Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुरानो फोटो पठाएर नयाँ पर्यटन मन्त्रीलाई झुक्याउँदै चाकडी कसले बजाएछ?

Posted on September 12, 2019September 12, 2019 by mysansar

-सन्तोष न्यौपाने/बेल्जियम-

नयाँ पर्यटन मन्त्री योगेश भट्टराईले बुधबार आफ्नो भेरिफाइड फेसबुक पेजमा दुई वटा फोटो राख्दै लेखे- ‘ब्रसेल्समा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार। धन्यवाद मित्रहरुलाई।’

फोटो र त्यसमा लेखिएको विवरणहरु हेर्दा भर्खरै ब्रसेल्समा यसरी प्रचार गरिएको झैँ भान हुन्छ। तर त्यो सत्य हैन। खासमा यो पुरानो फोटो हो। चार महिना पुरानो फोटो।

गत मे १९ तारिखका दिनमा बेल्जियमको राजधानी ब्रसेल्समा २० किमी म्याराथन दौड आयोजना गरिएको थियो। यो दौडमा नेपाली दूतावासले सहभागिता जनाएको थियो। यसमा बेल्जियमबासी नेपालीहरुमात्र हैन, राजदूत लगायत दुतावास परिवार सहभागी भएका थिए।

मन्त्री भट्टराईले राखेको दोस्रो फोटो कुनै नेपालीको पसलमा जुन महिनामा खिचेको देखिन्छ। बेल्जियम निवासी कासी दनैले यो फोटो जुन ३० मा फेसबुकमा राखेको देखिन्छ।

त्यतिखेरको पुरानो फोटो अहिले कसैले चाकडी बजाउन नयाँ पर्यटन मन्त्री योगेश भट्टराईलाई पठाएका हुन् कि, उनको पेज चलाउने पाँच जनाको टिममध्ये कसैले नबुझेर फेसबुकमा सेयर गरेका हुन् कुन्नि।

हुनत फोटो राखेर प्रचार गरेर के बिग्रियो भन्ने तर्क पनि होला। तर्क त ठीकै हो। केही बिग्रँदैन। तर जे भए पनि पुरानो फोटोलाई नयाँ झैँ अर्थ लाग्ने गरी अहिले फेसबुकमार्फत् प्रचार प्रसार गर्दा हेर्नेहरु झुक्किन्छन्। यसरी साँचो कुरा लुकाएर गरिने काम झुक्याउनु हो। झुक्याउने काम सकेसम्म कसैले नगरेको जाति। बरु भ्रमण वर्ष प्रचार गर्न अहिले नयाँ काम गरौँ न। त्यसो गर्दा के बिग्रन्छ?

पर्यटनमन्त्री भट्टराईले यो फोटो फेसबुक पेजमा राखेपछि यो ब्लग तयार पार्दासम्म ४३ जनाले सेयर गरेको देखिन्छ त्यसमध्ये एक बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापासमेत हुन्।

2 thoughts on “पुरानो फोटो पठाएर नयाँ पर्यटन मन्त्रीलाई झुक्याउँदै चाकडी कसले बजाएछ?”

  1. Sushil says:
    September 16, 2019 at 8:30 pm

    यो पुत्ले पत्रकार ले mysansar जस्तो ब्लग लाइ पनि आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न थालेछ । यो समाचार को content को बारेमा त मेरो कुनै बिमति छैन तर कसैले बीयेर र मासु खुवाउन नमानेमा उसको बारेमा नानाभाती कुरा लेखेर छापने एसको पुरानो बानी हो। यो समाचार मा पनि भएको तेस्तै हो।
    अझ फेसबुक तिर त म र सालोक्य जी लुम्बिनी म संगै बिपासना गरेको , वहा ले मैले जे भने नि माननु हुन्छ भनेर कमेन्ट गर्दै थियो त, न पत्याए यही पुत्ले पत्रकार को फेसबुक म गएर हेर्दा हुन्छ।

    Reply
  2. सुमन अधिकारी says:
    September 12, 2019 at 12:25 am

    हा हा हा , वेल्जियमका राजदुत यस्ता खुरापात गर्न खप्पिस रहेछन !
    ठूला ठूला गफ दिने लोक वहादुर थापा वेल्जियमका नेपालीलाई समेत मुर्ख वनाएछन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme