– अशोक राई –
नेपालको संविधानले लोकसेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्वीकारेको छ। लोक सेवा आयोगले प्रश्नपत्र बनाउने, परिमार्जन गर्ने, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता, मनोवैज्ञानिक व्यक्तित्व परीक्षण, पाठ्यक्रम निर्माण लगायतका कामका लागि सम्वन्धित शाखाले सम्बन्धित विषयका आवश्यक संख्यामा दक्षहरुको नाम समावेश भएको सूचीलाई समय समयमा अद्यावधिक गराइ दक्ष र विशेषज्ञहरुको सूची राख्दै आएको दाबी गर्छ।
तर लोक सेवा आयोगको २०७६ साउन ४ गते पाचौं तहको नासुको परिक्षामा सोधिएको D-3 को प्रश्न नं २२ मा किरात अर्थको प्रश्नको उत्तरले किराती समुदायलाई लज्जास्पद बनाएको छ।
लोकसेवा आयोगले यो प्रश्न बनाइराख्दा किरातको अर्थ कहाँको सन्दर्भ सामाग्री प्रयोग गरेको हो? किरातको अर्थ दिने स्रोत ब्यक्ति को हुन्? हचुवा कै भरमा किरातको अर्थको रुपमा (a) पूर्वको मान्छे (b) पश्चिमको मान्छे (c) जीउडाल परेको मान्छे (d) एकोहोरो मान्छे भनी उत्तरहरु राख्ने को हो ? के-को आधारमा उत्तरहरु छनौट गरिएको हो विशेषज्ञहरुले ? यस्तो प्रश्नपत्र बनाउने र विशेषज्ञ ब्यक्ति साँच्चिकै विशेषज्ञ र दक्ष ब्यक्ति नै हो त? यो प्रश्न ९ लाख किरात समुदायको हो।
लोकसेवा आयोगको यो प्रश्नको उत्तरले राज्यको प्रतिबिम्ब देखाउँछ। राज्यको बुझाई र दृष्टिकोण देखाउँछ।
इतिहासदेखि किरात समुदायको विशेषज्ञ तथा विज्ञ ब्यक्तिहरुले हरेक लेख रचना, वक्तव्य तथा कार्यक्रमहरुमा किरातको अर्थ सभ्यता, भुगोल, संस्कृति, ऎतिहासिकता बोकेको इतिहास भनेर किरातको अर्थ र परिभाषा लेख्दै,भन्दै आएको छ। यही सभ्यता, संस्कृति, भूगोल र ऎतिहासिकताको आधारमा प्रदेश नं १ लाई किरात प्रदेशको नामकरण गर्ने दबाबमूलक आन्दोलन भइराखेको छ। यतिखेर यो घडीमा किरातको अर्थको उत्तर लोकसेवा आयोगले सही उत्तरहरु पहिचान गर्न नसक्नु कसको कमजोरी हो?
लोक सेवाको प्रश्नपत्र बनाउने विशेषज्ञ तथा विज्ञ भनेको ९ अंक थपी गोल्डमेडलिस्ट भए जस्तै त होइन? संका उब्जाएको छ।
राई नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अध्यक्ष हुन्।
छनौटमा राखिएका उत्तरहरु सार्है लाजमर्दो नै हो । यसरी किरातको परिचय बिगार्न पाइन्न ।
यसबाट लोकसेवा आयोगको छविमा आँच आएको छ । वास्तवमा किरातसँग आयोगले माफी मागे राम्रो हुन्छ ।
किराँत जातीलाई पुर्वको जाति पनि भनिन्छ । प्रश्नको आशय यही हुनु पर्दछ । जे होस, प्रश्न सोधाई नमिलेकै हो ।
एसको चार वोटा प्रश्न मध्ये , सहि जबाफ चै के रहेछ ?
किरात काल नेपालको इतिहास को सम्भवत सबै भन्दा बलियो र र सुन्दर काल मान्न सकिन्छ/ ललितपुर पाटन भनिने सहर काठमान्डू कातिपुर भनिने सहर किराती राजा यलम्बरले स्थापना गरेको हो/ काठमान्डूलाई तेसैले “ये” र पाटनलाई “यल” भनिन्छ जुन नाम आज पनि स्थानियहरु प्रयोग गर्दै आयकै छ/ किराती राजा यलम्बरकै पालामा उतर भारतमा महाभारत युद्ध नाम दियको को छेत्रिय जातीय राजा रजौटा बिच युद्ध भयको र त्यो युद्ध हुनु अघि अर्जुन कर्ण भन्दा कमजोर देखियकोले कृष्णले अर्जुनलाई यलम्बर सिट युद्ध कला र कर्ण सिट युद्ध गर्न सक्ने युद्ध कला सिक्न पठायको थियो/ महाभारत युद्धमा यलम्बरलाई निम्तो गरियन तर यलम्बर आफै त्यो युद्ध हेर्न भारत गयो/ कृष्णले यलम्बरलाई पछाडी बात टाउको छिनायर हत्या गरे/ यलम्बरको टाउकोको मुर्तिलाई इन्द्रचोकमा वंगद्यो मानेर पुजा गर्दै आयको छ/
नेपालको गौरवमय इतिहास बोकेको जाति व्यक्ति र समुदायको इतिहासिक महत्व जनाउने “नाम” मितायर आफ्नै समुदायको कुनैको केहि पनि नाम दिने कुप्रयाशको सिधा अर्थ इतिहास नभयकाको अरुको इतिहास कब्जा गर्ने प्रयाश मात्रै हो/ यस्तो कुराहरु ढाई दसक देखि हुँदैआयको छ त्यो भन्दा पहिला किरातको इतिहास लिच्छविले, लिच्छविको इतिहास मल्लले मितायन वरु अझै समृद्ध गरे/ तर मल्ल पछिकाले नेपालमा अरुको इतिहाशिक देन कृति सम्झाउने नाम बदलेर बिगारेर उनीहरुको इतिहास नै मिताउने प्रयाश उहिले देखि आज सम्म पनि गर्दै आयको छ/ यहि कुराको झल्को देखाउंछ माथि लेखमा उल्लेख गरेको किरातको देन लाइ …..गराउने प्रश्नले/
In the Mahabharata, Bhima meets the Kiratas to the east of Videha, where his son Ghatotkacha is born; and in general the dwellers of the Himalayas, especially the eastern Himalayas, were called Kiratas.