Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियारको असहयोग, लोक सेवाको विज्ञापनविरुद्ध प्रदर्शन

Posted on June 7, 2019 by राजेन्द्र मगर

आज  जेठ  २३ गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आँधीहुरीले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुर्‍याएको छ। बिहिबार बेलुकी साढे ७ बजे देखि आएको आधीले निकै क्षति पुर्‍याएको बताइए पनि विवरण आएको छैन।

हावाहुरीका कारण घाइते कम्तीमा ३२ जनाको उद्दार गरिएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन परिचालन केन्द्रले आँधीहुरीले निकै ठूलो क्षति पुर्‍याए पनि विवरण नआएको उल्लेख गरेको छ। केन्द्रका अनुसार रुख, पोल ढालेर बाटो अवरुद्ध भएको छ।

कैलाली र कञ्चनपुरमा ठूलो आँधीहुरीः कम्तीमा ३२ जना घाइते, विद्युत् अवरुद्ध रुख ढलेर बाटो बन्द भन्दै पहिलोपोस्टले लेखेको छ।

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु, ४० घाइते भन्दै कैलाली आधीँको बारेमा अनलाइनखबरले लेखेको छ।

कैलालीको प्रहरीलाई उदृत गर्दै कैलाली गोदावरीका वीर बहादुर चौधरीको मृत्यु भएको अनलाइन खबरले लेखेको छ।

नेपाल कम्युनिष्ट पार्टीको कार्यविभाजनको बहस दिनदिनै लम्बिएको छ।

नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारी दिँदा फरक नपर्ने पक्षमा छन् भने  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एउटै नेतालाई दोहोरो जिम्मेवारी दिन नहुने अडान छ।

नेकपाको ४५ सदस्यीय स्थायी समितिमा २६ जना पूर्वएमाले छन्। तीमध्ये १५ जना ओली पक्षधरका छन् भने ११ जना नेपाल पक्ष।

७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन भन्दै तीन दिनदेखि बसिरहेको सचिवालय बैठक दोहोरो जिम्मेवारीकै मापदण्डको वरिपरि घुमिरहेको छ। यही विषयमा बहश भएकाले कार्यविभाजन टुंगिएको छैन्।

ओली-नेपाल दुबै बलियो हुन खोज्दा अल्झियो नेकपाको कार्यविभाजन भन्दै सेतोपाटीले लेखेको छ।

लोकसेवा आयोगले हालै निकालेको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन समावेशी नभएको भन्दै बिरगञ्जमा  बिरोध प्रदर्शन गरिएको छ।

लोकसेवाको विज्ञापन खारेज गर,जनताको अधिकार कटौती गर्ने संविधान विरोधी संघीयता विरोधी विज्ञापन खारेज गर भन्दै उनीहरुले प्रदर्शन गरेका थिए।

लोक सेवाको विज्ञापनविरुद्ध वीरगञ्‍जमा प्रदर्शन भन्दै देशसञ्चारले लेखेको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ।

जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत सम्पत्तिसम्बन्धी मुद्दाको सक्कल मिसिल ५ वर्षदेखि नदिएको भन्दै सर्वोच्चले आयोगका सचिवसहितका अधिकारीलाई कारवाहीको चेतावनी दिएको हो।

अख्तियारले कांग्रेस नेता जोशीविरुद्ध २०६० असोजमा भ्रष्टाचार मुद्दा चलाएको थियो। विशेष अदालतले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्चमा पुनरावेदनका लागि गएको थियो । सर्बोच्च अदालतले २०७१ असोज २९ गतेनै सो मुद्दा सम्बन्धित ०६० को अभिलेख पठाउन आदेश दिए पनि त्यस यता पटक पटक अटेरी गरेको र भेटिएन भन्दै पन्छिएको आदेशमा उल्लेख छ।

गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियारको असहयोग, सर्वोच्चले माग्यो स्पष्टिकरण भन्दै नेपालखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा अख्तियारको असहयोग, लोक सेवाको विज्ञापनविरुद्ध प्रदर्शन”

  1. madan bajracharya says:
    June 7, 2019 at 12:33 pm

    अरु मुलुकमा हामि चाहे आआफ्नै भाषा लिपि भयको न्यार, भोटे; गुरुङ तामाङ्ग राई, लिम्बु भोजपुरी मैथिली आदि जो भय पनि आफुलाई नेपालीनै भन्छौं र अरु मुलुककाले पनि हामीलाई
    अद्वितीय शिल्पकार इमान्दार बहादुर र बिस्वास गर्न सक्ने नेपालि नै मान्छन/ तर नेपालमा भित्रै हामीलाई हामि जस्तै समुदायकाले हामीलाई र हाम्रो भाषालाई जात किटेर अल्ग्याईञ्छ र उनीहरु र उनीहरुको भाषा मात्रै नेपालि भयको ब्यबहार गर्छ र उनीहरुको भाषामा निपुण नभय बिस्वले पत्याय पनि लोकसेवाले पत्याउन्दैन; चाहे सम्भंदित बिषयमा जति सुकै अव्वल बा अद्वितीय होस्/

    लोकतन्त्र अपनाईसके पछि पनि शताव्दियौं देखिको “ब्रम्हाको हात मुख बात बात उत्पन्न भयको भनिने मात्रैले रजाई गर्ने खुट्टा पैताला बात उत्पन्न भयका चाहि “सेवक”मै दलिनै पर्ने अवस्था बात कहिले पाउने होला खै?

    जात समुदाय फरक भयको गाईले दिने दुधको मात्रा र परिमाण फरक भय झैँ मानिसको पनि जात अनुसारको बिशेसता हुन्छ; यो कुरामा परिबर्तन हुनु असम्भव नभय पनि सम्भव पनि नहुने कुराको उदाहरण अरु देसमा पाईयला नपाईयला तर नेपालमा आँखा चिम्ले पनि देखिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme