Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतै ‘दाइहरु’को डर, कतै ‘बैनी’ आतंक तर यताको टिभीमा अर्कै समस्या

Posted on July 17, 2019July 17, 2019 by mysansar

-बीपी साह-

पत्रकार बिनु सुवेदीले सेतोपाटीमा लेखेको ‘दाइहरुको डर’ ब्लग चर्चित बनेको छ। कोटभित्र राखिएको ‘दाइ’ शब्दले दाजुबहिनीको पवित्र सम्बन्ध हैन, युवतीको शरीरमा कुदृष्टि राख्ने भोको बोकोलाई इङ्गित गरेको छ। नाम उल्लेख नभएका १८ जना पुरुष पत्रकार तथा गैरपत्रकारलाई उनले आफ्नो ब्लगमा समेटेकी छिन्। भावुक बनाउने र पुरुष पत्रकारलाई लज्जित बनाउने उक्त ब्लगलाई काउन्टर दिन अर्का पत्रकार विमल नेपाल अघि सरे। नेपालले ‘बजारमा ‘बैनी’ आतंक’ शीर्षकमा अर्को ब्लग लेखेका छन्, जसमा महिलाहरुले पनि आफ्नो शरीरलाई साध्य बनाएर अगाडि बढ्न खोज्ने प्रवृत्ति उल्लेख छ तर त्यो फितलो देखिन्छ।

दुबै ब्लगलाई पढेर मेरो दिमागमा फुर्‍यो, ‘यिनीहरुले #MeToo किन लगाएनन्?’

अब नाम पनि खोल्नु नपर्ने र #MeToo लगाए नि हुने, नलगाए नि हुने भएपछि मलाई नि भर्खरैको एउटा घटना लेख्न मन लाग्यो, नेपालको सबभन्दा जेठो ब्लगमा।

कुरा यसरी सुरु हुन्छ।

ग्लोबल टेलिभिजनहरुको न्युजरुमले न्युजलाई सशक्त र सहज बनाउन नयाँ–नयाँ प्रविधिहरु प्रयोग गर्न थालेका छन्। जसमध्येको एक हो भीआईजेडआरटी (भिजुअलाइजेशन इन रियल टाइम)। यस प्रविधिले समाचारसँग सम्बन्धित चित्रहरु वास्तविक लाग्ने जस्तै तत्कालै प्रस्तुत गर्छ।

स्काई न्यूज, अल जजिरा इंग्लिस जस्ता ग्लोबल च्यानल र आजतक जस्ता अन्तर्राष्ट्रिय न्युज च्यानलहरुले पनि उक्त प्रविधि प्रयोग गरेका छन्। भारतको लोकसभाको पछिल्लो चुनावमा आजतकले सबभन्दा बढी यो प्रविधिको उपयोग गरेको थियो।

तर, नेपालको टेलिभिजन न्यूजरुमहरुमा के हुँदैछ त?

यस प्रश्नको जवाफ खोज्नुअघि म डेढ दशक अगाडि फर्केँ।

नेपाल टेलिभिजनबाट शनिबार बिहान हिन्दी टेलिसिरियल रामायण र दिउँसो दुई बजेपछि हिन्दी फिल्म आउने गरेको थियो।

बाँसको टुप्पामा झुण्ड्याइएको एन्टिना र पुच्छर भएको ब्ल्याक एण्ड ह्वाइट टिभीमा च्यानल बटारेर बिहान रामायण हेर्न बस्थ्यौं। यो समयमा पारिवारिक भेला हुन्थ्यो। सबै भद्र भएर बस्थ्यौं। कतिपयले त रामायणको सुरुमा बज्ने गीत बज्दा पुजाको थाली लिएर पुजा नै गर्थे।

तर, बीच मै आउँथ्यो बेशरम लिरिल साबुनको विज्ञापन- ला…लालालाला…लालालाला भन्दै।

रामायण हेर्न धार्मिक मूड बनेर सबै परिवार जम्मा भएका बेला बिकिनी लगाएकी केटीले शरीरको बाँकी सम्पूर्ण भाग देखाउँदै झरनामा मच्ची मच्ची उफ्रेर नाचेको विज्ञापन आउँदा सबैको आँखा टिभीभन्दा यताउता जान्थ्यो। आफैलाई अलिक असहज महसुस हुन्थ्यो।

तर, लगत्तै गोरखकाली टायरको विज्ञापन आएपछि वातावरण सहज हुन्थ्यो र सबैको आँखा टिभीमा पर्थ्यो।

लिरिल साबुनको विज्ञापन हेर्न किन असहज हुन्थ्यो भने त्यो विज्ञापनमा मोडलको धेरै भाग स्तन देखिन्थ्यो। र, अरु भाग पनि।

डेढ दशक पुरानो यादलाई ताजा पार्ने घटना अहिले नेपालको न्युजरुममा हुँदैछ। केही वर्ष यता नेपाली टेलिभिजनको न्युजरुममा हेर्नमा सुन्दर र स्वर मीठो भएको केटी खोजिँदै आएको थियो। तिनीहरुलाई नै समाचार वाचन गर्न दिइँदैछ।

तर, आज नेपालको न्युजरुममा चिटिक्क परेकी युवती अथवा महिला मात्रै होइन, ‘उ’ ठूलो भएकी महिलाको पनि खोजी हुन्छ।

हालसालै एचडीमा गएको एक न्यूज च्यानलबाट समाचार शाखाका धेरै कर्मचारीहरु फालिएका छन्। त्यस न्यूज च्यानलबाट एक जना समाचारवाचिका फालिनुको कारण रोचक छ।

अनुमान गर्नुस् त किन समाचारवाचिका फालिन्छ?

एभिन्यूज टिभीमा प्रायः तालिम गर्न गएकी युवतीहरु एकदेखि दुई वर्षसम्म समाचार पढ्छिन्। जब काम अनुरुप दाम माग्छिन् त्यसपछि उनीहरुलाई विदा गरिन्छ।

त्यस्तै, अन्य टिभीबाट पनि पैसाको कमी, रोजगारीको असुरक्षा र बुढेसकाल लागेपछि समाचारवाचिकाहरु बाहिरिन्छिन्।

तर, पछिल्लो पटक ‘उ’ सानो भएकोले एक समाचारवाचिका त्यो टिभीबाट फालिएकी छिन्।

हुनत त्यो समाचार कक्षमा दुई समूह छ। जसमध्ये एक समूहले अर्को समूहका रिपोर्ट र समाचार वाचकवाचिकालाई पेल्ने र हाकिम समक्ष कुरा लगाउने गरेको छ। यस्तो समस्या प्रायः मिडिया हाउसहरुमा हुन्छ।

स्तन सानो भएकोले टिभी स्क्रिनमा राम्रा नदेखिएको भन्दै फालिएकी ती समाचारवाचिका जब आफ्नो हिसाबकिताब गर्न पुगिन् तब मात्र आफू फालिएको कारणबारे थाहा पाइन्।

सुरुमा उनले भन्दा मलाई पत्यार लागेन। मैले मजाकमा उडाएँ।

तर, उनी सिरियस भइन्। म हाँसी राखे। सायद मैले त्यो पीडा नबुझेर होला।

हाम्रो संवाद एउटा कफी पसलमा हुँदै थियो।

उनले टेबुलमा रहेको पानीको ग्लास उठाएर मलाई धम्की दिइन्- सिरियस हुन्छस् कि पानी फाल्दिउँ?

अनि म सिरियस भएँ। र, सुनेँ। बुझ्दै जाँदा घटना सत्य रहेछ।

त्यसबेला मैले उनलाई दिने जवाफ केही थिएन।

र, मैले भनेँ- डन्ट वरी, लोक सेवा तयारी गर। होइन भने अर्को मिडिया छ नि !

भन्न त भनेँ तर सोच बदल्ने कुरा फलानो बैँकको विज्ञापनमा भने जस्तो कहाँ सजिलो छ र, हैन ?

5 thoughts on “कतै ‘दाइहरु’को डर, कतै ‘बैनी’ आतंक तर यताको टिभीमा अर्कै समस्या”

  1. Shankar says:
    July 18, 2019 at 9:34 am

    लिभिंग टुगेदर राम्रो होला , अरु न राम्रो होला भन्न खोजेको समाज समय अनुसार परिबर्तित हुदैछ , यी सबै राम्रो , न राम्रो हाम्रो समाज मा घटित हुदैछ बा कतै बाट कपि गरिदैछ |अहिले को सन्धर्भ मा जति नै राम्रो भए पनि लिभिङ्ग टुगेदर हिजो राम्रो मानिन्न थ्यो र अझै धेरैलाई अपच नै हुन्छ नेपाल मा |तर एक फड्को मारी सकेपछि अरु सबै फड्को साइड इएफ़ेक्त , बाइपास यिफेक्त बा कुनै इफेक्ट को रुप मा बा ” मिस फ़रचुन नेभर कमस एलोन;;; जस्तै अब अचम्म मानिन्न भन्ने आसय थ्यो |

    Reply
  2. madan bajracharya says:
    July 17, 2019 at 10:36 pm

    अधिकार र दाइत्व संगसंगै निभाउनु पर्छ/ प्रकृतिमा कयौं यस्ता कुराहरु छन् जुन कुरा महिलाले गर्न सक्छिन तर पुरुषले गर्न सक्दैन/ तेस्तै पुरुषले गर्न सक्ने महिलाले गर्न नसक्ने कुराहरु पनि छन्/ सबै कुरामा दुई बिपरित धार त् हुन्छनै/ यसैले त् होला प्रकृतिले पुरुष र महिला बनायको/ अचेल नारीले पुरुष दुबैले अर्कोले गर्न सक्ने सबै गर्न सक्छन त् भेदभाव किन भनि प्रश्न उथाउञ्छन/ भेदभाव को अर्को पट्टि ब्यबस्थापन हो/ यो कुरा उनीहरु जव आफुले खोजेको नपाउने हुन्छ तव बिरोध गर्छन/

    अधिकार र दाइत्व यकै मुद्राको अर्को पाटो भयकोले मुद्राको यक पाटोको मुल्य यक रुपैया अर्को पाटोको मुल्य सुका त्य हुने सक्दै/ यसो भयमा त्यो मुद्रानै खोटो हुन्छ/ समान हक खोज्नुको अर्थ समानता स्विकार्नु पनि हो/ के यसको लागि तयार छन् दुबैको अधिकार र दाइत्व समान हुनु पर्छ भन्नेहरु? तयार छन् भने:

    ०१. बैबाहिक सम्भंदको परिभाषा अव बदलिनु पर्छ/ यो सम्भंद दुबैको निमित असहज भय कुनै पनि पच्छ्यले तोड्ने अधिकार दिनु पर्छ/ असज भयको सम्भंद घाँदो भिर्ने पर्ने बाध्यता बात दुवै मुक्त हुनु पर्छ/
    ०२. सम्भंदको कारणले उत्पन्न सन्तानको दाइत्व दुबैको हुनु पर्छ/
    ०३. सम्भंद बिच्छेद गरेकोमा दुबैले बिबाह पर्चाद कमायको सम्पतिको बांडफांड बरावारिको आधारमा गरिनु पर्छ/
    ०४. बिबाह पुर्व कुनै सिट भयको पुर्खौली सम्पतिमा दावी गर्न नपाउने हुनु पर्छ/ तर त्यो सम्पतिमा सन्तानको हक चाहि लाग्ने हुनु पर्छ (पहिला तेस्तै कानुन थियो)/
    ०५. “बैबाहिक सम्भंदमा चितिंग” गर्नेलाई बा गर्नेले अर्को पछ्य बात केहि नपाउने गरि सम्भंद बिच्छेद गर्न पाउनु पर्छ/
    ०६. अचेल बिबाहितहरुले यौन सम्भंदमा मात्रै चितिंग गर्दै आयको छैन; यौन चितिंग को साथ् साथै आर्थिक चितिंग सम्पति चितिंग पनि गर्दै आयको समाचारहरु आय दिन छापिंदै आयको छ/ यस्तो कुरालाई कुन प्रकारको अपराध मान्ने; र कस्तो सजाय दिने/ यस्तै अपराध पनि गर्ने फेरी सम्भंद बिच्छ्यद पछि आफुले धोखा दियको व्यक्ति बात अंश पनि लिने?

    अहिले सम्भंद बिच्छेद गरिकी महिलाले पुरुष बात अंस पाउँछ; चाहे त्यो बिबाह मात्र पुरुष बात अंश पाउनकै निमित गरेको किन नहोस (मैले देखेको थिय तेस्तो बिबाह गरेको महिला)/ तर पुरुषले पाउंदैन/ सम्भंद बिच्छेद गरिकी महिलाले पुन; पुन पछि फेरी अर्को कयौं पुन बिबाह गरेर त्यो सिट पनि सम्भंद तोडेर उ बात पनि अंश पाउन छ/ यस्तो किन? यस्तो कानुनले कस्तो आचरनलाई प्रोत्शाहन दिन्छ; यो कानुन बनाउने सोच्नु पर्ने भैसक्यो/

    सम्भंद बिच्छ्यद गर्नेको अंश बन्दा उनीहरुले बिबाह पछि कमायको सम्पतिमा बरावारिको आधारमा हुनु पर्छ/ दुबैले बिबाह अघिको कमायको सम्पति र पुर्खौली सम्पतिमा दावी गर्न नपाउने हुनु पर्छ/ यदि यस्तै कानुन बन्ने भयो भने नारि र पुरुष यक सिक्काको दुई पाटो जस्तै पक्कै बन्छ तर अहिले नारि र पुरुष को हक बरावर हुनु पर्छ यसको बिरोधमा आकास पाताल यक गर्ने छन्; अवला माथि अन्याय भयो भनेर/

    Reply
  3. Bashanta Raj says:
    July 17, 2019 at 4:02 am

    #यौन सम्बन्ध बनाने के बाद अगर लड़का शादी न करे तो उस पर Rape on the pretext of marriage का केस बनता है। लेकिन अगर लड़की यौन सम्बन्ध बनाने के बाद शादी से इंकार करे तब उस पर कोई केस नहीं लगना चाहिए।

    लडकिया लड़को से कम नहीं है। cमगर जब घर चलाने की बात हो तो लड़का ही घर चलाएगा। अदालत में भरण पोषण मांगते समय हमारी तथाकथित सबला लडकिया अबला बन जाती है और पुरुष ATM मशीन बन जाते हैं।

    स्कूल कॉलेज में पढ़ाने वाली महिलाओ के सम्बन्ध उसी स्कूल कॉलेज के नाबालिग लड़को से अक्सर बन जाते है मगर इस विषय पर कोई #pink फ़िल्म न बन सकी। हाँ ब्लू फिल्म बहुत सी बनी है।
    किसी महिला का पीछा मर्द करे तो वो अपराध है.. लेकिन महिला अगर मर्द का पीछा करे तो उसे अपराध नही कहेंगे।

    लड़की अगर लड़के को थप्पड़ मार दे तो वो नारी सशक्तिकरण का प्रतीक है और अगर लड़का किसी लड़की को मार दे तो नारी का अपमान है….हर हाल में लड़का ही गलत माना जाना चाहिए।

    पुरुषो के समान आज़ादी तो चाहिये लड़कियो को ,मगर पुरुषो के समान जीवन की चुनौतीया लड़कियो को नहीं चाहिए…..!!

    लड़कियो को नारी सम्मान की भीख चाहिए लेकिन पुरुष का अपमान वो खुल्लम खुल्ला करेंगी..!!

    अपनी मर्जी से किसी की भी रखैल बनकर रहेंगी लडकिया….मगर पकडे जाने पर लड़को पर रेप केस लगाएंगी लडकिया….!!

    कब सोचेंगे सर इन मुद्दों पर??? आखिर भारत का युवा आरक्षण व महिलावाद तले कब तक रौदा जाएगा ????

    I read somewhere in Facebook…. And it’s copy paste…

    Reply
  4. Shankar says:
    July 17, 2019 at 2:50 am

    लिविंग टुगेदर मा गैसकेको समाज मा दाइ को डर , बैनी आतंक , मि टु , मेंन टु सबै चल्छ |भ्यालेन्टाइन विस गर्न थालेपछि नै लागिसकेको थ्यो , अब यो समाज धेरै अगाडी बढ्ने वाला छ | अब बिसतारै नेपाल मा पनि जेरी स्प्रिन्गेर सो , मौरी सो सुरु भएमा अचम्म मान्न पर्दैन |माने केटीहरु ले आफ्नो सम्बन्ध भएको ६-७ जना केटा लिएर सो मा आउछ , र एंकर ले डि येन ये रिजल्ट पढेर बाउ पत्ता लगाइदिने |

    Reply
    1. Ram says:
      July 17, 2019 at 6:44 pm

      Living together with consent of both. Harreshment without consent of one side. Dai ko dar sexual harassment ma paro living together both side Agreed paryo. Compare kasari huncha.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme