Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी: अस्पतालबाट पैसा बुझेपछि मृतकका आफन्त चुप

Posted on June 18, 2019 by राजेन्द्र मगर

आज असार २ गते सोमबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज पनि गुठी विधेयककै बारेमा चर्चा भएको छ।

गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेकपा सम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए।

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन्। विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भएपनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन्।

गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी भन्दै अनलाइनखबरले लेखेको छ।

त्यस्तै सांसदले गुठी विधेयक फिर्ता लिन भनेपछि प्रधानमन्त्री ओलीको जवाफ : क्याबिनेट र पार्टीमा छलफल गरेर निर्णय गर्छु भन्दै पहिलोपोस्टले लेखेको छ।

उपचारका क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पतालमा सुरू भएको तनाव लेनदेनमा टुंगिएको छ।

ओम अस्पतालले मृतकप्रति समवेदना प्रकट गर्दै अस्पताललाई तिर्न बाँकी रकम मानवीय हिसाबले मिनाहा गर्ने सहमति भएको बताएको छ।

रामप्यारीका एक आफन्तका अनुसार मृतकको छोरालाई उच्च शिक्षाको लागि सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको छ।

सिन्धुपालचोककी रामप्यारी थापाको २४ जेठमा पित्तथैली अपरेशन भएको थियो । भोलिपल्ट अचानक स्वास्थ्यमा समस्या देखियो । अस्पतालले सम्पूर्ण जाँच गर्‍यो र, आईसीयूमा राख्यो ।

आइतबार मात्र रामप्यारीको आन्द्रामा प्वाल परेको पत्ता लाग्यो । त्यही दिन अर्को अपरेशन भयो । अप्रेशनपछि रामप्यारीलाई भेन्टिलेशनमा राखियो । बिहीबार विहान उनको मृत्यु भयो ।

डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिए । अस्पतालमा नाराबाजी गरे । अस्पतालले भने यो केस सामान्य नभएको र उपचारमा कुनै लापरवाही नभएको अडान लियो ।

लगातार धर्ना दिइरहेका मृतकका आफन्तले ३० जेठमा अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिन थाल्यो तर तनाव कम भएन । अस्पतालमा दिनहुँजसो नाराबाजी भइरह्यो । भिड हताउन प्रहरीले लाठी पनि हान्यो तर आन्दोलन रोकिएन । आइतबार सहमतिसँगै विवाद टुंगिएको छ ।

ओम अस्पताल प्रकरण : रकम पाएपछि मृतकका आफन्त चुप भन्दै अनलाइनखबरले लेखेको छ।

काठमाडौंको पाँचतारे होटल  तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्वजिनक सुचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएको छ।

होटलमा कार्यरत मजदुरहरुले माग पुरा गराउन हडतालमा उत्रिएपछि होटलको सबै सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्ज मार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ।

तर मजदुरहरुले भने व्यवस्थापनले पहिले नै प्रतिबद्धतता जनाइसकेका मागहरु पूरा नगरेकाले दबाबमा उत्रिन बाध्य पारिएका बताएका छन्।

मजदुरको हड्तालपछि हायात होटल बन्द भन्दै सेतोपाटीले लेखेको छ।

बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ। पाँच जना घाइते भएका छन्।

सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना भएको थियो।

बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुग्यो भन्दै देशसञ्चारले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी: अस्पतालबाट पैसा बुझेपछि मृतकका आफन्त चुप”

  1. madan bajracharya says:
    June 18, 2019 at 1:37 pm

    अहिले नेपाल कम्युनिस्ट पार्टीको बहुमतको सरकार छ/ कम्युनिस्टहरुको निमित “समान्ति” जति घिनलाग्दो प्राणि अरु कोहि हुँदैन/ कुनै पनि कम्युनिस्टको चाहना भनेको उनीहरुको राज्यलाई समान्ति बात मुक्त गर्नुनै हो/ अब सोच्नुस नेवारलाई समान्ति भन्नुको र नेवारले आफ्नो घर बनायको गुठीको जग्गा सरकारको हुने बिधेयक बनाउनु को तात्पर्य के होला?

    नेवारलाई सामन्ति भन्नेलाई मन परेको पायक परेको गुठीको जग्गा सरकारको बनाउन सके गुठीको जग्गामा घर बनाई बसेकोलाई धपाउन के गाह्रो कुरा हो र भने मात्र बजार भाउ अनुसारको जग्गाको मोल ३५ दिन भित्र तिर नभय डोजरवाला आई पुग्छ भनेर नोटिश लाई दिय पुग्दैन?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme