Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा, हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?

Posted on May 25, 2019 by राजेन्द्र मगर

आज  जेठ  ११ गते शनिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

कामीरिता शेर्पाले हालसम्म २४ पटक सगरमाथा आरोहण गरिसकेका छन्। यो सिजनमा हप्तामै २ पटक सगरमाथा आरोहण गरे कामीरिता शेर्पाले। उनको नाममा सबैभन्दा बढी सगरमाथा चढ्ने रेकर्ड छ।

शेर्पाले जेठ १ गते सगरमाथाको २३औँ पटक आरोहण गरेका थिए। त्यस्तै गरी जेठ ७ गते पुन सगरमाथाको चुचुरो पुगे र २४ औं पटकको रेकर्ड बन्यो।

सोलुखुम्बुको थामेगाउँमा जन्मेका ४९ वर्षीय कामीरिताले आगामी वर्ष २५औँ पटक सगरमाथा आरोहण गरेर सन्न्यास लिने यसअघि नै बताइसकेका छन्।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पाएकाले पनि सन् २००९, २०१० र २०१३ को वसन्त ऋतुको एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका हुन्।

कीर्तिमानी कामीरितालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत, दर्जन फोटोमा हेर्नुस् भन्दै पहिलोपोस्टले लेखेको छ।

मकवानपुरको हेटौंडा आईपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको छ।

शनिबार बिहान सबैरै ६ जना भारतीय प्रहरी हातहतियारसहित हेटौंडामा आईपुगेका थिए।

हेटौडाको पशुपति मन्दिरमा दर्शन गर्ने क्रममा  मकवानपुर प्रहरीले उनीहरुलाई फेला पारेर नियन्त्रणमा लिएको थियो। लगतै प्रहरी भेनमा राखेर पर्सा नाकाको नेपाल प्रहरीलाई जिम्मा लगाएर भारत फिर्ता पठाइएको थियो।

उनीहरुले गेष्ट हाउसमा कोठाको लागि भनेपछि त्रसिद केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पशुपति दर्शन गर्ने उद्देश्यले आएको भन्ने लागेर गहिरो अनुसन्धान नगरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गुगल म्यापबाट पशुपति मन्दिर सर्च गर्दा बिहारबाट ५० किलोमिटरको दुरी देखाएपछि उनीहरु हेटौंडा आएको र दशर्नपछि फर्कने सोचमा आएको भारतीय प्रहरीले बताएको जिप्रका मकवानपुरको भनाइ छ।

हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ? भन्दै शिलापत्रले  लेखेको छ।

सगरमाथा आरोहीहरूबाट  यस सिजनमा मात्रै नेपाल सरकारले ४४ करोड ३८ लाख ७८ हजार ६२ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

विदेशी आरोहीले नेपालमा  २ लाख डलरसम्म खर्च गर्ने गरेका छन्। यो भनेको नेपाली रुपैयाँ २ करोड १० लाखभन्दा बढी हो।

आरोहणमा आउने पर्यटकका लागि एक्स्पीडिसन कम्पनीहरूले ४० हजार डलरदेखि एक लाख डलरसम्मको प्याकेज बिक्री गर्ने गर्छन्। नेपाल आएपछि उनीहरूको अन्य खर्च जोड्दा २ लाख डलरसम्म हुने शेर्पाको भनाइ छ।

जसमा आरोहण स्वीकृतिका लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन्।

सगरमाथा आरोहण गर्न विदेशी पर्यटकले खर्चिन्छन् २ करोड भन्दै काठमाडौंप्रेसले लेखेको छ।

सगरमाथामा ट्राफिक जाम हुदाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ। एकैपटक धेरै आरोहीहरु जाँदा जाम भएको हो।

चीनले यो वर्ष सरसफाइ गर्ने भन्दै सगरमाथा आरोहण बन्द गरिदिएपछि नेपालबाट आरोहण गर्नेको सख्या बढेको हो। एकातिर संख्या बढेको र अर्कोतिर मौसम पनि प्रतिकुल भएका कारण योपटक एउटै सिजनमा धेरै ज्यान गएको अधिकारीहरुले बताएका छन्।

सगरमाथामा ट्राफिक जामका कारण मृत्यु हुनेको संख्या आठ पुग्यो भन्दै सेतोपाटीले लेखेकोछ।

सप्तरीको गोबरगाढामा पानी पसेको पानीका कारण आवतजावतमा समस्या भएको छ। पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा गोबरगाढामा पानी पसेको हो।

पानीका कारण सय बढी परिवार गाउँमै अड्किएका छन् । उनीहरुलाई बाहिर जान र निस्किन समस्या भएको छ । यद्यपि यहाँका बासिन्दाहरु अहिलेसम्म सुरक्षित रहेको हनुमाननगर कंकालनी नगरपालिकाले जनाएको छ।

भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा भन्दै अनलाइनखबरले लेखको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

1 thought on “आजको खबर : भारतीय पक्षले पानी छोड्दा नेपाली गाउँ डुबानमा, हतियारसहित हेटौंडासम्म किन आए भारतीय प्रहरी ?”

  1. madan bajracharya says:
    May 26, 2019 at 8:15 am

    कोशी सम्झौता कांग्रेसले भारतलाई बुझायको दाइजो जस्तै हो/ तेसैले हो भारतले यसियाकै दोश्रो नेपालको कोशी नदिमा मनपरी गर्दै आयकोछ/ भारतले कोशी सन्धिको अधिकांश सर्तहरु मानेकै छैन/ कोशी ब्यारेजको अधिकाश ढोकाहरु बन्द गरेर कोशी नदीको धारनै बदल्दै आयको छ/नेपालको स्थानीयलाई दिनु पर्ने मुवाव्जा पनि दियको छैन/ तेसमाठी कांग्रेस सत्तामा हुँदा भारतले बाँधी आउँदा भारतपुगेको कोसीको पानि नेपालमै फर्काउने पाइलट च्यानल बनाउंदै गरेको बेला चुप बसेको कांग्रेस अहिले तेही पालत च्यानल बात कोसीको पनि नेपाल पथायर नेपालको भूभाग दुवाउन्दा पनि चुप बसेकोमा आस्चर्य मान्नु पर्दैन/ तर भारत सिट कांग्रेसले गरेको असमान सन्धिहरु खारेज गर भनेर सिंहदरवार पुगेको पुर्व यमाले र मावोबादीले तत्कालै भारत सिट बिरोध नगरेको आश्चर्य जनकछ/

    अबैध तरिकाले पाइलट च्यानल बात पानि पथायर नेपालको गाउँ दुवाउनु पाइलट च्यानलको परिछ्यन गर्नु भन्दा सत्तामा पुग्नु अघि भारत सिट गरियको असमान सन्धिहरु खारेज गर भन्नेको नेपालको २/३ बहुमत भयको सरकारले भारतले नेपाल मिच्दा हेप्दा के गर्छ भनेर गरेको परिछ्यन हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme