Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वर्षाको समयमा कस्ता रोगको संक्रमण हुन सक्छ ? संक्रमण भएमा के गर्ने ?

Posted on August 2, 2019 by राजेन्द्र मगर
फाइल फोटो

वर्षाको मौसममा विभिन्न रोगहरु लाग्ने गर्दछन्। बाढी पहिरोजस्तो समस्याका कारण पानी दुषित हुने भएकाले ब्याक्टोरिया तथा भाइरसबाट सर्ने रोगहरुको संक्रमण बढी हुन्छ। त्यसले वर्षाको समयमा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ। वर्षामा सर्ने रोग, जिवाणु, बच्ने उपाय यसप्रकार छन्।

पानीबाट सर्ने मुख्य रोगहरु :

झाडापखाला , आउँ, मासी, हैजा, टाईफाईड, पाराटाईफाइड, हेपाटाइटिस–ए र ई (जण्डीस)

जीवाणुबाट सर्ने मुख्य रोगहरु :

डेंगु, मलेरिया (औलो), कालाजार, लेप्टोस्पाइरोसिस, स्क्रब टाइफस

संक्रमणबाट बच्न के—के सावधानी अपनाउने ?

– दिशा गरेपछि, खाना खानुअघि र खाइसकेपछि तथा फोहोर छोएपछि साबुन पानीले राम्रोसँग हात धुने ।

– पानी शुद्धीकरण गरेर मात्र पिउने ।

– लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने र पानी जम्ने खाल्डाखुल्डी पुर्ने ।

– बासी तथा सडेगलेको खानेकुरा नखाने ।

– बाटोमा खुल्ला राखिएका खानेकुरा (स्ट्रीट फुड) नखाने ।

– तरकारी तथा अन्य खानेकुरा राम्रोसँग पकाएर मात्र खाने।

– संक्रमित व्यक्तिको नजिक जाँदा मास्क प्रयोग गर्ने ।

पानी शुद्धीकरण गर्ने विधिहरु:

–उमाल्ने पानी शुद्ध गर्ने सबैभन्दा सरल र खर्चरहित विधि उमाल्ने हो। पानी उमालेर पिउँदा यसमा हुने आँखाले देख्न नसकिने जीवाणुहरु मर्ने भएकाले उमालेको पानी पिउनु सुरक्षित हुन्छ।

–फिल्टर गर्ने बजारमा पानी फिल्टर गर्ने विभिन्न किसिमका फिल्टरहरु पाइन्छ।

–क्लोरिनेशन गर्ने यसका लागी पानीमा क्लोरिन रसायन प्रयोग गरिन्छ। क्लोरिनको प्रयोगले पानीमा हुने किटाणु नष्ट हुन्छ। बजारमा विभिन्न नामका क्लोरिन झोलहरु पाइन्छन्।

–सोडिस गर्ने यस विधिमा घाममा लगातार ६ घण्टासम्म पारदर्शी बोतलमा पानी राखिन्छ। यसरी घाममा राख्दा पानीमा भएका किटाणुहरु मर्छन्। यो विधिका लागि सूर्यको ताप आवश्यक पर्ने भएकाले घाम कम लाग्ने समयमा यो विधि त्यति उपयोगी नहुन सक्छ।

संक्रमण भैहालेमा के गर्ने?

झाडापखाला लागेमा जीवनजल पानी पिउने। तातो र झोलिलो पदार्थ प्रशस्त पिउने। र जतिसक्दो छिटो नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme