Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपचार पत्ता नलागेको अलजाइमर्स किन र कसरी हुन्छ ?

Posted on August 10, 2019 by राजेन्द्र मगर
.boldsky.com

अलजाइमर्स मस्तिष्क रोग हो। यो रोग विशेषगरि वृद्वृद्लाई देखिन्छ। उपचार पत्ता लागिनसकेको यो रोग लाग्नुको कारणको बारेमा अध्यन अनुसन्धान भइरहेको छ। अहिलेको अवस्थामा यो रोग मेडिकल साईण्टिस्टहरुको टाउको दुखाई बनिरहेको छ।

के हुन्छ यो रोग लाग्दा ?

मानिसहरूले सम्झने शक्ति हराउँछ।

आफन्तजनहरूलाई चिन्ने र उनीहरूको नाम सम्झन सक्ने अवस्था हुन्न्।

सरसफाई, नुहाइ धुवाई तथा दिशा, पिसाव गर्न नै कठिनाई हुन्छ।

मष्तिस्कले गर्दै आएका महत्वपूर्ण कामहरू गर्न सक्ने शक्ति कमजोर हुदै जान्छ।

विर्सने रोग बुढेसकालले गर्दा लागेको होइन यो त एक प्रकारको रोग नै हो। मष्तिस्कका स्नायुकोषहरू मर्दै जाने र मष्तिस्कमा भएका केहि रसहरू उत्पन्न गर्ने स्नायुकोषहरू हराउदै जादाँ अलजाइमर्स हुन्छ।

अलजाइमर्स किन र कहिले हुन्छ ?

यो रोगको कारणबारे बुझ्न धेरै अनुसन्धानहरु भइरहेका छन्। धेरै कारणहरु पत्ता लगाउन बाँकी छ। केही पत्ता लगाइएका कारणहरु यस्ता छन्।

१. वंशाणुगत दोष,

२. मस्तिष्कमा हुने विभिन्न स्नायु रसायन (एसिटाइलकोलिन) को गडबडी।

६०–६५ वर्ष आयु भएका मानिसमा यो रोग तीन प्रतिशतले पाइएको छ। त्यो भन्दा पाँच वर्ष आयु बढी भएकामा दोब्बर तवरले यो रोगको प्रभाव देखिन्छ। स्थायी क्षति भएको समयदेखि रोगी सालाखाला थप आठ वर्ष बाँच्छन्।

के ध्यान दिने ?

व्यक्तिगत सरसफाई।

खानपिन।

दिउसो नसुत्ने।

घर बाहिर जादाँ साथी पठाउने।

पोषणको कमीका कारण वा थाइरोइड ग्रन्थी सम्बन्धी रोगका कारण अलजाईमर्स भएको रहेछ भने उपचार सम्भव छ।

तर, अन्य कारणहरूले भएको अलजाईमर्सको उपचार छैन।

औषधी उपचार नभएका कारण र यस्ता विरामीको हेरचाह ज्यादै बढी गर्नुपर्ने कारण परिवारले निकै कठिनाई झेल्नु पर्ने हुनसक्छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme