Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विप्लवले जनसेना बनाएको गृहमन्त्रीको दावी, बम पड्काउनेलाई प्रधानमन्त्रीले सोधे, माग के हो ?

Posted on May 27, 2019May 28, 2019 by राजेन्द्र मगर

आज  जेठ  १३ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा विप्लव समूहले जनसरकार गठन गर्नुका साथै जनसेना बनाएको बताएका छन्। निशानामा उपत्यका रहेको समेत उनको दावी छ।

विप्लव समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्धारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको समेत बादलले बताए। संसदमा बोल्दै बादलले सरकार हिसां नियन्त्रण गर्न प्रतिवद्ध रहेको बताए।

‘विप्लव समूहले जनसेना बनाइसक्यो, निशानामा उपत्यका भन्दै अनलाइनखबरले लेखेको छ।

विस्फोटमा परि मृत्यु हुने चार जना नै आफ्नो समुहको रहेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ। एक प्रेस विज्ञप्ती जारी गर्दै मृतकको जिम्मा लिएपनि घाइतेबारे भने बोलेको छैन्।

विस्फोटमा महान, दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको मृत्यु भएको स्वीकार गरेको छ।

मारिने मध्ये एक जना जनमुक्ति सेनाका कमाण्डरसमेत भएको खुलेको छ। तर, मृतकमध्ये को जनमुक्ति सेनाका कमाण्डर हुन् भन्ने खुलाइएको छैन।

विस्फोटमा मृत्यु भएका चार जना नै आफ्नो कार्यकता भएको विप्लवले स्विकारे, घाइतेबारे बोलेनन् भन्दै पहिलोपोस्टले लेखेको छ।

नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई आज प्रहरीले पक्राउ गर्यो।

पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट आइतबार राती ७ जनालाई प्रहरीले पर्चा, पम्पलेटजस्ता सामानसहित बरामद गरेको थियो।

विप्लवका १५ कार्यकर्ता पक्राउ, बन्दको प्रभाव न्युनः गृह मन्त्रालय भन्दै नेपालखबरले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजधानीमा बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई माग के हो भनी प्रश्न गरेका छन्। निर्वाचनमार्फत सरकार बनेको भन्दै प्रधामन्त्री ओलीले अब के चाहियो भनी प्रश्न गरे।

बोले प्रधानमन्त्रीः बम पड्काउने आतंककारीलाई सोध्छु, माग के हो ? भन्दै शिलापत्रले लेखेको छ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का नेपाल विद्युत प्राधिकरणले तोडेको छ।

प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का केही दिनअघि तोडेको हो। कम्पनीले जमानतवापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ। यसैगरी प्राधिकरणले काम ढिला गरेवापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि असुल गर्ने निर्णय गरेको छ।

कुलमान घिसिङले तोडे भारतीय कम्पनीसँगको सम्झौता, १६ लाख डलर जरिवाना तिराइने भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

को हुन् काठमाडौं बम विस्फोटमा मर्ने विप्लवका चार कार्यकर्ता ? भन्दै सेतोपाटीले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “विप्लवले जनसेना बनाएको गृहमन्त्रीको दावी, बम पड्काउनेलाई प्रधानमन्त्रीले सोधे, माग के हो ?”

  1. madan bajracharya says:
    May 28, 2019 at 4:58 am

    बम पद्कायको जिम्मा लि सके/ नागरिकहरुको हत्या भैसके/ सम्पतिको नोक्सान भैसके/ तर पनि अपराधि घोसना गरेनन र भने माग के हो? मुलधारमा ल्याउञ्छौ/ तर न त् सजाय दिने भने न हत्या भयको मरेको नागरिकलाई मात्र सहानुभूति पनि दिय/ त् यो सरकार र तिनीहरुको कानुन केको लागि; उनीहरुकै सान सौकतको लागि मात्रै?

    उहिले राजा र राजाको परिबार खर्चिलो भयो/ कानुन नलाग्ने भयो भनेर बिरोध गर्ने हरुनै अहिले “राजा मात्रै नभनेको” भैसके/ खर्चकै हिसाव गर्ने हो भने राजाहरुको दस पुस्ताले खायको भन्दा इनिहरुले बढिने खाई सके/ कानुन नलाग्ने भय पनि राजाहरुले नगरेको सबै कुकर्म इनिहरुले गरि सकेको मात्रै होईन गर्दै छन् तर सजाय कसैलाई दियको छैन/ कानुन नलाग्ने राजपरिवार र इनिहरुको पार्टी परिबारमा के फरक भयो?

    होईन नागरिक अधिकार कर्मी र मानव अधिकारवादी भनेको के गरि राखेको हो? के उनीहरुले बोल्नु पर्दैन कि पार्तिकोले मारे पनि कानुन नलागाउने हो भने न लगाउनुन तर हत्या भयको नागरिकहरुलाई छ्यातिपुर्ती देवस भनेर/ नागरिक अधिकारवादी र मानव अधिकारवादीहरु कुर्लेको नसुनेको त् होईन तर उनीहरु मात्र तिनै कानुन नलागाईने पार्टी परिवारकै निमित बोलेको छ नागरिकको निमित बोलेको छैन/

    अब सत्ताको विरोधकै कुरा गर्ने हो इनिहरु नअतायको कुनैको सत्ताको पनि बिरोध गर्ने मात्रै होईन विध्वंस नै गर्छन/ यकले अर्कालाई भन्न बाकि केहि छैन/ इनिहरुलाई पत्याउने हो भने नेपालमा कसको शासन चल्दै छ भन्न पनि लाज लाग्ने भैसक्यो/

    इनिहरुलाई देसको पनि चिन्ता छैन; भारतले दस गज्जामा सडक भनेर पुर्व देखि पस्छिम सम्म बाँध बनायर नेपालको पानीमा नेपाल डुवाउने बनिसके/ सन् १९५०को देखि कोशी गण्डकी महाकाली सन्धि सर्तहरु पालाना गरेको छैन/ नेपालमा भारत को बिरोध नहोस भन्ने भारतले खुले आम नेपाल टुक्राउने लाई पाल्दै पोस्दै मात्रै होईन उनिहरुकै स्वार्थ पुरा गर्न पायक पर्ने गरि संबिधान नाकाबन्दि समेत गरे/ देखिनमा मात्रै हात मिलायको देखिने गरि पाउनै पर्दै आयकै छ/

    नागरिकहरुले मागि पनि खान नपाउने नेताहरुलाई मन नपर्ने कुरा बोल्न पनि नपाउने तर पार्तिकाले यकले अर्कोलाई चोर डाका लुटेरा भने पनि हुने मारे पनि हुने लुट्न पनि पाउने हो भने कसलाई चाहिन्छ इनिहरुको लोकतन्त्र?

    अब हेर्नुस मावोबादिले जस्तै बिप्लवले पनि आफ्नै जान सरकार बनाईसके/ तर तेस्लाई अबैधानिक समेत भनेको छैन/ त् हामि कुन सरकारको रैती हौँ? कसको कानुन र हुकुम हामीले मान्ने?
    आदि सबै हेर्दा अब हामि आम नागरिकले पनि आफ्नै सरकार बनाउनु पर्यो; आफ्नै अदालत बनाउनु पर्यो र थुन्ने जेल बनाउनु पर्यो/ तव सायद केहि हुन्छ होला/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme