Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : एकै समय दुई स्थानमा विस्फोट नियोजित कि दुर्घटना? के थियो योजना ?

Posted on May 26, 2019 by राजेन्द्र मगर

आज  जेठ  १२ गते आइतबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज साझ एकाएक उपत्यकाको विभिन्न ठाउँमा बम विस्फोट भएपछि स्थिती तनाव ग्रस्त बनेको छ।

सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन्।

सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ।

तीन ठाउँ विस्फोट र त्यसपछि शृंखलाबद्ध रूपमा प्रेसरकुकर बम फेला परेपछि प्रहरीले पक्राउ गरेका आठ जना विप्लव कार्यकर्ताहरूबाट काठमाडौंका दस ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना रहेको खुलेको छ।

काठमाडौंमा एकै दिन १० ठाउँमा बम पड्काउने विप्लव माओवादीको योजना भन्दै सेतोपाटीले लेखेको छ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले  बम बनाउने क्रममा विस्फोट भएको बयान दिएका छन्।

सुरेन्द्रकाअनुसार सुकेधारामा बम बनाउन उनीसहित ६ जनाको समूह सक्रिय थियो । उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए भने दुईजना भने नयाँ सदस्य रहेको उनले बताएका छन् ।

त्यही क्रममा विस्फोट भएको थियो । मृतक को–को हुन् भन्ने खुलेको छैन ।

विस्फोटमा शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन्।

राजधानीमा विप्लवको बम आतंक, तीन विस्फोटमा चार जनाको मृत्यु भन्दै अनलाइनखबरले लेखेको छ।

 

दिउँसो सुकेधारास्थित ढलाने पुल नजिकै रहेको कपाल काट्ने सैलुन र घट्टेकुलोस्थित एउटा घरभित्र लगभग एकै समयमा विस्फोट भयो।

दुई ठाँउमा नै सँगै विस्फोट हुनुलाई संयोग मान्न सकिन्छ ?

विस्फोट भएको स्थान निजी कोठा र सैलुन रहेका छन्। विस्फोट गराउनका लागि किन निजी कोठा र घर टार्गेट?

यो घटनालाई प्रहरीले नियोजित घटना मानेको छ। विस्फोट गर्ने नियतले यो घटना भएको प्रहरीको दावी छ।

एकै समय दुई स्थानमा विस्फोट, तीनको मृत्यु : नियोजित कि दुर्घटना? भन्दै पहिलोपोस्टले लेखेको छ।

चन्द्रगिरीमा पनि बम विष्फोट, दुई जना घाइते भन्दै काठमाडौं प्रेसले लेखेको छ।

राजधानीका दुई ठाउँमा विप्लव समूहको विस्फोट, ४ जनाको मृत्यु भन्दै नेपाल खबरले लेखेको छ।

ज्यान गुमाउनेहरुको शरीरका अंग यत्रतत्र छरिएको अवस्थामा भेटिएको थियो। टाउको फुटेर भित्री भाग देखिएको अवस्थामा प्रहरीले मानव अंग संकलन गरेको छ। अर्का एक जनाको ओम अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

विष्फोटको घटनापछि गृहमन्त्रालयमा आकस्मिक बैठक बस्यो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ३ वटै सुरक्षा निकायका प्रमुललाई बोलाएर आकस्मिक छलफल गरे।।

 

2 thoughts on “आजको खबर : एकै समय दुई स्थानमा विस्फोट नियोजित कि दुर्घटना? के थियो योजना ?”

  1. madan bajracharya says:
    May 27, 2019 at 8:46 am

    सट्टा बाहिर रहेको सबै कथित राजनैतिक दल समुइ र गिरोहहरु अहिलेको संबिधान ठिक छैन भन्छन/ त् यक चोटी ती दलहरुको उनीहरुको अनुसार संबिधान कस्तो हुनु पर्छ भनेर उनीहरु सबै गोल मेच सम्मेलन गरुन र भनुन कस्तो संबिधान बने उनीहरु सबैलाई ठिक हुन्छ/ यदि उनीहरु तेसो गर्न सक्दैन भने अहिले सत्तामा रहेको दलहरुले अहिलेको संविधानको बिरोध गर्ने प्रत्यक दल, समुह र गिरोह बात उनीहरुको अनुसार बन्नु पर्ने संबिधानको मोडेल नै मागुन र तेसलाई सार्वजनिक गरुन/ तर यस्तो कुरा न त् संविधानको बिरोध गर्नेले गर्न सक्छ न सत्तामा रहेकाले नै/ किनभने उनीहरुको अनुसार बन्नु पर्ने संबिधान फरक फरक मात्रै होईन स्वार्थ नै फरक छन्/

    कम्युनिस्ट चाहे तिनीहरु मार्क्स बादी होऊन बा मावोबादी, उनीहरु संसदीय र बहुदलीय शिद्धान्तकै बिरिधिहरु हुन्/ मधेशबादी त् तेतिबेला सम्म नेपालमा बनिने कुनै पनि संविधानको बिरोध गर्दै गर्छन जव सम्म उनीहरुलाई नेपालको सम्पूर्ण तराईलाई उनीहरुले चाहेमा नेपाल बात अलग्याउन सकिने अधिकार पाउंदैन/

    बिरात नगर जुट मिल कारखानाको हडताल आफुलाई सत्तामा सामेल गरे मोहन शमशेर सिट हड्ताल तोड्ने सहमति गरेर नेपालीले हटाउन चाहेको मोहन शमशेरकै नेतृत्वमा सरकार बनायर बिना संबिधान र सदनको अनौठो प्रजातान्त्रिक ..चलाउने कांग्रेसको कुरा नगरु/ उनीहरुलाई आफ्नो नेतृत्वमा सरकार बनिने भय संबिधान भय पनि हुन्छ नभय पनि हुन्छ बा जस्तो सुकै संबिधान बने पनि हुन्छ/

    नेकपा कस्तो संबिधान चाहन्छ त्यो उनीहरु आफै पनि भन्न सक्दैन किनभने अहिलेको नेकपा मिसावति सिमेन्ट प्रयोग गरेर ढलान गरे जस्तै यस्तो समुह सिट ..गरेको छ जसको बास्तविक राजनैतिक माग के हो तेही नै स्पस्ट छैन र उनीहरुलाई उनीहरुकै कारनान्ले उनीहरुकै निमित सत्तामा आफ्नो प्रभुत्व रहनु सिट मात्रै मतलव छ/ किनभने उनीहरुको अस्तित्वको आधार नै र सुरछ्या कवच नै सत्तामा आफ्नो प्रभुत्व रहनुनै हो/ उनीहरुको निमित सट्टाको सहारा डुब्न लागेकोलाई ….को सहारा जस्तै हो/

    अब यस्तै हो जस्तो सुकै संबिधान बने पनि बम पद्किरहेछ नागरिक मार्दै गर्छ र तेस्तो गर्ने कुनैलाई पनि कानुन कहिले लाग्ने छैन किनभने आफु सत्तामा नरहने भय बम त् पद्काउनै पर्छ नागरिकलाई मार्ने पर्छ बन्द हड्ताल गर्ने पर्छ/ त् हामि नागरिक सिट अब बिकल्प भनेको आत्म रछ्याको निमित जे सकिन्छ त्यो गर्न आफुलाई तयार राख्ने हो/ राजनीति गर्नेले नागरिकको सबै अधिकार खोस्न सक्छ तर आत्मरछ्याको अधिकार खोस्न सक्दैन/ तर यति कुरा भुल्नु हुँदैन कि हामि नागरिक तव सम्म मात्रै हुन्छौं जव सम्म देस संग्लो हुन्छ/ तेसैले हामि नागरिकको आत्मरछ्या भन्नुको अर्थ मात्रै हाम्रै जिउ ज्यानको रछ्या गर्नु होईन भन्ने कुरा चाहि भुल्नु हुँदैन/ “जाई कटक नगर्नु तर …” यसलाई कोट्याई कोट्याई बुझ्ने प्रयाश गरौँ/

    Reply
  2. Shankar says:
    May 27, 2019 at 12:07 am

    यो घटना लाइ निकै चासो को रुप मा बुद्दिजिबि जगत ले हेरेको छ | हिजो सर्बहारा राजनीति को नाउमा देश लुटेर खरबौ कमाएका आजका नेता हरु जसो हात मा सत्ता को साचो छ , तिन को बिरुद्द तिनीहरु द्वारा नै तालिम दि इ एका तिनकै छाउरा हरुको जेहाद |
    सैली उही , नाउ फरक , नेत्त्रित्त्व फरक | अब नेपालि नेताले कोस्टारिका मा लुकाएको कालो धन पनि लेउन सके , यिनलाई पनि जनताले मौका दिनेछन |
    हेर्दै जाम , प्रतिपक्षी कांग्रेस ले केहि गर्न सकेन , निर्मला हत्यारा अझै जिउदै कतै घुम्दै होला |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme