शुक्रबार थप एउटा नयाँ जिल्लामा कोरोना संक्रमित भेटिएको छ। यसअघि बिहीबार नयाँ दुई ठाउँमा कोरोना संक्रमित भेटिएका थिए। आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार झापा निवासी ६२ वर्षका पुरुषको कोभिड १९ परीक्षण पोजिटिभ भेटिएको हो। योसँगै कोरोना भेटिएका जिल्लाको संख्या ११ पुगेको छ। अझै ६६ जिल्ला ग्रिन जोनमा छन्। अर्थात् त्यहाँ अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन्।
अहिलेसम्म कैलाली, कन्चनपुर, काठमाडौँ, चितवन, पर्सा,रौतहट, धनुषा, बाग्लुङ, उदयपुर, भोजपुर र झापामा कोरोना भेटिएको छ।
प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित संख्या प्रदेश १ मा छ। यो प्रदेशको उदयपुर, भोजपुर र झापा गरी तीन जिल्लामा संक्रमण भेटिएको छ।
प्रदेश २ मा पनि पर्सा, रौतहट र धनुषा गरी तीन जिल्लामा संक्रमण फैलिएको छ।
प्रदेश ३ को काठमाडौँ र चितवनमा कोरोना संक्रमित भेटिएका छन्। सुदूरपश्चिम प्रदेशमा भने कैलाली र कञ्चनपुरमा संक्रमण भेटिएको छ।
काठमाडौँको सनसिटी अपार्टमेन्टमा पोजिटिभ भेटिएका आमा-छोरा हिजो डिस्चार्ज भएसँगै काठमाडौँमा ‘एक्टिभ’ केस सकिएको छ। अब प्रदेश ३ मा चितवनमा मात्र दुई वटा ‘एक्टिभ’ केस छ।
त्यसैगरी हिजै कैलालीकी ५० वर्षीया महिला पनि निको भएर घर फर्केपछि सुदूरपश्चिममा पनि अब एउटा मात्र ‘एक्टिभ’ केस छ।
प्रदेशगत रुपमा प्रदेश ५ र कर्णाली प्रदेश अहिलेसम्म ग्रीन जोनमा छन्।
हालसम्म निको हुनेको संख्या १० पुगेको छ।
लकडाउनको म्याद वैशाख १५ गते सकिँदै गर्दा कोरोना संक्रमितको संख्या ४९ पुगेको हो। लकडाउन थपिने, नथपिने वा स्वरुप परिवर्तन गर्ने बारे केही निर्णय भएको छैन। निर्णय गर्नेहरु राजनीतिक खिचातानीमा व्यस्त भएकोले कोरोना भाइरसलाई समेत दिक्क लागेको हुनुपर्छ।
थप एक नयाँ संक्रमित झापा जिल्लामा भेटिएसँगै……….. भनेर पो शीर्षकमा लेख्ने हो की ? “थप एउटा नयाँ जिल्ला झापामा भेटिएसँगै“ बाट त उहि हाम्रो भिषा नाचाहिने “लाबण्य देश” को जिल्ला एता सापटी ल्याउनुभो कि झापामा नयाँ भनि मिसाउन भनेर भनेजसो लागेर नि …… हल्का रमाइलो ?