Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा सिरिञ्ज आक्रमण ! यस्ता छन् हल्ला र यथार्थका आधारहरु

Posted on June 21, 2019 by राजेन्द्र मगर

केही दिन यता सामाजिक सञ्जाललमा एउटा सामाग्री भाइरल भएको छ। जसमा लेखिएको छ, ‘राती राती युवतीहरुलाई सिरिञ्ज हानेर भाग्ने घटना बढेको छ। सावधानी अपनाउनुहोला।

उक्त सामाग्री सामाजिक सञ्जालमा भाइरल भएको छ।  फेसबुकका ग्रुप र इन्स्टाग्राम एकाउण्टमा त्यस्ता सामाग्रीहरु छ्यापछ्यापती छन्। केही मिडियाहरुले सिरिञ्जले नै आक्रमण गरेको भनेर दावी गर्दै समाचार समेत लेखेका छन्। तर, समाचारमा भनिएजस्तै सिरिञ्जले नै आक्रमण भएको हो त ?

सिरिञ्ज आक्रमणमा परेकी युवतीको दाबी मात्रै मान्ने हो भने सिरिञ्ज नै आक्रमण भएको हो ।

तर, घटनाबारे अनुसन्धान गरिएको  नेपाल प्रहरी र पीडितलाई उपचार गरिरहेका चिकित्सकको दाबी मान्ने हो भने, शतप्रतिसत सिरिञ्जले घोपेको भनेर दाबी गर्न सकिदैन्।

टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरका डाक्टर अनुप बास्तोला  सिरिञ्ज नै आक्रमण गरेको भनेर दाबी गर्न नसकिने तीन वटा कारण दिन्छन्।

पहिलो कारण— स्पिडमा बाइकमा आएर घोप्दा घोपिएको ठाँउ वरपर घर्षण भएर चोट देखिन सक्छ तर चारवटै युवतीको घोपिएको ठाउँमा एक ठाउँमा मात्र चोट देखिन्छ।

दोस्रो कारण —  सिरिञ्जले घोप्दा चोट गहिरोसँग लाग्छ। घोपेको ठाउँको भित्रसम्म चोट लाग्छ। तर, चारवटै युवतीकको घोेपेको ठाउँमा चोट गहिरो छैन् तर घाउँ ठुलो छ। जसको कारण काटी या कुनै धारिलो हतियारले आक्रमण गरेको अनुमान गर्न सकिन्छ।

तेस्रो कारण —  घटना भएको स्थानको सिसिटिभी फुटेजमा बाइक युवतीको नजिकबाट गएको देखिन्छ तर हातमा भएको वस्तु सिरिञ्ज जस्तो देखिन्न्।

डाक्टर बास्तोला  सिरिञ्ज नै होइन भनेर ठोकुवा गर्न पनि सक्दैनन्।

एउटै प्रकृतीको घटना एकै समयमा र एउटै क्षेत्रमा भएकाले सिरिञ्ज हुन सक्ने कुरामा पनि उनी सहमती छन्। सिरिञ्ज हो या होइन भनेर थाहा पाउन आक्रमणकारीको नियत थाहा पाउनु पर्ने बताउँछन्।

यी हुन सिरिञ्जले नै आक्रमण गरेको भनेर अनुमान गर्न सकिने आधारहरु :

डेढ महिनाको अविधीमा भएका तीनवटा घटनामा चारजना युवतीहरु टार्गेटमा परेका छन्।

सबै घटना राती १० बजेको हाराहारीमा भएका छन्।

आक्रमणमा परेकी चार जना युवतीहरु २० देखि ३० वर्षको उमेर समुहका छन्।

आक्रमण गर्ने आक्रमणकारीले बाइक चलाएको छ र आक्रमणकारी एउटै व्याक्ती हुन सक्छ।

घटनाभएपछि अस्पताल पुगेकी चारवटै युवतीलाई चिकित्सकहरुले एचआईभी विरुद्दको एआरटी औषधि र हेपाटाइटिस बि विरुद्को भ्याक्सिन दिएका छन्।

ति युवतीहरुको रगत जाँच भइरहेको छ।

एचआइभी भएको या नभएको भनेर तीन महिनामा भन्न सकिने भनेर चिकित्सकहरुले भनिरहेका छन्।

आक्रमणमा परेका चार युवतीहरुलाई निडल स्टिक इन्जुरी’ को उपचार गरिएको छ। यस्तो प्रकृतिको उपचार एचआईभी/हेपाटाइटिस संक्रमित व्याक्तिहरुको रगत निकाल्ने, अपरेशन गर्ने चिकित्सकहलाई उपकरणहरु चलाउँदा घोच्यो या संक्रमित व्याक्तिको रगत लाग्यो भने गर्ने गरिन्छ।

अर्थात चिकित्सकहरुको शंका सिरिञ्ज आक्रमण नै भएको भन्ने छ।

नेपालमा पहिलो पटक

घटनाबारेमा अनुसन्धान गरिरहेका नेपाल प्रहरीका डिएसपी होमिन्द्र बोगटी किसिमका अनुसार यस्तो केस पहिलोपटक आएको हो।

शुक्रराज ट्रपिकल सेन्टरका डाक्टर अनुप बास्तोलाले पनि यस्तो बिरामी पहिलोपटक फेस गरेका हुन्।

विदेशमा पनि भएका थिए यस्ता घटना :

सन् २०१४ मा अमेरिकाको एउटा शहरमा रेस्टुरेण्टमा बसिरहेकी एक युवतीलाई एकजना युवा आएर सिरिन्ज घोच्छन् । अनि, ‘वेलकम टु दी एचआईभी क्लब’ भन्दै फरार हुन्छन ।

त्यसअघि  १९९८ मा अमेरिकाको एउटा थियटरको सिटमा  सिरिन्ज राखिएको हुन्छ  । युवती बस्नासाथ उनको हिपमा सिरिन्ज घोपिन्छ  । उनी अत्तालिँदै उठ्दा सिटमा एउटा चिर्कटो भेटिन्छ । जसमा लेखिएको हुन्छ, ‘ अब तिमी पनि एचआईभी पीडित हुँदैछौं ।’

यस्ता घटना विदेशमा घटिरहेने भएपनि  नेपालको लागि नौलो हो। त्यसैले धेरेमानिसहरु त्रसित बनेका छन्।

सामाजिक सञ्जालमा मानिसहरुले असल नियतले सूचना सेयर गरेपनि भ्रमपनि फैलिइरहेको छ।

यस्ता घटना भइरहदाँ सिरिञ्जले नै आक्रमण गरेको भनेर भ्रम फैलाउनु भन्दा पनि घटना भएमा वा शंका लागेमा शुक्रराज ट्रपिकल सेन्टरमा जानु पर्छ। ७२ घण्टाअघि नै  एचआईभी विरुद्दको औषधि चलाउनुपर्छ। त्यस्तो शंकास्पद गतिविधी गरेको व्याक्ती थाहा भएमा प्रहरीलाई खबर गरिहाल्नुपर्छ।

यो घटनालाई नजिकाबाट नियालेका प्रहरी तथा चिकित्सकको आशय छ,  ‘हल्ल हल्लाको देश भनेर भ्रम फैलाउनुभन्दा पनि सचेत बस्नु राम्रो हो।डर फैलाएर मानिसहरुलाई मानसिक तनाव दिनेभन्दा पनि सचेत गरा‌औँ।’

आक्रमणमा परेकी एक युवतीसँग कुराकानी गरेर अनलाईनखबरले तयार पारेको विस्तृत समाचार तलको लिकंमा

सिरिञ्ज एट्याक कि धारिलो हतियार ! आक्रमणमा परेकी युवती भन्छिन्, ‘एचआइभी सर्ला कि भन्ने डरले विक्षिप्त छु’

3 thoughts on “काठमाडौँमा सिरिञ्ज आक्रमण ! यस्ता छन् हल्ला र यथार्थका आधारहरु”

  1. Shankar says:
    June 26, 2019 at 2:50 am

    आदिम युग को कानुन फेरी लेउन पर्छ जस्तो छ , यो सिरिन्ज ले घोच्नेलाई सुली चडाउने
    ( गुड द्वार बाट रड छिराएर तालु बाट निकाल्ने )

    Reply
  2. madan bajracharya says:
    June 25, 2019 at 10:45 am

    यो कुरालाई गम्भीरताका साथ् लिने पर्छ/ यौन रोगीहरुलाई आफुलाई लागेको रोग अरुलाई सार्ने मानशिक रोग पनि लागेको हुन् सक्छ/ यदि यस्तो कुकार्य कसैले आफुलाई लागेको यचआईभि अरुलाई पनि सरोस भनेर गरेको भय यो यसले पिडित व्यक्तिको जीवननै बर्वाद हुन्छ/ सिरिन्ज आतंक यसिद आतंक भन्दा पनि खतरनाक छ/ तर यो भन्दा पनि खतरनाक कुरा के हो सिरिन्ज आतंक मच्चाउने र सिरिन्ज घोपेर घातक अरुलाई सार्नेलाई सजाय दिलाउने कुनै कानुन बनेकै छैन/ बने पनि नेता र नेताको केटालाई लागु हुने गरि बन्दैबन्दैन/

    Reply
  3. Sanjib says:
    June 22, 2019 at 5:20 pm

    यो केस नेपालमा पहिलो होइन । म आफै‌ले भोगेको त होइन । तर २०५५/५६ सालतिर हुनुपर्छ – चावहिल गोपी कृष्ण हल नजिक (रिङ्गरोड देखि हलसम्म, धोबी खोलाको देब्रे किनारको सडकमा) साँझतिर केही मानिसहरुले सिरिन्ज देखाएर “तँलाई घोप्दिम?” भनेको र केहीलाई त घोपिदिएको घटना सार्वजनिक भएको थियो । पछि प्रहरीको सकृयतापछि त्यस्ता घटना सुनिएन । सो समयमा त्यस क्षेत्रमा काम गर्ने प्रहरी अधिकृतहरुसँग सम्पर्क गर्ने हो भने थाहा हुन सक्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme