Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : कुलमानलाई ऊर्जामन्त्रीको साथ,सुमार्गीलाई सर्वोच्च अदालतको धक्का

Posted on May 28, 2019May 29, 2019 by राजेन्द्र मगर

आज  जेठ  १४ गते मंगलबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न आदेश दिएको छ ।

सुमार्गीको कम्पनी मुक्तिश्री सिमेन्टले बैंकमा फ्रिज रहेको रकम फिर्ता पाउँ भन्दै परमादेश दायर गरेको थियो।

आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले सुमार्गीको निवेदन खारेज गरेको हो।

सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योगको नाममा विदेशबाट ल्याएको रुकम स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का गरेको थियो। त्यसपछि सर्वोच्च अदालत पुगेका सुमार्गीको पक्षमा न्यायाधीश दीपकराज जोशीले अल्पकालीन आदेश जारी गर्दै उक्त रकम नरोक्न आदेश दिएका थिए। प्रधान न्यायाधीशमा नियुक्त भएपछि चोलेन्द्र शम्शेर राणाले उक्त आदेश उल्ट्याएका थिए।

अदालतले ‘निवेदक कम्पनीका नाउँमा बैंक खातामा रहेको रकम कानून बमोजिम रोक्का रहेकोले फुकुवा गर्नुपर्ने अवस्था नदेखिँदा उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने निवेदन खारेज हुने’ निर्णय गरेको छ।

साथै रकमको स्रोत खोज्न र सम्पत्ति शुद्धीकरण ऐनको उलंघन भएको हो वा होइन हेर्न यकीन गर्न राष्ट्र बैंकलाई आदेश दिएको छ।

सुमार्गीलाई सर्वोच्च अदालतको धक्का, रकम छानबिन गर्न प्रधान न्यायाधीश राणाको परमादेश भन्दै पहिलोपोस्टले लेखेको छ।

दुई तिहाईको कम्युनिष्ट सरकारका कारण लोकतन्त्रमाथि नै खतराको संकेत देखा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

सभापति देउवाले राज्यका हरेक निकायलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजेको र यसले लोकतन्त्र नै खतरामा पर्न सक्ने बताएका हुन्।

ओली सरकारले लोकतन्त्रमाथि नै हस्तक्षेप गर्न खोज्योः देउवा भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

काठमाण्डौंमै ट्रान्सफर्मरमा परेर चितुवाको मृत्यु भएको छ। यो अत्यन्तै दुर्लभ घटना हो।

बिजुलीको ट्रान्सफरमरले करेन्ट लागेर बिग क्याट प्रजातिको जनावर मृत्यु भएको हो।

लोपोन्मुख जनावरको सूचीमा राखेको चितुवा होचो ठाउँमा ट्रान्सफरमर राखिएका कारण दुर्घटनामा परेको संरक्षण अधिकारीहरुको अनुमान छ।

तलबाट माटो उठाइएका कारण ट्रान्सफरमर राखेको ठाउँ भुइँको सतहसँगै छ। नजिकै चराका गुडहरु छन्। आवाज सुनेर खानाको खोजीमा माथि चढ्दा दुर्घटनामा परेको हुनसक्ने भनिएको छ।

राजधानीमा अनौठो घटनाः ट्रान्सफरमरमा परेर चितुवाको मृत्यु भन्दै नेपाल खबरले लेखेको छ।

उद्योगी तथा व्यवसायीको विरोधका बाबजुत नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनमार्फत् विद्युत लिएकाहरूबाट सोअनुसारको शुल्क लिइने  अडान राखेकोमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले  साथ दिएका छन्।

मन्त्री पुनले भने, ‘कार्यदलले लोडसेडिङका बेला थप विद्युत प्रयोग गर्ने नगर्नेको अध्ययन गरिरहेको छ। कार्यदलले दिएको प्रतिवेदनका आधारमा बढी विद्युत प्रयोग गर्नेहरूबाट लिनुपर्ने शुल्क लिन्छौं।’

उद्योगी व्यवसायीहरूले प्राधिकरणले प्रयोग नगरेको बिजुलीको शुल्क समेत जोडेर बिल पठाएको भन्दै असन्तुष्ट जनाउँदै आएका छन्। कतिपय व्यवसायीले अदालतमा समेत मुद्दा दायर गरेका थिए।

अदालतको आदेशलाई सम्मान गर्दै निजी क्षेत्रले पनि बक्यौता रकम तिर्नुपर्ने उनको भनाइ छ।

कुलमानलाई ऊर्जामन्त्रीको साथ, भने-डेडिकेटेड र ट्रंकलाइनको रकम असुल्छौं भन्दै सेतोपाटीले लेखेको छ।

चालु आर्थिक वर्षको ११ महिनामा पेट्रोलियम पदार्थबाट वीरगञ्ज भन्सार  कार्यालयले २६ अर्ब ८३ करोड ३४ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

जुन गत वर्षको तुलनामा ४ अर्ब ९३ करोड ९३ लाख ५२ हजारले बढी हो। गत आर्थिक वर्ष ०७४/७५ मा वीरगञ्ज भन्सारले पेट्रोलियम पदार्थबाट २१ अर्ब ८९ करोड ४१ लाख ३६ हजार रुपैयाँ संकलन गरेको थियो।

वीरगञ्जबाट मात्रै भित्रियो झण्डै एक खर्बको इन्धन अनलाइनखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

5 thoughts on “आजको खबर : कुलमानलाई ऊर्जामन्त्रीको साथ,सुमार्गीलाई सर्वोच्च अदालतको धक्का”

  1. prithvi narayan shah says:
    May 30, 2019 at 3:05 pm

    सुमार्गी, वाइडबडि, बालुवाटार, मेलम्ची, देखि एनसेल सम्म येस्ता कैयौ काण्ड हरु बारे सबै छताछुल्ल भएर आइसक्दा पनि प्रतिपक्ष ले कुनै दबाब सिर्जना जगर्नु, नबोलेर चुप्पी साधेर बस्नु ले यी सबै मा उनीहरु लगायत भुरे टाकुरे पार्टिहरुको पनि दामासाही ले हिस्सा छ भन्ने प्रस्ट हुन आउछ, कसैको ३० प्रतिशत होला, कसैको १० प्रतिशत होला, कसैको २ प्रतिशत होला, सबै पार्टि हरु को उनीहरुको हैसियत हेरी हेरी आफ्नो आफ्नो हिस्सा छ भन्ने देखिन्छ ! सब का सब डाका चोर का सन्तान साबित भए तेसैले अब नागरिक सरकार वा बोरु राजा नै चाहिन्छ, बोरु यी सब डाका हरुलाई जेल मा कोचेर राजा नै आए राम्रो ! एक जना राजा ले कति नै खाला, फेरी उसले भ्रस्टाचार गर्ने जरुरत पनि नपर्ला !

    Reply
  2. Shankar says:
    May 29, 2019 at 2:29 pm

    यी लोकतन्त्र का ठेकदार हरु हुन् कि श्रीमतीका ? कसले सुन्छ यिनका कुरा ? न प्रमुख प्रतिपक्छ्य को भूमिका निर्बाह गर्न सके , न यिनको अवाज येउटै छ , सब नेताहरु लाइ सभापति बन्न परेको छ , सभापति हुने आफै केहि गर्न पनि सक्दैन , पद छोडन पनि चाहदैन |
    यिनका युवा हरु हाम्लाई दे बा बा , हाम्लाई दे भन्दै रोइ रहेछन , कोइराला खानदान सभापति परिबार बाट बाहिर गयो , जसरि हुन्छ भित्र लेउन पर्यो भन्दै ठुस्स छ , राम पौडेल , सिटौला , प्रदिप गिरि हामि भा भए हुँ गर्छन | अर्जुन नर्सिङ्ग लाइ अब म बन्नु पर्ने भन्ने होला |
    न निर्मला हत्या काण्ड को हत्यारा पत्ता लाउन सरकार लाइ बाध्य पार्न सके , सुन लाइ पित्तल बनाउन , वाइड बडी काण्ड , गुण्डागर्दी , भ्रास्ताचार चरम सिमा मा हुदा समेत यिनले दबाब बनाउन सकेका छैनन् | येस्तै बेला बेलामा कहिले देउवा , कहिले मिनेन्द्र , कहिले राम पौडेल बक्त्यब्या बाजी गरेर कांग्रेस को पतिपक्ष्य को भूमिका निर्बाह भयो ?सुकिलो लुगा लायो , मुख मा पान , सुपारी चपायो , टुचा टुचा थुक्यो बि पी सपना , गिर्जा बाउ येसो भन्नु हुन्थ्यो , उसो भन्नु हुन्थ्यो , गणेस मान जस्तो , किसुन जी जस्तो त्यागि , भन्दै
    गफ मात्र गर्दै तिम्रा यी पुस्ता बित्नेछन |

    Reply
  3. Tek Raj Timalsina says:
    May 29, 2019 at 8:52 am

    “माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।”

    I do not think this is a good step by Mysansar.com. Mysansar’s blog has been popular because of the unique and informal style of writing of Umesh ji. The blog posts also contained his own analysis which was not only informative but was fun to read too. Now, the summary of the news from other online media is posted regularly, which do not have any uniqueness or creativity in them. If people are interested in other news media, they will go there, they do no not want to read the summary here. I request Mysansar to go back to its original format of posting original blogs.

    Reply
  4. madan bajrachary says:
    May 29, 2019 at 8:46 am

    दुई तिहाई बहुमत भयको कम्युनिस्ट …लोकतन्त्रमा खतरा!!!!/ आफ्नै कुरा अर्थात २०१५मा उस्कोले दुई तिहाई बहुमत पायको बेलाको सम्झे जस्तो छ/ तर उसले तुलना गर्न भुलेको हो बा बिरोध गर्न पाय जे पनि भन्ने बानिले उनीहरुले २०१५मा दुई तिहाइ बहुमत पायको …र अहिले कम्युनिस्ट (नाम मात्रै हो!!!)ले दुई तिहाइ पायको सरकार बीच तुलना पनि गर्न नसक्ने कारण र भिन्नता भयको भुलेको हो?

    संबिधान, जनमत र सदन नभयको शासन पद्धति कुनै हालतमा पनि प्रजातन्त्र बा लोकतन्त्र हुन् सक्दैन/ भारतको दिल्ली सम्झौतालाई संबिधान मान्ने/ भारतले :हुन्छ” भनेकालाई प्रधान मन्त्रि बनाउने; भारतले “ले” भने राजा सिट पनि नसोध्ने आफ्नो पार्टी सिट पनि नसोध्ने “खुरुक्क” दिने; अनि नेपालको सरकारको मन्त्रि परिषदको बैठक पनि लैंनचौरे राज्यपालको उपस्थितिमा मात्रै गर्ने/ तेस्तो पनि प्रजातन्त्र हुन्छ? तेस्तो प्रजातन्त्र त् पंचायत त् के रानातन्त्र सिट पनि तुलना गर्न सकिंदैन/ पंचायतको ३० बर्से कालमा भारतले केहि पनि थुत्न सकेन/ रानाले त् भारतमा गाभी सकेको भुमि पनि फिर्ता लियो/ २०१५ सालमा बहुमत पाउनेले त् नेपालको उतर सिमाना मा भारतको सैनिक चौकी नै राख्न दियो/

    अहिले नेकपाले राम्रो गर्ला नगर्ला त्यो आउने समयले भन्छ/ तर अहिले नेपालमा संबिधान छ सदन छ अनि नागरिकहरुको बहुमत पायको पार्टीको सरकार छ/ त् कसरि भन्न सके लोकतन्त्रमा खतरा भयो भनेर?

    नेपालको संबिधान कानुन अनुसार जनमत पायको आधारमा बनेको सरकार पनि व्यबस्थाको निमित खतरा देख्नेको पार्टी भारतमा दर्ता भयको होईन भन्न सक्दैन/ तर भारतमा आफ्नो पार्टी दर्ता गर्दा पेश गरेको बिधानमा नेपालको बारेमा के लेखेको छ त्यो देखाउन सक्दैन; भारतमा र नेपालमा पार्टी चलाउने नेताहरु उहिनै भय पनि!!!

    Reply
  5. नमन चौधरी says:
    May 29, 2019 at 2:37 am

    मन्त्री वर्षमान पुनले साथ दिनु पर्ने भनेको अमनलाल मोदीले लेखा समितिमा अमर्यादित र अशिष्ट भाषामा बोल्दा तेस्तालाई जथाभावी बोल्नबाट संयमित गर्न पर्ने हो| अमनलाल मोदी कसैका पात्र हुन् र चालमा छाल बनेका हुन भन्ने त प्रष्टै देखियो| मन्त्रि पुनले केहि बोलेनन, न एमाले र माओवादीका कुनै मा का लालले केही बोल्ने साहस गरे| के नेकपा यस्तो पार्टी हो जसका सदस्यले जे पायो तेही बोल्दा पनि मौन रहने? मोदी भन्ने माननीय अन्य भ्रष्टचार काण्ड जस्तै वाइडबडी, ललितानिवास, इत्यादि बारे बोल्दैनन? उनी को द्वारा प्रायोजित र संचालित हुन?

    त्यस्तरी चर्को स्वरमा र अमर्यादित भएर अमंलाल मोदी बोलेको कारण के हो त? मेलम्चीको बारेमा किन बोल्दैनन जब कि सचिव ले नै घुसखोरी भएको बताएका छन्|
    मुलुकले थाहा पाएको के भने अमनलाल मोदी फेरी अन्धकारमा मुलुकलाई ढकेल्ने पात्रहरु द्वारा संचालित छन्| नत्र भने प्रष्ट पार्न पर्यो, हिम्मत होला त?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme