Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बाढीको वितण्डा : नेपाल/भारत सिमानाको वस्ती भर्सेज भारतीय सुरक्षाकर्मी

Posted on July 13, 2019July 14, 2019 by राजेन्द्र मगर

देशभर बाढी पहिरो प्रकोप व्याप्त छ।। गएका वर्षमा झै यो वर्षमा पनि तराई डुबान परेको छ। काठमाडौँ उपत्यकाका केही स्थानपनि जलमग्न भएका छन्। कतिपय स्थानमा सवारी साधन र घर नै डुबानमा परेका छन्।

सामाजिक सञ्जालपनि बाढी पहिरोको भयंकर प्रकोप देख्न सकिन्छ।

देशभर ४३ जनाको मृत्यु भइसकेको छ। बिचल्लीमा पर्ने बस्तीहरु दर्जनौ छन्।

हरेक वर्ष वर्षात लागेसंगै तराईका धेरै वस्तीका मानिसहरुको निद हराम हुन्छ।

मुसलधारे पानि दर्किनथालेपछि घरमा कतिबेला बाढी छिर्ने हो पत्तो हुन्न।

पुरैवस्ती डुबानमा पर्ने भएकाले जनधनको क्षती नभएको वर्ष हुन्न।

खेतमा लगाएका अन्नबाली घरपालुवा जनावरको बिचल्ली हुन्छ।

हरेक वर्षझै यो वर्षपनि सप्तकोशीमा पानीको बहाब बढ्न सुरु गरेको छ।

सप्तकोशीमा पानीको बहाब बढेपछि बिहारका मानिसको निद हराम भएको छ।

बिहारमा मानिसहरु डुबानमा पर्ने डरले भारतीय सुरक्षाकर्मीहरुले सप्तकोशीको ढोका बन्द गर्न दबाब दिइरहेका छन्।

यस्तो दबाब भारतीय सुरक्षाकर्मीले वर्षेनी दिने गर्छन्।

बिहारमात्र होइन् सिमानाका अन्य वस्तीहरुमा पनि भारतको दादागिरी व्याप्त छ। नेपाली वस्ततीको पानी पुरैखोल्दा सिमाना जोडिएका भारतीय वस्तीहरु डुबानमा पर्ने खतरा हरेक वर्ष हुन्छ।

फलस्वरुप भारतीय  सुरुक्षाकर्मीहरुले आफ्नो वस्ती जोगाउन हरेक वर्ष दादागिरी देखाउने गर्छन्। सोही कारण नेपालका वस्तीहरु डुबानमा पर्ने गर्छन्।

त्यस्तै रौतहटको लालबकैया र बाग्मती नदिमा पानीको बहाव बढेपछि रौतहटका केही वस्तीहरु डुबानमा परे।

नेपालको वस्ती डुबानमा पर्दा पनि भारतीय सुरक्षाकर्मीले बाध खोलेनन्। फलस्वरुप भारतीय गाँउ भकुरहर नजिकै बाँध फुट्यो र पानीले निकाश पायो। लगत्तै भारतीय सुरक्षाकर्मीले बाँध मर्मत गरे।

यो विषयमा भारतीय सुरक्षाकर्मी र नेपालको स्थानियबीच भनाभन भएपनि भारतीय सुरुक्षाकर्मीले आफ्नो अडान छोडेनन्।

नेपाल र भारतको सिमा क्षेत्रका वस्तीहरु वर्षेनी यसरी नै डुबानमा पर्ने गर्छ। जसका कारण भारतीय सुरक्षाकर्मी र नेपालका स्थानियवासीबीच झडप समेत पर्ने गर्छ। हरेक वर्ष एउटै समस्या दोहोरिने भइरहन्छ।

सिमा क्षेत्रमा रहेका नेपालको वस्ती र भारतीय सुरुक्षाकर्मीबीच अहिलेसम्म भएको सबैभन्दा ठुलो झडप सप्तरीको हो।

बाढीकै कारण वस्ती डुबानमा पर्दा पनि भारतीय सुरुक्षाकर्मीले बाध नखोलेको भन्दै सप्तरीका देवनारायण यादव भारतीय सुरुक्षाकर्मीसँग भिड्न गएका थिए। झडपमा परि उनी घाइते भएर अस्पताल भर्ना हुनुपरेको थियो।

यसरी वर्षेनी भारतले पानीको मामलाम दादागिरी गरेको कारण झडप भइरहेको छ। भारतले यसरी दादागिरी गर्दै गएमा अझै ठुलो झडप निम्तिनै निश्चत जस्तै छ।

8 thoughts on “बाढीको वितण्डा : नेपाल/भारत सिमानाको वस्ती भर्सेज भारतीय सुरक्षाकर्मी”

  1. madan bajracharya says:
    July 16, 2019 at 9:21 pm

    रमेश ज्यु
    नेपाली सब्द र उच्चारणलाई बिगारेर बोले लेखे हिन्दि भाषा बन्छ/ नेपालीले निन्द्रा भन्छ हिन्दि भाषीले निन्द/ हिन्दि भाषामा उनीहरुको जिउ को अंगहरु चिन्हाउने सब्दहरु समेत सबै नेपाली सब्द कोष बाटै सुटुक्क लियको छ/ नेपाली सब्द नपायको भय हिन्दि भाषीहरु सिट उनीहरुको भाषा मा उनीहरुलाई चिन्हाउने सब्द समेत छैन/

    नेपालको भाषा बिद्वानहरुले बेलैमा नेपाली सब्दहरु माथि पेटेन्ट राइट लियको भय आज हिन्दि भाषा बोल्नेहरु लाइ सब्दको अकाल नै हुन्थ्यो र तिनीहरुलाई नेपालले नेपालि सब्द निर्यात गरेर नेपाल धनि पनि हुन् सक्थ्यो/

    कहिले काही मलाई अचम्म लाग्छ, नेपालले किन यति साह्रो छुट दियको होला हिन्दि भाषिलाई भनेर/ नेपाली सब्द र उच्चारण नाबिगारे बोल्ती बन्द हुने हिन्दि भाषीले नेपाली भाषाको देव नागरि लिपि समेत उनीहरुको हिन्दि भाषाको लिपि भनेर संयुक्त रास्ट्र संघमा दर्ता गर्दा पनि नेपालले हो देव नागरि लिपि तिमीहरुको हिन्दि भाषाको लिपि हो नभनेर मानेर नेपाली भाषाको लिपि न्यारचाको भाषाको रन्जना लिपि नेपाली भाषाको लिपि भयको भनेर संयुक्त रास्ट्र संघमा दर्ता गरे/ यस्तै यस्तै गर्ने नहुने कार्य गरेकोले हिन्दि भाषीको चुरी फुरी बढेको हो/

    सिमाना खुला छ/ सुत्तुक्क नेपाल पस्छन हिन्दि भाषीहरु/ नेपाली सब्दहरु समेत सुटुक्क तस्करी गरेर भारत लग्छ/ मलाई त् नेपालमा हिन्दि फिल्मको सुतिंग गर्न आयको पनि त्यो फिल्ममा बोलिने दाइलगहरुको निमित नेपाली सब्दहरु चोर्न आयको जस्तो लाग्छ/ यदि बेलैमा हिन्दि भाषीहरुलाई नेपाली सब्द र उच्चारण लाई अलि फरक पारेर बोल्दैमा उनीहरुको हिन्दि भाषा बन्दैन भनेर सम्झाउन नसके यक दिन कुन नेपाली कुन हिन्दि भनेर छुट्याउन समेत नसकिने हुन्छ/

    Reply
  2. Shankar says:
    July 15, 2019 at 4:39 pm

    मदनजी
    हिजो घाटाको सन्धि हुदा पनि कम से कम बार्गेन त् भएको हुदो हो , कम अध्यन , भौगोलिक मजबुरी बाट र गरको सन्धि सम्जौता पनि न मान्ने दादा गरी बाट परिस्थिति जटिल भएको |
    अब त् झन् कुटनीतिक नियुक्ति पनि खुसु खसु भाइभतिजा , कार्यकर्ता मा हुने , उनीहरुलाई झन् ठुला ठुला प्रोजेक्ट चडाउने आफु नेपाल को सत्ता मा टिक्ने होडबाजी छ यो अबस्था मा
    झन् खतरनाक कुरा हरु हुने स्पस्ट छ |
    भर्खरको भारतीय बिसालु तरकारी नेपालि लाइ खुवाउने , आइफालाई एक अरब चडाउने सड्यन्त्र पछिल्लो नमुना हो |

    Reply
  3. madan bajracharya says:
    July 15, 2019 at 8:00 am

    शंकरज्यु
    अव यसो गर्न प्रयास गरौँ/ सबैलाई थाह छ बाढी आय पछि तराई दुवानमा पर्नु, नारायणी नदीमा सिचाई गर्न पानीको अभाव हुनु लगायत पन्चेस्वर आयोजना नबन्नुको कारण आदिको कारण कोशी गण्डकी महाकाली संधिनै हो/ अनुसार नेपालको भूभाग वोगटर भारतले बनायको बाँध आदिको बापत नेपाल र नेपालीले पाउनु पर्ने पनि बिजुलीको भाग लगायत मुवावाजा नपायको त् छँदैछ भारतले ती सन्धिहरु बिपरित कार्यहरु गर्दै आयको पनि छ/ यो बाहेक दस गजामा भारतले सडक भन्दै बाँध बनायको त् नेपाललाई “तेरा सार्वभौम सट्टाको हम ठेंगा देखायंगे’ क्या कर्लोगे” भनेकै हो/

    अब माथिको भन्दा खतरनाक कुरा अस्ति भारतले नेपालको भूमिमा उसको (!!!) बिस्वमै अग्लो बाँध बनाउनको निमित बजेट समेत छुताउनु हो/ कहिले कसको पालामा भारतलाई सप्तकोसी नदीमा नेपालकै भूमिमा बाँध बनाउन दिने सम्झौता कसरि गरे; सदनमा पेस गरेको हामीले सुनेको छैन/ नेपालको सरकारले भारत सिट तेस्तो सन्धि गरेको भनेको पनि छैन/ तर भारतले त्त् नेपालको भूमिमा त्यो बाँध बनाउने भनेर बजेतानै निकासा गरे? के यो सबै नेपालीलाई झस्काउने कुरा होईन? हो भने अव जनस्तरमै यो बारेमा निम्न कुराहरु बवाल गरेर कसरि बहसको बिषय बनाउने?
    ०१. कोशी सन्धि मातृकाले उसको पार्तिकालाई समेत जानकारी नदियर गरेको थियो र बीपीले मातृकालाई त्यो सन्धि किन गरेको भनेर प्रश्न समेत गरेको थियो/ कोशी सन्धि को बिरोध गर्ने बीपीले गण्डकी सम्झौता गरे/ बीपीले गरेको गण्डकी सम्झौता कोशी सन्धि भन्दा बढी घातक छ नेपालको निमित/ त्यो सन्धिको कारण नेपालले गण्डकी नदीको मुहान देखि नै भारतको अनुमति बिना पानि चलाउन पाउंदैन/ महाकाली सन्धि त् कोशी गण्डकी भन्दा बढी खराव छ/ जुन बेला महाकाली सन्धि भयको थियो तेतिबेलाको संबिधान अनुसार नेपालले महाकाली नदि सन्धि गरेकोमा बरावरको फाइदा पाउनु पर्छ. सदनले त्यो सन्धि पास गरिंदा यहि सर्त तेर्सायाको पनि थियो/ तर भारत नेपाललाई महाकाली नदीको ३% पनि मात्रै दिन खोजि रहेछ/ यसै कुरामा बिबाद भयर ३ बर्षमा दिपिआर बन्नु पर्ने आज सम्म बनेको छैन र यहि बिबादको कारणले पन्चेस्वर आयोजना अल्झिरहेको समेत छ/ भारतले सन्धिको सर्त नमानेकोले यो सन्धि मृत सन्धि हो; तर नेपालको नेताहरु यहि मृत सन्धि किन च्यापी रहेकोछ?
    ०२. भारतले नेपाललाई बारम्बार उसले भुटान सिट गरेको सन्धि जस्तै सन्धि गर्न दवाव पनि दिंदै आयको छ/ राजाले त् यो कुरा प्रस्टै सिट अस्विकार गर्यो, तर भारतको दवाव नमान्ने राजालाई ..गर्ने नेताहरुले भारतको त्यो दवाव प्रस्ट सिट नमानेको छ बा घुमायर मान्ने तारताम्य गर्दै आयको छ?
    भुटानको शासकिय ब्यबस्था भारतको नियन्त्रणमा छ/ नेपालमा भुटानमा जस्तै सिधै भारत नियन्त्रणमा त् छैन तर उसले दिल्ली सम्झौता गरायर उसले खोजे चाहे जस्तै गर्न खोजि रहेको छैन? भुटानको जलश्रोत सबै भारतको नियन्त्रणमा छ; नेपालको जलश्रोतमा भारतको नियन्त्रण छैन?
    ०३. किन नेपालले कोशी गण्डकी महाकाली लगायत सप्तकोसी मा भारतलाई बाँध बनाउन दिने (यदि सम्झौता गरिने सकेको छ भने? खारेज गरेर अर्को सन्धि भारत सिटी गर्नु परे नेपालको हक र फाइदा बरावर हुने गरि नगर्ने?

    Reply
  4. sahaskn says:
    July 14, 2019 at 10:41 pm

    यो कोशी त हाम्रा अत्यन्तै अहिलेसम्म पनि नजन्मेका राष्ट्रबादी महेन्द्रले पो बेचेका रैछन त | लोल |

    Reply
  5. Ramesh khatri says:
    July 14, 2019 at 7:05 pm

    Yo “nid haram” bhaneko ke ho? Nepali lekhna sakindaina? Ki Nepali ma tesko samanantar sabda nai chhaina? Laaz mardo

    Reply
  6. Mohan says:
    July 14, 2019 at 8:10 am

    Haina yo ta barsad ra badi pairo ko barema 6 7 class ka students harle lekne nibanda jasto po xa ta.

    Reply
  7. madan bajracharya says:
    July 14, 2019 at 8:05 am

    नेपालको भूमिमा भारतले बाँध बनायको बाढी आउंदा नेपालको भूभाग दुवे दुवोस तर भारतको भुमि नदुवोस भनेरै हो र ती भारतलाई ती बाँधहरु बनाउन दिने मात्रै होईन नेपालको भूमिमा बिस्वमै अग्लो ठुलो रिजर्भवायर बनाउन दियर समस्त सप्तकोशीको पानि भारतको हुकुम अनुसार बगाउने सन्धि गर्ने कुर्सि र कागज र बोलेको सब्द्को आधारमा मात्रै नेपालि मान्न कर लागेको लागेकाहरुलाई के नेपालको हित नियम किच्याउन्दै जय नेपालको हर्न बजाउंदै भारतको स्वार्थ ढुवानी गर्ने “ट्रिपर” भने फरक होला?

    नेपालको राजनीति र शासन व्यवस्थामा ती “ट्रिपरहरु” नगुदेको बेला कोशी नदीलाई बिहारको दुख भन्थ्यो/ तर नेपालमा ट्रिपर राज चल्ना साथ् त्यो नेपालको दुखको कारण बने/
    अब हेर्नुस उनीहरुले भारतलाई बनाउन दियको बाँध को कारण सुख्खा मौसममा नेपालमा खेति गर्न नपाउने गरि भारतले नेपालको नदीहरुको पानि सोहरेरै लग्छ र बाढी आयको बेला नेपाल र नेपालि दुव्ने गरि बाँध थुन्ने गर्दै आयको छ; तर नेपाल सर्वनास हुने सन्धि गरेर लाज पचाई जय नेपाल भन्दै हिड्ने ले यक सब्द बोले कहिले? तर मलाइ उनीहरु नबोलेकोमा कुनै आस्चर्य छैन; आस्चर्य त् ओली पनि चुप बसेकोमा लागि रहेछ/ के चुनाव अघि ओलीको ….मात्र नेपालीको भोट थुत्न को लागि मात्रै थियो?

    Reply
  8. Shankar says:
    July 14, 2019 at 3:42 am

    कहिले भुकम्प पिडित , कहिले बादी पिडित , कहिले आधिबेरी पिडित , हामि नेपालि सधै किन पिडित ? राजाले गरेर , बाहून ले गरेर , भारत ले गरेर , कि आफनै कर्म ले हामि नेपालि हरु यिनै कारण हरु मात्र सोचछम| दोस अरुलाई लाइदियो , आफ़ुचै दुधले धोएको निर्दोस , अबोध बालक बन्यो | तेसैमा आनन्द लियो |
    मेरो प्रश्न कोइ प्रजातान्त्रिक समाजबाद भनेर आए , कोइ नौलो जनबाद , कोइ पथ लिएर आए सबलाई बिस्वास गर्यो हिरो बनाइए , तेसैलाई फलो गरे | आजकाल यु ट्युब मा नया नया हिरो भुक्दैछन | तेस्लाई पनि बिस्वास गर्यो | अरु त् अरु छेउ न टुप्पा का फुस्रा बाबा हरुले समेत हामीलाई बेबकुफ बनाएका छन् | मान्ने कि न मान्ने ?
    यहि अन्ध्बिस्वास को नतिजा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme