Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

महिलाले नै सिरिञ्ज आक्रमण गरेर फरार भएको चर्चादेखि करिश्मा र शान्ता चौधरीको एसईईको प्रसंग

Posted on June 28, 2019 by राजेन्द्र मगर
प्रतिकात्मक तस्विर

आज एसईईको रिजल्ट सार्वजानिक भएको दिन। चर्चा एसईईकै छ।

सामाजिक सञ्जालभरि आफ्नो एसईईको अनुभव साट्ने र रिजल्ट आइसकेकालाई अर्ती उपदेश दिने ट्रेण्ड व्यापक देखिन्छ।

यस वर्ष सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका ३ लाख २५ हजार ३३० र निजीका १ लाख ३३ हजार ९४५ जना उत्तीर्ण भएका छन् ।

१७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका  मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ।

हरेक वर्षझै यो वर्ष पनि निजीको भन्दा सामुदायिक विद्यार्थीको रिजल्ट कमजोर छ।

आज निजी र सामुदायिक विद्यालको रिजल्टको तुलना भन्दा पनि नायिका करिश्मा मानन्धर र प्रतिनिधिसभा सदस्य शान्ता चौधरीको  चर्चा छ।

पहिले चर्चा गरौँ चौधरीको।

सांसद चौधरी ‘बी’ ग्रेडमा उत्तीर्ण भइन्। उनले २.६५ जीपीए ल्याइन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छिन् ।

२०७३ सालमा दाङको घोराहीमा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक शिक्षा सुरु भएको थियो। कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्।

त्यसपछि उनले खुला खुला विद्यालय रोजिन्। त्यसरी पढेर एसईई पास गरेकी उनी अब उच्च शिक्षा पढ्ने बताएकी छिन्।

चौधरीको जस्तै नायिका करिश्माको चर्चाले सामाजिक सञ्जाल तातिएको छ।

मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याइन्। उनले जीपीए ३ प्राप्त गरिन्।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।

त्यस्तै रिजल्टबाट खुशी रहेको उनको प्रतिक्रिया छ।

यसरी चौधरी र मानन्धरको रिजल्टले सामाजिक सञ्जाल तातिरहरहेको छ।

आज सामाजिक सञ्जाल तताइरहेको अर्को समाचार सिरिञ्ज एट्याकको हो।

उपत्यका बाहिर पहिलोपटक सिरिञ्ज एट्याक भएको छ।

बनेपाको एक युवतीमाथी सिरिञ्ज प्रहार भएको हो।

मंगलबार  राती ८ बजे बाटोमा हिडिरहेको बेला एक महिलाले सिरिञ्ज प्रहार गरि फरार भएको शुक्रराज ट्रपिकल सेन्टरमा आइपुगेकी एक महिलाले सुनाइएकी छिन्।

गएको डेढ महिनामा यस्तै प्रकृतीका घटना लिएर शुक्रराज ट्रपिकल सेन्टरमा ९ जना महिला पुगिसकेका छन्।

पछिल्ला पाँच घटना त गएको एक साताको मात्रै हो।

यसअघि भएका चार घटना सार्वजानिक भएपछि त्रसित हुदैँ ति महिलाहरु टेकु पुगेका अस्पतालका निर्देशक डाक्टर शेरबहादुर पुन बताउँछन्।

केही दिनको अन्तरमा भएको उस्तै घटनाले ति महिलाहरु त्रसित छन्।

उनीहरुलाई एचआइभी विरुद्दको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बी बिरुद्दको भ्याक्सिन दिइएको छ।

डाक्टर पुनका अनुसार यसअघिका घटनाहरु सिरिञ्ज आक्रमण हो कि होइन भनेर आशंका गर्नुपर्ने थियो। तर, यो घटना हेर्दा सिरिञ्जले नै आक्रमण गरेको स्षपष्ट हुन्छ। पीडित महिलाको हातको हत्केलाको पछाडिपट्टी सिरिञ्ज घोपिएको छ भने अरु घटनाको जस्तो ठुलो घाउ पनि देखिन्न्।

‘हामी डाक्टरहरुले बिरामीको ब्लड झिक्दा घोपेजस्तै नशामा पर्ने गरि घोपिएको छ। दायाबायाँ कतै घाउ, दाग छैन्’, डाक्टर पुनले भने, ‘यो घटना देखेर हामी सबै डक्टर हैरान भएका छौँ। यो अगाडी आशंका गरिएको घटना भन्दा डरलाग्दो छ।’

सामान्य मान्दा मान्दै पछिल्लो तथ्याकंले सिरिञ्ज आक्रमण घटनाको ग्राफ ह्वात्तै बढेको देखाउँछ। प्रहरीले आक्रमणकारी पक्राउ नगरिसकेकाले घटनाको बारेमा थाहा भइसकेको छैन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme