Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निद्रामा घुर्ने समस्या जसले, गराउँछ ‘हर्टयाट्याक’ देखि ‘प्यारालाइसिस’सम्म

Posted on July 29, 2019 by राजेन्द्र मगर

– डा० राजु पंगेनी, एम.डी, डी.एम

के तपाईंलाई निद्रामा घुर्ने समस्या छ?

के तपाईं सुतेको बेला सास रोकिएर उकुसमुकुस हुदै बारम्बार बिउझने गर्नुहुन्छ?

के तपाईंलाई दिउसो धेरै निद्रा लाग्ने गर्छ?

के तपाईंलाई निद्रामा हात-खुट्टा धेरै चलाउने, छट्पटिने समस्या छ?

‘यदि छ भने तपाईंलाई निद्रामा घुर्ने र सास रोकिने रोग ‘स्लिप एप्निया’ भएको हुन सक्छ।’

‘स्लिप एप्निया‘ के हो र कसरी हुन्छ?

यो निद्रा सम्बन्धि एउटा रोग हो। साधारण घुराई र यो रोगका कारण हुने घुराईमा भिन्नता छ। साधारण घुराई मोटोपन हुनेहरु अथवा अन्य स्वस्थ मानिसलाई पनि हुन सक्छ तर यसमा ‘स्लीप एप्नियामा’ जस्तो सास रोकिने वा अक्सिजनको मात्रा घट्ने हुदैन।

स्लीप एप्निया हुनेहरुलाई निदाएको बेला गर्धनभित्रको श्वास-नली साँगुरो भई केहि बेरको लागि बन्द हुन्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा घट्न थाल्छ, मुटुको चाल अनि प्रेसर बढ्न थाल्छ। यसको केहि समयपछि बिरामीको निद्रा खुल्छ अनि फेरि श्वासप्रस्वास सुचारु हुन्छ। यो बेला हात खुट्टा फाल्ने, कोल्टे फर्कने, चिच्याउने आदि हुन सक्छ।

‘घुर्ने, सास रोकिने, ब्युझिने, सास खुल्ने, फेरि घुर्ने’ यो क्रम रातभरि चल्छ जसका कारण बिरामीको निद्राको गुणस्तर (क्वालिटी) एकदम कम हुन्छ। धेरै जसो अवस्थामा बिरामीलाई निद्रामा हुने यी घटनाहरुको त्यति सम्झना रहदैन।

बिरामीलाई भन्दा संगै सुत्ने पार्टनरलाई यी कुराहरु बढी थाहा हुन सक्छ। यसको अल्पकालीन (मुटुको चाल गडबड हुने तथा हार्ट अट्याक) देखि लिएर दीर्घकालिन (शारीरिक तथा मानसिक) असरहरु हुन सक्ने भएकाले शंका लाग्ने बित्तिकै डाक्टरको परामर्श लिनु उचित हुन्छ।

यो रोगका असरहरु के हुन सक्छन् ?

यो रोग हुनेहरुलाई ‘हर्ट अट्याक, मुटुको चालमा गडबडी, प्यारालाइसिस , मानसिक समस्या, थकान, सडक दुर्घटना, प्रेसर, मधुमेह, यौन समस्या आदि हुने सम्भावना धेरै हुन्छ। अत्यधिक घुराईको कारण पारिवारिक तथा पेशागत सम्बन्धमा पनि ह्रास आउन सक्छ। अत्यधिक आलस्यपन तथा निद्राका कारण मोटोपन झन् बढ्दै जान सक्छ।

स्लिप एप्निया भए-नभएको कसरी पत्ता लगाउन सकिन्छ?

यसका लागि तपाईंले निद्रा सम्बन्धि जांच गर्नु पर्ने हुन्छ। यसलाई पोलिसोम्नोग्राफी पनि भनिन्छ। यो जाच गर्नको लागि तपाईं एक रात यस अस्पतालको बेडमा भर्ना भई सुत्नुपर्नेछ। यो जांचले तपाईं निदाएको बेला घुर्ने, सास रोकिने तथा अक्सिजनको मात्रा कम हुने एवं अन्य निद्रा सम्बन्धि रोगहरु भए-नभएको किटान गर्न सहयोग गर्नेछ।

तपाईं निदाएको बेला तपाइंको शरीरमा टासिएका तार वा सेन्सरहरुले निद्राको अवस्था, घुराइको मात्रा, अक्सिजनको मात्रा, सासको गति, मुटुको चालको निगरानी तथा भिडियोको माध्यमबाट निद्राका गतिविधिहरु परीक्षण गरिनेछ।

सेन्सरहरु टास्न प्रयोग हुने क्रिमको एलर्जी तथा रोगकै कारण हुन सक्ने भवितव्य बाहेक यो जांचका कारण शरीरमा अन्य कुनै नराम्रो असर हुदैन। कहिलेकाही आवस्यकता हेरी तपाइंको घरमै गई तथा CPAP मेसिन जोडेर पनि यो जांच गर्नु पर्ने हुन सक्छ।

निद्राको जांच गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?

१) कपालमा कुनै किसिमको तेल, जेल, स्प्रे प्रयोग गर्नुहुन्न। दारी भएको अवस्थामा सेन्सरहरु टास्न गाह्हो हुने भएकाले यो टेस्टको लागि दारी काट्नुपपर्छ।

२) सजिलो तथा खुकुलो लुगाहरु लाउनुपर्छ।

३ निद्रा टेस्ट गर्ने दिन सके सम्म सुत्नु हुन्न। साथै कफी, चिया, कोक, रक्सी जस्ता पेय पदार्थ पिउनुहुन्न।

४) सुगर, प्रेसर आदिको औषधी साबिक बमोजिम खान सक्नुहुन्छ।

५) गफ होहल्ला नगरी, निदाउन सहज हुने बातावरण बनाउनुपर्छ। कुनै किसिमको मनोरंजनका साधनहरु मोबाइल, रेडियो, ल्यापटप आदिको प्रयोग गर्नुहुन्न्।

 

उपचारको बिधि के हुन्छ?

माथि उल्लेख गरिएको जस्तै तपाइँलाई स्लीप एप्निया लागेको रहेछ भने तपाइँ निदाएको बेला तपाइँको सासको नलीमा अवरोध आउने हुँदा यसबाट तपाइँको शरीरमा अक्सिजनको मात्रा घट्नुका साथै यसले निद्राको गुणस्तरलाई समेत असर पार्दछ।

यो रोगको मुख्य उपचार भनेको सिप्याप (CPAP) प्रबिधिको प्रयोग गर्नु हो। सासको नली बन्द हुन नदिनका लागि तपाइँले राती नियमित रुपमा नाक वा मुख छोप्ने खालको ‘बिशेष मास्क’ प्रयोग गरी सुत्नुपर्ने हुन्छ।

यो मास्क सिप्याप (CPAP) मेसिनसंग जोडिएको हुन्छ। यो मेसिनले मास्कको माध्यमबाट तपाइंको स्वास-नलीमा चाप पैदा गरी यसलाई बन्द हुन दिदैन र अक्सिजनको मात्रा घटबढ हुनबाट जोगाउँछ। यसले तपाइंलाई गहिरो निद्रा लगाउन सहयोग गर्छ तथा रोगका कारण हुने अरु समस्याहरुबाट समेत बचाउँछ।

माथि उल्लेखित CPAP प्रविधिका साथसाथै तपाइँले अरु बिधिहरु पनि अपनाउनु भयो भने उपचार सहज हुन्छ। जस्तै वजन कम गर्ने, सुत्ने बेला कोल्टे फर्केर मात्र सुत्ने, गर्धनका मांशपेशीहरुको कसरत गर्ने, नाक-कान-घांटीको समस्याहरुको उपचार गर्ने, जाड-रक्सी जस्ता अन्य निद्राको औषधी प्रयोग नगर्ने, आदि।

साधारण स्लीप एप्निया हुनेहरुलाई मुखमा लगाउने यन्त्रहरु तथा कहिलेकाहीं घाटीको शल्यक्रियाले पनि फाइदा हुन सक्ने हुन्छ।

निन्द्राको जांच गरिसकेपछि रोगको अवस्था हेरी तपाईलाई डाक्टरले यी विकल्पहरुको बारेमा उचित परामर्श दिनुहुनेछ।

                                                                        पंगेनी छाती रोग बिशेषज्ञको रुपमा  ह्याम्स अस्पतालमा कार्यरत छन्।

3 thoughts on “निद्रामा घुर्ने समस्या जसले, गराउँछ ‘हर्टयाट्याक’ देखि ‘प्यारालाइसिस’सम्म”

  1. Navin says:
    August 2, 2019 at 4:09 pm

    सूचना मुलक जानकारीका लागि धन्यवाद |

    Reply
  2. रबि says:
    July 30, 2019 at 8:17 am

    मुख्य कुरा life style modification नै हो।शारीरिक ब्यायाम त अनिवार्य छ,आफ्नो वजन कम गर्नुका साथै रक्सी चुरोट त्याग्नु अत्यावश्यक छ।

    Reply
  3. prakash_Edm_Canada says:
    July 30, 2019 at 1:03 am

    भनेसी नेपालमा अजै पुरानै प्रबिधि रहेछ | सरल नया प्रबिधि पनि भएको भए राम्रो हुने थियो कि | राम्रो लेख | धेरै लै थाहा नहुन सक्छ कि CPAP Machine ले BP पनि धेरै कन्ट्रोल गर्छ | औसदी खानु भन्दा सानो machine लाएर सुत्न धेरै फाइदा छ | परिवार लै समेत सुत्न ठुलो सहयोग गर्छ | असल निन्द्रा ले धेरै रोग पनि कम गर्छ र फुर्तिलो बनौ छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme