Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : मुख्य सचिवको ९८ सय बढ्दा कार्यालय सहयोगीको ३९ सयमात्र, कस्को तलब कति बढ्यो ?

Posted on May 29, 2019May 29, 2019 by राजेन्द्र मगर

आज  जेठ  १५ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज अधिकाशं मिडियाहरु बजेटमा केन्द्रित छन्। अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको यो वर्षको बजेट  १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको छ।

सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढेको छ। तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो। हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार ४ सय रूपैयाँ छ।

सरकारले तीन वर्षपछि कर्मचारीको तलब बढाएको हो।

निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक र प्राध्यापकहरुमध्ये राजपत्र अनंकितको सुरु तलबमा आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक २० प्रतिशत बढेको छ भने राजपत्र अंकितको तलब १८ प्रतिशत बढेको छ।

लौ हेर्नुस् कसको तलब कति बढ्यो? मुख्य सचिवको ९८ सय बढ्दा कार्यालय सहयोगीको ३९ सयमात्र भन्दै पहिलोपोस्टले लेखेको छ।

इन्फोग्राफिक्स स्रोत : अनलाइनखबर डटकम।

अब घरमा भएको सुनचाँदी पनि पैसा जस्तै गरी बैंकमा राख्न पाइने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हो।

सुनचाँदी पनि पैसा जस्तै गरी बैंकमा राख्न पाइने भन्दै शिलापत्रले लेखेको छ।

अर्थमन्त्री खतिवडाले २ हजार वृद्ध भत्तामा १ हजार थप्दै अब मासिक ३ हजार रुपैयाँ वृद्धभत्ता पाउने व्यवस्था गरेका छन्।

त्यस्तै खतिवडाले सांसद विकास कोषका लागि  ४ करोडलाई बढाएर ६ करोड पुर्‍याएको छन्। संसदहरुले भने १० करोड बनाउन दबाब दिइरहेका थिए। यसअघि उनीहरुले चार करोड पाउदै आएका थिए।

वृद्धभत्ता १ हजार बढ्यो, सांसदलाई ६ करोड भन्दै नेपाल न्युजले लेखेको छ।

यो वर्ष राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा ३९ अर्ब बजेट बढी आएको छ। योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपैयाँ बजेटको सिलिङ दिएको थियो।

चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १ खर्ब रुपैयाँ राजस्व कम उठ्दै छ। वितरणमुुखी बजेटका कारण राज्यलाई कम्तीमा ५० अर्ब रुपैयाँ थप भार पर्ने देखिएको छ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ७० वर्ष भन्दा माथिका बृद्धबृद्धालाई ३ हजार रुपैयाँ बृद्धाभत्ता मार्फत उपलव्ध गराइने भएको छ। जसका लागि थप ३ अर्ब ९० करोड रुपैयाँ बजेट आवश्यक पर्दछ।

राज्यको ९ अर्ब ९० करोड रुपैयाँ सांसदहरुले पाउने बजेटमा सकिने छ।

सरकारी कर्मामचारीको तलब वृद्धीबाट  मात्रै ३५ अर्बभन्दा बढी भार थपिने निश्चत भएको छ। त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा पनि ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

५० अर्ब थप भार पर्ने वितरणमुखी बजेट, स्रोत जुट्नेमा शंका भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

करको नयाँ दरः व्यक्तिलाई चार लाख, दम्पतीलाई चार लाख ५० हजार भन्दै नेपाल खबरले लेखेको छ।

सरकारले आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि चार लाख र दम्पतीका लागि चार लाख ५० हजार पुर्याएको छ।

वर्तमान सरकारको दोस्रो बजेट राजनीतिक अंकगणितको सिकार भएको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले प्रतिक्रिया दिएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमाथि प्रतिक्रिया दिँदै वाग्लेले यो सरकार अर्थतन्त्रको आधार बलियो बनाउनेभन्दा पनि सबैको चित्त बुझाउनेतिर गएको बताए।

अर्थतन्त्रको नयाँ आधार बनाएर पूर्वाधार निर्माण तथा स्थिरताको बाटोमा लिनुपर्ने दायित्व बोकेको शक्तिशाली सरकार लोकप्रियताको गोलचक्करमा फसेको उनले बताए।

राजनीतिक अंकगणितको सिकार भयो बजेटः स्वर्णिम वाग्ले भन्दै सेतोपाटीले लेखेको छ।

जनताबाट उठेको पैसा खाने, विकास गर्न ऋण लिने ? भन्दै अनलाइन खबरल लेखेको छ।

अर्थशाश्त्री डा विश्व पौडेलले सरकारले ल्याएको बजेटलाई  प्रतिक्रिया दिदैँ भनेका छन्,

जति राजस्वको लक्ष्य छ, लगभग त्यति नै चालु खर्चका लागि छुट्याइएको छ । यो कर उठाएर खाएर सक्ने प्रवृत्ति हो । उठेको राजस्व चालु खर्चमा लगाउनु भनेको एकदमै खराब अभ्यास हो ।

पुँजीगतभन्दा चालु खर्चलाई जोड दिने बजेटलाई आदर्श बजेट मानिँदैन । जनताबाट उठेको कर आफूले खर्च गर्ने र विकासका लागि ऋण खोज्ने लक्ष्य राखिएको छ । पुँजीगत खर्चको पूर्ति तीन खर्बजति वैदेशिक ऋणबाट गर्ने भनिएको छ । पुँजीगत खर्चलाई महत्व नदिनु भनेको जनताको कर उठाएर खाने पुरानो परम्पराको निरन्तरता हो ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme