Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टुरिस्ट भिसामा विदेश जान दोहोरो टिकटको नियम : यसकारण अव्यवहारिक

Posted on March 2, 2020March 1, 2020 by mysansar

-श्यामसुन्दर/टोरन्टो-

नेपाल सरकार अध्यागमन विभागले मिति कात्तिक २६ गते स्वीकृत गरिएको एउटा सूचना विभागको वेबसाइटमा राखेको छ। यहाँ क्लिक गरी हेर्न सकिन्छ। यसअनुसार नेपाली नागरिकहरुलाई पर्यटकीय प्रकृतिका भिसामा विदेश प्रस्थान अनुमति पाउन दोहोरो टिकट काटेको हुनुपर्ने उल्लेख छ। यो नियम सरकारले व्यवहारिक हिसाबले नै लगाउन खोजेको होला। तर क्यानाडामा बसोबास गर्ने धेरै नेपालीका बुवाआमा र हजुरबुबा हजुरआमाहरु भेट्न र घुम्न आउदा अप्ठ्यारो पर्ने गरी अव्यवहारिक देखिन्छ। कसरी ?

बुवाआमा र हजुरबुबा हजुरआमाहरु क्यानडामा ‘सुपर भिसामा’ यहाँ आउदा एक पटकमा २ वर्षसम्म लगातार बस्न मिल्छ। यो पनि पर्यटकीय प्रकृतिकै भिसा हो।

धेरै नेपालीहरुले नेपालबाट क्यानडा आउन जान अनलाइन टिकट किन्नुहुन्छ जसमा बढीमा एक वर्षभन्दा अगाडि काट्नै पाइँदैन। प्रस्थान गर्न भन्दा केही हप्ता अगाडि दिन मिलाएर टिकट लिँदा सस्तो पर्ने भएकोले कम्तिमा २ पटक नेपाल फर्कने दिन सार्नु पर्ने हुन्छ। यसो गर्दा हरेक पटक प्रति व्यक्ति करिब १५० डलर जरिवाना तिर्नु पर्ने हुन्छ। यदि केहि कारण फर्कने समय परिवर्तन गर्न परे अरु धन व्यर्थमा खर्च हुन जान्छ।

यो हिसाबले प्रायः नेपालीहरु कम्तिमा पनि २ जना (बुवाआमा) सँगै यो भिसामा आउने हुनाले समग्रमा कम्तिमा पनि ६०० डलर त फर्कने दिन परिवर्तन गर्दा मात्रै लाग्ने थप शुल्क भयो। यसका अतिरिक्त दिन परिवर्तन गर्दा प्रायः टिकट महँगो नै हुन्छ। साथै फर्कने दिन छान्न पनि धेरै च्वाइस नहुने हुनाले समग्रमा समय र पैसाको नाश हुने देखिन्छ।

सम्बन्धित निकायहरु जस्तै क्यानाडा को दूतावास, अध्यागमन विभाग र स्वयम् गृह मन्त्रालयमा यस सम्बन्धमा चासो ब्यक्त गर्दा कतैबाट पनि सुनुवाई नभएको कुरा यहाँका केही नेपालीहरु बताउनु हुन्छ। आशा छ policy maker हरुले यो नियमले पार्ने अप्ठेरोको गाम्भीर्यतालाइ बुझेर लामो अवधि बस्न सकिने यस्ता भिसाका हकमा छिट्टै यो नियम परिवर्तन गर्नुहुनेछ।

4 thoughts on “टुरिस्ट भिसामा विदेश जान दोहोरो टिकटको नियम : यसकारण अव्यवहारिक”

  1. Raj Adhikari says:
    March 6, 2020 at 10:41 pm

    सम्बन्धित क्षेत्रको बारेमा जानकारी बेगर लेखिएको लेख हो भनेर मैले भन्दिएँ 🙂

    Reply
  2. Suman Sharma says:
    March 4, 2020 at 6:31 pm

    Malai ta yo kura hawa jasto lagyo. Tapaiko 600 dollar ko lagi Nepal sarkar le Rules nai change garnu parcha bhanne chainna. Yo Nepal Sarkar ko rules 99% countries ko lagi lagu huncha. Aba tapai lai samasya bhayo bhandai ma 1% countries ko lagi rule change garne. Yauta kura bhugnus Nepal Sarkar le rules banauda overall countries lagi hune gari banaucha nai each countries ko rules herera.
    PS I also live in Canada but I don’t have issue with rules. I am happy to pay 600 dollars or more for my parents who want to live more than one year. Thank you

    Reply
  3. mangal says:
    March 3, 2020 at 10:26 pm

    sansaar kai niyam yastai chha, nepali laai cahi ustai pare bina ticket nai sansaar ghumna paye aananda hunchha.. haami pani kaam gardai gareko muluk bata bibhinna muluk maa business visa maa ghumna jancham ta, tara two way ticket nabhai kunai muluk ko embassy le visa nai didaina ta. ke lekhau ke lekhau bhayera lekheko lekh jasto laagyo.

    Reply
  4. जब्बर says:
    March 2, 2020 at 10:58 am

    ठ्याक्कै भने जस्तो नहोला तर अन्य उपायहरु पनि छन|
    जस्तो
    १. एकचोटी रिटर्न टिकट लिएर आएपछी एक बर्ष भन्दा बढी बस्नपरे थप लागेको भाडा रकम तिरेर| त्यती त सहन पर्‍यो नी|
    २. प्रस्थान गरिसकेपछी रिटर्न क्यान्सल गराएर अर्को एक तर्फी टिकट लिनसकिन्छ| तर क्यान्सल गराउदा फिर्ता गरिने भाडा रकम कम आउन पनि सक्छ अनि एक तर्फी भाडा महँगो हुन सक्छ, सस्तोमा पनि पाईन सकिएला|
    ३. नेपालगन्ज, मोरङ, झापा वा भारत सीमा नजिकका वासिन्दालाई दिल्ली वा कोलकताबाट उडन सुविधा होला| त्यहाबाट उडदा दोहरो टिकट देखाई रहन नपर्न पनि सक्छ|
    ४. ट्राभल एजेन्सीले एक्तर्फीको मात्र भाडा असुल गरेर रिटर्न ओके नगरेर बुक मात्र गरेको अवस्था गरेको अवस्था पनि हुन्सक्ला|
    एयर्पोर्टमा चेक गर्ने अध्यागमनका ९०% घुसखोरी कर्मचारीले के हेर्ने हो, त्यो पनि जानकारी हुनपर्ने हो|
    नेपालले प्रस्थान अघी दुई तर्फी टिकट अनिवार्य रुपमा हुनपर्नेमा कारण होलान| जुन जुन देशमा कस्ता कस्ता नियमहरु छन त्यस्तै बमोजिम नेपालको नियम गरिरहन पर्दैन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme