमा हङ्गामा हुने नै भयो, अचम्म त अनलाइन मिडियाले उही ८ वर्षअघिकै जस्तो गरी समाचार बनाउँदा पो लाग्यो त।

पुरानो ब्लगको एउटा कमेन्ट दामी थियो : एयरपोर्टमा प्लेन त आउँछ नि, पानीजहाज आउन्न क्यारे। फेरि लुकिछिपी षडयन्त्र गर्नु छ भने कुन मूर्खले दिउँसै सबैले देख्न र फोटो खिच्न सक्ने गरी बल्ड्याङ्ग्रे प्लेन ओराल्छ होला र – अमेरिकी गुप्तचर निकाय संग हेर्दा शंका नलाग्ने प्रकृतिका प्राइभेट जस्ता देखिने जहाज पनि त छ होला नि, गोप्य काम त तिनीबाट गराउँछन् होला नि। जे होस, पहिले पनि यसरी आउने गरेको रैछ, पछि पनि आउला, अरु देशका वायुसेनाका जहाज पनि आउँछन्, विभिन्न कामले आउँछन् नि, जे मा पनि शंका गर्न त भएन हो। र यस्ता कुरालाई ठुला मिडिया र माइसंसार सबैले किन समाचार बनाको हो ? खासै यो धेरै सोच्न पर्ने विषय होइन। नेपालीले प्लेन नै देख्या रैन्छन्, एयरपोर्टमा एउटा प्लेन बस्दा यत्रो हल्लीखल्ली भनेर दुतावासका कर्मचारीहरु हाँस्दै होलान्। धेरै पाखे बन्न भएन हामी पनि। लाटोले पापा हेर्‍या भन्छन् नि, त्यस्तै लाग्यो मलाई। नेपालको पनि वायुसेना भएको भए र यत्रो प्लेन भएको भए अमेरिकाको वासिङ्टन डिसी मै ओरान्नु हुन्थ्यो। क्यार्नु, हामी संग छैन। तर नेपालले त्यसो गरेको भए पनि त्यहाँको वासिङ्टन पोष्ट र न्युयोर्क टाइम्सले चाहिं यसलाई इस्यु बनाउन्न थ्यो होला।

धेरै कमेन्टमा षड्यन्त्र, शंका आदि आदि पनि थिए।

यो त्यतिबेलाको कुरा जतिबेला एमसीसी भन्ने जिनिस आकै थिएन। त्यतिबेला त शंका, उपशंका, लघुशंका, दीर्घशंका सब थिए भने अहिले त…अहिले त घरघरमा एमसीसी पास भइसकेकोले अमेरिकी सेना आउने हल्ला छ।

अस्ति शिवरात्रीको रात छरछिमेकीको एमसीसीबारे यस्तो बुझाइ सुनेर चकित खाइयो। धेरैको बुझाइ यस्तै त होला।

८ वर्षअघि पनि उस्तै थियो हेडलाइन- किन आयो अमेरिकी सेनाको विमान काठमाडौँमा ? ८ वर्षपछि आज पनि उही हेडलाइन। त्यतिबेला पनि सामाजिक सञ्जाल तरङ्गित हेडलाइन, अहिले पनि उस्तै।  शायद् ९ वर्षपछि अर्को पुस्ताले पनि यस्तै यस्तै हेडलाइन राख्ने हो कि ? 🙂

यो ८ वर्षअघि लेखेको ब्लग :

अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?

त्यतिबेलाका समाचारहरुको लिङ्क : (अहिले धेरै नखुल्ने भइसकेछ) 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme