Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भकभकाउने समस्या किन हुन्छ ? उपचार कसरी गर्ने ?

Posted on August 9, 2019August 9, 2019 by राजेन्द्र मगर

तपाई सबै  शब्दहरु शुद्धसँग उच्चारण गर्न सक्नुहुन्छ ?

तपाई नअकमकाईकन बोल्न सक्नुहुन्छ ?

यदी नभकभकाईकन बोल्न सक्नुहुन्छ भने यो तपाईको अत्यन्तै सबल पक्ष हो।

कतिपय मानिसहरु यस्ता पनि छन्, उनीहरु नभकभकाईक बोल्न सक्दैनन्। जसका कारण कतिप ठाउँमा उनीहरु हाँसोको पात्र बनिरहेका छन्।

भकभकाउनु समस्या होइन् रोग हो।

कहिलेकाँही सामान्य मानिसहरु पनि तनाव, घबराहट, डिप्रेसन, आवेगलगायतका कारण भकभकाउँछन्। तर, त्यो क्षणिकमात्र हुन्छ, त्यो कुनै समस्या होइन।

के हुन्छ भकभकाउँदा?

शब्द उच्चारण गर्दा नै कठिनाई महसुस हुन्छ।

जिब्रो मुखतिर धकेलिन्छ र मुखको मांसपेशीमा स्वतः संकोच आउँछ।

भकभकाउनु मानसिक कुण्ठाको रोग हो, जसलाई कि त स्वयम् पीडितले सम्झन्छ, कि चिकित्सकले । भकभकाउने समस्याका कारण मानिसको स्वभाविकमा असर गर्छ। यद्यपि उनीहरु मानसिक रुपमा भने सक्षम नै हुन्छन्।

किन हुन्छ ?

वंशाणुगत कारणले पनि भक्भकाउने हुन सक्छ।

भक्भकाउने नक्कल गर्दागर्दै बानी पर्न सक्छ।

चाँडो चाँडो बोल्ने बानी।

तनाव या घबराहटको स्थिति।

उपचार के ?

नियमित अभ्यास वा प्रशिक्षणद्वारा समाधान गर्न सकिन्छ । तर, मानिस पूर्ण रुपमा बोल्न नसक्ने गरी या कुण्ठित हुने गरी समस्या बढ्दै गयो भने चिकित्सकको सहायता लिनुपर्छ, यसका लागि स्पीच थेरापी गराउने थुप्रै संस्थाहरु छन् । थेरापी गर्दा कति समय लाग्छ भन्ने कुरा बिरामीको अभ्यासमा भर पर्छ ।

के गर्ने ?

बिस्तारै बोल्ने अभ्यास गर्ने

शब्द उच्चारणमा ध्यान दिने।

भक्भकाए पनि बोलिरहने तथा पढ्ने अभ्यास गर्ने।

बच्चा या वयस्कलाई अनावश्यक विचार मनमा आउन नदिने।

शरीरमा पौष्टिक पदार्थको कमीका कारण पनि बच्चाहरु भक्भकाउने गर्छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme